Archive for November 16th, 2005

दिल्लीमा दल र माओवादीबीच एघार सहमति

काठमाडौं, (महानगर)। भारतीय राजधानी नयांदिल्लीमा सात दलको म्यान्डेट लिएर गएका नेताद्वय माधवकुमार नेपाल र गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्डसंग वार्तामार्फत् विभिन्न ११ बुंदाको दल-माओवादी सहमति निर्माण गरेको खुलासा भएको छ।

कांग्रेस सभापति कोइराला हिजोसम्म पनि दिल्लीमा माओवादीसंग वार्ता भएको भारतबाट उच्च माओवादी स्रोतहरुले जानकारी गराएका छन्।

यता, कोइरालालाई प्रचण्डसंग वार्ता गराएर फर्केका एमाले महासचिव नेपाल राजधानीमा देशभरका अगुवा कार्यकर्तालाई परोक्षरुपमा दल-माओवादी सहमतिका कुराहरु ब्रिफिङ गर्दै हुनुहुन्छ। दुवै पक्षले सहमतिलाई एकदमै गोप्य राखेर आन्दोलनमा कार्यगत एकता गर्ने निर्णय गरेको थाहा भएको छ। यसैअनुरुप तिहार लगत्तै स्वदेश फर्केका महासचिव नेपालले माओवादीसंग वार्ता हुंदै नभएको बताएको स्रोतहरुको भनाई छ।

भारतीय नेताहरुको निमन्त्रणा मान्न भनेर भारत हानिएका नेपालले प्रचण्डसंगको सुरुआती वार्तामा सात बुंदामा सहमति बनाउनु भएकामा तिहारपछि कोइराला पनि वार्तामा जोडिंदा अन्य चार बुंदामा सहमति थप भएको विश्वस्त स्रोत बताउंछ।

कोइराला र नेपाललाई दशैंपछिको सात दलको शीर्ष बैठकले माओवादीसंग वार्ता गर्ने र सहकार्य खोज्ने उच्चस्तरीय म्यान्डेट दिएको थियो। कोइराला फर्केपछि सात दलको बैठकमा सहमतिका बुदाहरु राखिने र त्यहांबाट अनुमोदित भएमा सम्भवतः मंसिर दोस्रो सातादेखि दल-माओवादी समन्वित आन्दोलन सुरु हुने सूत्रहरुको दाबी छ।

माओवादीले हापुरे वार्तादेखि उठाउंदै आएको संविधान सभाको मागको सर्न्दर्भमा अन्तरिम सरकार गठन गरी संविधानसभा निर्वाचन गर्ने सहमति प्रचण्ड र नेपालबीचको वार्तामा भएको थियो। स्रोत अगाडि भन्छ- ‘तर कोइरालाले पछि त्यसमा सामान्य असहमति राख्नुभयो। उहांले संसद् पुनर्स्थापना हुंदै र्सवदलीय सरकार गठन गरी संविधानसभाको निर्वाचन गराउने कुरा उठाउनुभयो। तर, प्रचण्डले मरिसकेको संसद् पुनर्स्थापनातिर नजाऔं भन्ने अडान राखेपछि कोइराला सहमत हुनुभयो।’

दिल्ली वार्ताका सहमतिहरु सातै दलबाट स्वीकृत भएपछि मंसिर दोस्रो सातादेखि ‘माओवादी शहरमा र दल गाउंमा’ भन्ने रणनीतिका साथ समन्वित आन्दोलन हुने पनि स्रोतको भनाई छ। कोइराला सम्भवतः शुक्रबार राजधानी र्फकदै हुनुहुन्छ।

Popularity: 9%

Add comment November 16th, 2005

थापाले पार्टी दर्ता गर्ने तर चुनावमा भाग नलिने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १६ –
आफ्नो राजनीतिक जीवनको अधिकांश समय राजालाई सक्रिय सहयोग गरेर बिताएका सूर्यबहादुर थापाको नयाँ पार्टीले आगामी माघ २६ गते हुने भनिएको नगर निर्वाचन बहिस्कार गर्ने अ‍ौपचारिक निर्णय गरेको छ।

राजा निकट मानिएका पार्टीहरुले नै चुनाव बहिस्कार गर्ने भएपछि चुनावको अ‍ौचित्यमाथि नै प्रश्न उठेको विश्लेषकहरुले बताउन थालेका छन्। आन्दोलनरत सात दलले यसअघि नै निर्वाचन बहिस्कार गर्ने बताइसकेका छन्।

हालसम्म कुनै पनि स्थापित पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेको छैन। काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा पूर्व एमाले नेता केशव स्थापित बाहेक निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता गर्ने सबै पार्टीहरु भुरे टाकुरेमात्रै हुन्।

सात दलले निर्वाचन प्रयोजनका लागि पार्टी दर्तासमेत नगर्ने बताएका छन्। तर सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीले भने पार्टी चाहिँ दर्ता गर्ने बताएको छ। थापाले असोज १८ पछि राजाको मनोनीत सरकारमा प्रधानमन्त्री पदबाट पार्टीले किचकिच गरी राजीनामा दिनु परेको रिसमा आफ्नै अलग्गै पार्टी खोल्नुभएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने चुनावमा भाग लिने नलिने बारे अ‍ौपचारिक निर्णय गरिसकेको छैन।

यसैबीच निर्वाचनका लागि दल दर्ता गर्ने म्याद समाप्त हुनै आँट्दा मंगलबार १६ वटा खासै नाम नसुनिएका पार्टी दर्ता गर्ने निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ।

Popularity: 8%

Add comment November 16th, 2005

बार एसोसिएसनको विरोध कार्यक्रम रद्द

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १६ –
नेपाल बार एसोसिएसनले नेपाल अधिराज्य भरका अदालतमा आज बेञ्च बहिस्कार गर्ने भनी गरेको पूर्व निर्धारित विरोध कार्यक्रम आज साँझ अबेर फिर्ता लिएको छ।

अदालतको आदेशको विरोधमा कानुन व्यवसायीहरुले बेञ्च बहिस्कार गरेको भए नेपालको न्यायिक इतिहासमा त्यो एउटा नौलो रेकर्ड हुने थियो।

प्रधानन्यायाधीशसित आज तीन घण्टाभन्दा बढी समयसम्म बार पदाधिकारीको वार्ता भएपछि भएको लिखित सहमतिपछि बारले आफ्नो विरोध कार्यक्रम फिर्ता लिएको थियो। पछिल्ला दिनमा सरकारी सञ्चारमाध्यमहरु बारको यो विरोध कार्यक्रमप्रति अति नै आक्रामक भई विरोधमा समाचार सम्प्रेषण गर्न थालेको थियो। यहाँसम्म कि बार पदाधिकारीहरुविरुध्द अदालतको अवहेलना गरेको भन्दै मुद्दा समेत दायर गरिएको थियो।

सञ्चार अध्यादेशविरुध्द परेको रिटमा अन्तरिम आदेज जारी नगरी सरकारलाई अध्यादेश लागू गराउन बाटो खुला गरेपछि बारले विरोध कार्यक्रमको घोषणा गरेको थियो।

बार र प्रधानन्यायाधीशबीच के-कस्तो लिखित सहमति भएको हो भन्ने बारेमा विस्तृत विवरण प्रकाशमा ल्याइएको छैन। तर प्रधानन्यायाधीशले विधिको शासन र संवैधानिक सर्वोच्चतामा प्रतिवध्दता व्यक्त गर्नुभएको बताइएको छ।

Popularity: 8%

Add comment November 16th, 2005

अमेरिकी राजदूत-एमाले महासचिव वार्ता

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १६ –
नेकपा एमालेका महासचिव माधवकुमार नेपालसँग अमेरिकी राजदूत जेम्स एफ.मोरियार्टीले मंगलबार पार्टीको केन्द्रीय कार्यालय मदननगर, बल्खुमा भेट गर्नुभयो।

उक्त अवसरमा दुई देशबीचका आपसी चासो र हितका साथै नेपालको वर्तमान राजनीतिक अवस्था र माओवादीले जारी गरेको एकतर्फी युद्धविरामबारे छलफल भएको सो पार्टीले जनाएको छ।

नेपाल भर्खरै भारत भ्रमणबाट फर्कनुभएको हो। अमेरिकी राजदूत मोरियार्टी भर्खरै माअ‍ोवादीसित सात दलको सहकार्यलाई सन्त्रासपूर्ण रहेको वक्तव्य जारी गरी चर्चामा आएका थिए।

यसअघि सोमबार बेलायती राजदूत किथ ब्लुमफिल्डले एमाले महासचिवसित भेट गर्नुभएको थियो।

Popularity: 8%

Add comment November 16th, 2005

इन्टरनेट पत्रकारहरु संगठित भए

एचकेनेपाल डट कम, काठमाडौ । लामो समयको प्रतिक्षापछि विभिन्न इन्टरनेट पत्रिकाहरुमा कार्यरत संचारकर्मीहरुको पहलमा साइबर जर्नालिस्ट एसोसिएसन अफ नेपाल गठन गरेका छन्।

आज राजधानीमा सम्पन्न भएको साइबर जर्नालिस्टहरुले पत्रकार कार्तिकेय घिमिरेको अध्यक्षतामा ९ सदस्यीय गठित सो संस्थाका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष दिनेश बस्नेत, सचिव विभोर बराल, कोषाध्यक्ष दीक्षा गौतम र सदस्यहरुमा प्रकाश अधिकारी, राजाराम नेपाल, अनिल थापा, छत्र शंकर र रामहरि पाण्डे रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा बरिष्ठ आइटीविद डा. सुवर्ण शाक्य, बरिष्ठ पत्रकार किशोर भट्टर्राई, राजेश ढुंगाना, मनोज गजुरेल र पदम गौतम रहनुभएको छ ।

आइटीमा नेपालकै प्रथम विद्यावारिधि हासिल गर्नुभएका डा. सुवर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त मेलामा साइबर जर्नालिस्ट एसोसिएसन अफ नेपालको विधानमाथि छलफल गरिएको थियो । छलफल कार्यक्रममा डा. शाक्यले संस्था दर्ता जिल्ला प्रशासन कार्यालयमा नभएर गृहमन्त्रालयका दर्ता गर्न सल्लाह दिनुभएको थियो । उहांले वर्तमान अवस्थामा यस प्रकारको संस्था आवश्यक रहेको बताउंदै यसले विश्वव्यापी रुपमा नेपालीहरुलाई समेट्नु पर्नेमा जोड दिनुभएको थियो । त्यसैगरी बरिष्ठ पत्रकारहरुले साइबर पत्रकारहरुले प्रिन्ट मिडियाको भन्दा बढी जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहांले अबको जमानामा कसैलाई कुनै सूचना अवश्यक परेको खण्डमा इन्टरनेट खोल्ने गरेकाले इन्टरनेटमा काम गर्ने पत्रकारहरु अझ जिम्मेवार र मार्यादित बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले इन्टरनेट पत्रकारहरुको समस्या पहिचान गरी समाधानका लागि सरकारको ध्यानाकर्षा गराइनुपर्ने, इ-पत्रिकाहरुलाई अन्य पत्रिका सरह मान्यता दिनुपर्ने, इ-पत्रिकाका पत्रकारहरुलाई पनि सूचना विभागले उपलव्ध गराउने विज्ञापन र प्रेस पास उपलव्ध गराउनुपर्ने, इन्टरनेट पत्रिकाहरुको अनुगमन गरी स्तर वर्गीकरण गर्नुपर्नेर्, इन्टरनेट पत्रिकाहरुलाई ब्लक गर्नुअघि सरकारले तिनको राम्रो अध्ययन र अनुगमन गरी ब्लक गर्नुको कारणसहित सचेत तुल्याउनुपर्ने, इन्टरनेट पत्रिकाहरुलाई साइबर ल वा नियमावलीमा समेट्नुपर्ने, इन्टरनेट पत्रिकाहरुलाई व्यवस्थित गर्न बेलामै कानुनी दायरामा ल्याउनुपर्नेलगायतका विषयमा छलफल गरेको थियो । आज बनेको तदर्थ समितिले ६ महिनाभित्र संस्था दर्ता गरेर निर्वाचन गराउनुपर्ने तोकिएको छ । थप विषयवस्तुमा छलफल गर्नका लागि आगमी २२ नोभेम्बरका दिन तदर्थ समितिको बैठक बस्ने भएको छ । भेलामा राजधानीका अधिकांश इन्टरनेट पत्रिका र विदेशबाट संचालित पत्रिकाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Popularity: 8%

Add comment November 16th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....