Archive for July 17th, 2006

१८ बालबालिका भारतीय सर्कसबाट मुक्त

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाल बालकल्याण संस्था, हेटौँडाले उदयपुर र महोत्तरी जिल्लाका १८ बालबालिकालाई भारतीय सर्कसको नारकीय जीवनबाट मुक्त गरी नेपाल ल्याइपुर्‍याएको छ।

उक्त संस्थाले २ साता लगाई भारतको आन्ध्रप्रदेशको चिन्तलस्थित ग्रेट प्रभात र्सकसबाट ती चेलीलाई उद्धार गरी ल्याइएको जनाएको छ।

उद्धार गरिएका बालबालिकामा रिस्कु-७ उदयपुरकी १५ वर्षकी रीता विक, सृजना विक, १५ वर्षकी कल्पना र्राई, १३ वर्षकी सम्झना र्राई, १७ वर्षकी मीना विक, १२ वर्षकी मुना वाइबा र १५ वर्षकी नेपी माया, १३ वर्षी सुकुमाया परियार, ११ वर्षी बातुलीमाया वाइबा, १४ वर्षी मिल्कीमाया विक, १५ वर्षी सुधा विक, १४ वर्षी सुकुमाया खड्गी, १४ वर्षी सोममाया तामाङ, १३ वर्षी पातली विक र १३ वर्षी इन्दु गोले रहेका छन्।

संस्थाले हालसम्म १९४ चेलीको उद्धार गरिसकेको बताइएको छ।

Popularity: 18%

Add comment July 17th, 2006

बिना प्रयोजन दरबारको चेक नकाटिने

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
अर्थमन्त्री डा. रामशरण महतले दरबारको खर्च ऐतिहासिकरूपमै कटौती गरिएको स्पष्ट गर्दै अब अपारदर्शी रूपमा दरबारको खर्च नदिइने र बिना शीर्षकको रू. एक करोड पनि बिना प्रयोजन चेक नकाटिने जानकारी दिनुभयो।

वार्षिक बजेटका सन्दर्भमा सोधिएको स्पष्टीकरणको जवाफ दिँदै सरकारले चाहेर पनि धेरै आयोजना तथा कार्यक्रममा पर्याप्त रकम छुटाउनसक्ने अवस्था नरहेको स्पष्ट गर्नुभयो।

उहाँले सुकुम्वासीका लागि आगामी दिनमा आवश्यकताअनुसार नीतिगत व्यवस्था गरिने, असुरक्षाका कारणबाट उठेका बैङ्कहरू सुरक्षाको प्रत्याभूति भएपछि गाउँ फर्किने र उपल्लो कर्णाली जलविद्युत आयोजनालाई प्राथमिकता साथ हेरिने पनि बताउनुभयो।

Popularity: 18%

Add comment July 17th, 2006

लालमोहरको काम सभामुखलाई

एचकेनेपाल डट कम काठमाडौ‍ प्रतिनिधि-
जनआन्दोलनपछि बनेको सरकारले राजाको अधिकार खोस्दै लाने क्रममा विधेयकहरुमा अन्तिम स्वीकृति (लालमोहर) लगाउने अधिकार पनि खोसिसकेको छ। यस अधिकारको पहिलो प्रयोग हिजो भएको छ।

प्रतिनिधि सभाले पास गरेको पेश्कीसम्बन्धी विधेयकलाई आइतबार सभामुखले अन्तिम स्वीकृति प्रदान गर्नुभएको हो।

प्रतिनिधि सभा घोषणापत्र अनुसार यो नयाँ व्यवस्था गरिएको हो। सभामुखले स्वीकृति प्रदान गरिसकेपछि यो विधेयक कानुनमा परिणत हुनेछ।

Popularity: 18%

Add comment July 17th, 2006

काठमाडौंमा गिरफ्तार पाकिस्तानी भारत सुपुर्दगी

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
मुम्बईमा भएको आतंकवादी बम विस्फोटको केही दिनपछि काठमाडौंमा गिरफ्तार दुई पाकिस्तानी नागरिक भारत पुर्‍याइएका छन्।

काठमाडौंको होटल एभरेस्टबाट गिरफ्तार गरिएका ती दुईलाई भारतीय अनुसन्धानकर्ताहरुको टोलीले गुपचुप भैरहवा सुनौली नाका हुँदै भारत पुर्‍याइएको दावी भारतीय सञ्चारमाध्यमहरुले गरेका छन्।

भारत र नेपालबीच सुपुर्दगीसम्बन्धी कुनै सम्झौता भइनसकेको भए पनि यी दुईलाई भारत पुर्‍याइएको हो। भारतीय दूतावासकै सूचनाका आधारमा नेपाल प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो। यसअघि भारतले दुई माअ‍ोवादी नेता मातृका यादव र सुरेश आले मगरलाई नेपाल सुपुर्दगी गरेको थियो। हाल उनीहरु रिहा भइसकेका छन्।

काठमाडौं जिल्ला अदालतले ती दुई पाकिस्तानी नागरिकहरुलाई पाँच दिन न्यायिक हिरासतमा राख्ने अनुमति दिएको थियो।

Popularity: 18%

Add comment July 17th, 2006

छानबिन आयोगमा दुईशाही मन्त्रीहरू

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
उच्चस्तरीय छानबिन आयोगले आइतवार शाही सरकारका दुई मन्त्रीसँग बयान लिएको छ।

तत्कालीन स्थानीय विकास मन्त्री खड्गबहादुर जिसी र अर्थ राज्यमन्त्री डा. रुप ज्योति बयानको लागि २ बजे आयोगमा पुगेका थिए।

पूर्वमन्त्री जिसीले जनआन्दोलनको दमनमा आफ्नो कुनै भूमिका नरहेको बताए। उनले जनआन्दोलन दमनको जिम्मेवारी शान्तिसुरक्षा हेर्ने निकायले लिनु पर्ने बताउंदै आफ्नो काम प्रशासनिक मात्र रहेको दावी गरेकाछन्।

Popularity: 18%

Add comment July 17th, 2006

महानगरपालिकामा तालाबन्दी खुल्यो

एचकेनेपाल डट कम सम्वाददता -
महानगरपालिकामा कार्यरत कर्मचारीहरुले शुक्रबारदेखि गरेको आन्दोलन आइतवार साँझ ६ बजेदेखि टुङ्गिएकोछ।


कर्मचारी प्रतिनिधि तथा महानगरपालिका प्रशासन र स्थानीय विकास मन्त्रालयका प्रतिनिधिबीच भएको सहमतिपछि आन्दोलन टुङ्गिएको हो।

सहमतिमा अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने सम्बन्धमा आवश्यक कानूनी प्रक्रिया पुर्‍याई मन्त्रालयले १० दिनभित्रमा महानगरपालिकालाई निर्देशन दिने भएको छ। महानगरपालिकाले निर्देशन पाएको ५ दिनभित्रमा कर्मचारी स्थायी गर्ने प्रक्रिया सुरु गर्ने उल्लेख छ।

कर्मचारीहरुले अस्थायी, करार र ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुलाई स्थायी गर्नु पर्ने मागसहित शुक्रबारदेखि तालाबन्दी गरेका थिए।

महानगरपालिकाका कर्मचारीहरुले तत्काल स्थायी प्रक्रियालाई अगाडि नबढाइएमा थप कार्यक्रमसहित आन्दोलनमा उत्रने चेतावनी दिएका थिए।

Popularity: 18%

1 comment July 17th, 2006

तीन दिनदेखि हराएको भट्ट मृत अवस्थामा भेटि्टयो

एचकेनेपाल डट कम सम्वाददाता -
तीनदेखि हराएका बैतडीका दामोदर भट्ट पोखराको बस पार्कस्थित एक होटलमा मृत अवस्थामा भेटिएको छ।


पोखराको न्युरोडमा मोडल हेल्थ केयर सञ्चालन गर्दै आएका भट्ट शुक्रबार साथीलाई भेट्न भनी घरबाट हिडेका थिए।

प्रहरीले उनलाई बस पार्कस्थित हिमालयन होटलको एउटा कोठामा आइतबार मृत अवस्थामा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीले जनाए अनुसार मृतक भट्ट कोठामा घोप्टो परी लडेको र घटनाको प्रकृति हेर्दा मृतक र हत्याराबीच निकै ठूलो घमासान भएको हुनसक्ने बताएका छन्। रगतका छिर्काहरु कोठाको भित्ताभरी भेटिएको बताइन्छ। हराएको दिनमै भट्टको हत्या हुनसक्ने अशंका गरिएको छ।

भट्ट घरबाट निस्कदा नगद दुई लाख लिएर गए पनि मृतकको साथमा ५० हजार रुपैयांमात्र फेला परेको प्रहरीले बताएको छ।

प्रहरीले घटनामा संलग्न ५ जना शंकास्पद व्यक्तिहरुलाई अनुसन्धानको लागि हिरासतमा लिएको छ।

Popularity: 18%

Add comment July 17th, 2006


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2006
M T W T F S S
« Jun   Aug »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....