Archive for November 10th, 2005

र्सवदलीय सरकार बन्न सक्छः डा. गिरी

काठमाडौ (रासस)
सोह्रौं संविधान दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सिंहदरबारमा जलपान समारोहको आयोजना गर्‍यो। त्यस अवसरमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुल्सी गिरीले वर्तमान संविधान साझा दस्तावेज भएकाले कुनै एक पक्षले मात्र चाहेर फाल्न नसक्ने बताउनुभयो।

उहांले अहिले राजा, दल र जनताबीच सहकार्य हुन सक्ने स्वणिर्म अवसर भएको पनि स्पष्ट गर्नुभयो। डा. गिरीले वर्तमान संविधानअर्न्तर्गत नै चुनाव हुने स्पष्ट गर्दै राजाको नेतृत्वमा हुने चुनाव निष्पक्ष हुने भएकाले धांधली हुन सक्ने शंका गर्नु निहुं खोज्ने कुरा मात्र हो भन्नुभयो।

उहांले माओवादी समस्याको हलबिना नै चुनाव हुन सक्ने पनि स्पष्ट गर्नुभयो। मन्त्रिपरिषद्का उपाध्यक्ष गिरीले भन्नुभयो- ‘सरकार सबै दलले चुनावमा भाग लेओस् भन्ने चाहन्छ, हामी चुनावका लागि वातावरण पनि बनाउंछौ, चुनावका लागि र्सवदलीय सरकार हुनुपर्छ भन्ने माग दलहरूबाटै आएमा त्यस्तो प्रस्तावप्रति सरकारले विचार गर्नेछ।’

Popularity: 8%

Add comment November 10th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....