Archive for April, 2006

खबर दिनभर अप्रिल ३०-२००६

युवराजको गाडीले जन्तीको गाडीलाई ठक्कर, जन्ती उल्टै थुनामा
प्रधानमन्त्रीको शपथ ग्रहण
ज्योतिषहरुको भविष्यवाणी मिल्ला ?
यौन आवेग बढेपछि आफ्नै लिङ्ग काटियो


युवराजको गाडीले जन्तीको गाडीलाई ठक्कर
जन्ती उल्टै थुनमा

युवराज पारसले चलाएको गाडीले हिजो सांझ चावहिलनजिकै बिहेमा हिडेको जन्तीको बसलाई ठक्कर दिएपछि सबै जन्तीलाई प्रहरीले थुनेको छ। जन्तीको भनाईलाई लाई उदृत गर्दै समाचार स्रोतका अनुसार युवराजले गाडी चलाएका थिए। गौशालामा थुनिएका जन्तीले ‘ठक्कर दिएर उल्टै थुन्ने’ भनि आक्रोस पोखेका थिए।

प्रधानमन्त्रीको शपथ ग्रहण
अस्वस्थताका कारण पछि सरेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शपथ ग्रहण आज नारायणहिटी राजदरबारमा हुँदैछ। शपथ ग्रहणमा राजा,युवराज र अन्य संवैधानिक अङ्गका प्रमुख उपस्थित हुने प्रचलन छ। प्रधानमन्त्रीले यस पटक राजपरिषदको शपथ ग्रहण भन्ने नगर्ने भएका छन्। पहिले भए प्रधानमन्त्रीलाई राजाले र मन्त्रीहरुलाई राजाको अगाडि प्रधानमन्त्रीले शपथ ग्रहण गराउने गर्थे।

ज्योतिषहरुको भविष्यवाणी मिल्ला ?
२०६३ साल लाग्नुअघि नै केही ज्योतिषहरुले यो वर्ष राष्ट्रिय मेलमिलापको वर्ष हुने बताएका थिए। अहिले समय क्रम हेर्दा त्यो मिलेको जस्तो देखिएको छ। उनीहरुले यो वर्ष देशमा देखिएको राजनीतिक संकट हटेर मेलमिलापको वातावरण बन्ने दावी गरेका थिए। तर यो शान्ति दीर्घकालीन हुने हो कि हैन- त्यसमा भने सबैको चासो रहेको छ।

यौन आवेग बढेपछि आफ्नै लिङ्ग काटियो
यौन तृष्णा बढेको बढ्यै तर सँधैभरि स्वास्नी माइतिमा बसिरहेका कारण दिक्क भएर कञ्चनपुरका एक जनाले आफ्नै लिङ्ग काटेर फ्याँके।

कञ्चनपुरको सुडा गाविसका ३६ वर्षका जयबहादुर रैसालकी श्रीमति ७ महिनादेखि माइतिमा बस्दै आएकी र लामो समयदेखि यौन तृष्णा मेट्न नपाएको झोंकमा उनले आफ्नै लिङ्ग हसिँयाले काटेको आफन्तहरुलाई उद्धृत गर्दै स्वतन्त्र समाचार सेवाले जनाएको छ।

बिहीबार राति लिङ्ग काटेका रैसाललाई शुक्रबार बिहान काटिएको लिङ्ग प्लास्टिकको झोलामा हाली अञ्चल अस्पताल पुर्याएका भए पनि त्यहाँ उपचार हुन नसकेपछि भारत पठाइएको छ।

Popularity: 10%

5 comments April 30th, 2006

खबर दिनभर अप्रिल २९-२००६

बारुदी सुरुङ विस्फोटमा सात सैनिकको मृत्यु
प्रधानमन्त्रीको शपथ भोलि
सांसदहरुप्रति दुर्व्यबहार
भूमिगत माओवादीको खुला सभा

बारुदी सुरुङ विस्फोटमा सात सैनिकको मृत्यु
गुल्मीमा सेनाको भैरवप्रसाद गणमा बारुदी सुरुङ (माइन) विस्फोट हुँदा सात सैनिकको मृत्यु भएको छ। घटनामा ११ घाइते भएको प्रारम्भिक खबर छ। तर सेनाले १० जना घाइते भएको मात्रै पुष्टि गरेको छ।

पेरिमिटर खन्ने क्रममा बारुदी सुरुङ विस्फोट भएको थियो। बारुदी सुरुङ कसले बिछ्याएको भन्ने बारेमा केही थाहा हुन सकेको छैन।

प्रधानमन्त्रीको शपथ भोलि
जनआन्दोलनपछि प्रधानमन्त्री नियुक्त नेपाली काँग्रेसका ८३ वर्षीय सभापति गिरिजाप्रसाद कोइरालाले भोलि आइतबार बिहान १० बजे नारायणहिटी दरबारमा शपथ ग्रहण गर्दै हुनुहुन्छ।

दरबारमा शपथ ग्रहण गर्न नहुने भनी चर्का विचार आएका भए पनि कोइरालाले विधिको विधान राख्नलाई पनि त्यहाँ शपथ ग्रहण गर्नुपरेको हो। तर यसअघि उहाँले संसदमा पत्र पठाई आफू जनता र सात दलप्रति प्रतिवध्द भएको र यही शपथ भएको पनि उल्लेख गर्नुभएको थियो।

स्वास्थ्य अवस्था बिग्रिएकोले उहाँको शपथ ग्रहण ढिला भएको थियो। अब स्वास्थ्य सुधार भइरहेको बताइएको छ। बिहान टेलिभिजनबाट उहाँले भाकपाका सीताराम येचुरीलाई भेट गर्दै गरेको दृश्य समेत सार्वजनिक भएको थियो। नभए प्रधानमन्त्री नियुक्त भएदेखि नै उहाँका कुनै दृश्य सार्वजनिक गरिएका थिएनन्।

सांसदहरुप्रति दुर्व्यबहार
हिजो बसेको संसदको पहिलो बैठकले संबिधानसभाको निर्वाचनको घोषणा गर्न नसकेको भन्दै संसद भवन बाहिर बसेका एक आक्रोशित भीडबाट केही सांसदहरुमाथि दुर्व्यवहार भएका थिए। त्यसैगरी नयांबानेश्वरमा पनि नेका उपसभापति सुशिल कोइराला र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीप्रति दुर्व्यवहार गरेका थिए।

भूमिगत माओवादीको खुला सभा
लामो समयदेखि भूमिगत रही बिद्रोह गरिरहका माओवादीहरुले राजधानी लगायत अन्य शहरहरुमा खुला सभाहरु आयोजना गरेका छन्। हिजो राजधानीको खुल्लामञ्चमा र पोखराको चिप्लेढुंगामा खुला सभाको आयोजना गरी भूमिगत दलका भातृ संगठनका नेताहरु बोलेका थिए। संसदीय दलहरुलाई संबिधान सभामा नगए नारायणहिटीमामात्र हैन सिंहदरवारतर्फ पनि बन्दुक सोझिन सक्ने चेतावनी दिएका थिए।

Popularity: 10%

9 comments April 29th, 2006

खबर दिनभर अप्रिल २८-२००६

संसदमा संबिधान सभामा जाने प्रस्ताव
सरकारमा एमालेको नेतृत्व ओलीले गर्ने
बेलबारी घटनाका नाइके सैनिक हिरासतमा
प्रधानमन्त्रीको शपथ ग्रहण स्थगित

संसदमा संबिधान सभामा जाने प्रस्ताव
पुनर्स्थापित संसदको आज बसेको पहिलो बैठकमा संबिधान सभामा जाने प्रस्ताव राखिएको छ। प्रस्ताव राख्नुहुनेमा प्रस्तावित प्रम गिरिजाप्रसाद कोइराला हुनु हुन्थ्यो। कोइराला अस्वस्थ्यको कारण अनुपस्थित रहनु भए पनि प्रस्ताव पत्र उपसभामुख चित्रलेखा यादवले पढेर सुनाउंनु भएको थियो। उपसभामुख यादवले प्रस्तावमाथि पर्सी आइतबार ४ बजे छलफल हुने बताउंनु हुदैं त्यस समयसम्म संसदको बैठक स्थगित राखिएको जानकारी दिनु भएको थियो।

सरकारमा एमालेको नेतृत्व ओलीले गर्ने
नेकपा एमालेको आज बसेको आकस्मिक बैठकले सरकारमा एमालेको नेतृत्व गर्न स्थायी समिति सदस्य के.पी. ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ। सोही बैठकले मोरंग बेलबारीमा ६ जना निर्दोष गाउंलेहरुलाई गोली प्रहार गरी हत्या गर्ने दोषी सैनिक जवानबिरुद्ध कारवाहीको माग समेत गरेको छ।

बेलबारी घटनाका नाइके सैनिक हिरासतमा
मोरङको बेलबारीमा २६ अप्रिलमा सर्वसाधारण जनतामाथि गोली चलाउंने सुरक्षा फौजका नाइकेलाई सेनाले सैनिक हिरासतमा लिएको छ। स्थानीय सपना गुरुंगको बलात्कारपछि सेनाले हत्या गरेको भनि गाउंलेहरुले सैनिक क्याम्प घेर्दा सेनाले अन्धाधुन्ध गोली चलाई ६ जना गाउंलेको हत्या गरेको थिए। सोही घटनाका नाइके क्याप्टेन प्रल्हाद थापा मगरलाई शाही नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले हिरासतमा लिइ छानविन शुरु गरेको छ।

प्रधानमन्त्रीको शपथ ग्रहण स्थगित
आज विहान गरिने भनेको प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ। हिजो नारायणहिटी राजदरवारबाट प्रधानमन्त्रीको नियुक्ति पाउंनु भएका नेका सभापति अस्वस्थताको कारणले ढिलाई भएको जनाइएको छ।

आज दिनको १२ बजे माओवादीले खुल्लामञ्चमा सभा गर्दैछ। सभामा माओवादी समर्थित वर्गीय संगठनहरुको उपस्थिति रहने बताइएको छ।

आज पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ। आज कै बैठकले संविधानसभामा जाने निर्णय पारित गर्नेछ।

निशर्त संविधानसभामा जानका लागि सचेत गराउन दलका कार्यकर्ता र युवा विद्यार्थीहरुले सिंहदरबार वरपर घेरेर सांसदहरुलाई सचेत गराउँदैछन्।

Popularity: 10%

9 comments April 28th, 2006

खबर दिनभर अप्रिल २७-२००६

कोइराला प्रधानमन्त्रीमा नियुक्त, सपथ ग्रहण अनिश्चित
खुलामञ्चमा सातदलको विशाल आमसभा
आमसभामा सुशिल कोइराला बोल्नसाथ ढुंगामुढा
माओवादीले काठमाडौंमा खुला आमसभा गर्ने
आज टुँडिखेलमा विजय सभा
प्रजातान्त्रिक काँग्रेस अलग्गै संसदमा जाने
राष्ट्रिय सभा अन्यौलमा

कोइराला प्रधानमन्त्रीमा नियुक्त, सपथ ग्रहण अनिश्चित
नेका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री पदमा नियुक्ति हुनु भएको छ। नारायणहिटी राजदरवारले आज सांझ उहांको निवासमा प्रधानमन्त्री पदको लागि नियुक्ति पत्र पठाएको छ।

भोलि शुक्रबार बिहान नारायणीहिटी राजदरवारमा सपथ ग्रहण भनिए ता पनि अस्वस्थ्यका कारण सपथ ग्रहण कार्यक्रम अनिश्चित देखिएको छ। समाचार स्रोतका अनुसार उहांले महाराजगञ्जस्थित आफ्नै निवासमा चिकित्सकको सल्लाहमा कृत्रिम श्वास लिइ रहनु भएको छ।

खुलामञ्चमा सातदलको विशाल आमसभा
आमसभामा सुशिल कोइराला बोल्नसाथ ढुंगामुढा
प्रस्तावित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सन्देश लिएर आएका सुशिल कोइराला बोल्नसाथ उहांमाथि जनताले ढुंगामुढा गरेको समाचार प्राप्त भएकोछ। आमसभामा उपस्थित हजारौंले प्रस्तावित प्रम कोइरालालाई नारायणहिटीमा नभई जनताको सामु खुलामञ्चमा शपथ ग्रहण गर्न आग्रह गरिरहेका थिए। तर अस्वस्थको कारणले बोल्न नसक्ने भएपछि उहांको सन्देश सुनाउंन आउनुभएका सुशिल कोइरालामाथि जनताले षडयन्त्र भैरहेको भन्दै ढुंगामुढा गरेका थिए। पछि स्वयंसेवामा खटिएका स्वयंसेवाकर्मीहरुले उहां लगायत अन्य नेताहरुलाई जोगाएका थिए।

संयुक्त जनमोर्चाका अध्यक्ष अमिक शेरचनः ‘संबिधानसभा हुंदै गणतन्त्रमा जानु पर्नेमा जोड, माओवादीसंग जनआन्दोलनको लागि भएको अघोषित सहमतीलाई बंग्याउंनु नहुने धारणा, माओवादीका कार्यकर्ताहरु पनि लाखौं संख्यामा शान्तिपूर्ण जन आन्दोलनको सडकमा उत्रेपछि जन आन्दोलन सम्भव भएको धारणा।’

नेका प्रजातान्त्रिकका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाः ‘देशमा जसरी भए पनि संबिधान सभा ल्याएरै छोड्ने अठोट, श्री ५ सरकारको लेखिएको ठाउंमा नेपाल सरकार हुनु पर्ने धारणा।’

नेपाल बार एशोसिएशनका अध्यक्ष शम्भु थापाः ‘कमल थापाहरु जस्तालाई राजनीति गर्न नपाउंने गरी सजाय हुनु पर्ने, माओवादीले भने जस्तो निसर्त संबिधान सभाको निर्वाचन हुनु पर्नेमा जोड।’

नेकपा एमालेका महासचिव माधवकुमार नेपाल: ‘जनआन्दोलन दबाउन सक्रिय भूमिका खेल्नेलाई कारवाहीको लागि शक्तिशाली आयोग गठनको माग, संसद नचलेको समयमा दैनिक भत्ता नलिने घोषणा, सुरक्षा निकाय प्रमुखहरुलाई जनताको इच्छा अनुसार परिचालित हुन आग्रह, राजाका निरंकुश शासनका प्रमुख मतियार डा. तुल्सी गिरी र कमल थापाहरुलाई कारवाही गरिनुपर्नेमा विशेष जोड ।’

भारतीय कम्युनिष्ट पार्टीका कार्यकारी सदस्य अतुल रञ्जन: ‘नेपालमा राजतन्त्रको औचित्य समाप्त भैसकेको छ। ‘

२) प्रस्तावित प्रम गिरिजाप्रसाद कोइरालाले अस्वस्थ्यका कारण आमसभामा संबोधन नगर्ने भएपछि खुलामञ्चमा उपस्थित हजारौले कोइरालाले बोल्नु पर्ने माग गरेका छन्। जसको कारण केही समय भीड अनियन्त्रित समेत भएको थियो।

१) अहिले खुलामञ्चमा भैरहेको विशाल आमसभालाई दलका नेताहरुले संबोधन गर्ने क्रम जारीछ। updating…
माओवादीले काठमाडौंमा खुला आमसभा गर्ने
नेकपा माओवादीले भोलि १२ बजे राजधानीमा खुला आमसभा गर्ने जनाएको छ। माओवादी स्रोतका अनुसार उनीहरुको शान्तिपूर्ण जुलुसपछि खुलामञ्चमा आमसभाको कार्यक्रम रहेको छ। त्यस कार्यक्रममा भूमिगत दलका भातृ संगठनका नेताहरुले सम्बोधन गर्नेछन्। दलका नेताहरुलाई निःसर्त संबिधान सभाको निर्वाचनको लागि दवाव सिर्जना गराउंने उदेश्य आयोजना हुन लागेको स्रोतले जनाएको छ।

आज टुँडिखेलमा विजय सभा
सात दलले आज शहीद मञ्च, टुँडिखेलमा विशाल जनसभाको आयोजना गर्दैछ। दिनको दुई बजे हुने यो सभामा शीर्ष नेताहरुले आफ्ना धारणा राख्नेछन्। शेरबहादुर देउवाको पालामा संकटकाल लागेदेखि नै त्यहाँ कुनै राजनीतिक सभा भएका थिएनन्। वैशाख १२ गतेको विजय जुलुसमा स्वस्फूर्त रुपमा जनताले उक्त क्षेत्र कब्जा गरेपछि नागरिक समाजले त्यहाँ अघोषित सभा गरेको थियो।

प्रजातान्त्रिक काँग्रेस अलग्गै संसदमा जाने
नेपाली काँग्रेसबाट टुक्रिएर बनेको शेरबहादुर देउवाको नेतृत्वको नेपाली काँग्रेस प्रजातान्त्रिकले अलग्गै पार्टीको रुपमा संसदमा जाने निर्णय गरेको छ। यस विषयमा देउवाले गिरिजासित सहमति बनाइसकेका छन्।
राष्ट्रिय सभा अन्यौलमा
शाही घोषणाबाट प्रतिनिधि सभा पुनस्थापन भए पनि स्थायी सदन मानिने राष्ट्रिय सभाको के हुने भन्ने कुरा चाहिँ अन्यौलमा नै छ। राष्ट्रिय सभाका अधिकांश सांसदहरुको पदावधि समाप्त भइसकेको छ।

Popularity: 10%

13 comments April 27th, 2006

खबर दिनभर अप्रिल २६-२००६

माओवादीद्वारा ३ महिनाको लागि एकपक्षीय युद्धविराम
सभामुख रानाभाटद्वारा राजीनामा
सेनाको गोलीले मोरङमा ६ को मृत्यु २९ घाइते
को को बन्ने मन्त्री?
माओवादीद्वारा नाकाबन्दी फिर्ता
माधव नेपाल उप-प्रधानमन्त्री बन्ने रे..
माओवादीले धरान जाने बस जलाए
लोकतान्त्रिक गणतन्त्रको समर्थनमा देशबाहिरका नेपाली
जनभावनाको सम्मान गर्न दलहरुलाई आग्रह

माओवादीद्वारा ३ महिनाको लागि एकपक्षीय युद्धविराम
नेकपा माओवादीले ३ महिनाको लागि एकपक्षीय युद्धविरामको घोषणा गरेको छ। माओवादी अध्यक्ष प्रचण्डद्वारा जारी वक्तव्यमा निःशर्त संबिधान सभाको पनि माग गरेको छ। वक्तव्यमा संबिधान सभा र लोकतान्त्रिक गणतन्त्र, जनताको शान्तिप्रतिको आकांक्षाप्रतिको गहिरो प्रतिवद्धता माओवादीमा रहेको भन्दै आजकै मितिदेखि लागू हुने गरी ३ महिनाको लागि एक पक्षीय युद्धविरामको घोषणा गरेको जनाएको छ। updating…

सभामुख रानाभाटद्वारा राजीनामा
प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाटले सभामुखको पदबाट आज राजीनामा दिनु भएकोछ। उहांले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक बस्न दुइ दिन अघि राजीनामा दिनु भएको हो। सात दलले आहृवान गरेको जन आन्दोलनमा सरीक नरहनु भएका भाट पदबाट फालिने निश्चित भएपछि राजीनामा दिनु भएको थियो। राजीनामा दिनु अघि उहांले सातदलका शीर्ष नेताहरुसंग भेटघाट गर्नु भएको थियो।


सेनाको गोलीले मोरङमा ६ को मृत्यु १९ घाइते
मोरङ बेलबारीका स्थानीय सपना गुरुंगलाई सैनिक जवानहरुले बलात्कार गरेपछि गाउंलेले विरोधमा सैनिक क्याम्प घेर्न जांदा सेनाले चलाएको गोली प्रहारबाट कम्ती ६ जना गाउंलेको मृत्यु भएको छ भने २९ जना गम्भिररुपले घाइते भएकाछन्। प्रत्यक्षदर्शीका अनुसार, गोली लागी मृत्यु हुने ६ जनाको शब सेनाले क्याम्पभित्र लगेर राखेको बताइएको छ। कतिपय घाइतेहरूलाई सेनाले लगेकाले मृतकको संख्या बढी पनि हुनसक्ने बताइएकोछ। गुरूंगलाई बेलबारीस्थित नेपाल टेलिकम रिपिटर टावरको सुरक्षार्थ खटिएका ५ सेनाले हिजो राती बलत्कार गरी मारेको गाउंलेहरूको भनाई छ भने सेनाको भनाईमा त्यस युवतीले आक्रमण गर्न आएकीले गोली चलाएको भनिएको छ।

को को बन्ने मन्त्री?
मन्त्री बन्नेहरुको सूचि तयार हुन थालेको छ। एचकेनेपाल डट कमलाई स्रोतबाट प्राप्त जानकारी अनुसार एमाले महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा रक्षा मन्त्री बन्नु हुनेछ। गृहमन्त्री वामदेव गौतमले पाउनु हुनेछ। Last updated 1620 HKST..

माओवादीद्वारा नाकाबन्दी फिर्ता
व्यापक जनप्रदर्शन केन्द्रित गर्न सहज तुल्याउन र संबिधान सभाबारे सकारात्मक निर्णय लिने प्रतिबद्धतासहित नेका सभापति गिरिजाप्रसाद कोइरालाको आग्रहमा माओवादीद्वारा पूर्व घोषित नाकाबन्दी फिर्ता लिएको छ। तर नाकाबन्दी फिर्ता संसदको पहिलो बैठकसम्म तोकिएको छ।

माधव नेपाल उप-प्रधानमन्त्री बन्ने रे..
भावी मन्त्रीहरुको सूचि तयार पार्न आज दलहरुको आन्तरिक बैठक बस्दैछ। एमाले महासचिवलाई अन्य ६ दलबाट उप-प्रधानमन्त्रीको प्रस्ताव आएपछि छलफलको लागि एमालेको पनि बैठक बस्ने जनाइएकोछ।

माओवादीले धरान जाने बस जलाए
निःशर्त संविधानसभाको घोषणा नभएसम्म सदरमुकाम र राजधानीकेन्द्रित नाकाबन्दी कायमै राख्ने घोषणा गरेको माओवादीले आज बिहान काठमाडौंबाट धरानतर्फ गइरहेको एउटा यात्रुवाहक बसलाई महेन्द्र राजमार्गमा नाकाबन्दीको अवज्ञा गरेको भन्दै जलाइदिएका छन्। बसमा रहेका सबै ३७ यात्रुलाई झारेर माओवादीले आगो लगाइदिएका भए पनि मानवीय क्षति भने भएको छैन। बिहान ६ बजे लगाइएको आगो ९ बजे सेनाले स्थानीय बासिन्दाको सहयोगमा निभाएका थिए।

लोकतान्त्रिक गणतन्त्रको समर्थनमा देशबाहिरका नेपाली
एचकेनेपाल डट कम, जर्मनीमा रहेका नेपालीहरुले लोकतान्त्रिक गणतन्त्रको समर्थन गर्दै अप्रिल २४ गते शाही दूतावास, बर्लिन अगाडि प्रदर्शन गरे। एचकेनेपाल डट कम सहकर्मी विराज शर्माका अनुसार एक सय २० जना भन्दा बढी नेपाली तथा विदेशीहरुको सहभागिता रहेको उक्त प्रदर्शनमा नेपालीहरुले बर्लिनस्थित शाही राजदूत मार्फत राजा ज्ञानेन्द्रलाई एक ज्ञापनपत्र पठाएकाछन्। अष्ट्रियाको राजधानी भियानामा पनि लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि विशाल प्रदर्शन भएको खबर प्राप्त भएको छ। कमलकान्त आचार्यले दिनुभएको जानकारी अनुसार जुलुसले अष्ट्रियाका चान्सलर, अष्ट्रियाका परराष्ट्र मन्त्रालयका मन्त्री र दक्षिण एशिया प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए। कार्यक्रममा दलका नेताहरुलाई जनभावनाको कदर गरी लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो प्रमुख लक्ष्य बनाउंन आग्रह गरेका थिए। त्यसै गरी जुरिस स्विजरल्याण्डमा पनि लोकतान्त्रिक गणतन्त्रप्रति समर्थन जनाउंदै त्यहांका नेपालीहरुले प्रदर्शन गरेका छन्।

जनभावनाको सम्मान गर्न दलहरुलाई आग्रह
एचकेनेपाल डट कम, नेपाल भाषा मंका खलः यलका अध्यक्ष सुरेश प्रधान र ज्यापु समाज यलका अध्यक्ष चिरीबाबु महर्जनले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भन्नु भएको छ - जनआन्दोलनले सुस्पष्ट गरेको मार्ग चित्र अनुसारको लक्ष्य संविधान सभावाट नयाँ संविधानको निर्माण र राज्य पुनर्संरचना गरी बिगतको आन्दोलनबाट पूरा हुन नसकेका भाषा, जातिय अधिकारको समेत सुनिश्चित गरी जन भावनाको सम्मान गर्न संवन्धित राजनैतिक पक्षहरुलाई सचेत गराउंदछौं।

Popularity: 10%

25 comments April 26th, 2006

खबर दिनभर अप्रिल २५-२००६

बैशाख १५ गते संबिधान सभाको घोषणा गर्ने
काठमाडौ फेरि तनावग्रस्त
जनता जनआन्दोलन विरोधीहरुमाथि खनिन थाले
माओवादीद्वारा असहमती
गिरिजाप्रसाद प्रधानमन्त्री बन्ने
विजय जुलुस

बैशाख १५ गते संबिधान सभाको घोषणा गर्ने
अपडेट २३०२ हंस, नेकपा एमाले महासचिव माधवकुमार नेपालले बैशाख १५ गते बस्ने बैठकले संबिधान सभाको घोषणा गर्ने जानकारी दिनुभएको छ। कलंकीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लक्ष्य प्राप्ति नभएसम्म नेताहरुलाई खबरदारी गर्न समेत जनतासंग आग्रह गर्नु भयो। अब दलहरु सत्ता मोहमा फंस्दैनन् भन्ने उदाहरण सर्वसम्मतिबाट प्रधानमन्त्री पदको सिफारिस हो उहांले भन्नु भयो। Upadting…

काठमाडौ फेरि तनावग्रस्त
अपडेट २१५५ हंस, नागारिक समाजको आयोजनामा बिद्यार्थी नेता गगन थापा बोलिरहंदा घुसपैठ गरेका भिजिलान्तेले आक्रमण गरेपछि स्थिती तनावपूर्ण बनेको थियो। अहिले भिजिलान्ते घाइते अवस्थामा वीर अस्पतालमा छन्। आन्दोलनकारीले वीर अस्पताल घेरेकाछन्। आन्दोलकारीहरु राजदरवार तर्फ जादै गर्दा सुरक्षाकर्मीले अश्रु ग्याँस प्रहार गरेका छन्। केही घाइते भएका छन्।

जनता जनआन्दोलन विरोधीहरुमाथि खनिन थालेः
अपडेट २१०५ हंस, जनताहरु अब जन आन्दोलन विराधीहरुमाथि खनिन थालेको समाचारहरु प्राप्त भएका छन्। सातदलका नेताहरुले पनि आन्दोलनका समय जनतामाथि गरिएको क्रुर हिंसा, दमन र ज्यादति गर्नेहरुको कालो सूचि तयार पार्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए। जनआन्दोलन सफल भएपछि कारवाही गर्ने पनि भनेका थिए। चैत्र २४ देखि शुरु भएको आम हडताल पछि जनआन्दोलनमा परिणत भएको थियो। यसक्रममा सुरक्षाकर्मीको ज्यादति र गोली प्रहारबाट डेढ दर्जनभन्दा बढीले ज्यान गुमाएका छन्। समाचार स्रोतका अनुसार लेखनाथ उपनगरपालिका उप-प्रमुख दिनेशबहादुर भाटलाई त्यहांका जनताले कालो मोसो दलेका छन्। नगर प्रमुख भने सुरक्षाकर्मीको शरणमा पुगेका छन्। बुटवलबाट सहकर्मी चन्द्रकान्त खनालले जानकारी दिए अनुसार कालोमोसोको डरले त्यहांका जिविस पदाधिकारीहरु र नगर प्रमुख जिल्ला छोडी बेपत्ता भएका छन्। पाल्पाका जिविसका सभापति मिनबहादुर कुंवर बैशाखको पहिलो हप्ता नै सुरक्षाका निम्ति काठमाडौं भागेकाछन्।

माओवादीद्वारा असहमतीः
अपडेट १५३३ हंस, आफूसंग परामर्श नगरी सातदले दरवारसंग सम्झौता गरेकोमा नेकपा माओवादीले असहमती जाहेर गरेको छ। शाही घोषणामार्फत संसद पुनर्स्थापन गर्ने राजाको निर्णयलाई नेकपा माओवादीले निरंकुश सत्ता बचाउने चालखेल हो भनी टिप्पनी गरेकोछ।

गिरिजाप्रसाद प्रधानमन्त्री बन्नेः
अपडेट १३३० हंस, सातदलको आज बिहान ७ बजेदेखि बसेको बैठकमा नेका सभापति गिराजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउंने सहमती कायम भएको छ।
कोइरालालाई एमाले महासचिव माधवकुमार नेपाल र नेका प्रजातान्त्रिक सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका थिए भने बाँकी ५ दलले समर्थन गरेका थिए।

विजय जुलुसः
अपडेट ११३५ हंस, शाही सम्बोधनमार्फत चार बर्षअघि बिघटन भएको प्रतिनिधि सभा पुनःस्थापना भएपछि जनता फेरि सडकमा खुशीले उफ्रेका छन्। हिजो देशका विभिन्न भागमा मध्यरात पनि ‘यो जीत कस्को जनताको’ भन्ने नाराका साथ विजय जुलुस निक्लेका समाचारहरू प्राप्त भएका छन्।

Popularity: 10%

54 comments April 25th, 2006

खबर दिनभर अप्रिल २४-२००६

जनआन्दोलन भाग २- अप्रिल २४

अपडेट ०२०७ हंस, श्री ५ ज्ञानेन्द्रबाट आज राती सोमबार साढे ११ बजे बक्स भएको शाही सम्बोधनमा २०५९ जेठ ८ गते विघटन भएको प्रतिनिधि सभाको पुनर्स्थापना, वैशाख १५ शुक्रबारका दिन प्रतिनिधि सभाको बैठक बस्ने हुकुम हुंदै जनआन्दोलनमा जीवन गुमाएका प्रति समवेदना प्रकट गरिबक्सेको छ। सम्बोधनमा घाइतेलाई सिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सदै सार्वभौमसत्ता नेपाली जनतामा नै रहेको घोषणा गरिबक्सेको छ।

शाही सम्बोधन सुन्न यहाँ क्लिक गर्नुहोस्।

अपडेट १२३० हंस, राजाबाट अहिले साढे ११ बजे राष्ट्रका नाममा नयाँ शाही सम्बोधन बक्स हुँदैछ।

अपडेट १५३० जनआन्दोलनको १९औं दिन काठमाडौंको बसुन्धरामा गोली चलेकोछ। गोली लागी ७ जना प्रदर्शनकारी घाइते भएका छन्। शान्तिपूर्ण प्रदर्शनमा जुलुस चावहिलतर्फ जान लाग्दा प्रहरीले हस्तक्षेप गरी गोली चलाएको थियो।
अपडेट ०३२० राजाको शाही घोषणामा उत्रेका आन्दोलनकारीहरुले सिर्द्धार्थनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रामसेवक यादवलाई कालोमोसो दली जुत्ताको माला लगाई नगर परिक्रमा गराएका छन्। हाम्रा सहकर्मी चन्द्रकान्त खनालका अनुसार वडा नं.१ बेलहियाका आन्दोलनकारीहरुले यादवलाई आन्दोलन विरोधी र लोकतन्त्र विरोधी भन्दै कालो र जुत्ताको माला लगाएर बजार घुमाएका थिए।आन्दोलनकारीहरुले शुक्रबारको शाही सम्बोधनबाट आक्रोशित भई राज परिषद्का एक सदस्यको घरमा आगजनी गरेका छन्। नवलपरासी जिल्लाको पिठौली गाउँ विकास समिति घर भएका राजपरिषद् सदस्य चिन्त बहादुर बस्नेतको घरमा गरिएको थियो।
अपडेट ०२१५ पोखरा- शिव शर्मा, राजाको शाही सम्वोधनपछि सडकमा त्यसको विरोध गर्ने शैली पनि परिवर्तन हुदै गएको छ।कोही लोकतान्त्रिक गीत गाउंदै राजतन्त्रको खरो विरोध गरिरहेका छन्। कोही शरीर नाङ्गो वनाएर गणतन्त्र लेखेर सडकमा नारा वाजी गरिरहेका छन्।कोही घरेलु सामान थाल ठटाएर लोकतन्त्रको पक्षमा नारावाजी गरिरहेका छन्। यस्तै सोमवार विहान पोखरामा युवाहरुले सडकमै सुतेर लोकतन्त्रको माग गरे।युवा फोरम पोखराले आयोजना गरेको विरोध कार्यक्रममा भिमसेन चोकमा राजतन्त्रको चिहान लोकतन्त्रको विहान लेखेको व्यानर ओढेर युवायुवतिहरु सडकमै सुते। सोही अवसरमा युवा फोरमका अध्यक्ष जीवन वरालले निरंकुश राजतन्त्रको अन्त्य हुने दिन नजिकै आइसकेको वताए।
यता पोखरा उपमहानगरपालिका का कर्मचारीहरु समेत लोकतान्त्रिक गणतन्त्रको पक्षमा र्समर्थन जनाउदै कार्यलय परिसरमा राजतन्त्र विरोधी चर्का नारा लगाउदै वसेका छन्।आज त उनिहरुले राजतन्त्र विरोधी लोकतान्त्रिक दोहोरी गीत समेत गाए।आईतवार विहान नगरपालिका परिसरमा पुगेका नगरपालिकाका उपमेयर जयलाल पुनलाई आफनै कर्मचारीले लगारे। उता आन्दोलनले चरम रुप लिएपछि नगरपालिका मेयर भिमसेन थापा फरार छन्।
अपडेट समय १२०७ भोलि १२ बजे २० लाख जनता उतार्नका लागि कर्फ्यु तोड्दै प्रचार सुरु भएको छ। भोलि घर-डेरामा ताला लगाएर जन प्रदर्शनमा उपस्थित हुन सबैलाई सात दलले अनुरोध गरेको छ। नारायणगढमा आन्दोलनकारीले १ वटा र बाराको सिमरामा ९ वटा गाडी तोडफोड गरिएको छ। ती ट्रक काठमाडौं ल्याउन लागिएका थिए सैनिक एस्कोर्टका साथ।
अपडेट १०:४५ बजे नेपाली समय, जनआन्दोलनले चरम उत्कर्ष लिइरहेको बेला बेफ्वांकमा आफ्नो उपस्थिती जनाउंन माओवादीले हिजो राती सिन्धुपाल्चोकको सदरमुकाम चौतरामा आक्रमण गर्दा उल्टै ५ माओवादीको मृत्यु भएको छ। सुरक्षाकर्मीतर्फ भने एक जनाको मृत्यु भएको छ। माओवादीले राती ९ बजे जिल्लास्थित सेना, प्रहरी बेसक्याम्पमा आक्रमण गर्नुका साथै नेपाल टेलिकमको टावरमा क्षति पुर्‍याएको छ। टेलिफोन सम्पर्क टुटेका कारण विस्तृत जानकारी प्राप्त भै सकेको छैन।
अपडेट १०:३० बजे नेपाली समय, सात दलले आहृवान गरेको आम हडतालको १९औं दिन काठमाडौंको चक्रपथभित्र लगातार पांचौं दिन दिउंसो कर्फ्यु जारी गरेको छ। बिहान ११ बजेदेखि सांझ ६ बजेसम्म।


दरबार क्रुध्द
अप्रिल २४- काठमाडौं, अस्तिको दिन प्रदर्शनकारीहरु चक्रपथबाट काठमाडौंका भित्री शहरहरुमा कर्फ्यु तोडेर प्रवेश गरेपछि दरबार एकदमै क्रुध्द भएको खबर छ।

शाही घोषणासँगै तुलसी गिरी, कमल थापाहरु जस्ताको हैसियत समाप्त भइसकेकोले उनीहरुले सुरक्षाको कार्य हेर्न पनि छाडिसकेका छन् र अहिले सबै निर्देशन दरबारबाटै भइरहेको बुझिएको छ।

यसै कारण हिजो सुरक्षाकर्मी अत्यन्त्रै कडा रुपमा प्रस्तुत भएका थिए। ठाउँठाउँमा गोली चलाएर भए पनि उनीहरुले कुनै पनि ठाउँबाट सहरको मध्यभागमा प्रदर्शनकारीहरुलाई पस्न दिएनन्।

नत्र भने शाही घोषणासँगै सुरक्षाकर्मीहरु नरम भइसकेका थिए। यद्यपि अझै पनि केही सुरक्षाकर्मीहरु आन्दोलनकारीहरुलाई देख्दा हात उठाएर अभिवादन गर्ने जस्ता दृश्य देखिएको छ। एचकेनेपाल डट कम


२० लाख जनता सडकमा उतार्ने तयारी
अप्रिल २४- काठमाडौं, सात दलको आइतबार बसेको बैठकले विरोध प्रदर्शनका थप कार्यक्रम तय गरेको छ। यस अन्तर्गत आज ती कार्यक्रमका प्रचारको काम हुनेछ। सरकारी कर्फ्युको भने भर छैन। आज पनि सरकारले कर्फ्यु लगाउन सक्छ। आज पनि कर्फ्यु लगाइयो भने त्यो राजधानीमा दिउँसो लगाइएको लगातार पाँचौं दिनको कर्फ्यु बन्नेछ।

नयाँ कार्यक्रम अनुसार भोलि सात दलका शीर्ष नेताहरुको नेतृत्वमा चक्रपथमा जनप्रदर्शन हुनेछ। यसका लागि सात दलका नेता सात ठाउँबाट सहभागी बन्नेछन्। नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला महाराजगञ्जबाट सहभागी हुनेछन् भने नेकपा एमालेका महासचिव माधव नेपाल कलंकीबाट। अन्य नेताहरु अन्य स्थानबाट सहभागी हुनेछन्। यसमा २० लाख मानिस उतार्ने लक्ष्य राखिएको छ।

त्यसैगरी पर्सि राजधानीका विभिन्न सात नाकामा लाखौं जनतालाई सडकमा धर्नामा उतार्ने कार्यक्रम तय भएको छ।
सात दलको कार्यक्रमलाई बिथोल्न कर्फ्युबाहेक अरु उपाय नदेख्ने सरकारले कसरी यो कार्यक्रमलाई बिथोल्ने प्रयास गर्ने हो भन्ने चाहिँ प्रतीक्षाको विषय बनेको छ। एचकेनेपाल डट कम


त्रिभुवनको शालिक ध्वस्त
अप्रिल २४- काठमाडौं, आन्दोलनकारीहरुले नेपालगन्जको केन्द्रविन्दुमा रहेको राजा त्रिभुवनको शालिकलाई ध्वस्त बनाएका छन्।

उनीहरुले यसअघि नै नेपालगन्जमा रहेका राजा महेन्द्र , रत्न, राजा ज्ञानेन्द्र र युवराज पारसका शालिक र बोर्डहरु ध्वस्त पारिसकेका छन्।

शाही घोषणाका विरुद्धमा हिजो त्यहाँ किसानहरुले हलो कोदालो सहित प्रदर्शन गरेका थिए। एचकेनेपाल डट कम


अत्यधिक बल प्रयोग नगर्न आयोगको आग्रह
अप्रिल २४- काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुले अत्यधिक बल प्रयोग गरिरहेको भन्दै त्यसो नगर्न सरकारलाई भनेको छ। आयोगले आन्दोलनका क्रममा बालबालिकाहरुलाई प्रोत्साहन नदिन पनि आन्दोलनरत पक्षलाई भनेको छ।

कर्फ्युको समयमा अत्यावस्यक सेवाका एम्बुलेन्स, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा मावनअधिकारकर्मीलाई कर्फ्यु पास उपलब्ध गराई निर्वाधरुपमा काम गर्न दिन सरकारलाई आयोगले सिफारिस गरेको छ।

आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयलाई पत्र प ठाई सात राजनीतिक दलको शान्तिपूर्ण प्रदर्शनहरुलाई निमन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीबाट विना चेतावनी , लाठी, अश्रुग्याँस तथा गोली प्रहार गरिएको पाइएकाले त्यस्ता कार्य तत्काल रोक्न सरकारसंग आग्रह गरेको छ।

प्रदर्शनका क्रममा ठूलो संख्यामा ब्यक्तिहरु घाइते भएका र उनीहरुको तत्काल उपचार गर्नका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई मानवीय उद्धार गरी उपचार गर्ने कार्यमा अवरोध नगर्न आयोगले आग्रह गरेको छ। साथै शान्तिपूर्ण आन्दोलनबाट गिरफ्तार सम्पू र्ण नेता तथा कार्यकर्ता छोड्न पनि आग्रह गरिएको छ।

प्रदर्शनको क्रममा घाइते भएको ब्यक्तिहरुको निःशुल्क उपचारको ब्यवस्था गर्न तथा घाइतेहरुका परिवारलाई उनीहरुको अवस्थाबारे जानकारी गराउनु पर्ने विज्ञप्तिमा उल्लेख छ।

आयोगले सात राजनीतिक दललाई लामो सयम देखि जारी रहेको आमहड्तालका कारण अत्यावश्यक उपभोग्य सामाग्री औषधी , खाद्यान्न तथा इन्धन जस्ता पदार्थहरुको आपूर्तिमा गम्भीर असर पर्न गई बिरामी तथा सर्वसाधारणको दैनिक जीवन कष्टकर हुँदै गएकोले यस्ता सामाग्री बिना अवरोध ढुवानी गर्ने तर्फ उचित वातावरण सिर्जना गर्न आयोगले अपिल गरेको छ। एचकेनेपाल डट कम

Popularity: 10%

13 comments April 24th, 2006

अप्रिल २३-२००६ का समाचारहरू

जापानबाट लोकतान्त्रिक आन्दोलनप्रति समर्थन

अप्रिल २३- गुन्माकेन जापान, निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र स्थापनाको लडाईमा शहादत प्राप्त गर्नुहुने तमाम बीर शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यहांका नेपालीहरुले लोकतान्त्रिक आन्दोलनको समर्थनमा एक संयुक्त प्रेस वक्तव्य जारी गरेका छन्।

रामराज रिजाल (संयोजक- मानवअधिकार तथा शान्ति प्रतिष्ठान, गुन्माकेन, जापान), गोपाल पोखरेल (संयोजक- नेपाली लोकतान्त्रिक सहयोग समाज, गुन्माकेन, जापान,) र धुर्व प्रसाद अर्याल (सचिव - नेकपा एमालेप्रवास कमिटी, गुन्माकेन जापान) को संयुक्त प्रेस वक्तव्यमा भनेको छ -
‘ नेपालकोइतिहासमा राजतन्त्रले नेपाली जनताहरुलाई पटकपटक धोका दिदै आएकोकुरा सर्वविदितै छ। र, फेरी आज लोकतान्त्रिक आन्दोन चरम उत्कर्षा पुगेकोबेला जनआन्दोनका संवाहक शक्तिहरुसंग सामान्य छलफल समेत नगरी जनताको मर्म र भावनाको विपरित एउटा शाही संबोधनरुपी खेस्राका नाममा जनआन्दोलन तुहाउन खोजिएकोछ। राजाको कुत्सित षडयन्त्रलाई भण्डाफोर गर्दै जनआन्दोनलाई अझ उचाईमा पुर्‍याएर २३७ बर्षको गलगाँड बनेर बसेकोराजतन्त्र सदाका लागि अन्त्य गरी नेपाली जनताको महान जनआन्दोलनलाई विजय उन्मुख गराउन सम्पूर्ण राजनीतिक शक्तिहरु,पेशाकर्मी, मानवअधिकारवादी,पत्रकार, वकिल, डाक्टर, प्रध्यापक, शिक्षक, विद्यार्थी, उद्योग-व्यापारी देखि किसान-मजदुर सम्म सबै तह र तप्काका नेपाली दाजुभाईतथा दिदी बहिनीहरुलाई हार्दिक आहृवान गर्दछौ।’

‘शान्तिपूर्ण जनआन्दोलनमा उत्रेका जनसमुदाय माथि गरिएको वर्वर दमनको घोर भर्त्सना गर्दछौ। हामी प्रवासमा रहेका सम्पूर्ण नेपालीहरु तथा संघ संगठनको तर्फाट अबको आन्दोलन लोकतन्त्रभन्दा अन्य कुनै पनि र्सतमा सम्झौता हुन नहुने भन्दै आन्दोलनलाई थप उचाईमा पुर्‍याउदै लोकतान्त्रिक गणतन्त्रको दिशानिर्देशको लागि नैतिक र्समथन गर्दै एक्यवद्धता जाहेर गर्दछौं। राजाको षडयन्त्रमूलक शाही सम्बोधनको भ्रममा नपरी जनताको वास्तविक चाहना लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहयोग र पूर्ण समर्थन गर्न संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, छिमेकी राष्ट्रहरु तथा अन्य अन्तराष्ट्रिय संघ-संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौ।’
एचकेनेपाल डट कम


पोखरामा प्रहरीद्वारा जनआन्दोलनका घाइतेहरुका लागि रक्तदान

police blood donation.jpg
अप्रिल २३ -पोखरा, चारैतिर प्रहरी ज्यादतिको विरोध भैरहंदा पोखराका एकजना प्रहरीहरुले जनआन्दोलनका घाइतेहरुलाई सहयोग गर्न आइतबार रक्तदान गरेकाछन्। हाम्रा सहकर्मी
शिव शर्माका अनुसार नेपाल यातायात मजदुर संगठनको आयोजनामा रक्तदान भैरहंदा नगर क्षेत्रमा गस्ती गरिरहेका एउटा प्रहरी भ्यान रक्तदान कार्यक्रम परिसरमा आएर टक्क अडियो। भ्यानवाट एक्कासी एक जना प्रहरी हवल्दार रक्तदानका लागि तम्तयार भए। उनको रगत जांच भयो र रक्तदान पनि गरे उनले। रक्तदानमा प्रहरी हवल्दार गोपाल परियारले रक्तदान दिदै गर्दा पृथ्वीचोकमा सर्वसाधारणको भीड पनि थेगी नसक्नु भयो। धेरै जना मुखामुख गदै एक आपसमा भन्दै थिए ‘हैन प्रहरीहरु पनि अव यसरी नै आन्दोलनमा समर्थन गरेर आए हुन्थ्यो नि।’ धेरै जना ती प्रहरीको उदार हदय देखेर तीन छक्क परे पनि। फेरी नपरुन पनि कसरी आम हडताल शुरु भएदेखि आन्दोलनकारीसंग मात्र होइन सर्वसाधारणमाथि नै जाइ लाग्ने प्रहरीहरु आज उल्टै उनीहरुकै कुटाईबाट सख्त घाइते भएकाहरुको सहयोगार्थ आयोजना गरिएको रक्तदान कार्यक्रमा सहभागी भएर रक्तदान गर्दा। ३६ बर्षीय ती प्रहरी हवल्दारले आफ्नो युनिफम मै आएर रक्तदान गरेका थिए। तस्विरः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम




लोकतन्त्रको पक्षमा अमेरिकी संसद भवन अगाडि प्रदर्शन
अप्रिल २३ -वासिङ्टन डीसी, नेपालमा चलिरहेको जनआन्दोलनको समर्थनमा ऐक्यवद्दता प्रकट गर्ने क्रममा अमेरिकाको वासिङ्टन डीसी मेट्रोपोलिटन क्षेत्र वरपर बस्ने नेपालीहरुले अमेरिकी संसद भवन अगाडि शुक्रबार एक विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको समाचार प्राप्त भएको छ। हाम्रा सहकर्मी लेखनाथ भण्डारीका अनुसार कार्यक्रममा नेपालको जनआन्दोलनका समर्थनमा र राजतन्त्रको विरोधमा विभिन्न नाराहरु लगाइएको थियो।

कार्यक्रमका वक्ताहरुले नेपालको इतिहासमा राजतन्त्र सधैं प्रजातन्त्रका लागि बाधा र अड्चन भएको उल्लेख गर्दै पूर्ण लोकतान्त्रिक पद्धती आवश्यक रहेको बताउंनु भएको थियो। अमेरिकी संसद जेम्स टी वाल्स विरोध कार्यक्रममा सहभागी हुन नपाएको भन्दै एक सन्देशमार्फत आफू नेपाल र नेपाली जनताहरुले शान्ति, स्थीरता र प्रजातन्त्र पाउनुपर्छ भन्ने कुराको र्समर्थनमा रहेको जनाउनुभएको थियो।

कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल साउथ एसियाका डाइरेक्टर टी कुमार, डा. श्याम कार्की, अधिवक्ता दिनेश त्रिपाठी, हृयुमनराइट् कमिटी युएसएका अध्यक्ष डा. बलराम अर्याल, होमराज आचार्य, कृष्ण कँडेल, प्रेम संग्रौला, गिरीश पोखरेलले बोल्नु भएको थियो। कार्यक्रम सञ्चालन राजेन्द्र वलीले गर्नु भएको थियो। एचकेनेपाल डट कम

Popularity: 10%

Add comment April 23rd, 2006

एचकेनेपाल डट कमको जरुरी सूचना

एचकेनेपाल डट कमको जरुरी सूचना
‘वेव साइटको प्राविधिक समस्या’ले गर्दा एचकेनेपाल डट कममा समाचार तथा अन्य सामाग्री समयमै अपडेट गर्न नसकिएकोमा हामी क्षमा प्रार्थी छौं।

केही समय यता पाठकहरुको ‘आकस्मिक बढ्दो चाप’ले गर्दा यो समस्या उत्पन्न भएको यहांहरुलाई अवगत गराउंन चाहन्छौं।

यद्यपि, नेपालमा जारी जन आन्दोलनलाई ध्यानमा राखी हामीले ‘लाइभ न्युज अपडेट’ गर्ने प्रयत्न गर्दैछौं, तसर्थ सहकर्मी मित्रहरुलाई आफ्ना क्षेत्रका समाचारहरु नियमित र संक्षिप्त रुपमा हामीलाई उपलव्ध गराई सहयोग गर्न अनुरोध गरिन्छ।

अब देश विदेशको समाचार र हंगकंग समाचार सम्प्रेषणलाई केही फरक ढंगले प्रस्तुत गर्न थालेका छौं। जसले गर्दा हामीले वाध्य भएर समाचारलाई विस्तृतमा सम्प्रेषण नगरी संक्षिप्तरुपमा प्रकाशन गर्ने छौं।

साथै देश विदेशको समाचारको नाम परिवर्तन गरी ‘खबर दिनभर’ र हंगकंग समाचारको नाम परिवर्तन गरी ‘हंगकंगमा यो साता’ राखिने यहांहरुलाई अवगत गराउंन चाहन्छौं।

यहांहरुलाई पर्न गएको असुविधाप्रति हामी क्षमा चाहन्छौं।

पशन तमू
प्रधानसम्पादक
एचकेनेपाल डट कम

Popularity: 10%

2 comments April 23rd, 2006

Breaking News: सातदलहरुद्वारा राजाको आहृवानप्रति असहमति, आन्दोलन जारी रहने

सातदलहरुद्वारा राजाको आहृवानप्रति असहमति, आन्दोलन जारी रहने
एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २२ -
काठमाडौं, सातदलको आज बसेको बैठकले राजाको आहृवानप्रति असहमति जनाउंदै जन आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ।

राजाबाट हिजो शाही घोषणामा मन्त्रीपरिषदको गठन गर्नका लागि प्रधानमन्त्रीको लागि यथासिघ्र नाम सिफारिस गर्न सातदलको राजनैतिक गठबन्धनलाई गरिबक्सेको आहृवानप्रति सात दलले असहमति जनाएको छ।

महाराजगञ्जस्थित कोइराला निवासमा बसेको सात दलको बैठकले संसद पुनर्स्थापना, अन्तरिम सरकार र संबिधान सभाको निर्वाचन नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ।

बैठकले राजाको शाही घोषणाले दलहरुको आन्दोलनलाई सम्बोधन गर्न नसकेको ठहर पनि गरेको छ।

Updating…


……………………………………………………………………

के छ राजाको सम्बोधनमा ?

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २२-
काठमाडौं, राजाले हिजो गरेको सम्बोधनका बारेमा राजनीतिक दल र सर्वसाधारणको प्रतिक्रिया आउने क्रम जारी छ। के छ त राजाको सम्बोधनमा ? सम्बोधनको पूर्ण पाठ यस प्रकार छ-

प्यारा देशवासीहरु ,

जन निर्वाचित निकायहरुलाई जीवन्त तुल्याएर बहुदलिय प्रजातन्त्रलाई र्सार्थक अभ्यासमा उन्मुख गराउन हामीबाट तत्कालिन परिस्थितिमा बाध्य भई २०६१ माघ १९ गते कदम चाल्नु परेका कुरा र्सवविदितै छ । हामी यो कदममा साथ दिएर आम जनताले शान्ति र प्रजातन्त्र नै आफ्नो चाहना भएको पुष्टी गरे , राष्ट्रसेवकहरुले कर्तव्यपरायणता देखाए , हामी यसको सह्राहना गर्दछौं।

आफ्नो गौरवमय परम्परालाई अघि बढाउंदै सुरक्षाकर्मीहरुले प्रद र्शन गरेको लगन , शाहस र अनुशासनको हामी कदर गर्दछौं । हामीबाट देशको सबै भागमा गएर जनताको पिर मर्का र चाहना बुझी आँसु पुछ्ने प्रयास पनि गर् ‍यौं । जनताको ढाडस बढाउन कोशिस पनि गरेकै हो । हत्या , हिंसा र आतंकबाट देश र जनताको हितमा संवांदको बाटोमा आउन राजनीतिक दलहरुलाई आग्रह पनि गर्‍यौ।

तर , यो साकार भएन। प्रजातन्त्रको आर्दश प्राप्तिको लागि राजनीतिक दलहरुको सक्रिय संलग्नता र सहभागिता अनिवार्य हुन्छ । यसका साथै देश तथा जनताको बृहत हित तथा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउने शाहवंशीय परम्परा रहेको तथा संवैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रमा हाम्रो अटुट प्रतिवद्धता भएकोले आज यही शाही घोषणाद्धारा नेपाल अधिराज्यको कार्यकारिणी अधिकार नेपाल अधिराज्यको संविधान २०४७ को धारा ३५ बमोजिम हुने गरी जनताको नासो जनतालाई नै फर्काएका छौं।

राज्यशक्तिको स्रोत जनता नै भएकाले देश र जनताको हितमा सद्भावना र सहमति बनाएर शान्ति सुब्यवस्था कायम गर्नु पर्दछ । बहुदलिय प्रजातन्त्रको रक्षा गर्दै संवैधानिक बाटो छाडेकाहरुलाई प्रजातान्त्रिक प्रणालीको मूल प्रवाहमा ल्याएर देशलाई शान्ति र समुन्नतीको बाटोमा अग्रसर गराउनु पर्दछ। यसैगरी निर्वाचनद्धारा जनप्रतिनिधिमूलक निकायहरु क्रियाशील पारी प्रजातन्त्रलाई र्सार्थक बनाउन अग्रसर हुनु पर्दछ।

यसका लागि नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम देशको शासनब्यवस्थाको अभिभारा ग्रहण गर्ने मन्त्रिपरिषद् गठन गर्नका लागि प्रधानमन्त्री पदको लागि यथाशीघ्र नाम सिफारिस गर्न सात राजनीतिक दलहरुको गठबन्धनलाई हामी आब्हान गर्दछौं । यसरी प्रधानमन्त्रीको नियुक्ति नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै काम सम्हाली रहने छ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् जय नेपाल ।


………………………………………………………………………………………….

राजाबाट दलहरुलाई प्रधानमन्त्रीको नाम सिफारिसको लागि आहृवान

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २१-
काठमाडौं, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवबाट शुक्रबार नेपाली समय अनुसार सांझ ७ बजे राष्ट्रवासीको नाममा बक्स भएको सम्बोधनमा सात दललाई यथासिघ्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न हुकुम भएको छ।

राष्ट्रबासीको नाममा बक्स भएको शाही घोषणामा २०४७ को धारा ३५ बमोजिम हुने गरी जनताको नासोको रुपमा रहेको सार्वभौम सत्ता जनतालाई नै फर्काइएको हुकुम भएको छ।

सात दलद्वारा जारी आन्दोलनले चरमोत्कर्ष लिएको बेला राजाबाट बक्सभएको घोषणामा जनताले सोंचे जस्तो संविधान सभाबारे कुनै उल्लेख छैन।

सम्बोधनमा बक्स भएको छ - ‘मन्त्रीपरिषदको गठन गर्नका लागि प्रधानमन्त्रीको लागि यथासिघ्र नाम सिफारिस गर्न सातदलको राजनैतिक गठबन्धनलाई हामी आहृवान गर्दछौं।’

‘यसरी प्रधानमन्त्रीको नियुक्ति नभएसम्म मौजुदा मन्त्रीपरिषदले नै कार्यभार सम्हाली रहने छ।’ सम्बोधनमा बक्स भएको छ।

श्री ५ ज्ञानेन्द्रको सम्बोधन सुन्न यहाँ क्लिक गर्नुहोस्।

…………………………………………………………………….

केही बेरमा राजाबाट शाही घोषणा बक्स हुने

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २१-
काठमाडौं, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवबाट शुक्रबार सांझ नेपाली समय अनुसार ७ बजे नेपालीको नाममा शाही घोषणा बक्स हुने भएको छ।

शाही घोषणा सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ।

सात दलद्वारा जारी आम हडताल उत्कर्षमा पुग्न लागेको बेला शाही घोषणामा के आउला भनेर जनता ब्यग्र प्रतिक्षामा छन्।

Popularity: 10%

18 comments April 22nd, 2006

शाही घोषणाप्रति नेताहरुको नकारात्मक धारणा

शाही घोषणाप्रति नेताहरुको नकारात्मक धारणा

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २२ -
काठमाडौं, राजाको शाही घोषणा लगत्तैपछि राजनैतिक दलका नेताहरुको व्यक्तिगत धारणा नकारात्मक आएकाछन्।

यद्यपि, सात दलहरुको आधिकारिक धारणा भने आजको संयुक्त बैठकपछि मात्रै बाहिर आउने अड्कल बाजी भैरहेको छ।

नेका प्रजातान्त्रिकका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजाबाट बारम्बार सम्बिधानको धाराको गलत प्रयोग भै रहेको बताउंनु भएको छ। नेकाका उपसभापति सुशिल कोइरालाले राजाको सम्बोधनले आन्दोलनरत दलका मागहरुप्रति वेपर्वाह गरिएको र यसले दलहरुमा विभाजन ल्याउने षडयन्त्र भएको बताउनु भएको छ।

Popularity: 10%

1 comment April 22nd, 2006

जनता भन्छन् - शाही घोषणा धोका हो …

जनता भन्छन् - शाही घोषणा धोका हो …
एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २२ -
काठमाडौं, शाही घोषणाको विरोधमा शुक्रबार राती देशका विभिन्न भागमा बिरोध जुलुस निस्के।

शाही घोषणाको विरोधमा बुटवल, भैरहवा, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखांची, झापाको बिर्तामोड र इटहरीमा मसाल जुलुस निस्केका थिए।

शाही घोषणा धोका हो भन्दै बुटवलमा स्वतस्फुर्त निस्केका मसाल जुलुसले गोल्पार्कस्थित स्व. राजा त्रिभूवनको सालिक ढालेका छन्। सालिक तोडफोडका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको दोहोरो झडपमा एक प्रदर्शनकारी घाइते भएकाछन्।

शाही सम्बोधनको बिरोधमा बुटबलमा निक्लिएको मशाल जुलुसमा सेनाले २ जनालाई कुटपीट गरी बेपत्ता बनाएको एचकेनेपाल डट कमका सहकर्मी चन्द्र खनालले बताएका छन्। राती निक्लिएको मसाल जुलुसमा सेनाले बुटबलको मिलनचाकबाट २ जना बिक्रम थापा र कासीनाथ बन्जाडेलाई वेपत्ता पारिएको पारिवारिक स्रोतले जनाएको छ।


…………………………………………………………………………………….

शाही घोषणा धोका हो

शिव शर्मा, एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २१-
पोखरा, राजाको शाही घोषणा लगत्तैपछि पोखरामा शाही घोषणाको विरोधमा विशाल जुलुसहरु निस्केका छन्।

पोखरामा त्यसको लगत्तै ‘शाही घोषणा धोका हो नेताहरु होसियार’ भन्दै जनता अहिले सडकमा निस्केका छन्। कसैले पनि शाही घोषाणालाई सकारात्मक रुपमा लिएका छैनन्। चर्किएको जनलहर मत्थर पारेर दलहरुलाई जालमा पार्ने षडयन्त्रको रुपमा जनताले शाही सम्वोधनलाई लिएका छन्।

…………………………………………………………………………………………………

पोखराका गोर्खा भूपू महिलाहरु पनि लोकतान्त्रिक आन्दोलनमा

शिव शर्मा, एचकेनेपाल डट कम सम्वाददता, अप्रिल २१ -
पोखरा, ८ वैशाख-निरंकुश राजतन्त्रको अन्त्यको चर्का नारा घन्काउदै पोखरामा जुलुस निक्लने क्रममा १५ दिन पुगिसक्दा पनि कुनै कमी आएको छैन। विरोधमा ननिस्कने अव कुनै संघ सस्था वांकी रहेको छैन।


गोर्खा भूपू महिलाहरुले लोकतन्त्रको पक्षमा निकालेको जुलुसमा सहभागी गोर्खा भूपू महिलाहरु। तस्विरहरूः सुदर्शन रञ्जित

लोकतन्त्र वहालीको माग गदै शुक्रवार विहान पोखरामा भुपु बिट्रीस महिला पश्चिमाञ्चल पोखरा समितिले एक विरोध र्‍याली निकाल्यो। र्‍यालीमा भुपु लाहुरेनीहरुको सक्रिय सहभागिता रहेको थियो। उक्त विरोध र्‍याली शहिद भिमसेनचोकमा आई विर्सजन भएको थियो।

उनीहरुले लोकतन्त्रको पक्षमा चर्का नारा लगाएका थिए। पोखरामा वुधवारदेखि स्थानीय प्रशासनले जुलुसमा माओवादी घुसपैठ छ भन्ने आरोप लगाउदै कर्फ्यू लगाउदै आएको छ। तर पनि आन्दोलनकारीहरुले कर्फ्यूको वेवास्ता गदै सडकमा निस्केर नारा जुलुस गरिरहेका छन्। आन्दोलनकारी दवाउने नाममा शाही सेनाहरु परिचलान गरेर शहरलाई झनै तनावग्रस्त वनाएको छ।

कर्फ्यूको समयमा कोही बाहिर हिडको देखेमा गोली हान्न सकिने छ भन्दै माइकिङ गदै सुरक्षाकर्मीहरु अहिले नगरका चोक चोकमा हिडिरहेका छन्। सडकमा हिडेका सर्वसाधारणलाई पनि अनावश्यक दुख दिदै प्रहरी र सेनाले कुटपिट गरेको छ। कर्फ्यू पास र पत्रिकाको परिचय पत्रका साथै प्रेस जकेट लगाएर समाचार संकलनमा हिडेका पत्रकाहरुलाई समेत सेनाले अनावश्यक दुख दिइरहेको छ। कर्फ्यूका अवज्ञा गदै प्रदर्शनकारीहरुले अहिले ठाउं ठाउंमा टायर वालेर जुलुस प्रदर्शन गरिरहेका छन्।

……………………………………………………………………………..

पोखरामा कर्फ्यू तोडियो, लाखौं जनता सडकमा

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २०-
पोखरा, प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै यहांका जनताहरुले लोकतान्त्रिक आन्दोलनमा आफ्ना बहादुरी देखाएका छन्।

सुरक्षाकर्मीले प्रदशर्नकारीलाई अगाडि बढ्न नदिन सिम्पानी र केआइसिंह पुलमा कांडे तार बिछ्याएका थिए।

पोखराका विभिन्न ठाउंबाट निस्केका प्रदर्शनकारी भिमसेन चोकमा आएर सेनाको गोली प्रहारबाट शहीद हुनु भएका भीमसेन दाहालको १३औं पुण्यतिथीको श्रद्धाञ्जली सभामा परिणत भएका थिए।

श्रद्धाञ्जली सभामा एमालेका सोमनाथ प्यासी र नेकाका यज्ञबहादुर थापाले राजतन्त्रविरोधी चर्को भाषण दिएका थिए।

आजको पोखराः चित्रमय झलक
फोटोः गणेश खड्का / लभ्लीपोखरा डट कम

……………………………………………………………………………

पोखरामा जनआन्दोलनको महासागर

शिव शर्मा, एचकेनेपाल डट कम, अप्रिल १४-
पोखरा-निरंकुशताको विरुद्ध विहीवार पोखरामा हजारौको संख्यामा जुलुस निस्केर नगर परिक्रमा गर्‍यो। जुलुसमा सहभागी हुन गाउं गाउंबाट सर्वसाधारणहरु ओइरिएका थिए। कर्फ्यु नभएपछि सर्वसाधारणहरु स्वतःस्फुर्त रुपमा शान्तिपूर्ण जुलुसमा सहभागी भएका थिए।


लोकतन्त्र वहालीको माग गदै विहान उज्यालो हुदै देखि नै शहरमा विभिन्न भागबाट राजतन्त्र विरुद्ध चर्का नारा घन्काउदै जुलुस निस्केको थियो। जुलुसमा शिक्षक, प्राध्यापक, चिकित्सक, कर्मचारीदेखि सर्वसाधारणको उपस्थिति रहेको थियो। चर्को घामको समेत कुनै पर्वाह नगरी जुलुसमा सहभागीलाई नगरका प्रत्येक घरबाट पानी छर्केर हौसला पुर्‍याएका थिए।


चार दिनदेखि स्थानीय प्रशासनले लागएको कर्फ्यु बिहीबारदेखि हटेपछि जुलुस दिनभरी लोकतन्त्रको नारा सहित शहर परिक्रमा गरिरह्यो। चारैतिरबाट ओइरिएको जुलुस चैत्र २६ गते सेनाद्वारा हत्या गरिएका शहिद भिमसेन चोकमा आई जमघट भएको थियो। हजारौको जुलुसलाई स्थानीय नेताहरु सोमनाथ प्यासी, चन्द्रमणि पौडेल, सोभियत वहादुर अधिकारी, शहिद भिमसेन दाहालकी सासु उमा पौडेलले सम्वोधन गरेका थिए।

सो अवसरमा उनीहरुले शहिदको रगत खेर जान नदिन लोकतन्त्र वहाली नभएसम्म आन्दोलनमा सरिक हुन सवैलाई आव्हान गरेका थिए।

शहिद भिमसेन दाहाललाई सवैले शद्धान्जली अर्पण गरेका थिए। सो विशाल सभा सकिएपछि पनि पोखरा सांझसम्म आन्दोलनमय बनिरहयो। सधै आन्दोलनकारी दवाउने सुरक्षाकर्मीहरु कुनै अवरोध नगरी ट्वाल ट्वालती हेरेर वसेका थिए।

तस्विरहरु सुदर्शन रञ्जित/ गणेश खड्का (लभ्ली पोखरा डट कम)
थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Popularity: 10%

25 comments April 21st, 2006

हिजो पनि गोली चल्यो, तीन घाइते लाखौं जनता सडकमा उत्रिए

हिजो पनि गोली चल्यो, तीन घाइते लाखौं जनता सडकमा उत्रिए

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २२ -
काठमाडौं, हिजो पनि राजधानीको सातदोबाटोमा प्रदर्शनकारीमाथि गोली हानिएको छ। गोली लागेर तीन आन्दोलनकारी घाइते भएका छन्। चाबहिलमा पनि प्रहरीले लाठी चार्ज गरी दश भन्दा बढी घाइते भए।

अघिल्लो दिन सुरक्षाकर्मीले क्रूरतापूर्वक चार जनाको हत्या गरेको कलंकी चोकमा भने आक्रोशित आन्दोलनकारीले मालपोत कार्यालय र प्रहरी बिट जलाए ।

सात राजनीतिक दलद्वारा निरंकुश राजतन्त्रको अन्त्य गरी मुलुकमा शान्ति र पूर्ण लोकतन्त्र बहालीका लागि जारी आमहड्तालको सोह्रौ दिन सरकारले जनआन्दोलनलाई दबाउन लगाएको कर्फ्यु आदेशको अवज्ञा गर्दै राजधानीमा शुक्रबार हजारौहजार प्रदर्शनमा उत्रिए।

सात दलको चक्रपथ घेराउ कार्यक्रम निष्फल तुल्याउन सरकारले २ दिन यता राजधानीमा दिनभर कर्फ्यु लगाउँदै आए पनि त्यसको अवज्ञा गर्दै शुक्रबार सिंगै चक्रपथ आन्दोलनकारीको कब्जामा रह्यो ।

विभिन्न स्थानबाट निस्केको जुलुसले सुरक्षाकर्मीको घेरा तोड्दै निर्धारित कार्यक्रम अनुसार पूरै चक्रपथ घेराउ गर् ‍यो । जुलुसले सिंगो चक्रपथको परिक्रमा गर्‍यो।

सात दलको जुलुस कोटेश्वर , चाबहिल , महाराजगञ्ज , बालाजु , स्वयम्भू , कलंकी , बल्खु हुँदै कोटेश्वर पुगेको थियो । कोटेश्वरबाट सुरक्षाकर्मीको घेरा तोड्दै चाबहिल हुँदै महाराजगञ्ज पुगेपछि सुरक्षाकर्मीले तारको जाली लगाएर साँझ ६ बजे प्रदर्शनकारीलाई रोकेको थियो । त्यसपछि पुनः जुलुस चावहिल पुगेर सभा गरेका थिए । यसैगरी घेरा तोड्ने क्रममा सुरक्षाकर्मीसँग धेरै ठाउँमा घम्साघम्सी परेको थियो।

……………………………………………………………………………….

बर्दियामा १ प्रदशर्नकारीको मृत्यु

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २१ -
काठमाडौं, सातदलद्वारा आहृवान गरेको आम हडतालको १४औं दिन बिहीबार बर्दियामा सुरक्षाकर्मीले चलाएको गोली प्रहारबाट घाइते भएका एक प्रदर्शनकारीको शुक्रबार मृत्यु भएको छ।

पण्डितपुरका ५५ बर्षीय हिमलाल लामिछानेको पेटमा गोली लागी उपचारको लागि लखनउतर्फ लांदै गर्दा बाटोमा मृत्यु भएको थियो।

गुलरियास्थित राधाकृष्ण चोकमा भएको सोही घटनामा २ दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।


……………………………………………………………………….

कलंकीमा एक दर्जनको मृत्युको आशंका

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २१-
काठमाडौं, वैशाख ७ गते नेपालको इतिहासमा एउटा कालो दिनको रुपमा रहनेछ। काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको शब्दमा सात दलको शान्तिपूर्ण आन्दोलनमा कोतपर्वलाई उछिन्ने गरी राज्यले हिंसा मच्चाइसकेको छ। ७ गते कलंकी लगायत अन्य स्थानमा जस्तो ढंगले निर्मम दमन प्रदर्शनकारीहरुलाई गरियो, त्यो इतिहासमा नै क्रुरतम दमनका रुपमा दर्ता हुनेछ।

कलंकीमा मारिनेको स‍ंख्या आधिकारिक रुपमा ३ जना भन्ने मात्रै बाहिर आएको छ। तर स्थानीय प्रत्यक्षदर्शीहरुसित एचकेनेपाल डट कम संवाददाताले गरेको कुराकानी अनुसार त्यहाँ कम्तीमा पनि एक दर्जनको मृत्यु भएको हुनसक्ने आशंका छ।

फोटोः शालिग्राम तिवारी, थप फोटोहरू हेर्न यहां क्लिक गर्नुहोस्।

सशस्त्रका एसएसपी दुर्जकुमार राईको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले अन्धाधुन्ध प्रदर्शनकारीहरुमाथि गोली हानेको थियो। यसअघि काठमाडौंका रबरका गोली मात्रै चलिआएको भए पनि हिजो भने धातुका गोलीसमेत चलाइएको थियो। रबरका गोली टाउकोमा लागे पनि बाँच्ने संभावना हुन्छ, तर धातुका गोलीले ठाउँको ठाउँमै ठहरै पार्न सक्छ।

मारिएका मध्ये एक जनालाई छतमा बसेको बेला कञ्चटमा गोली हानी मारिएको, अर्कोलाई छातीमा गोली हानि मारिएको र अर्कोलाई भने लाठी प्रहार गरी गरी मारिएको बुझिएको छ।

युध्दभूमि जस्तो बनेको कलंकीमा घटनाको लगत्तै एम्बुलेन्सलाई समेत लान दिइएको थिएन। प्राथमिक उपचार गर्नेहरुलाई पनि कुटपिट गरिएको थियो। घाइतेहरुलाई तत्कालै प्रहरीले आफ्नो नियन्त्रणमा लिने गरेको हुनाले आधिकारिक रुपमा मृत्युको संख्या अझै बढ्ने अनुमान प्रत्यक्षदर्शीहरुले गरेका हुन्।

अपराह्न कलंकीमा स्थानीय बासिन्दा तथा प्रदर्शनकारीहरु छाती पिटीपिटी रुँदै गरेको र कोलाहल मच्चिएको एकदमै भयावह दृश्य देखिएको थियो।

बाटोभरी गोलीका खोकाहरु छरिएका थिए जसलाई पछि प्रहरीले टिप्दै गोजीमा राखेका थिए।

……………………………………………………………………

सुरक्षाकर्मीले खोसेर लगे ३ मृतक प्रदर्शनकारीको शव

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २०-
काठमाडौं, कलङ्कीमा सुरक्षाकर्मीको गोली प्रहारबाट आज मारिएका ३ प्रदशर्नकारीको शवलाई सेनाले खोसेर आफ्नो नियन्त्रणमा लिएको छ।

मोडेल अस्पतालमा राखिएका ३ प्रदर्शनकारीको शवलाई सुरक्षाकर्मीले लान खोज्दा अस्पताल प्रशासनले दिन नमानेपछि हस्तक्षेप गरी आफ्नो नियन्त्रणमा लिएको छ।

सनाखत हुन नसकेको शवलाई सुरक्षाकर्मीले उनीहरुका आफन्तलाई बुझाउने प्रलोभन दिई लान खोजेको थिए ।

तर अस्पताल प्रशासनले शवलाई गायव बनाउंन सक्ने आशंकाले दिन मानि रहेका थिएनन्।

…………………………………………………………………………..

सुरक्षाकर्मीले चलाएको गोलीबाट कलङ्कीमा ३ प्रदर्शनकारीको मृत्यु

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २०-
काठमाडौं, सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाउंदा आज कलङ्कीमा ३ प्रदशर्नकारीको मृत्यु भएको छ भने सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

घाइतेमध्ये ३ जनाको स्थिति चिन्ताजनक रहेको अस्पताल सुत्रले बताएको छ।

थानकोटबाट आएका हजारौं प्रदर्शनकारी कलङ्कीमा आइपुग्दा सुरक्षाकर्मीले गोली चलाएका थिए। सोही घटनामा गोली लागी ३ प्रदर्शनकारीको मृत्यु भएको हो।

कलङ्कीमा बाहेक सातदोबाटो, गोङ्गबु, चावहिल, ग्वार्को र किर्तीपुरमा सुरक्षाकर्मीहरुले चलाएको गोली प्रहारबाट एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

घाइतेहरुको पाटन अस्पताल र मोडेल अस्पतालमा उपचार भै रहेको छ।


………………………………………………………………………

सुरक्षाकर्मीले चलाएको गोली प्रहारबाट झापामा ४ प्रदर्शनकारीको मृत्यु

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल १९-
झापा, झापाको चन्द्रगढीमा आज अपरान्ह सुरक्षाकर्मीले चलाएको गोली प्रहारबाट ४ प्रदर्शनकारीको मृत्यु भएको छ।

सात दलद्वारा आहृवान गरिएको आम हडतालमा सरिक भएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउंदा अर्जुनधाराका राजन गिरी, भद्रपुरका सुरज विश्वास र अन्य दुइ नाम नखुलेका गरी ४ प्रदर्शनकारीको मृत्यु भएको छ। मृत्यु भएका अरू दुईको शव सेनाले लगेकाले नाम खुल्न नसकेको गैसस महासंघले जनाएको छ। प्रत्यक्षदर्शीले पनि उनीहरूलाई सेनाले लगेकाले परिचय यकिन हुन नसकेको बताए।

सोही घटनामा सयौं प्रदर्शनकारी घाइते भएका छन्। घाइतेमध्ये १० जनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ। घाइतेहरुको मेची अञ्चल अस्पतालमा उपचार भै रहेको छ।

पचास हजारभन्दा बढी प्रदशर्नकारीले शाही सरकार विरुद्ध प्रदर्शन गरिरहेका थिए। प्रदशर्नकारीहरुले स्थानीय प्रशासनले घोषणा गरेको निशेषाज्ञा तोड्दै प्रदर्शनमा उत्रेका थिए।

Popularity: 10%

23 comments April 21st, 2006

जनतामाथि गोली बर्षाउने मण्डले सरकार

जनतामाथि गोली बर्षाउने मण्डले सरकार

- शिव शर्मा चञ्चल
एचकेनेपाल डट कम, अप्रिल २१ -
आन्दोलनमा अगाडी वढनेलाई गोली ठोक कति सहज अभिव्यक्ति छ निरंकुश सत्ताको आदेश मात्र होइन गोली समेत ठोकेको छ । निरीह निर्दोष जनताको छातीमा गोली दावेको छ। आन्दोलनमा उत्रेका जनतामाथि गोली चलाउदै आतंककारीको विल्ला भिराउन तम्तयार भइरहेको छ यो सत्ता। आन्दोलनमा आतंककारी को घुसपैठ छ भन्दै जनताको छातीमा तातो गोली बर्षाइरहेका छन्। जनताको सेवामा खटिएको वताउने सेना र प्रहरीहरु। राज्य पटक पटक क्रुर वन्दै गइरहेको छ। सेनालाई अगाडी सारेर निशस्त्र जनताको छातीमा गोली चलाउन मण्डले कमल थापाहरु लागिरहेका छन्। दुइ करोड नेपाली जनतालाई आतंककारी देख्ने निरंकुश सत्ताले स्मरण शक्ति गुमाएको छ।

अहिले धेरै ठाउंमा शाही सेना परिचालन गरेर आन्दोलनमा उत्रिएका जनता दवाउने प्रयास गरिएको छ। के जनता दवाउनका लागि सेना खडा गरिएको हो ? सेना के लागि हो स्वतन्त्र आवाज लिएर सडकमा उत्रिएका निशस्त्र जनताको छातीमा गोली हानेर बहादुरी देखाउनका लागि हो की देश र जनताको सुरक्षाको लागि हो ? तर अहिले सेना आतंककारी नियन्त्रणको नाममा जनतामाथि जाइलाग्न खटाइएको छ। गोली को निशाना लगाउन खटाइएको छ। जनता माथि सेना परिचालन गर्नु अन्तर्राष्ट्रिय कानुन विपरितको कार्य हो। तर अहिले त्यो कार्य हाम्रो मुलुकमा भइरहेको छ। जनतामाथि गोली ठोक्दै रक्षा मन्त्रालयले विज्ञप्ति निकाल्दै आतंककारीले गोली चलाएको कारण सेनाले वाध्य भएर गोली चलाएको हो भनेर कति सजिलै भनिदिन्छ। जवकी आन्दोलनकारीको तर्फबाट कुनै गोली नै चलेको छ। बरु निरंकुश सत्ताले साधा पौशाकमा हतियार सहितका सेना र प्रहरीको घुसपैठ गराएर शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक वनाउने काम गरेको छ। अहिले धेरै ठाउंमा यस्तै घुसपैठका कारण शान्तिपूर्ण आन्दोलनलाई तुहाउने काम निरंकुश सत्ता हर तरहको बल प्रयोग गर्न पछि परेको छैन।

तर अव जनता पछि हटने वाला छैनन्। जनता जागिसकेका छन्। कमल थापाहरुको अस्तित्व यो मुलुकमा छैन। जनतामाथि वन्दुक तेर्साएर राज्य संचालन गर्ने सपना निरंकुशवादीहरुले अव नदेखे पनि हुन्छ। यो मण्डलेहरु निकै चुरीफुरी देखाइरहेका छन्। जनतालाई गोली हानिरहेका छन्। निरंकुश सत्ताका खेतालाहरुले अहिले ८ जना भन्दा वढी निर्दोष जनताको रगत पिइसकेको छ। कतिलाई जखमी वनाएको छ। आतंककारीको नाममा कतिलाई वेपत्ता वनाएको छ। विहीवार मात्रै सेनाले शान्तिपूर्ण जुलुसमा अन्धाधुन्ध गोली चलाएर चार आन्दोलनकारीको ज्यान लिएको छ। अझै त्यहां धेरै हताहतिको आंशका छ। यो निरंकुशसत्ताको निकृष्ट कार्य हो । यो सवैको जिम्मेवारी शाही सरकारका गृहमन्त्री कमल थापाले लिनुपर्छ।

अब निरंकुशसत्ताले जिम्मेवारी मात्र होइन सत्ताबाट राजीनामा दिनुपर्छ। यस्तो गैरजिम्मेवार सत्तालाई अव मुलुक हांक्ने कुनै अधिकार छैन। जनताको स्वतन्त्र अधिकार निस्तेज पारेर तानशाह लाद्ने निरंकुश शैली कसैलाई पनि मान्य छैन। यही शैलीको विरोध गदै अहिले आम जनता सडकमा उत्रिएका हुन्। यो कुरा निरंकुश सत्ताले वुझेको छैन। उल्टै जनतामाथि खनिएको छ। जनता माथि गरेको पाशविक दमनको लेखाजोखा गरेर साध्य छैन। के बालक के महिला के वुढावुढी सवैलाई निर्घात कुटपिट र गोली हान्ने आदेश शाही सत्ताले दिएको छ। अहिले मुलुकमा सैनिक दमन चरमोत्कर्षमा पुगेको छ। वन्दुकको आडमा निर्दोष जनता भुटिरहेका छन् जनताको करले पालिएका र पोषिएका सैनिकहरु। जनताको सेना भन्न न हिच्किचाउनेहरु अहिले जनतामाथि नै जाईलागेका छन्। आफ्नो देशको सिमा क्षेत्र सुरक्षा गर्न नसक्ने सैनिकहरु अहिले आफनै दाजुभाई आमावावा मारी बहादुरी देखाउदै वन्दुक तेर्साइरहेका छन्। अहिले सैनिकको यो ज्यादतिले मुलुकमा मात्र होइन विदेशमा पनि दुनाम कमाएको छ। यसले नेपालकै गरिमामाथि नै आंच पुर्‍याएको छ। यो ज्यादै नै दुखको कुरा हो।

अहिले सम्पूर्ण जनता सडकमा उत्रिएपछि शाही सत्ता तीब्र दमनमा उत्रिएको छ। हरतरहको बल प्रयोग गरेर आन्दोलन निस्तेज पार्ने काममा लागेको भए पनि उनीहरुका सामन्ती योजनाहरु एकपछि अर्को गदै असफलताको दिशातर्फ बढेको छ। यसले निरंकुशसत्ताको आयु घटाएको छ नै। त्यो भन्दा झन फगत एक्लो र निकम्मा पनि बनाएको छ। मुलुकमा निरंकुश मण्डलेहरुको अस्तित्व कसैलाई पनि स्वीकार्य छैन। राजाको शासन जनताले भोगिसकेका छन् र देखिसकेका छन्। यस्तो शासन इतिहासमा अहिलेसम्म न आएको थियो न अव जनताले आउन दिने छन्। अव जनताले आफै फैसला गर्ने दिन आएको छ। राजतन्त्रको अन्त्य हुने दिन आएको छ। यसर्थ अव राजावादीहरुको अस्तित्व मुलुकमा छैन र न अब हुने नै छ।

अहिले सडकमा आएका जनता जात्रा देखाउनका लागि हो। यतिका दिन सवै काम थांती राखेर उनीहरु जात्रा देखाउन सडकमा आएका हुन्। निरंकुशसत्ताले उग्र रुप लिएपछि नै जनता वाध्य भएर तातो गोली खान तम्तयार भएर उत्रेका हुन्। अव उनीहरु यो मण्डले शैलीको अन्त्य नभए सम्म रोक्ने र पछि हटने वाला छैनन्। अर्कौतिर अहिले जनआन्दोलनले उत्कर्षरुप लिदै गएपछि दरवारियाहरु अत्तालिएका छन्। आन्दोलन तुहाउनका लागि नै दर्शनभेटको पासो दरवारले फालेको छ। यस भन्दाअघि पनि आन्दोलन चर्किएकै वेला पासो फालेको थियो। त्यो पासोमा राजनितिक दलहरु फंसेका थिए। फेरी पनि विगतको धोकालाई विर्सेर दलहरु लुरुलुरु दरवार छिरेर कुनै सम्झौता गरे भने जनताले उनीहरुलाइ माफी दिने छैनन्। संविधान सभा अर्थात लोकतान्त्रिक गणतन्त्र भन्दा तल झरेर दरवारसंग अव कुनै सम्झौता हुनु हुदैन। यसमा दलहरुले चेत्नै पर्छ। यदि चेतेनन् भने यो भन्दा ठूलो जनतामाथि धोका अरु केही हुने छैन। यसर्थ यो भन्दा तल झरेर कुनै किसिमको सहमति हुनुहुदैन भन्ने पक्षमा आम जनता छन् र हुने छन् । निरंकुश सत्ताको दमनको विरुद्ध जनता आन्दोलित छन्। यो आन्दोलनले उत्कर्ष पाइरहेको छ। निरंकुशसत्ताको उग्र रुप अझै बदलिएको छैन। यसका लागि जनता लडिरहेका छन्….

यही निर कवि भूपि शेरचनको एउटा कविता को पक्तिः
हुदैन विहान मिर्मिरेमा तारा झरेर नगए
वन्दैन मुलुक दुइचार सपुत मरेर नगए…

……………………………………………………………………..

वल्ल उर्लियो जनलहर
- शिव शर्मा चञ्चल
एचकेनेपाल डट कम, अप्रिल १३ -

गाउं गाउंबाट उठ, वस्ती- वस्तीवाट उठ
यो देशको मुहार, फेर्नलाई उठ…

यो गीतको उक्ति अहिलेको जनआन्दोलनसंग ठयाक्कै मेल खाएको छ। आन्दोलनरत सात राजनितिक दलहरुले चैत २४ गते देखि आव्हान गरेको आमहडताल अहिले आएर जनआन्दोलनमा परिणत भएको छ। निरंकुश सत्ताका भरौटेहरु अत्तालिएका छन्।


आन्दोलनमा केटाकेटी युवायुवती वृद्ध वृद्धा सवै जुर्मुराएका छन्। मुलुक अहिले आन्दोलनमय भएको छ। विगतमा दुइचार जना पार्टिका नेताहरु सडकमा निस्केर आन्दोलन हुने गर्दथ्र्यो तर अहिले हरेक तह र तप्काका जनता मुठ्ठी कसेर आन्दोलनमा उत्रिएका छन्। सांच्चिकै अहिले ०४६ सालको जनआन्दोलनको लहर मुलुकमा आएको छ। के गाउं के शहर सवैतिरबाट जनता जागेका छन्। लोकतन्त्र वहाली नभएसम्म अव जनता मुख वांधेर वस्ने अवस्था छैन। जनतालाई दवाएर निरंकुशवादी अव टिक्नेवाला छैनन्। उनीहरु जनताले किनारा लाएरै छाडने छैनन्। यो हत्यारो तानाशाही सरकारले कति निर्दोष जनतालाई गोली चलाएर सक्छ अव? अव जनता वन्दुकसंग तर्सने अवस्था छैन । करौडो जनताको निशस्त्र आवाजले वन्दुकको प्रतिकार गरि छाड्ने छ। कुनै प्रतिगामीहरुसंग जनता झुक्ने वाला छैनन्।


मुलुकमा आगो वलिरहेका वेला सत्ताका मतियारहरु आराम गरेर सेना र प्रहरीलाई निशस्त्र आन्दोलनमा उत्रिएका जनतामाथि गोली हान्न आदेश दिइरहेका छन्। हतियारले मातिएका सेना र प्रहरीले निर्दोष आवाज वोकेर सडकमा उत्रिएका जनतालाई ताकेर गोली दावीरहेका छन् । हतियारले उन्मुक्त भएका सेना र प्रहरीले लोकतान्त्रिक आन्दोलनका अगुवा भिमसेन दाहाल, शिवजी कुवंर तुलसी क्षेत्री, विष्णु पाण्डे दर्शनलाल यादव, उमेश थापा लगायतको ज्यान लिइसकेको छ। कयौलाई गोली दावेर गंभिर घाइते वनाएको छ। कतिलाई मरणाशन्न हुने गरी कुटपिट गरेको छ । घरमै वसिरहेका निर्दोष जनतालाई पनि प्रहरी पसेर कुटपिट गरेको छ।

विदेशी पाहुनालाई पनि वांकी राखेका छैनन्। अहिले त झन सवैभन्दा वढी तारो सेना र प्रहरीले कलमबाट आवाज वुलन्द गर्नै पत्रकारहरुलाई सकेसम्म दवाएर राख्ने चेष्टा मात्र होइन कुटपिट पनि गरेको छ। हाम्रो विरुद्धमा समाचार लेख्ने तिमीहरु हैनौ भन्दै कुटपिट गर्न थालेको छ। आफनो विरुद्ध मात्र समाचार पढने वानी भएका सेना र प्रहरीले पत्रकारहरुले उनीहरुलाई आन्दोलनकारीको कुटाईबाट वचाएका तस्विर र समाचार हेरेका र पढेका छैनन्। रक्ताम्य भएर ढलेका प्रहरीका तस्विरहरु पत्रपत्रिकामा आएका छन्। त्यो अन्धो प्रहरीले पाना पल्टाएर हेर्नै चेष्टा गरेको छैन। सवैमाथि अहिले नांगो आक्रमण भएको छ।

लोकतन्त्र स्थापनाका लागि गोली खान जनता तयार भएका छन् अहिले। जनतालाई पिजडाको सुगा वनाएर राख्ने यो निकम्मा र निरंकुश सरकारले अझै पनि चुपचाप वसेर रमिता हेरेको छ। रोम जलिरहेको वेला वांसुरी वजाईरहेको छ। भोजभतेरमा सामेल भएको छ। जनताको करुण पुकार सुनेको छैन। तानाशाही सत्ताले सवैलाई आतंककारी वनाएको छ।

यो सवै राजाको १४ महिने असफल शासनकालबाट निम्तिएको हो। यो शासनकाल इतिहासमै कलुषित भएको छ। अहिलेसम्म शान्तिकामी नेपाली जनताले यस्तो शासन व्योहोरेको थिएन। यही तानाशाही निरंकुश सत्ताको ज्यादतिको विरुद्ध जनलहर पहाडको उकाली ओरालीदेखि शहरका चोक, सडकदेखि गल्लीसम्म उत्रिएको छ। स्वतःस्फुर्त रुपमा जनता सडकमा उठेका छन्। लोकतन्त्र जिन्दावादको नारा लगाएका छन्। यो निरंकुश सत्ताको अन्त्य उनीहरुले चाहेका छन्। कुनै पनि हालतमा जनता यो निरंकुशसत्ता अव स्वीकार्ने पक्षमा छैनन्। लोकतन्त्र ल्याई छाडने अठोटका साथ जनता उर्लिएका छन्। आन्दोलनको महासागरमा हेलिएका छन्। यसरी जनता जागेको देखेर अत्तालिएको तानाशाही क्रुर सत्ताले आतंककारीको घुसपैठ छ भन्दै जनतामाथि गोली वर्षाइरहेको छ। आन्दोलनमा मण्डलेहरु घुसाएर घुसपैठ गराउने काम स्वयं यो कूर सत्ताले गरिरहेको छ। तिनै शाही सत्ताका मतियारहरुले प्रहरीमाथि ढुङ्गा बर्षाएर आन्दोलनकारीहरुलाई उक्साएर आन्दोलन भांड्ने मात्र होइन गोली चलाउने वातावरण समेत मण्डलेका मतियारहरुले गरिरहेका छन्।

गृहमन्त्री कमल थापा र सञ्चार राज्यमन्त्री अहिले जनआन्दोलमा आतंककारी घुसेका छन् भनेर बक्दै हिडेका छन्। उनीहरु सत्ता फुस्कने देखेर अत्तालिएका छन्। जनआन्दोलनलाई अर्को अर्थ लगाउंदै आएको निरंकुशसत्ताले अन्धाधुन्ध जनतामाथि गोली बर्षाउन अझै छाडेका छैनन्। एआइजी रुपसागर मोक्तानको घरको झयालबाट सयौ राउन्ड गोली बर्षाएको प्रत्यक्ष प्रमाण कान्तिपुर दैनिकले जुटाएपछि पनि शाही सत्ता अझै वर्वराउन छाडेको छैन आन्दोलनकारीले सुरक्षाकर्मी मागी गोली चलाएर भनेर। प्रहरीले गोली चलाएर आतंक सृजना गरेको प्रमाण हुदाहुदै पनि गृहमन्त्री कमल थापा अर्कोतिर पत्रकार सम्मेलन गरेर आन्दोलकारीले गोली चलाए भनेर झुठो प्रमाण पेश गदै थिए। यस्तै षडयन्त्रको तानावुना बुन्दै जनआन्दोलन दवाउने काम यो असफल सत्ताले गरिहेको छ।

अव जस्तोसुकै षडयन्त्र गरे पनि जनता सुस्ताउने वाला छैनन। जनता जागिसकेका छन्। सरकारी कर्मचारी समेत यो सत्ताको विरुद्धमा आन्दोलनको मैदानमा काम थांती राखेर उत्रिएका छन्। अहिले सरकारको साथ हतियारधारी सेना र प्रहरी मात्र भएका छन्। सवै निरंकुश सत्ताको अत्याचार र दमनको विरुद्ध खरो रुपमा सडकमा ओर्लिएको अवस्था छ। तर अहिले नेताहरु आन्दोलनको नेतृत्व पंक्तिमा देखिएका छैनन् । केवल सर्वसाधारण जनताहरु आन्दोलनको रणमैदानमा ज्यानको बाजी लगाएर उत्रिएका छन्। जनताले ल्याउन लागेको लोकतन्त्रमा फेरी पनि रजाई गर्ने चालवाजी मात्र रचियो भने जनता अव चुपचाप कदापी वस्ने छैनन्। यसर्थ नेताहरु पनि यसमा स्पष्ट हुनु जरुरी छ। अव जनताको अधिकार जनताले ल्याएर छाडने छन्। वन्दुकले जनता दवाउन सकिने निरंकृश सत्ताको सपना तुहिसकेको छ। अव लोकतान्त्रिक गणतन्त्रको खाका मुलुकमा तयार भइसकेको छ। लोकतान्त्रिक गणतन्त्रको लालिमय विहानीको उदयसंगै निरंकुशतन्त्रको अन्त्य हुने दिन नजिकै आइसकेको छ।
तस्विरहरु सुदर्शन रञ्जित/पोखरा

Popularity: 10%

10 comments April 21st, 2006

अमेरिकास्थित नेपाल मानव अधिकार संगठनद्वारा आर्थिक सहयोग

अमेरिकास्थित नेपाल मानव अधिकार संगठनद्वारा आर्थिक सहयोग

लेखनाथ भण्डारी, एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २१ -
वासिङटन डीसी, मुलुकमा जारी जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका र राजनीतिक दलहरुले आजका मितिसम्म सार्वजनिक रुपमा शहीद घोषणा गरेका मृतकका परिवारलाई राहत प्रदान गर्न अमेरिकास्थित नेपाल मानव अधिकार संगठनले दुइ हजार छ सय (२,६००) अमेरिकी डलर अर्थात् १ लाख ८२ हजार रुपैयाँभन्दा केही बढी रकम संकलन गरेको छ।

सो रकम नेपाल मानव अधिकार संगठन मार्फत मृतकका परिवारलाई प्रदान गर्न काठमाडौं पठाई सकिएको जानकारी अमेरिकास्थित सो संगठनले दिएको छ।

संगठनका अनुसार, अमेरिकाको बाल्टिमोर आसपास बस्ने नेपालीहरुबाटै उक्त रकम संकलन गरिएको थियो। यसरी आर्थिक सहयोग प्रदान गर्ने नेपालीहरुमा राजन त्रिपाठी,गौतम दाहाल,किरण पन्थ,प्रेमराजा महत,कृष्ण कँडेल,तरुण पौडेल,महेन्द्र वाग्ले, दीपक घिमिरे, दीपक जमरकटेल, डिल्ली पौडेल, विजय श्रेष्ठ, मोहन थापा, नारायण थापा, श्यामराजा महत, सूर्य गुरुङ, कुमार भण्डारी, हरिबहादुर बस्नेत, राजविक्रम शाह, रत्नबहादुर शाही, शिव विष्ट, अमन श्रेष्ठ, सुन्दर राजभण्डारी, मोती रेग्मी, दिलीप श्रेष्ठ, ध्रुव गौली, सिर्जन उपाध्याय, नयनचन्द्र गिरि, करिश्मा मानन्धर, पूजा चन्द, नेपाल बाइबल (सोसाइटी-चर्च), लक्ष्मण अधिकारी, प्रेमबहादुर रासकोटी, मिलनकुमार श्रेष्ठ, शिवप्रसाद कँडेल, हितमान गुरुङ, नारायण कँडेल, जनकराज पौडेल, विष्णु घिमिरे, सबल अधिकारी, दीपकराज पौडेल, प्रेमकुमार श्रेष्ठ, रवी लामिछाने, दीपक ढकाल, रबीन्द्रनाथ अधिकारी, चन्द्रकला गुरुङ, चन्द्र छन्त्याल, अमर छन्त्याल, काजीबावु कार्की, कमल भण्डारी, सुमन खड्का, निरज महर्जन, सन्तोष शर्मा सुवेदी, रमेश ढकाल, दीपक कक्षपति, रमेश श्रेष्ठ, राजेन्द्र राजभण्डारी, तारा रावल, संगीता तिवारी, शैलेश के.सी., करिश्मा राउत, चेतन श्रेष्ठ, रिषभ खरेल, नरेन्द्र महर्जन, अजय बस्नेत, लक्ष्मण रञ्जित, वसन्त थापा, राजेन्द्र श्रेष्ठ, सनी अनिजा, जगदीश शाह र प्रदीप न्यौपाने रहेको अमेरिकास्थित नेपाल मानव अधिकार संगठनले जनाएको छ।

आर्थिक सहयोग प्रदान गर्ने सबै दाताहरुप्रति संगठनले आभारसहित धन्यवाद पनि ज्ञापन गरेको छ।

स्मरणीय छ, सो संगठन अमेरिकी कानुन अनुसार गत महिना मात्र त्यहाँ विधिवत् दर्ता भएको हो।


………………………………………………………………

यो वर्षको बनभोज कार्यक्रम स्थगित

लेखनाथ भण्डारी, एचकेनेपाल डट कम, अप्रिल १९ -
वासिङटन डीसी, डीसी क्षेत्रमा रहेको नेपालीहरुको समुदाय छिमेकी गाउँले यो वर्षको बनभोज कार्यक्रम स्थगित गरेको छ। उक्त गाउँले विगत चार वर्षेदेखि नेपाली नयाँ वर्षको उपलक्ष्यमा बनभोज गर्दै आएको थियो।

अप्रिल १७ का दिन उक्त गाउँका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा बसेको तयारी समितिको बैठकले नेपालमा हाल भइरहेको जन आन्दोलनमा नेपालीहरुले जीवनमरणको संर्घष गर्दै आइरहेको अवस्थामा यस्ता मनोरन्जनात्मक कार्यक्रम तत्कालका लागि स्थगित गरी आआफ्नो ठाउँबाट जन आन्दोलनलाई सहयोग गर्न पनि नेपाली समुदायलाई समितिले आहृवान गरेको छ।

बैठकले डीसी क्षेत्रमा हालै गठित जनआन्दोलनका घाइतेका लागि गठित सहयोग समितिमार्फत आ-आफ्नो सहयोग गर्न पनि अनुरोध गरेको छ।

जनआन्दोलनका घाइतेको सहयोगमा आहृवान

नेपालमा भइरहेको लोकतान्त्रिक जनआन्दोलमा सहभागी घाइते तथा पीडितहरुको सहयोगका लागि डीसी मेट्रो क्षेत्रका नेपालीहरुले सहयोग संकलनका लागि एक राहत संकलन समिति गठन गरेका छन्।

अमेरिका नेपाल सोसाइटी, डीसीका पूर्व अध्यक्ष राजेन्द्र वलीको संयोजकत्वमा गठित उक्त समितिमा दश जना सदस्य रहेका छन्।

लोकतन्त्रका पक्षमा आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई यो समितिले आहृवान गरेको छ।

समितिका अन्य सदस्यहरुमा प्रेम संग्रौला, डा. बलराम अर्याल, बसन्त श्रेष्ठ, किरण सिटौला ,माधवी कार्की ,सूर्य गौतम, प्रकाश राई ,लेखनाथ भण्डारी र सुवाश जोशी रहेका छन्।

Popularity: 10%

2 comments April 21st, 2006

अञ्चल प्रशासक भागे, मेयर पनि काठमान्डौ तर्फ

अञ्चल प्रशासक भागे, मेयर पनि काठमान्डौ तर्फ

चन्द्रकान्त खनाल, एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २१ -
बुटवल, लुम्बिनी अञ्चल प्रशासक रामकृष्ण पन्त आफ्ना सम्पूर्ण सामान बोकी बुटवलबाट भागेका छन्।

अञ्चल कार्यालय बुटबलमा बस्दै आएका अञ्चल प्रशासक पन्त अन्यत्रै गएको अञ्चल प्रशासन कार्यालय बुटबलले पनि जनाएको छ। उता अञ्चल प्रशासन अगाडि रहेका अञ्चल प्रशासनको बोर्ड आन्दोलनकारीहरुले हटाईदिएका छन्।

बुटबल नगरपालिकाका नगरप्रमुख रुपसिंह थापा पनि आफ्ना बासस्थान छोडेर काठमान्डौतिर पलायन भएकाछन्। नगरपालिकाका अन्य पदाधिकारीहरु पनि अहिले भूमिगत अवस्थामा छन्। जिल्ला बिकास समिति रुपन्देहिका ४ जना इलाका सदस्यहरुले आफ्नो पदबाट राजीनामा दिएका छन्।

………………………………………………………………………………….

बुटवलमा श्री ५ हटाउने अभियान, हजारौं जनप्रदर्शनमा सरीक

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल ९
काठमाडौं, प्रशासनले लगाएको कर्फ्युको अवज्ञा गर्दै त्यहांका नागरिकहरुले बुटवललाई चारैतिरबाट घेराबन्दी गरेको समाचार प्राप्त भएकोछ।

स्वतस्फूर्तरुपले सडकमा उत्रेका बाल, युवा र बृद्धहरुले त्यहांस्थित सम्पूर्ण सरकारी कार्यालयका साइनबोर्डहरुबाट श्री ५ को शब्द मेटाउंने अभियानमा जुटेका छन्। कतिपय ठाउंमा श्री ५ को सरकारलाई मेटाएर नेपाल सरकार लेखेका छन्।

प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि सेना परिचालन गरिएको छ। सेनाले सर्वसाधारणको घर घरमा पसी जबरजस्ती धम्क्याउंने र बल प्रयोग गरी कुटपिट गरेका छन्।

रुपन्देहीको डाइभरटोलदेखि निस्केको हजारौं महिला जुलुसले शंकरनगरस्थित खानेपानी संस्थानको साइनबोर्डमा अङकित श्री ५ को सरकार मेटाएर नेपाल सरकार लेखेका छन्। महिलाहरुले देशमा लोकतन्त्र स्थापना नहुञ्जेलसम्म घरको चुलोचौकी छोडेर आन्दोलमा लाग्ने प्रतिबद्धता गरेका छन्।

भैरहवामा शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले ब्यापक बल प्रयोग गरेको समाचार प्राप्त भएको छ। प्रहरीले जुलुसमा हस्तक्षेप गरी आधा दर्जनभन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ। प्रहरीको कुटपिटले प्रदर्शनकारीहरु घाइते भएका छन् भने प्रहरीले बन्दुकको कुन्दाले हानेर पेशाकर्मी तिलकराम ज्ञवालीलाई घाइते भएका छन्।

बुटवलमा कर्फ्युका अवज्ञा गरी प्रदर्शनमा सहभागी नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति डिआर घिमिरे लगायत अन्य दर्जानौं पेशाकर्मीहरुलाई प्रहरीले गिरफतार गरेको छ।

Popularity: 10%

11 comments April 21st, 2006

२५ घण्टे कर्फ्युको रेकर्ड

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल २१-
काठमाडौं, नेपालमा कर्फ्यु राख्ने थालेदेखि इतिहासमा नै कहिले नभएको २५ घण्टा लामो कर्फ्यु आज बिहान नेपालको राजधानी काठमाडौ‍मा अहिले बिहान ३ बजे टुंगिएको छ।

कर्फ्यु बिहीबार बिहान २ बजेदेखि लगातार आज बिहान ३ बजेसम्म लागेको थियो। यसबीचमा एक मिनेटका लागि पनि कर्फ्युमा छुट दिइएको थिएन।

सामान्यतया कर्फ्यु लगाउँदा सर्वसाधारणका लागि अत्यावश्यक सरसामान किनबेच गर्नका लागि केही घण्टा छुट दिने प्रचलन रहँदै आएकोमा त्यसलाई पूर्णतया बेवास्ता गरी लगातार २५ घण्टाकोकर्फ्यु लगाइएको हो।

स्थिति हेर्दा शुक्रबारसमेत दिनभर कर्फ्यु लगाउन सकिने देखिएको छ। शुक्रबार बिहानको स्थिति हेरी पुनः दिनभर कर्फ्यु लगाउने संभावना छ।

यसैबीच, राजाको प्रिय बार शुक्रबार आज भएकोले राजाका तर्फबाट कुनै महत्त्वपूर्ण सम्बोधन आज हुनसक्ने संभावना पनि उत्तिकै छ। राजाले वर्तमान मन्त्रिपरिषद भङ्ग गर्ने संभावना देखिएको भनी केहीले बताएका छन्। तर आफ्नै अध्यक्षतामा भएको मन्त्रिपरिषद् भङ्ग हुँदा आफै असफल भएको देखिने हुनाले त्यसो नगरी अरु नै केही उपाय गरिने हो कि भन्ने शंका पनि गरिएकोछ।

Popularity: 9%

1 comment April 21st, 2006

बगिसक्यो जनताको रगतमा सेरेमोनियल राजतन्त्रको मुद्दा

- मोति चाम्लिङ्
सेरेमोनियल राजतन्त्र याने ceremonial monarchy भनेर कैयौं लेखहरुले अखबारका पानाहरु सजाउने लेखकहरुलाई राजाप्रतिको मोहमा निम्न पूंजीवादी भूतले कहिल्यै नछोडेको स्पष्ट हुन्छ। सेरेमोनियल राजतन्त्र भन्नाले यस्तो र त्यस्तो राजा हो भनेर जाने जति शीप लगाएर राजतन्त्रकै परिभाषा दोहर्‍याउन पनि चुक्तैनन्। विनासकाले विपरित बुद्धि भने जस्तो दरबारिया मोह र राजाको अनुग्रह पाएर मान्छे बनेका विद्वत भनाउंदाहरुको झुण्डले यो राष्ट्रघाती परिपाटीको जीकिर गरिरहेका छन्। परिभाषा दिनेहरुकै शव्दमा भन्ने हो भने राजालाई शक्तिविहीन बनाएर सम्मनित ओहदामा राख्ने र सैनिक संगठन संसदमा सिमित् परिपाटीलाई सेरेमोनियल राजतन्त्र (ceremonial monarchy) भनिएको छ । यस्तो कुरा सुनेर कतिलाई खुशी लागेको होला?

सम्मान भनेको के हो र यो कसले पाउँछ ? सम्मान भनेको दया र मायाले दिइने उपहार पो हो कि ? तर आम जनताको बुझाइमा त जसले जनहीतको लागि उदाहरणीय कार्य गर्दछ सम्मान उसैले पाउँछ । जसले मानव कल्याणकारी कार्यको विवेचना र परिभाषामा आफ्नो सारा जिन्दगीलाई अर्पण गर्दछ सम्मान उसैले पाउनु पर्दछ । सम्मान र अपमान एकअर्कामा विपरितार्थक शव्द हुन्। जसले जनहित विपरित कार्य गर्छ त्यो अपमान शव्द उनै धुन्धुकारी कुमान्छेको नामसंग जोडिन पुग्छ। अब ज्ञानेन्द्र नामको आदिम राजाले जनताको पार्लियामेन्ट भंग गर्नेदेखि लिएर राज्यकोषको अथाह राशी अपचलन गर्दै आफ्नै मोजमस्ती र पारिवारिक खुशीका लागि ब्रम्हलूट गरेका छन् । देश र जनताको भलाई हुने कार्यमा अग्रसर हुनु पर्दछ भन्ने सोच राखेर जसले आफ्नो राज्याभिषेकमा मोहर चढाई पाउलागी गरेका छन् उनैलाई धडाधड र दनादन थुनेका छन् । जसले आफ्नो सिंहाशनलाई वैधानिकता प्रदान गर्न भरमार कसरत गरेर श्रीपेच ओडाएका छन् उसैको आस्था र विश्वास पात्रलाई जोकर जस्तै बनाएर घरपालुवा बाँदरलाई झैं घाँटीमा सांग्ला कसेर नचाएका छन् । त्यतिले पनि भएन अब जो जनताबाट तिरस्कृत छन् तीनैलाई काजी बनाएका छन् । आफ्नै बडपितामहको उपदेश विपरित जनता मोटा भया दर्बार बलियो हुने दिव्योपदेशको खिलाफमा जनता जति पातलो बनाउन सकिन्छ त्यति नै दरबारको आयु लम्ब्याउन सकिने तर्कमा उद्यत छन् । जनता जे भन्छन् त्यसैको ठीक विपरित मनपरी र छडातन्त्र लादेर बोल्ने र हिंडडुल गर्ने स्वतन्त्रत व्यापक हनन गर्नेदेखि जनताको कत्लेआम गर्दै खूनी शासकको ज्वलन्त महिषासुरे ज्यूंदो परिचय दिएका छन् । यो मनगढन्ते आरोप होइन सारा संसारमाझ घाम जस्तै छर्लंगिएको सत्य हो । जसले खूनी राज्यसत्ताको मुखिया बनेर राक्षसको मति आफ्नो गीदिमा भरेका छन्, उसले सम्मान कसरि पाउन सक्छ ? यहां विचारणिय तथ्य के छ भने मनव संहारमा कुख्याती कमाएका सेतो आतंकका नाइके कसरि सेरेमोनियल राजा बन्न सक्छ ? के जनताले उनै निरंकुश शासकलाई त्यो दर्जा दिन रगत बगाएका हुन् ? यो सेरेमोनियल राजतन्त्रको नारा राजालाई दरबारमा राखेर वर्षैपिच्छे टीका थाप्ने छद्म प्रजातान्त्रिक पहलुहरुको नयाँ षडयन्त्र हो भन्ने बुझ्न कठीन पर्दैन । हिम्मत र इमान्दारिता छ भने सेरेमोनियल राजतन्त्रका उपाशकहरुले जनतालाई यी माथिका प्रश्नहरुको धरातलीय जवाफ दिनै पर्छ । कहिले के भनेर, कहिले के भन्दै जनतालाई भुलाएर संविधानमा प्रतिगामीहरुले समस्याको परखाल उठाएर समाधानको दीर्घकालीन निकास बन्द गर्ने षडयन्त्रको महजाल बुन्न हरप्रकारले क्रियाशील छन् । यी कुतत्वहरुको डायरीमा षडयन्त्रका अनेक सुत्रहरु नोट भएका छन् । अब यो नबिर्सौं राजतन्त्रको सपनामा आफ्नो मनसुवा पूरा गर्ने जनघाती चाल कथंकदाचित कतैबाट क्रियाशील हुन खोजेमा मेशिनगन र गोलावारुद त्यतैतिर सोझिएर केन्दृत हुनेछ । जनतामा भ्रम सिर्जन गराएर देशी विदेशी संजालका खुफियाहरुले नेपाली जनताको भाग्य र भविष्यमाथि खेलवाड गरेका तथ्यहरुले प्रमाणित गर्दछ कि त्यस्ता कुतत्वहरु हरतरहले प्रयत्नशील भइरहेका छन् नयाँ षडयन्त्रको महाजाल बुन्न, यस तर्फ सबै सचेत हुन आवश्यक छ ।

आजको शताव्दीमा निरंकुशताको प्रमुख सुत्रधारको जीवन रक्षा खातिर अनेकन अनेकन सम्भावनाहरुको खोजी गर्ने जिम्मा लिएका छद्म लेखक र राजनीतिक विश्लेषकहरुले अनावश्यक संकटहरु तेर्स्याएर राजालाई बचाउने सिद्धन्तहरूमा फू भर्दै आएका छन् । यसले सरासर देशलाई असफल र अशान्तिको दीर्घकालीन खाडलमा जाक्ने रणनीतिको गुरुमन्त्रमा अथक अध्याय थपिरहेको स्पष्ट हुन्छ । नरहे बाँस नबजे बाँसुरी भने जस्तो राजा नरहे देश नै नरहोस् भन्ने दुर्नियतमा अग्रसर सोचहरुको अतिवादी स्वार्थी मानसिकताको उपज हो । पूंजीवादी र निम्न पूंजीवादी स्वार्थसिद्धिमा मात्र आफ्नो अस्तित्व देख्नेहरुको अथक प्रयत्नमा प्रतिविम्वित सामन्ती चाकडीवाजहरुको नयां खाले सिद्धान्त हो यो सेरेमोनियल राजाको परिकल्पना । धिक्कार छ यस्ता जनघाती सिद्धान्तका प्रतिपादक भनाउंदा देशद्रोहीहरुलाई। यति धेरै जनहत्याको श्रृंखलामा चुलिएको दरबारिया अपमानको खातिर सति जाने लेखक र सिद्धन्तकरलाइ चेतना भया।

Popularity: 9%

2 comments April 20th, 2006

एमाले महासचिव नेपाल रिहा (News update)

एमाले महासचिव नेपाल रिहा

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल १९-
काठमाडौं, सरकारले नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई आज थुना मुक्त गरेको छ।

नेपाल माघ ६ देखि चैत्र १२ सम्म घरमा नजरबन्द र चैत्र १२ देखि नेपाल सशस्त्र प्रहरी बलको ककनीस्थित तालिम केन्द्रमा राखिनु भएको थियो।

नेपालले रिहापछि जनताको अधिकार बहाली नभएसम्म राजासंग वार्ताको सम्भावना नरहेको बताउंनु भएको छ। उहांले बल्खुस्थित नेकपा एमाले केन्द्रिय कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै उक्त कुरा व्यक्त गर्नु भएको हो।


……………………………………………………………………………………..

एमाले महासचिवलाई आज छाडिने

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि, अप्रिल १९ -
काठमाडौं, नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई रहस्यमय ढंगले आज मुक्त गरिँदैछ। हिजै मुक्त गर्ने भनी ककनीबाट काठमाडौंतर्फ ल्याउने क्रममा बाटैबाट फर्काइएको थियो उहाँलाई। यसको कारण भने समयको अभाव भनिएको छ।

नेपाललाई माघ ६ गतेदेखि कोटेश्वरस्थित घरमा नजरबन्दमा राखिएको थियो। सात दलका अरु नेताहरु मुक्त भए पनि उहाँलाई भने नजरबन्दमै राखिएको थियो। अनि चैत १२ गते अकस्मात् उहाँलाई ककनीको थुनामा लगेर राखिएको थियो।

जनआन्दोलनले चर्को रुप लिइरहेको बेला एमाले महासचिवलाई किन रिहा गरिँदैछ भन्ने कुरालाई लिएर धेरै अडकलबाजीहरु भइरहेका छन्। कोही भन्छन् यो राजाको सात दललाई फुटाउने अर्को चाल हो।

माधव नेपाललाई आज जिल्ला अदालत काठमाडौंको रोहवरमा मुक्त गरिन लागेको हो। माधव नेपाललाई मुक्त गरिएपछि पनि रामचन्द्र पौडेल, नरहरि आचार्य अनि नागरिक समाजका देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, श्याम श्रेष्ठहरु अझै थुनामा नै हुनुहुन्छ। उहाँहरुलाई माघ ६ गते नै गिरफ्तार गरिएको थियो।

Popularity: 9%

3 comments April 19th, 2006

राजधानीमा १८ घण्टा कर्फ्यू

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल १९-
काठमाडौं, काठमाडौं र ललितपुर जिल्ला प्रशासनले छुट्टा छुट्टै वक्तव्य जारी गरी बिहीबार राती २ बजे देखि बेलुकी ८ बजेसम्मको लागि कर्फ्यू आदेश जारी गरेको छ।

सात दलले आम हडताललाई निरन्तरता दिंदै बिहीबार पदयात्राको आयोजना गर्ने कार्यक्रम राखेको छ। यही कार्यक्रमलाई असफल तुल्याउन स्थानीय प्रशासनले चक्रपथभित्र र २ मिटर बाहिर कर्फ्यू आदेश जारी गरेको अनुमान गरिएको छ।

Popularity: 9%

3 comments April 19th, 2006

नेपालगञ्जमा महिला प्रदर्शनकारीको मृत्यु

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल १९-
नेपालगञ्ज, प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यांस प्रहार गर्दा मंगलबार एक महिला प्रदर्शनकारीको मृत्यु भएको छ।

बागेश्वरी -३ की २२ बर्षीय सेतु सुनारको अश्रुसेल मुखमा लागी बेहोस भएपछि उपचारको लागि भारतको लखनउतर्फ लांदै गर्दा बहराइचमा मृत्यु भएको थियो। सात दलले आहृवान गरेको आम हडतालमा सहभागी प्रदर्शनकारीहरुलाई तितर वितर पार्न प्रहरीले हवाइ फायर र अश्रुग्यांस प्रहार गरेका थिए।

घटनामा २५ भन्दा बढी प्रदर्शनकारी र १८ जना प्रहरीसमेत घाइते भएका छन्।

गाउंगाउंबाट १ लाख भन्दा बढी संख्यामा आएका प्रदर्शनकारीले न्युरोडस्थित ज्ञानेन्द्र चोक भत्काएका थिए।

Popularity: 9%

3 comments April 19th, 2006

ललितपुरमा सहायता कोष स्थापना

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल १९-
काठमाडौं, ललितपुरमा लोकतान्त्रिक आन्दोलनमा घाइते भएकाहरुको सहयोगका लागि स्थानीय तहमा एउटा सहायता कोषको स्थापना गरिएको छ। उक्त कोषको ब्यवस्थापन समितिमा नेपालभाषा मंकाः खलः यलका अध्यक्ष सुरेश प्रधान, नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा ललितपुरका सभापति विपिन चित्रकार र नागरिक समाजका प्रतिनिधि डा. सुन्दरमणि दीक्षित रहनु भएको छ।

कोषले नेपाल बैंक लिमिटेड, ललितपुर गाबहाल शाखामा ३२८६४/१०-१६७८३२ नम्वरको वचत खाता खोलेको छ र उक्त खातामा सम्पूर्ण तहबाट रकम जम्मा गरि सहयोग गर्नुहुन आव्हान गरिएको छ।

सम्पर्क
नेपाल रेडक्रस सोर्साईटी, जिल्ला शाखा ललितपुर ।
फोनः ५५४५ ६६६
इमेलः lalitpurchapter@nrcs.wlink.com.np

Popularity: 9%

Add comment April 19th, 2006

कतारमा दुई सयभन्दा वढी नेपालीहरु जेलमा

कुमार कार्की, एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल १९ -
दोहा कतार, हजारौं नेपालीहरु कार्यरत रहेको कतारमा विभिन्न कारण जेल पर्नेहरुको संख्या दिनानुदिन वढिरहेको छ। शाही नेपाली राजदूतावास दोहा कतारलाई उद्घृत गर्दै कतारबाट प्रकाशन हुने अंग्रेजी दैनिक द पेनिन्सुलाले जनाए अनुसार हाल २०० भन्दा वढी नेपालीहरु विभिन्न कारण जेलमा रहेको जनाएको छ।

यसरी जेलमा पर्ने अधिकांश नेपालीहरु अध्यागमन प्रकृया पूरा नगरेका कारण देखाइएको छ। वाँकी अन्य चाँहि विभिन्न आपराधिक कारणबाट जेल परेको देखिएको छ। यस्ता आपराधिक मामला भनेका सवारी दुर्घटना र झैझगडाहरु रहेका छन्।

नेपाली कामदारहरुलाई म्यानपावर कम्पनीबाट हुने ठगी र तिनका कम्पनीले भिषा नलगाइदिने हुनाले यस्तो सम्स्या भोग्नु परिरहेको हो। नेपालका म्यानपावर कम्पनीले भिषा प्रकृयामा नक्कली कारोवार गरिरहेका कारण यस्ता समस्या वृद्धिमा सहयोग पुगिरहेको कुरा पिडितहरु बताउंछन्।

Popularity: 9%

3 comments April 19th, 2006

पोखरामा गोली चल्यो, आज पोखरामा कर्फ्यू

पोखरामा गोली चल्यो, आज पोखरामा कर्फ्यू

शिव शर्मा, एचकेनेपाल डट कम, अप्रिल १९-
पोखरा-आम हडतालको १३ औं दिन मंगलवार पोखरा तनावग्रस्त रहयो। प्रदशनकारी दवाउने नाममा सेना र प्रहरीले अश्रुग्यास हवाई फायर र गोली समेत प्रहार गरेको छ। गोलीवाट लेखनाथ र पोखरामा ९ जना घाइते भएका छन्। गोली लागी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

जथाभावी लाठी प्रहारबाट एमाले जिल्ला सचिव सोमनाथ प्यासी सहित ८० भन्दा भन्दा वढी घाइते छन्। घाइते हुने अधिकांशको टाउको फुटेको छ। प्रहरी तर्फपनि ११ जना घाइते भएका छन्। प्रदर्शनकारी दवाउने नाममा प्रहरीले स्थानीयवासीको घरघरमा अश्रु ग्यास र ढु ङ्गा प्रहार गर्‍यो। प्रहरीले विविसी नेपाल स्थित पोखरा संवाददाता नारायण कार्की र नेपाल टेलिभिजनका संवाददाता रमेश पौडेललाई निर्घात कुटपिट गरेको छ। यसै गरी आन्दोलनको तस्विर लिइरहेका एक जापानी फोटोग्राफरलाई पनि निलडाम हुने गरी कुटेको छ। उनको क्यामेरा समेत तोडिएको छ।

स्थानीय प्रशासनले सोमवार पोखरा उपमहानगरपालिका भित्रका क्षेत्रमा निषेधाज्ञ जारी गरेपछि निषेधाज्ञ तोडने क्रममा मगंलवार विहान देखि नै प्रहरी र आन्दोलनकारी वीच भिडन्त भएको थियो। भिडन्त खास गरी पार्दि विरौटा, नयाँ सडक र पृथ्वीचोक क्षेत्रमा भएको थियो ।

दिउसो २ वजेदेखि करिव चार घण्टा न्युरोड क्षेत्र रणमैदान जस्तै वनेको थियो। प्रहरी र पदर्शनकारीवीच भिषण भिडन्त भयो । प्रहरीले सयौ राउन्ड अश्रु ग्यास प्रहार गर्दा समेत आन्दोलनकारीलाई तितर वितर पार्न सकेको थिएन।

हजारैा हजारको भिडलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि सेना अगाडी सरेको थियो। प्रहरीलाई प्रदर्शनकारीहरुले न्यरोडबाट लखेटदै पृथ्वीचोक सम्म पुर्‍याएका थिए। प्रहरीले नसकेपछि मात्र सेना अगाडी आएको थियो। तर पनि प्रदर्शनकारीहरुपछि हटेनन्। राजतन्त्रविरुद्ध चर्का नारा लगाएर निषेधाज्ञ तोडेका थिए।

पृथ्वीचोकमा रहेका सेनाले आफनो कमाण्डको आदेश विना गोली चलाएपछि उनलाई कमाण्डरले गोली नहान्न चेतावनी दिएका थिए। उनले सन्केर गोली हानेका थिए। सेना र प्रहरीले रोके पनि अन्त्यमा प्रदर्शनकारीले निषेधाज्ञ तोडेर छाडेका थिए। मंगलबार विहान जनजातीहरुले निकालेको जुलुसमा पनि प्रहरीले हस्तक्षेप गरी अश्रु ग्यास प्रहार गरेको थियो। मंगलबारको तनाव देखेर अत्तालिएको स्थानीय प्रशासनले वुधवार विहान ८ वजे देखि साझ ७ वजे सम्म कफ्यु आदेश जारी गरेको छ। यो समाचार तयार पार्दा सम्म पनि पोखरा तनावग्रस्त थियो ।

………………………………………………………………………………….

निरंकुशताको विरुद्ध पोखरामा प्रदर्शन जारी

शिव शर्मा, एचकेनेपाल डट कम, अप्रिल १७ -
पोखरा-आमहडतालको १२औं दिन पनि सडकमा नारा जुलुस निस्कने क्रममा कुनै कमि आएको छैन। मुलुकका विभिन्न भागमा जस्तै पर्यटकीय शहर पोखरा पनि आन्दोलनमय वन्दै गएको छ।


सोमवार पनि विहानैदेखि पोखराको सडक राजतन्त्र विरोधी चर्का नारा सहित घन्किरह्यो । विभिन्न जिल्लाबाट पोखरा आई वसोवास गरेका अन्तर समाजहरुले लोकतन्त्र वहालीको माग गदै विहान विशाल जुलुस प्रदर्शन गरे। जुलुसमा हजारौ नर नारीहरुको सहभागिता थियो।

जुलुस स्थानीय सृजनाचोकबाट शुरु भई पृथ्वीचोक, न्युरोड, चिप्लेढुङ्गा हुदै शहिद भिमसेन चोकमा पुगी कोणसभामा परिणत भएको थियो। सभामा वोल्ने वक्ताहरुले राजतन्त्रको वहाली भए सम्म मुलुकमा शान्ति वहाली नहुने वताएका थिए। राजा पोखरामा राज हुदा सेना र प्रहरीहरु आन्दोलनकारीमाथि जाई लाग्दै आए पनि राजाले पोखरा छाडेपछि भने उनीहरु संयमित भएका छन्। उनीहरुले आन्दोलनमा कुनै हस्तक्षेप गरेका छैनन्। राजाले छाडी दिए हामीलाई पनि आनन्द हुने थियो, एक प्रहरी निरीक्षकले आफनो नाम उल्लेख नगरिदिने शर्तमा यो संवाददातासंग भने।

विहानैदेखि नै साझ सम्म स्वतस्फुर्त रुपमा यसरी नै विशाल प्रदर्शनहरु यहां भइरहेका छन्। आसपासका गाउंहरुबाट लोकतन्त्रको माग गदै जुलुसमा सहभागी हुन दिन दिनै शहरमा ओइरिरहेका छन्। अनिश्चितकालीन आमहडतालले अर्कोतिर जनजीवन कष्टकर वन्दै गएको छ। अहिले महिलाहरु आन्दोलनको मोर्चामा निकै अगाडी देखिएका छन्। उनीहरु चुलो चौका छोडेर आन्दोलनमा उत्रिएका छन्। तर शहरका मानिसहरु अझै आन्दोलनमा आउन नसकेको गाउंवासीहरुको गुनासो छ। हुन पनि अहिले शहरबाट जुन रुपमा आन्दोलनमा उत्रनु पर्ने हो उत्रन सकेका छैनन्।
तस्विरः सुदर्शन रञ्जित

Popularity: 9%

2 comments April 19th, 2006

आज पनि २ पूर्वप्रमलाई दर्शनभेट

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि, अप्रिल १८ -
काठमाडौं, जनआन्दोलन चर्किरहेको बेला राजाले अकस्मात् सुरु गरेको दर्शनभेटको राजनीतिले आज पनि निरन्तरता पाउँदैछ।

आज साढे पाँच बजे पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र त्यसको एक घण्टापछि राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले दर्शनभेट पाउँदैछन्।

यसअघि हिजो कृष्णप्रसाद भट्टराई र सूर्यबहादुर थापाले दर्शन भेट पाएका थिए।

दर्शनभेट पाउने पूर्व प्रधानमन्त्रीको सूचिमा भए पनि आन्दोलनरत दलका गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा भने दरबार नजाने हुनुभएको छ।

Popularity: 10%

10 comments April 18th, 2006

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2006
M T W T F S S
« Mar   May »
 12
3456789
10111213141516
17181920212223
24252627282930

Posts by Month

Posts by Category

More news....