चैत २६ बाट नयाँ जनआन्दोलन
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च ७-
सात राजनीतिक दलले आउने चैत २६ गतेबाट नयाँ ढंगले जनआन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। २०४६ सालमा चैत २६ गते नै राजाबाट प्रजातन्त्र पुनर्बहालीको घोषणा भएको थियो।
सात दलका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले राजासँगको संवाद र वार्ताको कुरालाई अौचित्यहीन भनेको छ।
बैठकमा चैत २६ गते राजधानीमा वृहद् प्रदर्शन गरी शान्तिपूर्ण असहयोग आन्दोलन गर्ने निर्णय गर्दै माअोवादीको नाकाबन्दी र हडताल फिर्ता लिन आग्रह गरेको छ।
१२ बूँदे समझदारीलाई कडाइका साथ लागू गर्नका लागि पनि सातल दलले माअोवादीलाई भनेको छ।
१२ बूँदे समझदारीबाट नै देशले निकास पाउने कुरामा उनीहरुले जोड दिएका छन्।
सर्वोच्चको फैसलापछि पनि राजा मन्त्रिपरिषदको अध्यक्ष भइराखेकोमा आलोचना पनि सात दलको बैठकले गरेको छ।
Popularity: 16%
Add comment March 7th, 2006
