Archive for November 7th, 2005

हृयाकरद्वारा एचकेनेपाल डट कमलाई पठाइएको पत्र

हृयाकरद्वारा एचकेनेपाल डट कमलाई पठाइएको पत्र

एचकेनेपाल डट कमले हृयाकरलाई यो साइटलाई हृयाक गर्नुको कारण माग्दै ‘यस र्साईटलाई हृयाक गरेर तिनीहरुलाई कुनै फाईदा नरहेको र यस्ता दुष्कार्य नगर्न’ अनुरोध गर्दै लेखेको इ-मेलको जवाफमा हृयाकरले क्षमा माग्दै लेखेको इ-मेल -

‘एक जना चिनिएको कुनै नेपालीले मलाई खुशी पारे पछि मैले तिम्रो साइटलाई अधिनमा लिएको हुं। तिम्रो साइटलाई क्षति पुर्‍याएकोमा म क्षमा चाहन्छु। हेर मसंग ब्याङ्किङ् हृयाक सम्बन्धि जानकारी राख्ने थुप्रै अमेरिकी हृयाकरहरु छन्।

तिम्रो साइट फिर्ता दिएर म किनारा लागें।
चिन्ता नलेऊ (dont Worry man?)’

[Last updated: 12:30 AM HKST]

——————————————————————————–

न्युज अपडेटः एचकेनेपाल डट कम पुनः सञ्चालनमा
हंगकंगका नेपालीहरुमा मात्र नरही देश विदेशमा रहेका नेपालीहरु माझ लोकप्रिय हुदै आएको नेपाली इन्टरनेट म्यागजिन एचकेनेपाल डट कम लाई हृयाकरहरुले आज अपरान्हदेखि करिव १० घण्टासम्म आफ्ना नियन्त्रणमा लिए।

साइट १० घण्टाको नियन्त्रणपछि खुला गरिएकोछ। हृयाकरले साइटलाई हृयाक गरेपछि तुरुन्त अमेरिकास्थित सम्बन्धित सेरभर होस्टिंग कम्पनीलाई एचकेनेपाल डट कमले जानकारी उपलब्ध गर्राईपछि साइट पूर्णता बन्द भएको थियो।

हृयाकरहरुले विभिन्न छद्म डाइराक्टरी निर्माण गरेर यहां आउने भिजिटरहरुलाई अनलाइन सोपिंग गर्न अभिप्रेरित गरि उनीहरुको गोप्य कागजजातको चोरी र क्रेडिट कार्डको नम्बर चोरी गर्ने प्रयास भएकोले साइटलाई पूर्णता बन्द गरिएको थियो।

स्मरणीय रहोस्, एचकेनेपाल डट कमले आजसम्म कुनै पनि अनलाइन सोपिंग सेवा आरम्भ गरिएकोछैन।

साइट अस्थायी रुपमा खुला भएपनि अझै केही पृष्ठहरु यथास्थानमा आई सकेको छैन।
(HKST: 9:45 PM)

———————————————————————————–

एचकेनेपाल डट कम हृयाकरको आक्रमणमा
पहिलो चोटी एचकेनेपाल डट कम हृयाकरहरुको आक्रमणमा परेकोछ । मोरोकन हृयाकरको दावा गर्ने उक्त समूहमा InvisiblSniper, ZeR0FaTaL ScriptX , Smail , UB-A.Z, Hardost रहेको पनि उल्लेख गरेकाछन् ।

उनीहरुले सम्पूर्ण साइटलाई हृयाक नगरी केवल च्याट रुम सेक्शनलाई मात्र हृयाक गरेकाछन्।

एचकेनेपाल डट कमको हृयाक गरिएको साइट

Popularity: 9%

21 comments November 7th, 2005

दल दर्ता गर्ने म्याद सकिन १२ दिन बाँकी, हालसम्म जम्मा ६ दलमात्रै दर्ता

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ७ -
आगामी माघ २६ गते हुने नगरपालिकाको निर्वाचनका निम्ति निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या आइतबारसम्म छ वटा मात्रै पुगेको आयोगले जनाएको छ। यी छ वटा दलमा पनि नाम चलेका कुनै दल छैनन्। जम्मै भुरेटाकुरे दलहरुमात्र हुन्।

आयोगका प्रवक्ता तेजमुनि बज्राचार्यका अनुसार आइतबार आयोगमा नेपाल पार्टी र शान्ति क्षेत्र नेपाल नामका दुई पार्टी दर्ता भएका थिए।

यसअघि आयोगमा कन्जरभेटिभ पार्टी पञ्चायत प्रजा पार्टी नेपाल सदभावना पार्टी समाजवादी पार्टी नेपाल दर्ता भइसकेका छन् ।

प्रवक्ता बज्राचार्यले आगामी नगरपालिकाको निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दलले अनिवार्यरुपमा आयोगमा दल दर्ता गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट गर्दै निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न यही मङ्सिर ३ गतेसम्म म्याद रहेको बताउनुभयो ।

Popularity: 8%

Add comment November 7th, 2005

एफएम मुद्दाको बहस आज पनि जारी

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ७ -
सञ्चार नियन्त्रण अध्यादेश तथा कान्तिपुर एफएममा भएको कारवाहीका सम्बन्धमा सर्वोच्च अदातलमा चलिरहेको बहस आज पनि जारी हुनेछ।

प्रधानन्यायाधीश दिलीपकुमार पौडेल तथा न्यायाधीशद्वय केदारप्रसाद गिरी र शारदाप्रसाद पण्डितको विशेष इजलासमा आइतबार भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दमननाथ ढुङ्गाना तथा अधिवक्ताहरू शम्भु थापा, गोपाल शिवाकोटी चिन्तन, भीमार्जुन आचार्य, शेरबहादुर के.सी.र माधव बाँस्कोटाले बहस गर्नुभएको थियो।
उक्त अध्यादेशका सम्बन्धमा रविराज भण्डारी, महेन्द्र विष्ट र विनोदराज ज्ञवालीले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।

सुनुवाईमा सरकारका तर्फबाट बहस हुन बाँकी छ।

Popularity: 8%

Add comment November 7th, 2005

राजाको विदेश भ्रमणको अ‍ौपचारिक कार्यक्रम सार्वजनिक

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ७ -
श्री ५ महाराजाधिराजका संवाद सचिवालय, राजदरबारले राजारानीको विदेश भ्रमणको अ‍ौपचारिक कार्यक्रम आज सार्वजनिक गरेको छ।

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति डा इआजुद्दिन अहमदको निमन्त्रणामा यही कात्तिक २६ र २७ गते ढाकामा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को तेह्रौँ सम्मेलनमा भाग लिइबक्सन कात्तिक २५ गते त्यसतर्फ सवारी होइबक्सने कार्यक्रम छ ।

मौसुफहरू सम्मेलनपश्चात् ट्यूनिसियाका राष्ट्रपति जाइन एल अबिदिन वेन अलीको निमन्त्रणामा मङ्सिर १ देखि ३ गतेसम्म ट्यूनिसियामा आयोजना हुने ‘सूचना समाज निर्माणका लागि विश्व शिखर सम्मेलन’मा भाग लिइबक्सन कात्तिक २८ गते गणतन्त्र ट्यूनिसियाको राजधानी ट्यूनिसतर्फ सवारी होइबक्सनेछ ।

श्री ५ महाराजाधिराज तथा श्री ५ बडामहारानीबाट उक्त सम्मेलनपश्चात् संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा बुरुण्डीमा कार्यरत शाही नेपाली सेनाको निरीक्षण गरिबक्सनुका साथै अप्रिmकी महादेशका केही राष्ट्रहरूको भ्रमण गरिबक्सनेछ ।

मौसुफहरू मङ्सिर १७ गते स्वदेश फिरिबक्सने कार्यक्रम छ ।
उक्त कुरा श्री ५ महाराजाधिराजका संवाद सचिवालय, राजदरबारद्वारा आज प्रकाशित सूचनामा जनाइएको छ ।

Popularity: 8%

Add comment November 7th, 2005

हुम्लामा अज्ञात रोगबाट हजारौं पशु प्रभावित

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ७ -
विकट हिमाली जिल्ला हुम्लाको दक्षिण भेगका रोडिकोट, बराईलगायत आसपासका अन्य गाविसमा फैलिएको अज्ञात रोगबाट करिब ६० भेँडाबाख्रा मरेका छन् ।

बराइ गाविसका कृष्णबहादुर ऐडीका अनुसार सो रोगबाट ती क्षेत्रका करिब चारहजार भेँडाबाख्रा प्रभावित भएका छन् ।

रोग लागेको भेँडाबाख्राको मुटु सुनिने, फोक्सो पाक्ने र मुखबाट फिज निस्केपछि मर्ने गरेको जानकारी पनि उहाँले दिनुभयो ।

जिल्ला पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायालाई उद्घृत गर्दै राससले जनाए अनुसार सो रोगसम्बन्धी औषधि केही मात्रमा रहेको र थप औषधिका लागि पहल भइरहेको छ।

Popularity: 8%

Add comment November 7th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....