Archive for November 18th, 2005

फेवातालमा युवायुवती बेपत्ता

कान्तिपुर समाचारदाता
लेखनाथ, -कास्की, मंसिर २ - राजधानीबाट घुम्न आएका एक जोडी युवायुवती बिहीबार फेवातालमा डुबेर बेपत्ता भएका छन् ।
दिउँसो साढे दुई बजे फेवातालको गौरीघाटबाट डुंगा लिएर घुम्न गएका ती जोडी तालको पश्चिमपट्टिको अनदुको टुँडामा डुबेका थिए । डुबेर बेपत्ता हुने युवा काठमाडौं- १३ टेबबहालका का २८ वर्षीय विकास महर्जन र युवती भक्तपुर दधिकोट- ७ की कमला कपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरू डुंगा छाडेर तालमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले उनीहरू दुर्घटनावश डुबेको वा आत्महत्या गरेको भन्ने प्रष्ट हुन नसकेको जनाएको छ । उनीहरूका अफन्तलाई खबर गरिनुका साथै खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

एक विद्यार्थीको मृत्यु

यसैबीच, सोही दिन बिहान पोखराबाट बेगनासतर्फ आइरहेको बस दुर्घटना हुँदा विद्यालय गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ भने न्ौ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गको पोखरा सहर प्रवेश हुने विजयपुर खोलाको पुल नजिकै साढे नौ बजे मिनि बस नालिमा पल्टिएर निर्मल तामाङको मृत्यु भएको हो । पोखरा- १४ चाउथेका १७ वषर्ीय तामाङ लेखनाथको अर्घौंस्थित जुनियर सिटिजनस् एकेडेमी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

विद्यालय जान बस चढेको दुई मिनेट नहुँदै उनी दुर्घटनामा परेका थिए । बस छेउपट्टी गएर पल्टिएपछि यात्रुहरू किचिएका थिए । तामाङको बसले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकालाई सेना र प्रहरीले बस उठाएर उद्धार गरी अस्पताल लगेका थिए । उक्त घटनामा घाइतेमध्ये लेखनाथ- १५ का ४४ वर्षीय कुलबहादुर सुनुवारको अवस्था गम्भीर भएको र अरू आठ घाइते खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त ग. १ ख २२४६ नम्बरको बसका चालक राजकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Popularity: 9%

1 comment November 18th, 2005

दल दर्ता गर्ने म्याद आज एक दिन मात्र

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १८ –
त्यसो त दिल्लीमा हाल भइरहेको राजनीतिक चहलपहलले नगरपालिकाको हैन, संविधान सभाकै निर्वाचन हुने संकेत देखिएको छ। तर पनि आगामी माघ २६ गते हुने भनिएको नगरपालिका निर्वाचन भने प्रमुख राजनैतिक दलहरुले बहिस्कार नै गर्ने देखिएको छ।

निर्वाचन प्रयोजनका लागि राजनैतिक दल दर्ता गर्ने अन्तिम म्याद आज एक दिनमात्र रहेको छ । आन्दोलनरत सात दलले अहिलेसम्म पार्टी दर्ता गराएका छैनन्। राप्रपा र राजपाले भने पार्टी दर्ता गराइसकेको छ तर निर्वाचनमा भाग नलिने संकेत देखाएको छ।

आयोगमा हिजो थप १३ दलले दल दर्ताका लागि आवेदन दर्ता गराएपछि आवेदन दिने दलको सङ्ख्या ५५ पुगेको छ । तर तीमध्ये प्रायः सबै दल पहिले कहिले पनि नाम नसुनेका दलहरु रहेका छन्। आयोगले आवेदन दिने १६ दललाई मात्र दर्ता गर्ने निर्णय गरिसकेको छ । बाँकी दलका हकमा क्रमशः दर्ता गर्ने निर्णय लिइने आयोगका प्रवक्ता तेजमुनि बज्राचार्यले जानकारी दिनुभयो ।

हिजो आवेदन दिनेमा नेपाल कोअपरेटिभ पार्टीबहुजन समाज पार्टी नेपाल, राष्ट्रिय जनशक्ति पार्टी प्रजातान्त्रिक नेपाल, नेपाल सोसलिस्ट पार्टी सुप्रिमेसी अफ नेप्लिज पिपुल, जनमुक्ति पार्टी नेपाल, नेपाली राष्ट्रिय एकता पार्टी राष्ट्रवादी प्रजातान्त्रिक परिषद्, नेपाली राष्ट्रिय जनभावना पार्टीसमाजवादी प्रजातान्त्रिक जनता पार्टीेपाल, राष्ट्रवादी मिलन केन्द्र नेपाल र नेपाल स्वतन्त्र समाजवादी पार्टी छन् ।

नेपाल अधिराज्यमा एक महानगर, चार उपमहानगरपालिका र ५३ नगरपालिका छन् ।

ती नगरपालिकामा ५८/५८ जना प्रमुख र उपप्रमुख, ८०६ वडाध्यक्ष तथा प्रतिवडा कम्तीमा एक महिला वडासदस्य तीन हजार २२४ गरी कुल चार हजार १४६ पदाधिकारी निर्वाचित हुनेछन् ।

आगामी माघ १३ गते निर्वाचन कार्यक्रम प्रकाशन हुँदैछ।

Popularity: 8%

Add comment November 18th, 2005

क्रिकेट र फुटबलमा नेपाललाई सफलता

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १८ –
यु-१९ एसीसी क्रिकेट प्रतियोगितामा कुवेतलाई नौ विकेटलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। फाइनलमा शनिबार नेपालको भिडन्त मलेसियासँग हुँदैछ। यो प्रतियोगिता जित्यो भने नेपालले युथ विश्वकप खेल्न पाउनेछ।

त्यसैगरी नेपाली युवा टीमका चेतन घिमिरेले अन्तिम समयमा गरेको एक गोल तथा उज्वेक गोलरक्षकको एक आत्मघाती गोलका कारण नेपाल उज्वेकिस्तानलाई शून्यका विरुद्ध २ गोलले पराजित गरी एएफसी अन्डर-१७ को दोस्रो चरणमा प्रवेश गरेको छ ।

उक्त विजयसँगै नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने एसियाली फुटबल युवा प्रतियोगितामा सहभागी हुन पाउने छ । समूह “एफ” मा परेको नेपालले यसअघि किर्गिजस्तानलाई पराजित गरेको थियो ।

नेपाली टीमका लागि ७५औँ मिनेटमा पहिलो गोलका रूपमा उज्वेकिस्तानका गोलरक्षक सुरोब्जोन सुल्तानोभले आत्मघाती गोल गरेपछि प्राप्त भएको थियो भने खेलको अन्तिम समयमा नेपाली टीमका कप्तान रञ्जित श्रेष्ठले हानेको कर्नर किकलाई चेतन घिमिरेले गोलमा परिणत गरेका थिए ।

Popularity: 8%

1 comment November 18th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....