Archive for May, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
राजधानीको बैंकहरुमा अज्ञात हतियारधारी समूहले श्रृंखलाबद्ध ढंगले लुट्ने क्रम बढ्दै गएको छ।
प्राप्त जानकारी अनुसार आज बिहान करिव ११ बजे जोरपाटीस्थित नेबिल बैंकको एक शाखामा अज्ञात हतियारधारी समूह पसी लुट्न खोज्दा प्रहरी र लुटेराबीच भएको दोहोरो भिडन्तमा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माइक्रोबसका चालक छेवाङ लामा र सुरक्षा गार्डद्वय तेजबहादुर थापा र प्रेमबहादुर तामाङ छन्।
प्रत्यक्षदर्शीका अनुसार ६-७ जनाको समूहमा हतियारधारी लुटेराहरु माइक्रोबसमा आएर बैंक लुट्ने प्रयास गरेका थिए।
समाचार स्रोतका अनुसार हतियारसहित बैंकभित्र प्रवेश गरेका लुटेराहरुले सुरक्षा गार्डलाई कब्जामा लिई लुटपाट भएको बताइन्छ। लुटपाट भैरहेको बेला वडा प्रहरी कार्यालय बौद्धको भ्यान आएपछि हतियारधारी लुटेराहरुले अन्धाधुन्ध गोली चलाइ भाग्न खोज्दा सुरक्षा गार्डद्वय टेकबहादुर थापा र प्रेमबहादुर तामाङ घाइते भएका थिए।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरेका २ जना लुटेराहरु अजय राई र देवराज भट्टराईलाई बौध्द प्रहरी कार्यालयमा राखिएको छ।
उनीहरुमध्ये राई माओवादीका पूर्व प्लाटुन कमान्डर र भट्टराई चाहिँ सशस्त्र प्रहरीबाट भागेका प्रहरी रहेको बुझिएको छ।
पक्राउ परेका लुटेराहरुबाट करिव २५ लाख नगद, २ थान रिवल्बर र तीन थान खुकुरी बरामद गरिएको जनाएको छ।
Popularity: 18%
May 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
माओवादीका एक केन्द्रीय नेता तथा वार्ता टोलीका सदस्य देव गुरुङले माओवादीको पनि सहभागिता हुने गरी स्थानीय निकाय पुनर्स्थापना हुनसक्ने बताएका छन्।
स्थानीय निकाय पुनर्स्थापनाको कुरालाई लिएर अहिले सात दल र माओवादीबीच मतभिन्नता बढिरहेको बेलामा माओवादीको यो भनाई सार्वजनिक भएको हो।
यसैबीच, नेपाली काँग्रेसका महामन्त्री रामचन्द्र पौडेलले पनि माओवादीसहितको सर्वदलीय संरचनामा स्थानीय निकाय पुनर्स्थापना गर्न सकिने विचार व्यक्त गरेका छन्।
Popularity: 18%
May 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रतिनिधि सभाको हिजोको बैठकले आमाको नामबाट पनि नागरिकता पाउन सक्ने प्रावधान भएको महिला अधिकारसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
अब नागरिकता बाबुको मात्र हैन, आमाको नामबाट पनि पाउन सकिनेछ। बिहे नगरेकी केटीले जन्माएको बच्चाको वा वादी जस्ता प्रथामा हुर्किएका महिलाले जन्माउने बालबालिकाले पनि नागरिकता पाउन सक्नेछन्।
प्रस्तावमा राज्य संरचनाको एक तिहाई स्थानमा महिलालाई राख्नुपर्ने भनिएको छ।
Popularity: 18%
May 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
गृहमन्त्री कृष्ण सिटौलाले गृह मन्त्रालयले सेना परिचालन गर्न लिखित निर्देशन नदिएको स्पष्ट पारेका छन्।
संसदको हिजोको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले सेना परिचालन गर्न मन्त्रिपरिषदले पनि निर्णय नगरेको बताए।
सरकारले युध्दविरामको घोषणा गरिसकेपछि सेना ब्यारेक फर्किसकेका छन्। तर केही दिनदेखि काठमाडौंमा अकस्मात् सेनाको गस्ती हुन थालेको र काठमाडौं प्रवेश गर्ने नाकाहरुमा समेत सेनाले खानतलासी लिन सुरु गरेको छ।
कान्तिपुर दैनिकले गृह मन्त्रालयको निर्देशनमा सेना परिचालन भएको भन्ने समाचार छापेको थियो। तर गृहमन्त्रीले त्यसको खण्डन गरेका छन्। तर सेना परिचालन कसरी भइरहेको छ भन्ने बारेमा भने उनले बताएनन्।
Popularity: 18%
May 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
स्थानीय विकास मन्त्री राजेन्द्रप्रसाद पाण्डेले अहिलेको संसदले माओवादीमाथि लागेको आतङ्कवादीको विल्ला र रेर्डकर्नर नोटिस हटाएर शान्तिवार्तामा आएको बताउँदै माओवादीले जेजे माग्छन् त्यही त्यही दिनुपर्ने आवश्यक नरहेको बताएका छन्।
चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संविधानसभामा जाने उपयुक्त माध्यम संसद भएकाले अहिले यस संसदलाई विघटन गर्न नहुने धारणा व्यक्त गर्दै यस संसदले राजाको अधिकार खोस्ने जस्ता धेरै महत्वपूर्ण काम गरेकाले संसद विघटन गर्ने कुरा उठाउनु राम्रो नभएको स्पष्ट पारे।
Popularity: 18%
May 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
सभामुख सुवासचन्द्र नेम्बाङसँग पूर्वमन्त्री हेमराज राईसमेतको संलग्नतामा गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)को सभापति पदमबहादुर गुरुङको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डलले भेटी बेलायती गोरखा भूपू सैनिकहरूको समस्या समाधानका लागि आवश्यक पहल गरिदिन एक ज्ञापनपत्र प्रस्तुत गर्यो।
उक्त अवसरमा ज्ञापनपत्र पेश गर्दै सभापति गुरुङले गोरखा भूतपूर्व सैनिकका समस्या बारेमा बेलायती संसदमा समेत व्यापक चर्चा चलिरहेको अवस्थामा नेपाली प्रतिनिधिसभामा समेत जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न माग गर्नुभयो ।
ज्ञापनपत्र ग्रहण गर्दै सभामुख नेम्बाङले गोरखा भूपू सैनिकको समस्या समाधानका लागि आफूले सक्दो सहयोग र समर्थन गर्ने आश्वासन दिनुका साथै सबै संसदीय दलहरूसँग विचार विमर्श गर्ने कुरासमेत राख्नुभयो।
Popularity: 18%
May 31st, 2006
एचकेनेपाल डट कम पोखरा शिव शर्मा -
माओवादीका केन्द्रिय तथा वार्ता टोलीका सदस्य देव गुरुङले तत्काल प्रतिनिधी सभाको विघटन गरी सविधान सभाको निर्वाचनमा जानुपर्ने वताएका छन्।

माओवादीले सोमवार यहाँ आयोजना गरेको वृहत आमसभालाई संवोधन गदै उनले अगाडी भने-’अहिले संसद पुनर्स्थापनालाई निरन्तरता दिने प्रयास गरिएको छ। जति निर्णय गर्न ढिला भयो त्यति नै मुलुकलाई अपुरणिर्य क्षति पुग्छ’ गुरुङको थप भनाई थियो।

कार्यक्रममा अर्का वक्ता माओवादीका केन्द्रिय सदस्य तथा तथा जनमुक्ति सेनाका डिपुटी कमान्डर जर्नादन शर्मा (प्रभाकर) ले नया संविधानको निर्माण कार्य नभएसम्म जनसेनाले हतियार नछोडने वताए। उनले माओवादी अव जंगल पसेर नभई सिंहदरवार घेरेर खवरदारीको राजनिति गर्ने धारणा समेत व्यक्त गरे।
माओवादीकी महिला नेतृ पम्फा भुषालले जनमुक्ति सेनामा उपल्लोदेखि तल्लो तहसम्म महिलाहरुको उपस्थिति उतिकै रहेको वताईन्। उनले राजनितिक निर्णयहरु ढिला हुंदा दरवार षडयन्त्रमा लाग्न सक्ने तर्फइंगित गदै भनिन-’अव सर्वसत्तावादलाई प्रोत्साहन गर्नु हुदैन।’
कार्यक्रममा माओवादी क्षेत्रिय ब्युरो सदस्य झक्कुप्रसाद सुवेदी, तमु मुक्ति मोर्चाका अध्यक्ष अमर तमु,नेपाल राष्ट्रिय वुद्दिजीवि संगठनका केन्द्रिय अध्यक्ष कोमल वराल लगायतले वोलेका थिए।
पोखरा रंगशालामा आयोजना भएको सभामा हजारौंका उपस्थिति थियो।
तस्विरः सुदर्शन रञ्जित
Popularity: 18%
May 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
भर्खर पहिलो चरणको वार्ता सकिएको अवस्थामा माओवादी वार्ता टोलीका एक सदस्यले वार्ता भंग हुन सक्ने चेतावनी दिएका छन्। वार्ता टोलीका सदस्य देव गुरुङले स्थानीय निकायको पुनर्बहाली गरेमा वार्ता भंग हुने चेतावनी दिनुभएको हो।
सात दलका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकले स्थानीय निकाय पुनर्स्थापना गर्ने सैध्दान्तिक निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले निर्णय गरेमा त्यो स्थानीय निकाय पुनर्स्थापित हुनेछन्।
माओवादीहरुले गाउँमा व्यापक रुपमा आफूहरुको जनसरकार बनाइरहेका हुनाले वामदेव गौतम उपप्रधानमन्त्री भएको बेलामा गरिएको स्थानीय निकायको चुनावबाट निर्वाचित पदाधिकारीहरुलाई मान्यता नदिने बारम्बार बताउँदै आएका छन्।
Popularity: 18%
May 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
भोजपुरमा सेनाको ब्यारेक सफाइ गर्ने क्रममा माइन पडकिएर चार जना नेपाली सैनिकको ज्यान गएको छ।
भोजपुरको हतुवागढीस्थित ब्यारेकमा सरसफाई गरिरहेको बेला बम पडकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। माइन पडकिएर थप केही सैनिकहरु पनि घाइते भएका छन्।
मृत्यु हुने तथा घाइते हुने सैनिक जवानहरुको नामसूचि सेनाले सार्वजनिक गरेको छैन।
Popularity: 18%
May 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
कंगोमा संयुक्त राष्ट्रसंघीय शान्ति सेनाअन्तर्गत खटिएका सैनिकहरु त्यहाँका विद्रोहीहरुको अपहरणमा परेका छन्।
विद्रोहीहरुसँगको भिडन्तमा एक सैनिकको मृत्यु भएको छ भने ३ अन्य घाइते भएका छन्।
विद्रोहीहरुले ७ नेपाली सैनिकलाई पनि अपहरण गरी लगेका छन्। अपहरितलाई छुटाउन संयुक्त राष्ट्रसंघले प्रयास गरिरहेको छ।
Popularity: 18%
May 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा अर्का शीर्ष नेता बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ छिट्टै नै सार्वजनिक हुनुहुने भएको छ।
यो जानकारी दिएका हुन् माओवादी सेनाका डेपुटी कमाण्डर प्रभाकर उर्फ जनार्दन शर्माले। पोखरामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै प्रभाकरले प्रचण्ड, बाबुराम र बादल नयाँ नेपालको निर्माण गर्ने योजना लिएर छिट्टै जनतामाझ आउने बताएका हुन्।
माओवादी सेना शान्ति र अग्रगमनका लागि जनताको आदेश अनुसार चल्न तयार भएको पनि उनले बताए।
उनले आफूहरुको लडाईँ बन्दूकको नभएर विचारको रहेको पनि प्रष्ट पारेका थिए।
Popularity: 18%
May 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
आमाको नामबाट पनि नागरिकता पाउनु पर्ने लगायतका प्रावधान राखिएको एउटा प्रस्ताव संसदमा सोमबार प्रस्तुत भएको छ। यस प्रस्तावमा आज पनि संसदमा छलफल हुँदैछ।
महिला अधिकार र सहभागिता शीर्षकमा जरुरी महत्त्वको सार्वजनिक प्रस्ताव एमाले सांसद विद्यादेवी भण्डारीले पेश गर्नुभएको हो।
प्रस्तावमा कम्तीमा एक तिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागी बनाउन प्रस्ताव गरिएको छ।
सोमबार प्रस्तावको समर्थनमा नेपाली काँग्रेसकी कमला पन्त र जनमोर्चाका नवराज सुवेदीले आफ्नो विचार राख्नुभएको थियो।
Popularity: 18%
May 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाल टेलिकमले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मोबाइल टावर स्थापना गर्ने भएको छ।
यो टावरको स्थापना भएपछि आरोहीहरुले नेपाल टेलिकमको मोबाइलबाट सगरमाथाको चुचुरोमा नै बसेर फोन गर्न पाउने भएका छन्।
हाल यस्तो सुविधा नभएकोले विदेशी आरोहीले ल्याएका महँगा स्याटेलाइट फोनको भर पर्नुपर्ने अवस्था छ।
टेलिकमले टावर निर्माणपछि नै त्यहाँ प्रिपेड मोबाइल पनि बाँड्ने तयारी भइरहेको टेलिकमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई उदधृत गर्दै अन्नपूर्ण पोस्टले जनाएको छ।
Popularity: 17%
May 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
सात दलका शीर्ष नेताहरुको बैठकले स्थानीय निकाय पुनस्थापित गर्ने निर्णय गरेको छ। यसलाई चाँडै नै मन्त्रिपरिषद्को बैठकले पारित गर्ने भएको छ।
माओवादीका नेताहरुले स्थानीय निकायलाई पुनर्वहाली आफूहरुलाई स्वीकार्य नहुने भनी बताक्षरहेकै बेला सात दलले स्थानीय निकायलाई पुनर्बहाली गर्ने निर्णय गरेका हुन्।
बैठक स्थलमा एमाले महासचिव माधवकुमार नेपालले संचारकर्मीहरुसँग कुरा गर्दै स्थानीय निकाय पुनस्थापनाका सम्बन्धमा सात दलहरु बीच सहमति भएको र माओवादीहरुले पनि सहमति जनाउने विश्वास ब्यक्त गर्नुभयो ।
स्थानीय निकायको रिक्त पदहरु मध्ये राजाको सरकाले नगरपालिकाहरुको चुनाव गराएपनि वर्तमान सरकारले त्यसलाई अमान्य घोषणा गरिसकेको छ।
Popularity: 17%
May 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रतिनिधि सभामा सरकार र माओवादीबीच भएको २५ बूँदे आचार संहिता पेश गरिएको छ।
सरकार र माओवादीबीच भएको आचार संहितालाई राष्ट्रिय मान्यता प्राप्त गराउन जनआन्दोलनको बलले पुनर्स्थापित संसदमा प्रस्तुत गरिएको हो।
यो आचारसंहिता आजकै बैठकमा पारित हुने बताइएको छ।
Popularity: 17%
May 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
पूर्व सभामुख तारानाथ रानाभाट उपचारपछि आज घर फर्किएका छन्। संसदले राजाका अधिकारहरु कटौति गर्ने ऐतिहासिक घोषणा पारित गर्दै गरेको दिन अचानक ह्रदयाघात भई रानाभाट बेहोस हुनुभएको थियो।
उहाँको नर्भिक अस्पतालामा उपचार भइरहेको थियो। शल्यक्रिया गरी मस्तिष्कमा जमेको रगत निकालेपछि हाल उहाँ स्वस्थ हुनुभएको छ।
उहाँले अब पहिले जस्तै नै काम गर्न सफल हुनुहुने उपचारमा संलग्न चिकित्सक उपेन्द्र देवकोटाले जनाएका छन्।
Popularity: 17%
May 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
आफ्नी नाबालिका सालीलाई सात पटक जबरजस्ती करणी गर्ने मङ्गलपुर गाउँ विकास समिति वडा नं. ८ बस्ने २५ वर्षका भरत बानियाँलाई पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएको छ।
सामुदायिक अनुसन्धान केन्द्रका अनुसार अभियुक्त बानियाँले सालीलाई मारिदिने डर, धाक र प्रलोभन देखाई बलात्कार गरेका थिए।
चितवन जिल्लाको मङ्गलपुर-८ मा रहेकी दिदी घर गएको बेलापारी निज सालीलाई भिनाजु बानियाँले वैशाख ८ गते तथा वैशाख ९ गते मेघौली पर्साप बस्ने लुरे फण्डेको घरमा राखेर बलात्कार गरेको पिडितकी आमाले दिएको जाहेरीमा उल्लेख गरिएको छ।
केन्द्रका कानुन अधिकृत अधिवक्ता लक्ष्मण अधिकारीका अनुसार मङ्गलपुर गाउँ पारालिगल कमिटी मार्फ आएको जबरजस्तीकरणीको उक्त मुद्दा जिल्ला अदालतमा जाहेरी गरेपछि अभियुक्तलाई हाल कारागार चलान गरिएको बताउनुभयो।
अभियुक्तले यस भन्दा पहिले पनि निज बालिकालाई पटकपटक जबरज स्तीकरणी गरेका कारण पीडित बालिकाको मेडिकल जाँच गराउँदा एक महिनाको गर्भ रहेको देखिएको र सो गर्भपतन समेत गराइएको अधिवक्ता अधिकारीले बताउनुभयो।
Popularity: 17%
May 29th, 2006
एचकेनेपाल डट कम हंगकंग सम्वाददाता -
नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव माधव कुमार नेपाल हंगकंग आउनु हुने भएको छ।
थप समाचारको लागि: http://www.hknepal.com/hknews/?p=133
Popularity: 17%
May 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
आइतबार बिहान काठमाडौं र मकवानपुरको सीमाक्षेत्र सिस्नेरीमा भएको ट्रक दुर्घटनामा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
सडक भन्दा १ सय मिटर तल ट्रक खसेपनि गाडी र मान्छेको उति आवतजावत नहुने भएकोले तीन घण्टापछि मात्रै उद्धार टोली पुगेको थियो।
घाइतेहरुलाई फर्फिङको मनमोहन मेमोरियल अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार सिस्नेरीबाट फर्फिङतर्फ आउँदै गरेको सो मिनिट्रकमा ५५ जना सवार रहेका थिए। बढी यात्रु भएकै कारण ट्रक दुर्घटना भएको हुनसक्ने बताइएको छ।
Popularity: 17%
May 28th, 2006
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
हतियारधारी अज्ञात समूहले क्षेत्रपाटीस्थित नेपाल बैंकमा पसेर लाखौं रुपैयां लुटेर लगेको छ।
अपरान्ह करिव २ बजेतिर ५ हतियारधारी लुटेराहरु बैंकभित्र पसी लगभग १५ लाख रुपैयां लुटेर लगेको प्रहरीले जनाएको छ।
घटनासम्बन्धि अनुसन्धान शुरु भैसकेको समेत प्रहरीले जनाएको छ।
Popularity: 17%
May 28th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
माओवादी र सरकार वार्ता टोलीका सदस्यहरुले माओवादी र सरकारबीच भइरहेको वार्ता सफल हुने बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका एक सदस्य प्रदीप ज्ञवालीले सरकार र माओवादीका विचारहरु अत्यन्त निकट रहेको बताए।
तर यसको आधारमा वार्ता प्रक्रियाबाट मात्र समस्या समाधान हुने कुरामा आशावादी नरहन सवैलाई सचेत पनि उनले गराए।
संसद विघटन प्रति सरकार र माओवादीकाबीच केही अन्तर विरोध रहेको पनि उनले बताए। ज्ञवालीले वर्तमान परिस्थितिको फाइदा उठाउन खोज्ने प्रतिक्रियावादी शक्तिप्रति सरकार सचेत रहेको स्पष्ट पारे।
कार्यक्रममा माओवादी वार्ता टोलीका सदस्य दिनानाथ शर्माले अहिलेको संसद विघटन गरी वृहत राष्ट्रिय राजनीतिक सम्मेलन गर्नुपर्नेमा जोड दिए। उनले वर्तमान संसदले जनताको चाहनाको प्रतिनिधित्व गर्न नसक्ने भएकाले नै सरकार र माओवादीकोबीचमा आपसी समझदारीको आधारमा वृहत राष्ट्रिय राजनीतिक सम्मेलन गर्नुपर्ने बताए।
Popularity: 17%
May 28th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री केपी ओली मलेसिया भ्रमणका लागि त्यतातर्फ जानुभएको छ।
मलेसियामा उहाँले असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिनुहुनेछ।
जनआन्दोलनको बलले बनेको सरकारका मन्त्री विदेश भ्रमणमा गएको यो पहिलो घटना हो। यसअघि शाही सरकारका मन्त्रीहरुले पटक पटक विदेश भ्रमण गरी देशको ढुकुटी रित्याएका थिए। तीमध्येका एक मन्त्री तत्कालीन परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे हाल हिरासतमा रहेका छन्।
यसका कारण अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै वर्तमान सरकारका तर्फबाट जारी श्वेतपत्रमा आइन्दा अनावश्यक विदेश भ्रमणलाई नियन्त्रण गरिने उल्लेख थियो।
Popularity: 17%
May 28th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
युध्दविराम भइरहेका बेला युध्दमा नमरे पनि शनिबार दुई जना माओवादी कार्यकर्ता दुर्घटनामा परेर मरेका छन्। माओवादी कार्याकर्ताहरु बोकेको ट्रक धनुषाको मिथिलेश्वर गाविस नजिक शनिबार अपरान्ह १ बजे दुर्घटना भएको थियो। दुर्घटनामा २ माओवादी कार्यकर्ताको घटना स्थलमै मृत्यु भयो।
घटनामा ५२ सख्त घाइते भएका छन् । जनकपुरमा शनिबार भएको नेकपा माओवादीको आमसभामा सहभागी हुन सिरहाको जमदह बाट गएको स १ ख २३१ नं.को ट्रक पल्टिएको थियो ।
मृत्यु हुनेमा सिरहा गोलबजारका धनिकलाल महतो र सिरहा जमदहका घुरनी देवी सदा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Popularity: 17%
May 28th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
सरकारमा जाने विषयलाई लिएर मतभेद बढेपछि सात दलको एक घटक संयुक्त जनमोर्चा, नेपाल विभिजित भएको छ।
विभाजित पक्षको अध्यक्षमा चित्रबहादुर केसी रहनुभएको छ। त्यसैगरी महासचिवमा डिलाराम आचार्य रहनुभएको छ।
विभाजित पक्षले ३९ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको छ।
सात दलको संयुक्त सरकारमा जाने-नजाने विषयमा मतभेद बढेपछि जनमोर्चाका केही सांसदहरुले सरकारमा जाने पार्टी निर्णय विपरीतका विचार पत्रकार सम्मेलनमार्फत् राखेका थिए। उनीहरुलाई पार्टीले अनुशासनको कारबाही गरेको थियो।
सात दलमा जनमोर्चालाई माअोवादीको नजिकको मित्रशक्तिका रुपमा लिने गरिन्छ।
Popularity: 17%
May 27th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाल सरकार र माअोवादीबीच शुक्रबार गोकर्ण रिसोर्टमा भएको पहिलो चरणको वार्ता २५ बूँदे आचार संहिता जारी गर्दै सम्पन्न भएको छ। यो वार्ता पूर्ण रुपमा आचार संहितामा नै केन्द्रित भएको थियो।
वार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुवै वार्ता टोलीका संयोजकहरुले वार्ता सफल हुने विश्वास व्यक्त गरे।
यसअघि भएका वार्ता असफल भएको भए पनि यस पटक त्यतिबेलाको जस्तो परिस्थिति नरहेको र मूल एजेन्डामा माअोवादी र सरकारबीच सहमति भइसकेकोले वार्ता सफल हुने बताइएको छ।
प्रारम्भिक चरणका यी वार्तापछि शिखर वार्ताका लागि माअोवादी अध्यक्ष प्रचण्ड स्वयंको नेतृत्वमा अर्को वार्ता टोली आउने छ।
अर्को चरणको वार्ता कहिले र कहाँ हुन्छ भन्ने खुलाइएको छैन।
Popularity: 17%
May 27th, 2006
Previous Posts