Archive for March 13th, 2006

गैरकानुनी कामदार छनौट गर्ने पक्राउ

गैरकानुनी कामदार छनौट गर्ने पक्राउ
इराकमा कामदार पठाइयो

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च १३-
इजाजत नलिई गैरकानुनी रूपमा कामदार छनोट गरी कतार पठाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारतका के.पी.गुरुनाथ र रवान डेसुजा, लेवननका क्यामिल दिरानी तथा कतार एयरवेजका प्रबन्धक ज्ञान अमरसिङ्गे र सेक्रेटरी रीना सेन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कतार एयरवेजले विदेशी नागरिकलाई नेपाल बोलाई गैरकानुनी रूपमा विगतमा समेत कतार पठाएको तथा अहिले पनि उक्त होटलमा कामदार छनोट भइरहेको र प्रतिव्यक्ति रू.एक लाख ५० हजार उठाउने गरी अन्तर्वार्ता भइरहेको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय अर्न्तर्गत अपराध अनुसन्धान विशेष शाखाको टोलीले अभियुक्तहरूलाई फागुन २५ गते लाजिम्पाटस्थित एसटोरिया होटलमा पक्राउ गरेको थियो।

उनीहरूलाई आवश्यक कारबाहीका लागि श्रम तथा रोजगार प्रवर्द्धन विभागमा पठाइएको छ।

त्यसैगरी गैरकानुनी रुपमा १०० सय जना नेपालीलाई इराक पठाएको प्रमाण प्राप्त भएको स्वतन्त्र समाचार सेवाले दावी गरेको छ।

राजधानीको वसुन्धरामा कार्यालय रहेको दी ओभरसिजले गोप्य रुपमा इराक पठाएको प्रमाणसहितको कागजात , ६२ जनाको नाम र पासपोर्ट नम्बर पनि प्राप्त भएको बताइएको छ । २ साताअघि सय नेपालीलाई भारतबाट कुवेत हुँदै इराक पुर्‍याइएको छ।

Popularity: 16%

1 comment March 13th, 2006

माअ‍ोवादीको धम्कीले दुई यातायात बन्द

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च १३-
माओवादी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियनले धम्की दिएपछि भरपर्दो सेवाका लागि नाम चलेका राजधानीका २ यातायात सेवा आइतबारदेखि बन्द भएको छ।

यात्रुहरुबीच निकै लोकप्रिय रहेको र काठमाडौंका गल्ली-गल्लीमा रुट भएको नेपाल यातायात र कान्तिपुर यातायातले माओवादीद्धारा घोषित बन्दको अवज्ञा गर्दै सवारी चलाएको, मजदूरहरुको शोषण गरेको तथा संगठनको सुराकी गरेको आरोप लगाउँदै तीन दिन अघि सर्वसाधारणलाई ती सेवाका सवारी साधन नचढ्न उर्दी जारी गरिएको थियो ।

यातायात सञ्चालकहरुले भने बन्दका बेला सुरक्षाकर्मीहरुले जबर्जस्ती गाडी चलाउन लगाएकोले यस्तो अवस्था भोग्नुपरेको दावी गरेका छन्।

उपत्यकाभित्र मात्र दुबै यातायातका पाँच सय भन्दा बढी सार्वजनिक सवारी साधन सञ्चालन भइरहेका थिए।

Popularity: 16%

Add comment March 13th, 2006


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2006
M T W T F S S
« Feb   Apr »
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Posts by Month

Posts by Category

More news....