Archive for August, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
काठमाडौंमा गएराति भएको सौन्दर्य प्रतियोगितामा काठमाडौंकी खुश्बु ओलीले मिस टिन २००६ उपाधि जित्न सफल भइन्।
तल तस्विरमाः मिस टीन २००६ खुश्बु ओली (बीचमा) फर्स्ट रनर अप स्वेच्छा अधिकारी (बायाँ) र सेकेन्ड रनर अप समृध्दि राई।

ओलीले तपाईँलाई शिक्षा, स्वास्थ्य र धनमा कुन महत्त्वपूर्ण लाग्छ भन्ने निर्णायक प्रश्नको जवाफमा शिक्षाले सन्तुष्टि दिन्छ र सन्तुष्टिले स्वास्थ्य र धन दुवै आर्जन गर्छ भन्ने जवाफ दिएकी थिइन्।
समीक्षा अधिकारीले फर्स्ट रनर अप र समृध्दि राईले सेकेन्ड रनर अपको ताज लगाइन्।
काठमाडौं जेसिजको आयोजनामा वर्षेनी हुने यो सौन्दर्य प्रतियोगितालाई कल्चरल ट्यालेन्ट सोको नाम दिइएको छ।
प्रतियोगितामा २४ सहभागीमध्ये सेमी फाइनलका लागि १० को छनौट गरिएको थियो। ती मध्ये ७ जना फाइनलमा पुगेका थिए।
Popularity: 20%
August 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
हतियार व्यवस्थापनका सम्बन्धमा अझ बढी छलफलका लागि नेकपा (माओवादी)को केन्द्रीय बैठक लम्बिने भएको छ।
यही भदौ ११ गते काभ्रेको विकट क्षेत्र कामिडाँडामा सुरु भएको माओवादी बैठक हिजै सम्पन्न हुने बताइए पनि हतियार व्यवस्थापन कसरी गर्ने, संविधानसभामा जानुअघि हतियार बिसाउने-नबिसाउने र अन्तरिम सरकारमा कुन आधारले जाने भन्ने विषयमा निर्णय लिन अरू दुई दिन लम्बिने थाहा भएको छ।
माओवादी नेता प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा अन्तरिम संविधान मस्यौदा र संयुक्त राष्ट्रसङ्घलाई बुझाइएको पाँचबुँदे समझदारीपत्रका विषयमा समेत गम्भीर छलफल भएको बुझिएको छ।
Popularity: 20%
August 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)का सभापति शेरबहादुर देउवाले पत्रिकामा समाचार छपाउँदैमा पार्टी एकीकरण नहुने भन्दै गाउँदेखि केन्द्रसम्मका सबै कार्यकर्ताको हरेक तहमा सम्मानजनक स्थान र सक्रिय सहभागिता पूर्णरूपमा सुनिश्चित भए मात्र पार्टी एकीकरण हुने बताउनुभएको छ।
‘जिल्लास्तरीय कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उहाँले एकीकरणका लागि विभाजित दुवै नेपाली काङ्ग्रेसको भावनात्मक एकता र सम्मानजनक एकीकरणको मजबुत आधार तय हुनुपर्नेमा जोड दिनुभयो।
एकीकरणका लागि काँग्रेस सभापति कोइरालाले उचाइ जत्तिकै मन पनि फराकिलो बनाउनु पर्ने बताउनु भयो।
Popularity: 20%
August 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभुनारायण चौधरीले श्री ५ र राजपरिवारका नाममा रहेका जग्गाको खोजीकार्यमा सम्बन्धित कर्मचारीहरूले लाचारी देखाएको बताउनुभएको छ।
मन्त्री चौधरीले पञ्चायती व्यवस्थाकै सोच भएका सचिवलगायत अन्य कर्मचारीले विद्यमान ऐन कानुनको दायरा देखाएर भूमिसम्बन्धी विविध विषयमा सघाउने काम नगरेकाले यस कार्यमा राजनीतिक क्षेत्रबाटै निर्णय गरी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा संसदीय प्राकृतिक स्रोत र साधन समितिका सभापति प्रकाश ज्वालाले राजपरिवारका नाममा अथाह जग्गा जमिन रहेको तथ्य फेला परेको र प्राप्त भएका अन्य विवरण पनि प्रस्तुत गरिने जानकारी दिँदै समितिले हालसम्म गरेका भूमिसम्बन्धी विभिन्न निर्णयको कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभयो।
Popularity: 20%
August 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
केही अघिसम्म आफूहरुलाई स्थायी गर्नुपर्यो भन्दै आंशिक प्राध्यापकहरुले आन्दोलन गरिरहेका थिए। अब भने उनीहरुलाई स्थायी गर्यो भनेर विद्यार्थीहरुले आन्दोलन चर्काउने भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतका शिक्षक एवम् आंशिक प्राध्यापकहरूले बिनाप्रतिस्पर्धा स्थायी हुन अनशनमार्फत् सरकारलाई बाध्य पारेपछि बौद्धिक एवम् विद्यार्थी वर्ग सरकारको उक्त हचुवा निर्णयविरुद्ध आन्दोलनमा उत्रने भएका छन्।
आंशिक प्राध्यापकहरूलाई सरकारले स्वतः स्थायी गर्ने निर्णय सुनाएपछि शिक्षा क्षेत्रमा ठाडो उल्लङ्घन भएको भन्दै उनीहरू आन्दोलनमा उत्रने भएका हुन्।
शिक्षा पत्रकार समूह, काठमाडौँद्वारा आयोजित अन्तरक्रियामा सरोकारवालाहरूले प्रक्रिया नपुर्याई गरिएको उक्त निर्णयमा आफूहरूको सहमति नभएको बताए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति शिवप्रसाद मुनकर्मीले योग्यता र क्षमताका आधारमा प्रक्रिया नपुर्याई स्थायी बनाइएका प्राध्यापकहरू शिक्षा क्षेत्रमा कलङ्कित हुने धारणा व्यक्त गर्नुभयो।
Popularity: 20%
August 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
आफूलाई माओवादी बताउने नुवाकोट जिल्ला कुमरी गाविस-३ का रामकृष्ण अधिकारीलाई माओवादीले पक्राउ गरी महादेवबेसी प्रहरीलाई बुझाएको छ।
अधिकारीले हातहतियारसहित लुटपाट गर्ने गरेपछि माओवादीले पक्राउ गरी स्थानीय बासिन्दाका सामु उभ्याएर प्रहरीलाई हस्तान्तरण गरेको हो।
Popularity: 19%
August 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
थाक्रे गाविसमा एक महिनादेखि फैलिएको बाघ आतङ्कले २ बालिका घाइते भएका छन्।
डमरुसहित गाउँमा आएर जथाभावी मानिस र पशुलाई आक्रमण गर्न लागेपछि गाउँमा बाघ आतङ्क छाएको हो।
बाघको आक्रमणबाट विष्णुबहादुर भुजेलकी आठ वर्षीया छोरी र पूर्णबहादुर तामाङकी आठ वर्षीया नातिनी गम्भीर घाइते भएकाले अस्पतालमा उपचार भइरहेको छ।
Popularity: 19%
August 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
काल आएपछि बाटोमा हिँड्दा हिँड्दै पनि ज्यान गुम्ने रहेछ। बबरमहलस्थित राधाकृष्ण मार्गमा रहेको राष्ट्रिय वन्यजन्तु विभागको पर्खाल भत्कँदा हिजो एकजना बटुवाको मृत्यु भएको छ।
बिहान करिब दस बजे भएको सो दुर्घटनामा परी घाइते भएका रोहितकुमार खरेलको उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
काभ्रेको खरेलथोक घर भई बानेश्वरमा बस्दै आएका ४६ वर्षीय खरेल राष्ट्रिय दलित आयोगमा लेखा सहायककारूपमा विगत चार वर्षदेखि कार्यरत थिए।
अत्यधिक वर्षाका कारण ढलेको सो पर्खालबाट अन्य व्यक्ति पनि पुरिएको हुनसक्ने आशङ्कामा सो क्षेत्रमा सिंहदरबार वडा प्रहरी कार्यालय र सडक विभागको डोजरले थप उद्धार कार्य गरेता पनि अन्य कोही पर्खालले पुरिएको फेला परेन।
सो घटनामा अन्य केही बटुवा पनि घाइते भएका र उनीहरूको उपचार भइरहेको वडा प्रहरी कार्यालय, सिंहदरबारले जनाएको छ।
Popularity: 19%
August 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णय अनुसार लोकतन्त्र प्राप्त भएका उपलक्ष्यमा विभिन्न कारागारमा रहेका २४७ जना कैदीको बाँकी कैद माफी मिनाहा दिई आज कारागारबाट मुक्त गरिएको छ।
ती कैदीहरूमा पचास प्रतिशत कैद भुक्तान भएका र असल चालचलन भएका रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
विभागका अनुसार अब उप्रान्त बडादसैँका उपलक्ष्यमा घटस्थापनाका दिन, प्रजातन्त्र दिवसका उपलक्ष्यमा फागुन ७ गतेका दिन र लोकतन्त्र दिवसका उपलक्ष्यमा वैशाख ११ गतेका दिन माफी मिनाहा दिने परम्पराको थालनी गर्ने निर्णय भएको छ ।
Popularity: 19%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
लामो समयदेखि निरन्तर शिक्षण पेसामा रहेका देशका अस्थायी शिक्षकलाई स्थायी गराउनेसम्बन्धमा विगतदेखिका सरकारहरूले प्रतिबद्धता व्यक्त गरे पनि कार्यान्वयन नगरिएकामा असन्तोष व्यक्त गर्दै अस्थायी शिक्षकहरू फेरि आन्दोलनमा उत्रिने भएका छन्।
अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिद्वारा प्रकाशित विज्ञप्तिमा राजनीतिक दलका विगतमा बनेका पटकपटकका सरकारहरूले अस्थायी शिक्षकलाई स्थायी गर्नेसम्बन्धमा भएका सम्झौता एवं प्रतिबद्धताअनुरूप काम नगरेको उल्लेख गर्दै यही भदौ १८ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने जनाइएको छ।
समितिका अनुसार शिक्षामन्त्री प्रा.डा. मङ्गलसिद्धि मानन्धरले २०६३ साल असारमा अस्थायी शिक्षक आन्दोलन समितिका प्रतिनिधिमण्डल र सार्वजनिकरूपमै समेत अस्थायी शिक्षकलाई स्थायी गर्ने दफा कार्यान्वयन गर्ने वचन दिनुभए पनि सो काम हुन नसकेकाले विरोधस्वरूप भदौ १८ गते शिक्षा मन्त्रालय र १९ गते सिंहदरबार घेराउ गरिनेछ ।
अस्थायी शिक्षकका समस्या समाधानका लागि यो आन्दोलनलाई अघि बढाइएको उल्लेख गर्दै यसबाट विद्यार्थी, अभिभावक र राष्ट्रलाई पुग्न जाने क्षतिको जिम्मेबारी पनि शिक्षा मन्त्रालयले नै लिनुपर्ने समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरद्वारा जारी सो विज्ञप्तिमा उल्लेख छ ।
Popularity: 19%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
सरकारले मुलुक अत्यन्त संवेदनशील अवस्थाबाट गुज्रिरहेको अवस्थामा आफ्ना माग पूरा गर्न आयोजना भइरहेका दबाबमूलक कार्यक्रमहरूलाई लोकतान्त्रिक एवं शान्तिपूर्ण विधि र प्रक्रिया अवलम्बन गर्न आग्रह गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले त्यस्ता दबाबमूलक कार्यक्रमका आडमा लोकतन्त्रविरोधी र अराजक तत्वहरूले अस्थिरता फैलाउने मौका पाउने तथ्यप्रति सजग रहन सबैसित आग्रह गरेको हो।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सूचना तथा सञ्चार मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवँ सूचना तथा सञ्चार राज्यमन्त्री दिलेन्द्रप्रसाद बडुले आफ्ना मागलाई संवाद र समझदारीका माध्यमबाट समाधान गर्ने बाटो अपनाउन अपिलमार्फ आग्रह गरिएको बताउनुभयो।
अपिलमा वर्तमान अवस्थामा मुलुकको कमजोर अर्थव्यवस्थाले धान्नै नसक्ने खालका र राज्यलाई दीर्घकालीन असर पार्ने खालका माग तत्काल अगाडि नर्सार्न आग्रह गरिएको छ।
साथै लोकतन्त्रलाई संस्थागत गर्न, स्थायी शान्ति स्थापना गर्न, संविधानसभाको निर्वाचनको लक्ष्यसम्म पुग्ने बाटोमा अघि बढ्ने कार्यमा सहयोग गर्न तथा मुलुकको संवेदनशील अवस्थालाई बुझी धैर्य र संयम अपनाउन पनि अपिलमा आग्रह गरिएको छ।
Popularity: 19%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
राजखलकमा नयाँ सदस्य जन्मिएको छ। शाहज्यादी शीताष्माले मंगलबार बिहान सैनिक अस्पताल छाउनीमा छोरी जन्माएकी हुन्।
राजा, युवरानी, युवराज दम्पति र मुमा वडामहारानीसहित अन्य राजपरिवारका सदस्य उनलाई भेट्न छाउनी पुगेका थिए।
लोकतन्त्र स्थापनापछि राजतन्त्र कमजोर रहेको बेला जन्मिएको दरबारको यो पहिलो सदस्य हो।
Popularity: 19%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
संसदको एउटा समितिले राजा र राजपरिवारका थप जग्गाहरु खोज्दै गरेको छश्र एक हप्ताभित्र त्यस्तो जानकारी पठाउन समितिले निर्देशन दिएको छ।
प्रतिनिधिसभा, प्राकृतिक स्रोत साधन समितिद्वारा गठित राजदरबार जग्गा अध्ययन कार्यदलको मंगलबारको बैठकमा श्री ५ र राजपरिवारका सदस्यहरूका नाममा रहेको गुठी जग्गा र विर्ताका रूपमा रहेको जग्गाका अतिरिक्त गत साउन २८ गते प्राप्त हुन नसकेका ३५ जिल्लाका जग्गाको विवरण माग गर्ने निर्णय भएको छ।
Popularity: 19%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
भर्खरै युध्द थामिएको मध्यपूर्वको देश लेबनानमा शान्ति स्थापनाका लागि नेपाली सेनाको टोली जाने भएको छ।
सरकारले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा लेवनानमा कार्यरत युनिफिल मिसनमा शान्ति स्थापनार्थ नेपाली सेनाको टोली पठाउन सैद्धान्तिक स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको निर्णय अनुसार त्यहाँ खटिने नेपाली सेनाको सङ्ख्या ८५० सम्म रहनेछ।
Popularity: 19%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
लोकतन्त्र प्राप्तिको शान्तिपूर्ण संयुक्त जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदको सङ्ख्या २५ पुगेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले बाँकेका हरिराज अधिकारी, डोटीका लालबहादुर बिष्ट र चक्रराज जोशी तथा रौतहटका ताहिरमिया अन्सारीलाई सहिद घोषित गरेपछि जनआन्दोलनका सहिदको सङ्ख्या २५ पुगेको हो।
Popularity: 19%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
चार दिनसम्म परेको अविरल वर्षाका कारण पहिरो जाँदा मुस्ताङमा नौ मजदुर पुरिएका छन्। पुरिएका तीनजनाको शव निकालिएको छ भने अन्य छ जना पुरिएकै अवस्थामा रहेका छन्।
मृतकहरू दाङ र इलाम जिल्लाका हुनसक्ने अनुमान गरिएको छ।
लेते गाविसको कैकु भन्ने ठाउँमा सोमबार राति पहिरो जाँदा बेनी-जोमसोम सडक निर्माण कार्यमा कार्यरत ती मजदुर पुरिएका हुन्।
सो घटनामा परेकामध्ये चार मजदुरलाई स्थानीयवासीले उद्दार गरेका थिए। तीमध्ये तीनजनाको अवस्था गम्भीर छ।
जिल्ला प्रशासन कार्यालय, मुस्ताङका घनश्याम गौतमका अनुसार अहिले घटनास्थलमा सुरक्षाकर्मी परिचालनसँगसँगै राहतसामग्री वितरण गरिएको छ। घटनास्थल सदरमुकाम जोमसोमदेखि ३२ किमि दक्षिण- पश्चिममा पर्दछ।
Popularity: 19%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
उपप्रधानमन्त्री अमिक शेरचनले अन्तरिम संविधान र अन्तरिम सरकारको टुङ्गो दसैँअगावै भइसक्ने बताउनुभएको छ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले मुलुकमा दिगो शान्ति स्थापनाका लागि छिटोभन्दा छिटो अग्रगामी राजनीतिक निर्णय गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
अन्तरिम संविधानको मस्यौदाको पोको सात दल र नेकपा(माओवादी) बीच बस्ने शिखरवार्ताको समयमा मात्र खोलिने बताउँदै उपप्रधानमन्त्री शेरचनले माओवादी केन्द्रीय कमिटिको बैठक समाप्त भएलगत्तै शिखरवार्ता यसै हप्ताको अन्त्यमा वा आगामी हप्ताको सुरुमै हुने उल्लेख गर्नुभयो।
माओवादीले हतियार बुझाउनु पर्ने विषयलाई प्राथमिकतामा राख्न नहुने उहाँको जिकिर थियो। हतियारभन्दा राजनीतिक समस्या समाधान मूल कुरा भएको बताउँदै उपप्रधानमन्त्रीले भन्नुभयो- माओवादीका सबै हतियार थन्किए पनि राजनीतिक समस्या समाधान नहुने हो भने मुलुकमा अर्को रक्तपात हुनसक्छ।
Popularity: 19%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
ज्योतिषशास्त्रको विकास एवं विस्तार तथा ज्योतिषीहरूका काम कारबाहीमा एकरूपता ल्याउने उद्देश्यका साथ तेस्रो दक्षिण एसियाली ज्योतिष महासम्मेलन मंगलबारदेखि नेपालमा सुरु भयो।
तीनदिने सो महासम्मेलनमा ऋषिमुनिद्वारा ज्योतिषशास्त्र सम्बन्धमा प्रतिपादित सिद्धान्त कुन स्थानमा कसरी प्रयोग भइरहेको छ भन्नेबारे विचारको आदान-प्रदान हुनेछ। सम्मेलनमा स्वदेश तथा विदेशका गरी करिब ५०० ज्योतिषीको सहभागिता रहने बताइएको छ।
Popularity: 19%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा (माओवादी)ले दोस्रो पटक युद्धविराम लम्ब्याएको घोषणा गरेपछि बसेको युद्धविराम आचरसंहिता राष्ट्रिय अनुगमन समितिको पहिलो पूर्ण बैठकमा युद्धविराम आचारसंहिताको दुबै पक्षबाट व्यापकरूपमा उल्लङ्घन भएको र समितिको पहिलो प्रतिवेदनप्रति वार्ताटोली गम्भीर नभएको भन्नेबारे छलफल भयो।
बैठकले नेकपा माओवादीले साउन महिनामा दोस्रो पटक पनि युद्धविरामलाई अल्पकालीनरूपमा तीन महिनाका लागि मात्र घोषणा गरेको सर्न्दर्भमा जनमानसमा समितिको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै दुबै पक्षलाई युद्धविराम दिगो बनाउनका लागि आचारसंहिताको पूर्ण रूपमा पालना गर्न र तत्काल संयुक्त युद्धविराम सम्झौता गर्न आग्रह गरेको छ।
उक्त परिस्थितिमा कुनै परिवर्तन नआएको खण्डमा समितिले आफ्नो कामकारबाही रोक्नुपर्ने स्थिति आउनसक्नेतर्फ दुबै वार्ताटोलीलाई सजग गराउने निर्णय बैठकमा भएको समितिद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
Popularity: 18%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले संविधानसभाको निर्वाचनसँगै जनमत सङ्ग्रह गरेर राजतन्त्रको फैसला गर्नुपर्ने बताउनुभएको छ।
नेकपा एमाले लुम्बिनी अञ्चल समन्वय कमिटीद्वारा आयोजित दुई दिने पार्टीको अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।
मुलुक अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेकाले केही प्रतिगामी शक्तिबाट संविधानसभाको निर्वाचनलाई पछि धकेल्ने र विथोल्नसक्ने षड्यन्त्र पनि देखा पर्न थालेकाले आगामी जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक पार्टी सजग र अग्रसर हुनुपर्नेमा महासचिव नेपालले जोड दिनुभयो।
उहाँले जनतालाई चुनावमा शान्तिपूर्ण रूपमा सहभागी गराउन अन्तरिम संविधान र अन्तरिम सरकारको व्यवस्थापछि नेपाली सेना र माओवादीको हतियार व्यवस्थापनको ठोस खाका तयार हुने बताउनुभयो।
Popularity: 18%
August 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
श्रीलङ्काको कोलम्बोमा सम्पन्न दसौँ दक्षिण एसियाली खेलकुदमा दुई वटा स्वर्ण जित्ने कीर्तिमानधारी धावक राजेन्द्र भण्डारी तथा महिलाको दश हजार मिटर दौड र पुरुष म्याराथन दौडमा रजत पदक जित्ने खेलाडीहरू क्रमशः कान्छीमाया कोजु र अर्जुनकुमार बस्नेतलाई भोलि स्वदेश फर्कँदा भव्य स्वागत गरिने भएको छ।
नेपाल एथलेटिक्स सङ्घले दक्षिण एसियाली खेलमा नेपाललाई दुइ स्वर्ण दुइ रजत पदक दिलाउने खेलाडी र प्रशिक्षकलाई यही भदौ १४ गते बुधबार स्वदेश आइपुगेपछि सिन्दूरजात्रा सहित नगरपरिक्रमा गराउने भएको हो।
सङ्घका अनुसार टोलीलाई विमानस्थलबाट गौशाला, डिल्लीबजार, पुतलीसडक, रत्नपार्क, इन्द्रचोक, वसन्तपुर, न्युरोड, भद्रकाली हुँदै दशरथ रङ्गशालासम्म बाजागाजासहित पुर्याइनेछ।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम कोरिया सम्वाददाता -
दक्षिण कोरिया भ्रमणमा आइपुग्नुभएका श्रम ताथ यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखकसंग आईतबार यहाँका नेपालहरुले भेटघाट गरे।

सोही अवसरमा प्रवासी नेपाली सम्पर्क समितिले अनियान सेन्टरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखक प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा प्रवासी नेपालीहरुको समस्याका विषयमा छलफल भएको थियो।
प्रमुख अतिथिले कोरियामा रहेका मजदुरका विषयमा र मुनड्रप ओभरसिजले गरेको अत्याचारका विषयमा आफ्ना विचारहरु व्यक्त गर्नु भएको थियो।
समितिका सहसचिव माधवी भट्टले स्वागत मन्तव्य प्रकट गर्नु भएको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष बम लावतीले गर्नु भएको थियो।


फोटोः उत्तम गुरुङ, दक्षिण कोरिया / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
अविरल वर्षाका कारण स्थानीय ठिभर्ना गाविसको गहतेमा एउटा घर भत्किनाले विमला पौडेलको मृत्यु भएको छ।
सन्धीखर्क गाविस वडा नं. ९ घर भएकी मृतक पौडेल तीज मनाउन माइतमा बसेको बेला उक्त घटना भएको हो।
उक्त घटनामा परी मृतकका भाइ श्रीधर आचार्य र बहिनी सम्झना आचार्य घाइते भएका छन्।
पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहतस्वरूप रू. दश हजार प्रदान गरेको छ।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
बाँके जिल्लाका बाढीप्रभावित क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा बसोबास गराउन सुरु गरिएको छ।
तीनदिनसम्म परेको अविरल वर्षाका कारण राप्ती र डुडुवा नदीमा आएको बाढीले बाँके जिल्लाको होलिया, बेतहनी, कम्दी बनकट्टी, फत्तेपुर, मटहैया, गङ्गापुर, लक्ष्मणपुर, कोहलपुर र मनिकापुर गाविस डुबानमा पारेको छ।
डुडुवा नदीको पानीको भेलले घर भत्काउँदा अस्ति राति मनिकापुर गाविस वडा नं. ८ की नवीना महत र उनकी छोरी प्रीति महतको मृत्यु भएको थियो।
बाढीप्रभावित क्षेत्रका जनतालाई हेलिकप्टरबाट उद्धार गरी बेतहनी गाविसको वडा नं. ९ की उच्चवा भन्ने अग्लो स्थानमा बसोबास गराइएको छ।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
कपिलवस्तु कारागारबाट गएको हप्ता सुरुङ खनेर फरार भएका छ बन्दीमध्ये पाँचजना पाल्पामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ।
पाल्पाको झुम्सानजिक कोलडाँडा गाविस-१, कोलडाँडा गाउँमा गई लुटपाट गर्ने क्रममा स्थानीय जनताले ती कैदीहरूलाई पक्राउ गरी पाल्पा प्रहरीलाई बुझाएको कपिलवस्तु प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयबहादुर चन्दले बताउनुभयो।
फरार बन्दीमध्ये आइते परियार, अतिश र्राई, र्सर्ूयबहादुर परियार, दिनेश विक र नारायण सार्की पक्राउ परेका हुन्।
अर्का बन्दी टेकबहादुर रानामगर भने भाग्न सफल भएका छन्।
डाका र कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका ती बन्दीहरू कपिलवस्तु कारागारबाट भदौ ७ गते मध्य राति १५ फिट लामो सुरुङ खनेर फरार भएका थिए।
Popularity: 19%
August 29th, 2006
Previous Posts