Archive for November 12th, 2005

सार्क सम्मेलनमा नेपाल विवादित, आज राजाको सम्बोधन

खोजतलास, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १३ औं शिखर सम्मेलनको पूर्वसन्ध्यामा सार्क सदस्य राष्ट्रको संख्या थप्ने विषयमा सहभागीहरूबीच तीव्र मतभिन्नता उत्पन्न भएको समाचार छ । आजदेखि सुरु हुने शिखर सम्मेलनको एजेन्डालाई अन्तिम रूप दिन शुक्रबार बसेको सार्क विदेशमन्त्रीहरूको बैठक राति अबेरसम्म चलेको थियो।

समाचार एजेन्सीहरूका अनुसार भारतले अफगानिस्तानलाई सार्कको सदस्यता दिने प्रस्ताव राखेपछि नेपाललगायत पाँच मुलुकले चीनलाई पनि सार्कमा ल्याउने भए मात्र अफगानिस्तानको सम्बन्धमा र्समर्थन गर्न सकिने धारणा राखेपछि विवाद चर्किएको हो । यद्यपि, पाकिस्तानले भने भारतको प्रस्तावमा सहमति जनाए पनि अरु देशले नमानेका कारण निर्णय भएको छैन । विदेशसचिवहरूको बैठकले उक्त विषय निर्णय लागि मन्त्रीस्तरीय बैठकमा पठाएको भए पनि विवाद सोही विषयमा अल्झिएको बताइएको छ ।

नेपालले चीनका बारेमा आफ्नो अडान नछाडेपछि भारत नेपालप्रति रुष्ट भएको छ । एजेन्सीहरूसँग कुरा गर्दै भारतीय विदेश मन्त्रीको हैसियतले सार्क बैठकमा सहभागि सचिव श्यामशरणले ‘नेपाल र्सार्कमा यस्तो रूपमा प्रस्तुत होला भनी भारतले नसोचेको’ भन्दै रोष प्रकट गर्नुभयो । सार्कमा आफूलाई शक्तिशाली ठानिरहेको भारतले चीनलाई सदस्यता दिइँदा आफ्नो प्रभाव घट्ने आशंकामा सदस्य बनाउन अस्वीकार गरिरहेको छ भने नेपालले भारतको शक्तिसन्तुलनका लागि चीनलाई अघिसारिरहेको छ । नेपालले विदेशी सैनिकले परेड खेलिरहेको मुलुक अफगानिस्तानलाई सार्कमा ल्याउन नहुने तर्क अघिसारिरहेको छ । सदस्यता थप्ने विषयमा नेपाल र भारतबीच तीव्र मतभिन्नता भएपछि दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) कार्यान्वयन र आतंकवादविरुद्ध सामूहिक ऐक्यबद्धताजस्ता १३ औं र्सार्कका मुख्य एजेन्डासमेत छायामा परेका छन् । ती एजेन्डा छायामा परेका कारण गहकिलो छलफल हुन सकेको छैन।

विदेशमन्त्रीहरूको बैठकले एजेन्डा पारित गरेपछि राष्ट्र र सरकारप्रमुखहरूको शिखर बैठकले अनुमोदन गर्ने हुँदा १३ औं सार्क शिखर सम्मेलनको सफलतामा समेत आशंका गर्न थालिएको छ । चीन र अफगानिस्तानको विषयमा विवाद उत्पन्न भए पनि जापानलाई सार्कको पर्यवेक्षकका रूपमा राख्ने विषयमा प्रायः सबै सकारात्मक देखिएको समाचारमा उल्लेख छ ।

सार्कको सदस्यता थप्ने विषयमा नेपाल र भारतबीच मतभिन्नता देखिएपछि दुइ देशबीचको सम्बन्धमा चिसोपना आउन सक्ने कूटनीतिक क्षेत्रमा आशंका गरिन थालिएको छ । विगतमा पाकिस्तान र भारत परस्पर द्वन्द्वका कारण समस्या उत्पन्न हुनेगरेको भए पनि यसपटक अफगानिस्तानको सवालमा एउटै मुख भएका छन् । भारतीय अधिकारीहरूले स्वदेशी सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालको अडानप्रति आशंका मिश्रित रोष प्रकट गरेको समाचारमा उल्लेख गरिएको छ ।

यसैबीच, सार्कको १३ औं शिखर सम्मेलनमा सहभागी हुन श्री ५ बंगलादेशको राजधानी ढाका सवारी होइबक्स्यो । मौसुफ स्थानीय समयअनुसार आज ११:३० बजे सम्मेलनस्थल सवारी होइबक्सी आजै सम्मेलनलाई सम्बोधन गरिबक्सनेछ । सम्मेलनको उद्घाटन समारोह सकिएपछि दिवाभोजमा सरिक होइबक्सनुका साथै द्विपक्षीय भेटवार्तामा सामेल होइबक्सने कार्यक्रम छ । आजै श्री ५ ले र्सार्कको उद्घाटनसत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Popularity: 8%

Add comment November 12th, 2005

गैसस आचारसंहिताविरुध्द आन्दोलन चर्काइने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १२ -
गैर सरकारी सामाजिक संघसंस्थाहरुलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले जारी गरेको आचारसंहिता र ल्याउन लागेको अध्यादेशका विरुध्द गैर सरकारी संस्था महासंघले आन्दोलन चर्काउने भएको छ।


काठमाडौंको नयाँ बानेश्वरमा गैसस आचारसंहिताविरुध्द आयोजित सभाका सहभागी।

महासंघले शुक्रबारदेखि यसविरुध्द सशक्त आन्दोलन गर्ने जनाएको छ। बिहीबार बसेको आपतकालीन बैठकले आचारसंहिता नमान्ने घोषणा गरिसकेको छ।

महासंघले यसको विरोधमा पाँचै विकास क्षेत्रमा आचारसंहिता जलाएको छ। यस क्रममा महासंघका दुई पदाधिकारी गिरफ्तार भएका छन्।

काठमाडौंको नयाँ बानेश्वरमा पनि महासंघको आह्वानमा एक विरोध सभाको आयोजना भयो। विरोध सभाका वक्ताहरुले गैससलाई नियमित गर्न भनी सरकारले बाहिरी रुपमा असल उद्देश्य राखेर देखाएको भए पनि भित्री नियत नियन्त्रण गर्नु नै रहेको भन्दै यसविरुध्द कडा आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए।

सभाको अन्त्यमा आचारसंहिताका प्रति जलाइएका थिए। प्रहरीले सभालाई निर्वाध रुपमा सम्पन्न हुन दिए पनि आचारसंहिता जलाउन खोज्दा भने हस्तक्षेप गर्न खोजेको थियो।

Popularity: 8%

Add comment November 12th, 2005

फैसला सरकारको पक्षमा, बार असन्तुष्ट, समाचार प्रसारण बन्द

फैसला सरकारको पक्षमा, बार असन्तुष्ट, समाचार प्रसारण बन्द

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १२ –
सर्वोच्च अदालतको विशेष इजलासले कान्तिपुर एफ.एम.माथि भएको कारबाही तथा सञ्चारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश, २०६२ विरुद्ध परेका रिट निवेदनहरूमा विपक्षीहरूबाट लिखित जवाफ परेपछि अग्राधिकार दिई नियमबमोजिम पेस गर्न आदेश दिँदै अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको छ। यसबाट सरकारलाई कालो अध्यादेश पालना गराउने बाटो खुलेको छ।

प्रधानन्यायाधीश दिलीपकुमार पौडेल तथा न्यायाधीशद्वय केदारप्रसाद गिरी र शारदाप्रसाद पण्डितको विशेष इजलासले आज सो आदेश दिएको हो ।

कान्तिपुर एफ.एम.प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, नेपाल पत्रकार महासङ्घका तर्फबाट महासचिव महेन्द्र बिष्ट तथा अधिवक्ता रविराज भण्डारी र कहरसिंह खड्काले सूचना तथा सञ्चार मन्त्रालय एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई ‘’संविधानसँग बाझिएको अध्यादेश बदर गरी पाउFm'’ भनी यही कात्तिक १ गते सर्वोच्च अदालतमा ती रिट निवेदन दिनुभएको थियो ।

इजलासको आदेशमा अध्यादेशको संवैधानिकताको प्रश्न विपक्षीहरूबाट लिखित जवाफ परेपछि पूर्ण सुनुवाइ हुँदा निरूपण हुने भएकाले रिट निवेदकका मागबमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने पनि स्पष्ट गरिएको छ ।

कान्तिपुर एफ.एम.प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक ज्ञवालीले सो अध्यादेशले नेपाल अधिराज्यको संविधान, २०४७ द्वारा प्रदत्त हकमा आघात पुर्‍याएकाले सो अध्यादेश संविधानको धारा ८८ (१) बमोजिम अमान्य घोषित गर्न, सरकारद्वारा लगिइएको काठमाडौँबाट भेडेटार लिङ्क गर्ने उपकरण फिर्ता गरी जडान गर्न दिन, अपलिङ्क प्रसारण पर्ूववत् नियमितरूपमा गर्न दिन तथा समाचार प्रसारण नरोक्न अन्तरिम आदेशको माग गर्नुभएको थियो ।

यसैगरी महासङ्घका तर्फाट महासचिव बिष्ट तथा अधिवक्ता भण्डारीले भने आफ्ना निवेदनमा उक्त अध्यादेश लागु नगर्नु/नगराउनु भनी रिट निवेदनको टुङ्गो नलागेसम्म अन्तरिम आदेशको माग गर्नुभएको थियो ।

प्रस्तुत मुद्दाहरूमा सरकारका तर्फाट महान्यायाधिवक्ता पवनकुमार ओझा, नायब महान्यायाधिवक्ताहरू द्रोणराज रेग्मी र नरेन्द्रप्रसाद पाठक तथा सहन्यायाधिवक्ता टीकाबहादुर हमाल एवं वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह, अधिवक्ता प्रेमबहादुर बिष्ट, बालकृष्ण नेउपाने र त्रिलोचन गौतमले बहस गर्नुभएको थियो ।

यस्तै निवेदकका तर्फाट वरिष्ठ अधिवक्ता दमननाथ ढुङ्गाना, अधिवक्ताहरू हरिहर दाहाल, सुभाष नेम्वाङ र माधव बाँस्कोटा, बद्रीबहादुर कार्की, यज्ञमर्ूर्ति बञ्जाडे, शम्भु थापा, गोपाल शिवाकोटी चिन्तन, शेरबहादुर के.सी, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टर्राई, माधवकुमार बस्नेत, भीमार्जुन आचार्य, पूर्णमान शाक्य, ध्रुवलाल श्रेष्ठ र कुमार रेग्मीले बहसमा भाग लिनुभएको थियो ।

अदालतको फैसलालाई गम्भीर रुपमा लिँदै नेपाल बार एसोसिएसनले आगामी मंसिर १ गते बुधबार अधिराज्यभरका अदालतमा बेञ्च बहिस्कार गर्ने निर्णय गरेको छ।

उता, सरकारले कारबाही गर्न ठीक्क पारेको कान्तिपुर एफएमले भने शुक्रबारदेखि नै समाचार प्रसारण बन्द गरेको छ।

Popularity: 8%

Add comment November 12th, 2005

अस्थायी शिक्षकहरु पनि आन्दोलनमा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १२ -
अधिराज्यभरका अस्थायी शिक्षकहरूको एक समूहले आफूहरूलाई स्थायी गर्नुपर्ने माग राख्दै शुक्रबार नयाँ बानेश्वरमा जुलुस तथा धर्ना कार्यक्रमको आयोजना गरे ।

विगतमा राजनीतिक दलहरूले आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्न शिक्षकहरूलाई प्रयोग गरेका र आफ्नो पेशागत हकहितप्रति बेवास्ता गरेको गुनासो धर्नाकारी शिक्षकहरूले गरे ।

अस्थायी शिक्षकका समस्या समाधान गर्न गठित समितिले दिएको प्रतिवेदन शिक्षा तथा खेलकुद मन्त्रालयले हालसम्म पनि कार्यान्वयन नगरेकाले सो कार्यान्वयन गरी अस्थायी शिक्षकका समस्या समाधानका लागि दबाब दिन अधिराज्यभरका जिल्लाका प्रतिनिधिहरू उपस्थित भई जुलुस प्रदर्शन गरिएको ती शिक्षकहरूले बताए ।

अधिराज्यभर करिब तीस हजार अस्थायी शिक्षक रहेको उनीहरूको दाबी रहेको छ ।

Popularity: 8%

Add comment November 12th, 2005

काललाई रोकेर रोकिन्न

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १२ –
काल आएपछि त्यसलाई कसैले रोकेर रोक्न सक्दैन। काठमाडौँ चण्डोल निवासी ६५ वर्षीय चन्द्रबहादुर श्रेष्ठको पनि काल आएछ र त कुनै ठूलो बहाना चाहिएन-आफै सुतेको खाट (पलङ)बाट राति लडेर मृत्यु भएछ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ६५ वषीय श्रेष्ठको बिहीबार राति साढे ११ बजे पलङबाट अचानक खसी घाइते भएपश्चात् उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो ।

Popularity: 8%

Add comment November 12th, 2005

कतारका आगलागी पीडितले राहत पाए

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १२ -
वैदेशिक रोजगारीका क्रममा सिरहा जिल्लाबाट कतारको नाजमास्थित सुकह राजमार्केटमा डेरा गरी बसेको घरमा गत भदौ २४ गते आगलागी हुँदा सो आगलागीबाट मृत्यु र घाइते भएका व्यक्तिका आफन्तहरूलाई शुक्रबार राहत वितरण गरियो ।

श्री ५ को सरकारले सो घटनामा मृत्यु भएका व्यक्तिको प्रतिपरिवारलाई रू. एक लाख र घाइतेका परिवारलाई रू. ५० हजार दिने घोषणा गरेअनुरूप शुक्रबार सिरहा जिल्लाको नरहा गाविसको बलवा गाउँमा सगरमाथा अञ्चलका अञ्चल प्रशासक रामकुमार सुब्बाले मृतक चारजनाका र घाइते छजनाका आफन्तलाई नगदस्वरूप चेक वितरण गर्नुभयो।

सो घटनामा नरहा गाविसको बलुवा गाउँका दाजुभाइ फारुख सेख र रोहित सेख, मोहम्मद अजिमूल सेख र चन्द अयोध्यापुरका सञ्जय यादवको आगलागीबाट मृत्यु भएको थियो ।
त्यसैगरी नरहा गाविसकै चन्द्रदीप यादव, साकिर सेख, इनुस सेख, कैपुम सेख, सफिक सेख र सुखीपुरका जाकिर सेख घाइते भएका थिए ।

Popularity: 8%

Add comment November 12th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....