Archive for November 15th, 2005

बल्खुदरबारमा देशभरका कार्यकर्ता, एमालेले दरबार हत्याकाण्डको रहस्य खोतल्ने !

बल्खुदरबारमा देशभरका कार्यकर्ता, एमालेले दरबार हत्याकाण्डको रहस्य खोतल्ने !
‘श्री ५ वीरेन्द्रको वंशनासपछि राजा कसलाई बनाउने भन्ने छलफल संसद्मा चलाउन नसक्नु गम्भीर कमजोरी’
खोजतलास विशेष संवाददाता, काठमाडौं, २९ कात्तिक ।
श्री ५ वीरेन्द्रको वंश नाश गर्ने विस्मयकारी घटना जेठ १९, २०५९ दरबार हत्याकाण्डको रहस्य एमालेले खोतल्ने भएको छ । उक्त दुर्घटनाबारे छानबिन गरी संसद्बाटै नयाँ कदम चाल्न नसक्नुलाई पार्टीको गम्भीर कमजोरी ठहर गर्दै एमाले त्यसप्रति गम्भीर बनेको छ ।

लामो समयको दिल्ली भ्रमण सकेर गत शनिबार स्वदेश फर्किएका एमाले महासचिव माधवकुमार नेपालको अगुवाइमा एमाले केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको देशभरका कार्यकर्ता भेलाबीच एमाले नेतृत्वले विगतका कमजोरीहरूको लिखित करार गर्दै यस्तो संकेत दिएको हो ।

पहिलोपटक एमालेले आफ्नो पार्टीका गल्तीहरूलाई पार्टीको प्रतिवेदनमा लिखितरुपमा सूचीकृत गरेको छ । उक्त सूचीमा तत्कालीन समयमा प्रमुख विपक्षी रहेको एमालेले दरबार हत्याकाण्डबारे संसद्मा भूमिका खेल्न नसक्नुलाई महत्वका साथ समावेश गरेको छ । एमाले केन्द्रीय कार्यालय बल्खुदरबार अहिले देशभरका कार्यकर्ताले भरिएको छ । राजाको निरंकुश कदमविरुद्ध देशभर लोकजागरण अभियान सञ्चालन गरिरहेका कार्यकर्तालाई त्यसबारे रिपोर्ट लिन एमालेले राजधानी बोलाएको हो । भेलामा माओवादीसँग भएको वार्ता र सहमतिलाई उच्च महत्वका साथ छलफलमा ल्याएइएको छ ।

देशभरका चार सय बत्तीस कार्यकर्ता सहभागी उक्त भेलामा महासचिव नेपालले प्रतिवेदन पेस गर्नुभएको छ । महासचिव नेपालको प्रतिवेदनमा एमालेले आफ्ना कमजोरीका रुपमा मुख्य चार बुँदा समावेश गरेको छ । ती बुँदामा दरबार हत्याकाण्डपछि संसद्लाई जनताको र्सार्वभौमसत्ताको सवालमा छलफल चलाउन नसकेको, दलहरूविरुद्ध रहेका पूर्वमण्डलेहरूलाई पुनर्गठन कार्यको सूचना लिने र विश्लेषण गर्न नसकेको, चुनावको मिति र्सार्न सिफारिस गर्ने र संकटकाल अनुमोदन गर्ने भूल गरेको, देउवा सरकारमा जाने ऐतिहासिक भूल गरेको रहेका छन् । भेलामा राजा झन् निरंकुश बन्ने खतरा रहेको र संसद् पुनर्स्थापना नभए के गर्ने भन्नेबारे पनि व्यापक छलफल गरिएको छ । भेलामा माओवादीसँग पार्टीले गरेको वार्ता र सहमतिबारे कार्यकर्ताले तीव्र चासो राखे पनि प्राविधिक पक्ष गोप्य राख्ने पार्टी नीति र्सार्वजनिक गर्दै नेतृत्वले वार्ताबारे केही कुरा लुकाएको बताइएको छ । वार्तामा भएका सैद्धान्तिक कुराहरूमात्र प्रचारमा ल्याइएको छ । भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव नेपालले अब दलहरूले राजासँग कुनै हालतमा वार्ता नगर्ने, हिजो सरकारमा गएर एमालेले ठूलो घाटा बेहोरेको दोहोर्‍याएका थिए । माओवादी बहुदलीय प्रतिस्पर्धामा आउने निर्णयमा पुगेको कार्यकर्तालाई सूचना दिँदै नेता नेपालले युद्धविरामलाई पार्टीले महत्वपूर्ण उपलब्धिसाथ उपयोग गरेको बताए । कार्यकर्तामाझ अलि गम्भीर र मलीन भावमा प्रकट भएका नेता नेपालले विगतका कमजोरीबाट पार्टीले पाठ सिक्नुपर्ने बताए । श्री ५ वीरेन्द्रको वंशनास हुनेगरी भएको दरबारहत्याकाण्डको विषयमा संसद्मा छलफल चलाएर अब राजा कसलाई बनाउने भन्ने निर्णय लिन नसक्नु पार्टीको गम्भीर गल्ती भएको उनले बताए । त्यसैको घाटा मुलुकले निरंकुश राजतन्त्र बेहोर्नुपरिरहेको उनले टिप्पणी गरे । एमाले दरबारहत्याकाण्डको रहस्य पर्दाफास गर्न गम्भीर हुनर्ुपर्ने र त्यसका निम्ति अग्रसर हुनुपर्ने कार्यकर्ताको सुझावलाई पार्टीले मनन गरेको पनि नेतृत्वले कार्यकर्तालाई विश्वास दिलाएको भेलामा सहभागी एक कार्यकर्ताले खोजतलासलाई बताए ।

स्मरणीय छ, दरबार हत्याकाण्डको छानविनका नाममा गठीत ‘उच्चस्तरिय आयोग’ नाम दिइएको तीन सदश्यीय आयोग गठन भए पनि एमाले महासचिव नेपालले नियुक्ति भए लगत्तै आफू उक्त आयोगमा नबस्ने भन्दै राजिनामा दिएका थिए । नेता नेपालबाहेक सो आयोगमा तत्कालिन प्रधानन्यायाधिश र सभामुखलाई तोकिएको थियो । भनिन्छ, पूर्वयोजनाअनुसार नै उक्त दुर्घटनाको प्रतिवेदन र्सार्वजनिक गरियो । जुन प्रतिवेदनमा उक्त भिमकाय दुर्घटना कसरी भयो, कसले गरेको हो र किन गरेको हो भन्ने बारेमा यथार्थ बाहिर ल्याइएको छैन्, त्यहाँ केबल विभिन्न व्यक्तित्वहरुका अन्तर्वार्तामात्र समेटीएको छ । प्रतिवेदन र्सार्वजनिकसँगै सभामुख तारानाथ रानाभाट ‘भ्याटा..टाटा’ नामले विवादीत भएका थिए भने तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायले समेत जन आलोचना खेप्न बाध्य हुनु परेको थियो ।

Popularity: 9%

Add comment November 15th, 2005

अमेरिकाले चुनाव बहिस्कार नगराउन प्रयास गर्ने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १५ –
माअ‍ोवादी र दलहरुको सहकार्यलाई सन्त्रासपूर्ण भनेर विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिमा जबर्जस्त तरङ ल्याउने अमेरिकाले अब स्थानीय निकायको चुनाव बहिस्कार नगराउन प्रयास गर्ने भएको छ।

सूत्रहरुबाट प्राप्त जानकारी अनुसार अमेरिकाले राजाले घोषणा गरेको चुनावलाई अहिलेसम्म अवैधानिक भनेर भनेको छैन। दलहरुले मात्र यसलाई अवैधानिक भन्दै बहिस्कार गर्ने निर्णय गरेका हुन्। माअ‍ोवादीहरुले भने चुनावलाई ध्वस्तै पार्ने भनिसकेका छन्। अझ माअ‍ोवादी र एमालेबीच रोल्पामा भएको सहमतिमा पनि स्थानीय निकायको निर्वाचनलाई असफल बनाउने उल्लेख छ।

अमेरिका सँधै माअ‍ोवादीलाई एक्ल्याउने रणनीतिमा लागेको हो। परिस्थितिका कारण भने झन् झन् राजा एक्लिन गइरहेको छ। यदि निर्वाचन बहिस्कार गरियो भने राजा झनै एक्लिने र दल र माअ‍ोवादीहरु झन् नजिकिने भएकोले पहिलो प्रतिक्रियास्वरुप त्यो विज्ञप्ति आएको र अब चुनाव बहिस्कार हुन नदिने तर्फ अमेरिका लाग्ने भएको छ।

यथास्थितिमा दलहरुले चुनावमा भाग नलिने भएकोले दल र राजालाई एकै ठाउँमा राख्न राजालाई पनि कडा दबाब दिने रणनीतिमा अमेरिका लाग्ने सूत्रले बताएको छ।

Popularity: 8%

Add comment November 15th, 2005

अँग्रेजी र हिसाबमा ब्याक !

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १५ –
माअ‍ोवादी कार्यकर्ताहरुले आजभोलि एउटा नयाँ र रमाइलो किसिमको कोडभाषा प्रयोग गर्ने गरेको समाचार एक स्थानीय भाषाको पत्रिकाले प्रकाशित गरेको छ। यो कोडभाषा हो- हिसाब र अँग्रेजीमा ब्याक लाग्नु।

पत्रिकाका अनुसार , चन्दा व अन्य स्रोतबाट आएको पैसा लिई भाग्नेलाई हिसाबमा ब्याक लागेको र केटी लिई भाग्नेलाई अँग्रेजीमा ब्याक लागेको भन्ने गरिन्छ।

आजभोलि माअ‍ोवादीमा यसरी अंग्रेजी र हिसाबमा ब्याक लागेका कार्यकर्ताहरु धेरै देखिन थालेका छन्। युध्दविरामका अवधिमा त्यस्तो प्रवृत्ति अझ बढेर गएको पत्रिकाले उल्लेख गरेको छ।

Popularity: 8%

4 comments November 15th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....