Archive for June, 2006

जनआन्दोलनका अपराधीहरु आयोगको कठघरामा

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
जनआन्दोलनका अपराधीहरुलाई कालकोठरीमा जाक्ने उद्देश्यका साथ गठन भएको छानबिन आयोगको कठघरामा आज राजाका सल्लाहकार सच्चितशमशेर राणा र पूर्वमन्त्री निरञ्जन थापासित बयान लिइँदैछ।

राणाले बयान दिन जानुअघि दमनमा आफ्नो कुनै संलग्नता नभएको दावी गर्नुभयो।
आफू राजपरिषद्को सदस्य मात्र भएको भन्दै उनले राजपरिषद्अन्तर्गत सेना र प्रहरी केही पनि नहुने स्मरण गराउनु भयो।

उता अर्का पूर्वमन्त्री निरञ्जन थापाले भने आफू कानुनी आधारमा बनेको आयोग भएकोले बयान दिन आएको बताए।

आजै दुई बजेदेखि निलम्बित सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक रविराज थापा र जनपदका अतिरिक्त महानिरीक्षक कृष्ण बस्नेतसित पनि बयान लिइँदैछ।

Popularity: 11%

Add comment June 30th, 2006

राजाको सम्पत्तिको हिसाब देउ

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रतिनिधिसभाको र्सार्वजानिक लेखा समितिले राजाको सम्पत्ति विवरण सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिका सभापति सांसद चित्रबहादुर के.सी.को अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले राजा र राजपरिवारका सदस्यहरुको नाममा रहेको चल-अचल सम्पत्ति, बैङ्कमा राखिएको वचत र शेयरको विवरणसहित मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण माग गरेको हो ।

समितिले सात दिनभित्रमा सम्पति विवरण उपलब्ध गराउन माग गर्दै सबै सदस्यहरुको सम्पत्ति विवरण सार्वजानिक गर्ने निर्णय पनि गरेको छ ।

Popularity: 11%

1 comment June 30th, 2006

“भारतमा पानी पर्दा नेपालमा छाता ओढ्ने”

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रतिनिधिसभा घोषणापत्रमा नेपाललाई धर्म निरपेक्ष्य राष्ट्रको रूपमा घोषणा गरिएको सर्न्दर्भमा केही नेताहरूले नेपालमा धर्म निरपेक्षताको अवधारणा आफ्नो मौलिक धारणा नभई कतैबाट आयातित भएको आरोप लगाएका छन्।

नेपालमा धर्मसापेक्षित भएर केही पनि नोक्सान भएको विचार राख्दै स्वामी गिरीले भारतको नक्कल गर्ने सर्न्दर्भमा नेपालमा प्रयोग गरिएको सो अवधारणा भारतमा पानी परे नेपालमा छाता ओढ्ने सरह रहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका नेता होमनाथ दाहालले धर्म निरपेक्षता हुनु धर्मबिहीनता हुनु नभएको धारणा राख्दै एकले अर्काको धर्ममा अतिक्रमण नगरी स्वतन्त्ररूपले धर्म पालन गर्नु निरपेक्षता हो भन्नुभयो ।

राज्यलाई धर्मसँग जोड्नु उचित नभएको विचार व्यक्त गर्दै धर्मलाई राजनीतिक विषयसँग नजोडेर आ-आफ्नो परम्परा र विश्वाससँग जोड्नुपर्छ भन्नुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे धर्मनिरपेक्षताको घोषणाको तार्त्पर्य कसैको धार्मिक अधिकार खोसिएको नभएको यसलाई गलत अर्थ नलगाउन अनुरोध गर्दै राज्य र धर्म पृथक् वस्तु भएकाले धार्मिक एकता विस्तार गर्न यो घोषणाले कुनै छेकबार नलगाउने विचार व्यक्त गर्नुभयो ।

सांसद शङ्करप्रसाद पाण्डेले विगतमा राजनीति र राजतन्त्रले धर्मको ठेक्का लिएर समस्या आएको चर्चा गर्दै हामीले वर्तमान अवस्थामा धार्मिक एकता प्रदर्शन गर्नुपर्छ भन्नुभयो ।

हिन्दु विद्यापीठ प्राचार्य चिन्तामणि योगीले आन्दोलनको सबै उपलब्धिहरू स्वागतयोग्य भएता पनि धर्मनिरपेक्षताको घोषणा खीरमा विष मिलाएजस्तो भएको धारणा व्यक्त गर्दै धर्मलाई दरबार, कर्मकाण्ड र बाहुनसँग जोड्ने गलत परम्पराको अन्त्य हुनुपर्छ भन्नुभयो ।

Popularity: 11%

Add comment June 30th, 2006

दरबारको इशारामा मोरियार्टीको विचार

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा एमालेका नेता वामदेव गौतमले अमेरिकी राजदूतको भनाइ दरबारको इशारामा आएको बताउनु भएको छ।

अमेरिकी राजदूतले अस्ति हतियार नबुझाई अन्तरिम सरकारमा माओवादी आएमा अमेरिकी सहयोग रोक्ने बताउनु भएको थियो।

नेपाल गणतन्त्रतर्फअगाडि बढिरहेको बेला अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीको त्यस्तो भनाई आउनु विवादास्पद रहेको उहाँको तर्क थियो।

गौतमले सात दलले माओवादीसँग १२ बुँदे समझदारी गर्दा दुर्भाग्यपूर्ण भन्दै टिप्पणी गर्ने अमेरिकाले नेपालमा शान्ति र स्थिरता देख्न नचाएको आरोप लगाउनुभयो । उहाँले अमेरिकी राजदूत मोरियार्टी आत्मालोचना गरी भनाइ तत्काल सच्याउन माग गर्नुभयो ।

Popularity: 11%

2 comments June 30th, 2006

माओवादी कार्यकर्ताको हत्या

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा (माओवादी) विरुद्धको प्रतिकार समितिले कपिलवस्तुका नेकपा माओवादीका 2 जना कार्यकर्ताको हत्या गरेको छ ।

हथिहवा वडा नं. ३ का ३५ वर्षीय राजेन्द्र कुर्मी र हथिहवा वडा नं. ७ का ३० वर्षीय केशव भट्टको प्रतिकार समितिले हत्या गरेको पीडित पक्षका परिवारले जनाएको छ ।

कपिलवस्तु जिल्लाको दक्षिणी भारतीय सीमासँग नजिक हथिहवामा निःशस्त्र अवस्थामा ती दुवै माओवादी कार्यकर्ताको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।

मृतकका आफन्तका अनुसार राति एक दर्जनको समूहमा आएका प्रतिकार समूहले उनीहरूलाई आफ्नो घरमा सुतिरहेको अवस्थामा घरबाट बाहिर निकाली नजिकको बाटोमा लगेर हत्या गरेका थिए ।
राजेन्द्रलाई धारिलो हतियारले छातीमा प्रहार गरिएको थियो भने केशवलाई छातीमा खुकुरी र पिठयुमा गोली प्रहार गरिएको थियो ।

कपिलवस्तु जिल्ला प्रहरीका कार्यालयका अनुसार उक्त घटनाको जाँचबुझ भइरहेको छ ।

हालसम्म घटनामा संलग्न एकजना पनि पक्राउ गरिएको छैन ।

Popularity: 11%

Add comment June 30th, 2006

एथलेटिक्समा नयाँ रेकर्ड

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
त्रिभुवन आर्मी क्लबका धावक राजेन्द्र भण्डारीले दश हजार मिटर दौडमा नयाँ रेकर्ड राखेका छन्।

भदौमा श्रीलङ्कामा हुने दक्षिण एसियाली खेलकुद (साग)लाई दृष्टिगत गरी नेपाल एथेलेटिक्स सङ्घले आयोजना गरेको राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सोल ओलम्पिकमा धावक हरि रोकायाले कायम गरेको ३० मिनेट ४८ः१६ सेकेन्डमा पूरा गरी कायम गरेको रेकर्ड धावक भण्डारीले ३० मिनेट ३९ः१० सेकेन्डमा पूरा गरी नयाँ रेकर्ड कायम गरेका छन् ।

त्यसैगरी एक हजार मिटर दौडमा पनि नयाँ रेकर्ड कायम भएको छ ।

त्रिभुवन आर्मी क्लबका धावक प्रेम महतले आफूले गत वर्ष कायम गरेको रेकर्ड भङ्ग गरेका छन् । धावक महतले २ मिनेट ३५ सेकेन्डमा उक्त दूरी गत वर्ष पूरा गरेका थिए भने २ मिनेट ३०ः९० सेकेन्डमा पूरा गरे ।

Popularity: 10%

Add comment June 30th, 2006

तरकारी व्यापारीको हत्या

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
पाँचखालको तरकारी काठमाडौँमा पुर्याई बिक्री गर्ने पाँचखाल फेदी निवासी ३९ वर्षीय नारायणप्रसाद न्यौपानेको अज्ञात व्यक्तिबाट हत्या भएको छ ।

हत्याको कारण र कोबाट भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।

पाँचखाल घर भए पनि न्यौपानेको हत्या रविओपी गाविस र बनेपा नगरपालिका वडा नं. १ को सिमानस्थित जलेश्वर महादेवको मन्दिरमुनि अनकन्टार खोल्सामा फलामको रड टाउकामा प्रहारबाट गरिएको बुझिन्छ ।

बुधबार काठमाडौँबाट बनेपा फर्किएर न्यौपानेलाई कुनै अज्ञात व्यक्तिले कालो मोटरसाइकलमा राखी जलेश्वरतर्फ लगेको जानकारी स्थानीय तरकारी व्यवसायीहरूले बताएका छन् ।

Popularity: 10%

Add comment June 30th, 2006

राजाको ३ बर्षे शासनकालमा २८ अर्ब बेरुजु

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
जननिर्वाचित सरकारलाई बर्खास्त गरी राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन आफ्नो हातमा लिएको तीन बर्षभित्र २८ अर्व ५३ करोड रुपैंया बेरुजु देखिएको छ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा महालेखा परीक्षक गेहेन्द्र अधिकारीले तत्कालीन नेपाल सरकारको हिसाव किताव सार्वजनिक गर्दै उक्त कुरा बताउंनु भएको हो।

महालेखा परीक्षक कार्यालयले पटक-पटक खर्च घटाउन सचेत गराउंदा पनि खर्च घट्नुको सट्टा झन झन् बढेको जनाइएको छ।

शाही सत्ताको पालामा राज्यकोषको दुरुपयोग भएको देखिएकाले प्रतिनिधिसभा सार्वजिनक लेखा समितिले छानबिन गर्ने भएको छ त्यसै गरी महालेखा परीक्षकले पनि एउटा छुट्टै छानबिन समिति गठन गरी छानविन प्रक्रियालाई अगाडि बढाउने भएको छ।

Popularity: 10%

Add comment June 29th, 2006

बलात्कारी बाबु पक्राउ

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
आफ्नै छोरीलाई बलत्कार गर्ने एक बाबुलाई हिजो बुधबार प्रहरीले पक्राउ गरेको छ।

पाँचथर जिल्ला घर भै धनुषाको ढल्केवरमा बस्दै आएका मोहन खड्काले मंगलबार आफ्नै छोरीलाई बलत्कार गरेको जनाएकोछ।

स्वससेले जनाए अनुसार बलात्कृत छोरीको जनकपुर अञ्चल अस्पातलमा उपचार भै रहेको छ।

Popularity: 10%

3 comments June 29th, 2006

माओवादी नेताहरु र स्वीडीस राजदूतबीच भेट

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
माओवादी नेताहरु राजधानीमा सार्वजनिक भएदेखि यता राजनीतिक तथा कुटनीतिक भेटघाटमा व्यस्त छन्।

माओवादी प्रवक्ता तथा वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र नेता सुरेश आले मगरले हिजो बुधबार स्वीडेनका राजदूत तथा पराराष्ट्र मन्त्रालयका सल्लाहकार लेना सुन्धलाई भेटेका छन्। राजदूत सुन्ध ६ दिने नेपाल भ्रमणको लागि गत सोमबार राजधानी आउनुभएको हो।

भेटको क्रममा माओवादी नेताहरुले देशको परिवर्तित राजनैतिक घटनाक्रमको बारे छलफल गरेको हुनसक्ने स्रोतले बताएको छ। उनीहरुले बहुदलीय प्रतिस्पर्धाप्रति आफ्नो दृढता दोहोर्‍याएको बुझिएको छ। शान्ति प्रक्रिया र हतियार व्यवस्थापन सम्बन्धि पनि छलफल भएको बुझिएको छ।

हिजो बुधबार नै माओवादी नेता डा. बाबुराम भट्टराई र महराले भारतीय राजदूत शिवशंकर मुखर्जीलाई पनि भेटेका थिए।

Popularity: 10%

Add comment June 29th, 2006

संसदबाट सिंहासन पनि हट्यो

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रतिनिधिसभाको घोषणा-२०६३ बमोजिम संसदमा शपथ ग्रहण गर्दा संसदमा रहने सिंहासनको ठाउँमा राष्ट्रिय झण्डा राखियो।

शपथ ग्रहण कार्यक्रममा सभामुख सुभाष नेम्बाङले हिजो बुधबार संसद्मा पद तथा गोपनीयताको शपथ लिनुभयो।


आफूले शपथ लिएपछि सभामुख नेम्बाङले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यहरूलाई पनि छुट्टाछुट्टै शपथ गराउनुभयो।

प्रतिनिधिसभाको घोषणा कार्यान्वयन समितिका अध्यक्ष सभामुख नेम्बाङले उपसभामुख चित्रलेखा यादव तथा राष्ट्रियसभाका उपाध्यक्ष रामप्रीत पासवानलाई पनि पद तथा गोपनीयताको बेग्लाबेग्लै शपथ गराउनुभयो।

यसैगरी सभामुखले विभिन्न संसदीय समितिका अध्यक्ष तथा संसद्का महासचिवलाई पनि शपथ गराउनुभयो।

संसद् सचिवालयका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलाई पनि शपथ गराइयो।

जनआन्दोलनको बलमा गत वैशाख ११ गते स्थापित संसद्ले गत जेठ ४ गते प्रतिनिधिसभा घोषणा-२०६३ र्सवसम्मतिबाट पारित गरेको थियो।

प्रतिकूल स्वास्थ्यका कारण शपथ लिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संसद्मा उपस्थित हुनुभएन। त्यसका कारण मन्त्रीहरुको शपथ ग्रहण आइतबारका लागि सरेको छ।

शपथ लिने कार्यक्रम दिउँसो एक बजे निर्धारण गरिएको भए पनि १५ मिनेटपछि प्रारम्भ भएको थियो। फोटो साभारः रोयटर्स /गोपाल चित्रकार।

Popularity: 10%

Add comment June 29th, 2006

माओवादीले अमेरिकाको टाउको दुखायो

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत जेम्स एफ.मोरियार्टीले माओवादीको भनाइ र गराइमा रहेको भिन्नताले आफू अत्यन्त चिन्तित भएको बताउनुभयो।

संविधानसभाको माध्यमबाट पूर्ण लोकतन्त्र र दिगो शान्तिको मार्गमा अघि बढ्ने उद्देश्यले सात दल र माओवादी पक्षबीच भएका सम्झौताबाट अमेरिका उत्साहित भएको बताउँदै सम्पन्न समझदारीलाई माओवादी पक्षले इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ।

सात दल र माओवादीबीच विभिन्न चरणमा सहमति र समझदारी भइसकेपछि पनि हत्या, अपहरण र चन्दा आतङ्कजस्ता गतिविधि नरोकिनु दुखद पक्ष भएको राजदूत मोरियार्टीको कथन थियो।

माओवादीले स्थायी रूपमा हिंसा त्यागेर संविधानसभाको निर्वाचनअगावै आफ्ना हतियार बिसाउनुपर्नेमा जोड दिँदै उहाँले अन्य राजनीतिक दलहरू जस्तै ऊ पनि बहुदलीय लोकतन्त्रको मूल्य एवम् मान्यताप्रति समाहित हुनुपर्ने विचार व्यक्त गर्नुभयो।

अमेरिकाले नेपालको विकासका लागि चार करोड ५० लाख अमेरिकी डलर प्रदान गर्ने जानकारी दिँदै उहाँले वाषिर्क रूपमा प्रदान गर्दै आएको रकममा हालै एक करोड २० लाख डलर वृद्धि गरिएको उल्लेख गर्नुभयो।

एक प्रश्नको जवाफमा अमेरिकी राजदूतले माओवादीले हिंसात्मक गतिविधि परित्याग नगरेसम्म अमेरिकी सरकारले उसलाई आतङ्वादीको सूचीबाट नहटाउने स्पष्ट गर्नुभयो।

Popularity: 10%

3 comments June 29th, 2006

सुटकेस भरी पैसैपैसा

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
बैङ्ककबाट टिजीको उडानबाट कार्गो भई आएका २ वटा सुटकेसबाट हिजो ५९ लाख भारतीय रूपैयाँबराबरका नक्कली नोट बरामद भएको छ।

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनमा रहेका ती सुटकेसलाई शङ्का लागी प्रहरी एवं भन्सार कर्मचारीको रोहबरमा खोल्दा एक हजार दरका २४ लाख र पाँच सय दरका ३५ लाख रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

Popularity: 10%

Add comment June 29th, 2006

परालमा चिप्लिएर दुर्घटना

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
काठमाडौँबाट वालिङतर्फ जाँदै गरेको ग१ख २४४३ नं. को माइक्रो बस पृथ्वी राजमार्गको व्यास नगरपालिका वडा नं. १ अम्रेनीमा बुधबार दिउँसो सडकमा सुकाइराखेको परालमा चिप्लेर दुर्घटना हुँदा दुई जना यात्रु घाइते भएका छन्।

दुवै घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय वसन्त पौडेलले सुकाएको परालमा चिप्लेर बस दुर्घटनाग्रस्त भएको थियो।

प्रहरी निरीक्षक विष्णुनरसिंह थापाले आइन्दा राजमार्ग क्षेत्रमा पराल सुकाउन नदिने सूचना जारी गर्ने र सुकाएको पाइएमा कडा कारबाही गरिने जनाउनुभएको छ।

तनहुँ जिल्लाको राजमार्ग क्षेत्रमा अधिकांश दुर्घटना परालकै कारण हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Popularity: 10%

Add comment June 29th, 2006

माओवादी नेता र भारतीय राजदूतबीच भेट

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
माओवादी नेताहरुले आज बुधबार बिहान लैनचौरस्थित भारतीय राजदूताबास गई राजदूत शिवशंकर मुखर्जीसंग भेटेका छन्।

माओवादीका नेता डा. बाबुराम भट्टराई र प्रवक्ता कृष्णबहादुर महराले मुखर्जीसंग करिव १ घण्टा लामो कुराकानी गरेका थिए। राजनीतिक भेटघाटमा व्यस्त रहेका माओवादी नेताहरुले पहिलो पटक कुटनीतिक भेटघाट सुरु गरेका हुन्।

भेटघाटको क्रममा माओवादी नेताद्वयले भारतमा बन्दी बनाइएका आफ्ना कार्यकर्ताहरुको रिहाईको लागि आग्रह गरेको बताइएको छ। नेताहरुको आग्रहपछि राजदूत मुखर्जीले प्रक्रिया पूरा गरी रिहाई गरिने आश्वासन दिएको बताइएको छ।

भारतीय जेलमा माओवादी पोलिटब्युरो सदस्य सी.पी. गजुरेलसहित १ सय ३७ माओवादी कार्यकर्ता बन्दी रहेका छन्।

Popularity: 10%

1 comment June 28th, 2006

दुई माओवादी कार्यकर्तालाई गोली हानी हत्या

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
माओवादी प्रतिकार समूहद्वारा हिजो मंगलबार राति कपिलवस्तु हतिहवा निवासीका दुई माओवादी कार्यकर्ताहरुलाई गोली हानी हत्या गरेको छ।

माओवादी कार्यकर्ता राजेन्द्र कुर्मी र केशव भरलाई राति करिव १:३० बजे माओवादी प्रतिकार समूहले आफ्नो नियन्त्रणमा लिई हत्या गरेको बताइएको छ।

Popularity: 10%

7 comments June 28th, 2006

आखिर जन आन्दोलन दमनको जिम्मेवार लिने कसले त?

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
शाही सरकारका मन्त्रीहरुले हिजो मंगलबार उच्चस्तरीय जाँचबुझ आयोगलाई बयान दिने क्रममा जनआन्दोलन दमनको जिम्मेवार आफूहरुले नलिने बताएका छन्।

शाही सरकारका उपाध्यक्ष डा. तुलसी गिरी, तत्कालीन मन्त्रीहरू बद्रीप्रसाद मण्डल र निक्षशमशेर राणासँग आयोगले हिजो बयान लिएको छ। तीनै जनाले दमनमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।


सम्वाददाताहरुको जिज्ञासामा डा.गिरीले आफूले दमन नगरेको बयान आयोग समक्ष दिएको बताए। दमन कसले गर्‍यो सम्बन्धित व्यक्तिलाई सोध्नुहोस्। उनको जवाफ थियो। जनआन्दोलनमा मृत्यु भएका २१ जनाको जिम्मेवार कसले लिन्छ? भन्ने प्रश्नको जवाफमा ‘जसले लिनु पर्ने हो उसैले लिनुपर्छ।’ यसको जिम्मेवार राजाले लिनुपर्छ भन्नुभएको हो- भन्ने प्रश्न गर्दा उनी मौन रहेका थिए। फोटो सौजन्यः रोयटर्स / गोपाल चित्रकार

आफुले दमन नगरेको शान्ति सुरक्षा कायम गर्ने बेलामा केही तलमाथि पर्न सक्छ डा. गिरीले भने ‘मान्छे मार्ने उद्धेश्यले मारेको होइन त्यसको लागि हामी दुखी छौं।’ उनले दमन नगरेको दावी गर्दै भने ‘कुनै पनि सरकारले दमन गर्दैन’।

तत्कालीन मन्त्री बद्रीप्रसाद मण्डलले जनआन्दोलनमा मान्छे मार्ने काम, हिंसा बढाउंने काम आफूहरुले नभई सुरक्षा निकायले गरेको बयान आयोगलाई दिएको बताएकाछन्।

तत्कालीन स्वास्थ्य सहायकमन्त्री निक्षशमशेर राणाले आयोग समक्ष आफू क्याबिनेट मन्त्री नभएकोले दमनबारे आफूलाई थाहा नभएको बयान दिएकाछन्। उनले आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रालयको काम कारवाही हेरेको बताएका छन्। उनले आफूमाथि पूर्वाग्रह राखेर कारवाही भैरहेको गुनासो समेत गरे।

Popularity: 10%

3 comments June 28th, 2006

प्रचण्डको भेटघाट जारी

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
केही दिनदेखि राजधानीमा विभिन्न दलका नेताहरुसित सुटुक्क भेटघाटमा व्यस्त नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आज बिहान सबेरै प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

एकाबिहानै साढे सात बजे प्रचण्ड आफ्ना सहयोगी बाबुराम भट्टराई र कृष्णबहादुर महराका साथ बुढानिलकण्ठ पुग्नुभएको थियो। नौ बजेसम्म दुई पक्षबीच कुराकानी भएको थियो।

Popularity: 10%

Add comment June 27th, 2006

आज शाही मन्त्रीहरुको बयान

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
शाही सरकारका उपाध्यक्ष तुलसी गिरी लगायत तीन पूर्व मन्त्रीहरुलाई आज जनआन्दोलन दमन उच्चस्तरीय छानबिन आयोगले बयान लिँदैछ।

बयानका लागि उनीहरुलाई आयोगको कार्यालयमा ११ बजे बोलाइएको छ।

उनीहरु बयानका लागि उपस्थित भएका गिरफ्तार गर्ने आयोगले बताएको छ।

Popularity: 10%

1 comment June 27th, 2006

मलेसिया पुगेका नेपाली युवकहरु अलपत्र

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका बाराका नौ युवक अलपत्र परेका छन् ।

यसरी अलपत्र पर्नेहरुमा बारा रघुनाथपुरका देवनाथ कुर्मी, महेन्द्र कुर्मी, महन्थ कुर्मी, श्यामप्रसाद यादव, जगदीश कुर्मी, सुरेश कुर्मी, जयप्रकाश कुर्मी, सरोज कुर्मी र नन्दराउत कुर्मी रहेका छन् ।

काठमाण्डौं महाराजगन्जमा रहेको ट्रष्ट नेपाल ओभरसिज म्यानपावरका बारा स्थित एजेण्ट सत्यनारायण कुश्वाहा मार्फत् ती युवक गत वैशाख ११ गते मलेशिया पुगेको पीडितका अभिभावकहरुले बताएका छन् ।

उनीहरुले मलेसिया जानका लागि प्रतिब्याक्ति १ लाख १५ हजार रुपैंयाँ तिरेको तर मलेशियामा काम नपाएपछि सबै घर र्फकन चाहेको बताइएको छ ।

दलाल सत्यनारायणले भने ४८ हजार रुपियाँ फेरि दिए सबैलाई सकुशल घर ल्याउन सकिने बताउदै आएका छन् ।

मलेसियामा रहेको एक जापानी उद्योगमा मासिक १५ देखि २० हजार रुपैंयाँ पारिश्रमिक पाइने भनी स्थानीय दलाल सत्यनारायणले फकाएपछि घरजग्गा बेची ती युवकहरु मलेसिया गएका थिए ।

दलाल सत्यनारायण अहिले फरार रहेको स्वससेले जनाएको छ।

Popularity: 10%

Add comment June 27th, 2006

प्रधानमन्त्री आज फर्कने

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बैंककमा साताब्यापी लामो स्वास्थ्य परीक्षण गराइ आज अपराह्न स्वदेश फर्किनु हुने भएको छ ।

यसअघि हिजो थाई प्रधानमन्त्री थाकसिन सिनावात्रा र प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो।

त्यस अवसरमा दुबै प्रधानमन्त्रीबीच विशेषगरी नेपालको पर्यटन क्षेत्रमा थाई लगानी आकषिर्त गर्न द्विपक्षीय सहयोग विस्तार गर्ने सहमति भएको थियो ।

Popularity: 10%

Add comment June 27th, 2006

माओवादीका कुरा मिठो, व्यवहार खस्रोः नेपाल

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
राजापुरका जनताले अहिलेसम्म पनि माओवादीबाट दुःख पाइरहेको थाहा पाएपछि नेकपा एमालेका महासचिव माधवकुमार नेपालले माओवादीका कुरा मिठो र व्यवहार खस्रो भएको आरोप लगाउनु भएको छ।

उहाँले नेकपा एमाले शान्तिपूर्ण ढंगबाट गणतन्त्रमा पुग्न चाहन्छ भन्नुभयो। महासचिव नेपालले जनताको ठूलो समूह राजतन्त्रको विरुद्धमा रहेकोले आफ्नो पार्टी जनताकै पक्षमा रहेको बताउनु भयो ।

महासचिव नेपालले अघिल्लो वार्ता पूर्व राम्रो तयारी नभएका कारण समस्या आएको बताउँदै अब पूर्ण गृहकार्य गरी वार्तामा बस्नु पर्ने बताउनु भयो । महासचिव नेपालले हतियार व्यवस्थापनमा शान्ति सेनाको आवश्यकता नरहेको बताउँदै भन्नु भयो - “हतियार व्यवस्थापनमा शान्ति सेना ल्याउनु पर्छ भन्ने हामीलाई लागेको छैन । माओवादी र हामी बीच एकता र विश्वास कायम रहेमा अन्तर्राष्ट्रिय सुपरीवेक्षणको पनि आवश्यकता पर्दैन ।”

नेपालले सात दल वीचको एकता अपरिहार्य भएकोले कसैको मजाकमा यो एकता टुट्दैन भन्नुभयो ।

Popularity: 10%

Add comment June 27th, 2006

सेनाका जवानको माओवादी रुप

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
आफूलाई माओवादी बताउँदै बैङ्कका प्रबन्धकसँग रकम लिन कृषि विकास बैँङ्क भरतपुरमा पुगेका सेनाका एक जवानलाई त्यहाँका कर्मचारीको सक्रियतामा पक्राउ गरिएको छ।

आफूलाई फस्ट राइफल गण भरतपुरको सिपाही भएको बताउने नेपालगन्ज घर भएका नरबहादुर पुनले कृषि विकास बैङ्क टाँडी शाखाका प्रबन्धक तोयनाल बराललाई बाहिर लगेर माओवादीका नाममा रकम लिने योजना बनाएको कुरा निजले पक्राउ परेपछि स्वीकार गरेका छन् ।

दिउँसो साढे चार बजेतिर बैङ्क पुगेका पुनले आफू माओवादीको कमान्डर भएको र टाँडी शाखा प्रबन्धक बराललाई माथिल्लो तहका नेताहरूले भेट्न चाहेको हुँदा लिन आएको भन्दै शङ्कास्पद व्यवहार देखाएका थिए ।

सो घटनापछि कर्मचारीहरूले माओवादी र प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेपछि उनले आफ्नी श्रीमतीलाई छाउनी अस्पतालमा शल्यक्रिया गरी राखेको र पैसाको अभावका कारण नक्कली माओवादी बनेर लुट्न खोजेको बताए ।

Popularity: 10%

2 comments June 27th, 2006

अझै सुरु हुन सकेन अन्तरिम संविधानको काम

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
अन्तरिम संविधान मस्यौदा तयारी समितिका संयोजक सर्वोच्च अदालतका पूर्व न्यायाधीश लक्ष्मणप्रसाद अर्यालले समितिले पूर्णता पाइसकेपछि लोकतान्त्रिक आन्दोलनको भावना र समयको माग बमोजिम औपचारिक रूपमा कार्य प्रारम्भ हुने बताउनुभएको छ ।

मस्यौदा तयारीका क्रममा समितिले हाल अनौपचारिक रूपमा कार्य गरिरहेको जानकारी दिंदै संयोजक अर्यालले यथाशक्य छिटो संविधान मस्यौदा तयार गर्न समिति प्रतिबद्ध रहेको बताउनुभयो ।

सरकार तथा नेकपा (माओवादी) पक्षबीच भएको सहमति अनुसार सर्वोच्च अदालतका पूर्व न्यायाधीश अर्यालको संयोजकत्वमा यही असार २ गते छ सदस्यीय मस्यौदा तयार समिति गठन भएको थियो ।

नेपाल सरकारकातर्फाट हाल जारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला र माओवादी पक्षका तर्फाट संयोजक कृष्णबहादुर महरालगायतका शीर्षस्थ नेताहरूको सहमतिमा गठित उक्त समितिलाई १५ दिनको समय तोकिएको थियो। तर ११ दिन भइसक्दा पनि यसले अ‍ौपचारिक रुपमा काम समेत गर्न पाएको छैन।

Popularity: 10%

Add comment June 27th, 2006

सेनाकी श्रीमति माओवादी छापामार बनेपछि…

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
शाही नेपाली सेनाको १४ नम्वर बाहिनीमा कार्यरत एक सैनिक जवानकी नव विवाहिता पत्नी माओवादी छापामार बनेपछि परिवारमा त्रास छाएको छ।

धादिङ जिल्लाको खरी गाविस घर भएका सिम्खडा थरका सैनिक जवानले डेढ महिनाअघि सामाजिक परम्परा अनुसार बिवाह गरेर शोभा थापालाई घर भित्रयाएको गाउँहरुले बताएका छन्। विवाह भएदेखि नै सेनाको जागिर छाड्नुपर्ने शर्त राख्दै आएकी थापा २ साताअघि आफ्नो माग पूरा नभएको भन्दै माओवादीमा प्रवेश गरेको बताइएको छ ।

विवाह भएको चालीस दिनमै घरजम त्यागेर माओवादी बनेकी सिम्खडाले परिवार र आफ्नो माइतीलाई छुटाछुट्टै पत्र लेखी माओवादी प्रवेश गरेको जानकारी दिएको स्वससेले जनाएको छ।

Popularity: 10%

4 comments June 26th, 2006

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2006
M T W T F S S
« May   Jul »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....