Archive for November 11th, 2005

राजा ढाकातिर, शासन पारसले चलाउने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ११ -
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को तेह्रौँ शीर्षस्थ सम्मेलनमा भाग लिन राजा र राजी आज बंगलादेशको राजधानी ढाकातर्फ सवारी हुँदैछन्।

राजाको अनुपस्थितिमा युवराज पारसले शासनभार सम्हाल्ने छन्। यसका लागि युवराजको अध्यक्षतामा राजप्रतिनिधि परिषद्को गठन गरिएको छ।

सार्कपछि सूचना समाज निर्माणका लागि विश्व शिखर सम्मेलनमा भाग लिन राजा ट्युनिस सवारी हुनेछन्।

सवारी हुनुअघि देशवासीका नाममा जारी सन्देशमा नेपालले सधैँ क्षेत्रीय सहयोगप्रति सकारात्मक दृष्टिकोण राखिआएको र सार्कको स्थापनाकालदेखि नै यसका प्रत्येक शीर्षस्थ सम्मेलनहरूमा गहिरो अभिरुचिका साथ सहभागी हुँदै आएको राजाले उल्लेख गरेका छन्।

सन्देशमा राजाले सदा झैँ आफ्नो कर्तव्यप्रति सजग रही समस्त देशवासीहरूले शान्ति कायम राख्नमा आ-आफ्नो क्षेत्रबाट सहयोग गरी नै रहने आशा व्यक्त गरेका छन् ।

Popularity: 8%

4 comments November 11th, 2005

सञ्चार अध्यादेशका सम्बन्धमा बहस लम्बियो

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ११ -
श्री ५ को सरकारद्वारा हालै जारी सञ्चारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश तथा कान्तिपुर एफएममा भएको कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतमा जारी बहस लम्बिएको छ।

तिहारअगाडि नै भएको बहस हालसम्म पनि जारी छ। बिहीबार भएको बहसमा सरकार पक्षका वकिलहरुको बहस सकिएपछि पुनः निवेदकहरुको वकिलका बहस सुरु भयो।

सरकारी पक्षको भनाईको खण्डन गर्दै निवेदकका तर्फबाट पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की तथा अधिवक्ताद्वय रविराज भण्डारी र माधवकुमार बस्नेतले हाल अध्यादेश जारी गर्नुपर्ने अवस्था नभएको, अदालतमा प्रवेश गरिसकेको विषयलाई राजनीतिक विषय बनाउन नहुने, भारतलगायत फिलिपिन्स, घाना र दक्षिण अफ्रिकामा पनि एफएमलाई समाचार प्रसारण गर्ने अनुमति दिइएको उल्लेख गर्दै अन्तरिम आदेश जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

आज शुक्रबार पनि सो रिटका सम्बन्धमा बहस हुने भएको छ ।

Popularity: 8%

Add comment November 11th, 2005

माअ‍ोवादीसित वार्ता गर्न कोइराला भारतमा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ११ -
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वास्थ्य परीक्षणका लागि बिहीबार भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभयो।

करिब एक हप्ता नयाँ दिल्लीमा रहँदा उहाँको अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ ।

नयाँ दिल्लीमा रहँदा सभापति कोइरालाले भारतीय नेताहरूसँग भेटघाट पनि गर्नुहुने थाहा भएको छ ।

उहाँका साथ नेपाली काङग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला तथा नेपाली काङ्ग्रेसकी नेत्री नोना कोइराला पनि जानुभएको छ ।

उहाँले भारतमा हुँदा माअ‍ोवादी नेताहरुसित पनि भेटघाट गर्नुहुने निश्चित छ। तर अ‍ौपचारिक रुपमा भने उहाँले त्यसलाई इन्कार गर्नुभएको छ।

नेकपा एमालेका महासचिव माधव नेपालले पनि तिहार नमनाई भारतमा बसेर माअ‍ोवादी नेताहरुसित वार्ता गर्नुभएको थियो। भारतमा माअ‍ोवादी-एमाले र काँग्रेसबीच त्रिपक्षीय वार्ता भइरहेको बताइएको छ।

Popularity: 8%

Add comment November 11th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....