Archive for August 1st, 2006

गोली चलाउंने प्रहरी अधिकारीहरु निलम्बित

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
सिन्धुपाल्चोकको तातोपानीस्थित भन्सार कार्यालयमा गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन आइतबार गोली चलाउन आदेश दिएका सशस्त्र प्रहरीका डीएसपी ज्ञानप्रसाद भुर्तेल र जनपद प्रहरीका इन्स्पेक्टर जगतबहादुर कार्कीलाई सरकारले निलम्बन गरेको छ।


भन्सारको सशस्त्र प्रहरी गस्ती टोलीले गोली चलाउंदा तातोपानी-४ का ३५ वर्षीया तारा तामाङको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।


Popularity: 20%

Add comment August 1st, 2006

लेबनानका ५ नेपाली महिला दिल्ली आईपुगे

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
युद्धग्रस्त लेबनानका ५ नेपाली महिलाहरु भारतीय र केही श्रीलङ्कालीसहित साइप्रस हुंदै सोमबार न्यु दिल्ली आईपुगेका छन्।


दिल्ली आईपुगेका नेपाली महिलाहरु भोलि बिहान महेन्द्रनगर आई पुग्नेछन्। नेपाली दूतावासका अधिकारीले जनाए अनुसार दिल्ली आइ पुगेकाहरुमा मोरङकी भिमकुमारी श्रीपाली, पाँचथरकी अञ्जली र्राई, स्याङ्जाकी साबित्री खाँड, काभ्रेकी पानामाया वाईवा र दाङकी पिङ्की गुरुङ रहेका छन्।

भारती अप्रेशन शुकुनको सहयोगमा अहिलेसम्म ६९ जना नेपालीको युद्धग्रस्त लेबनानबाट सकुशल उद्धार गरिसकेको छ। तिनीहरुमध्ये अधिकांश घरेलु सहायकका रुपमा बेरुतमा कार्यरत थिए।

लेबनानमाथि गत ३ सातादेखिर् इजराइलले आक्रमण गर्दै आएपछि सुरक्षाका लागि त्यहाँ रहेका विदेशीहरु स्वदेश फर्कन थालेका हुन्।


Popularity: 20%

Add comment August 1st, 2006

विद्यार्थीले कक्षा कोठामै बच्चा जन्माइन्

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
अर्घाखाँचीको ठाडा गाविसको स्थानीय गौरा माविमा कक्षा ९ मा अध्ययनरत १५ बर्षीया गोमा बेलवासेले पढ्दापढ्दै कक्षा कोठामा छोरा जन्माएकी छिन्।


समाचार स्रोतका अनुसार अवैध यौन सम्पर्कबाट कक्षा कोठामै बच्चा जन्माएपछि शिक्षक र बिद्यार्थीले सोधपुछ गर्दा नवजात शिशु गाउंकै ७० बर्षीय भूवानन्दको रहेको गोमाले बताएकीछिन्।

स्थानीय बासिन्दाको रोहवरमा भूवानन्दले गोमालाई श्रीमतीको रुपमा घर भित्र्याएका छन्।

Popularity: 20%

5 comments August 1st, 2006

प्रधानसेनापतिको बचाउ अभियानमा प्रधानमन्त्री

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
सासंदहरुद्वारा प्रधानसेनापति प्यारजंग थापालाई सरकारले तत्काल निलम्बन गरी कारवाही गर्नु पर्ने माग उठिरहेको बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानसेनापति बचाउतर्फ लागेको खुलासा भएको छ।


कांग्रेस केन्द्रीय सदस्य चक्रप्रसाद बाँस्तोलाले प्रधानमन्त्री कोइरालाको भनाइ उदृत गर्दै भन्नुभयो, ‘मलाई सोधेर प्रधानसेनापति पश्चिमाञ्चल भ्रमणमा गएका हुन्’ उहाँले सञ्चारकर्मीहरूसंग कुरा गर्दे उक्त कुरा बताउंनु भएको हो।

प्रतिनिधि सभाको बैठकमा प्रधानसेनापतिले आयोगले पठाएको पत्रको ठाडो उलंगन गरी बयान दिन नगएको विषयमा सासंदहरूले कडा आपत्ति जनाउंदै आएका थिए। उपप्रधानमन्त्री अमिक शेरचनले प्रधानसेनापति आयोगमा बयान दिन नजानुको कारणबारे छानबिन गर्ने बताउंनुभएको थियो। मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री गिरिजाप्रसाद कोइरालाले समेत कानून नमान्ने जो कोही पनि दण्डित हुनु पर्ने बताउंदै आउनु भएको थियो।

तर प्रधानमन्त्री कोइरालाले आफूसंग सोधी प्रधानसेनापति पोखरा गएको बताएपछि प्रधानमन्त्री कोइराला स्वयं प्रधानसेनापतिको बचाउप्रति गम्भीर रहेको बुझिएकोछ।

त्यसै गरी प्राप्त अर्को समाचार अनुसार प्रधानसेनापति बिहीबार आयोगमा बयान दिन जाने रक्षा मन्त्रालयका सचिव विष्णुदत्त उप्रेतीले जानकारी दिनुभएको छ।


Popularity: 20%

1 comment August 1st, 2006

प्रधानसेनापतिलाई निलम्बन गर्नुपर्छ

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
सासंदहरुले प्रधानसेनापति प्यारजंग थापालाई सरकारले तत्काल निलम्बन गरी कारवाही गर्नु पर्ने माग राखेका छन्।


प्रतिनिधि सभाको बैठकमा प्रधानसेनापतिले आयोगले पठाएको पत्रको ठाडो उलंगन गरी बयान दिन नगएको विषयमा उक्त कुरा उठेको हो।

उपप्रधानमन्त्री अमिक शेरचनले प्रधानसेनापति आयोगमा बयान दिन नजानुको कारणबारे छानबिन गर्ने बताउंनुभएको छ। मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री गिरिजाप्रसाद कोइरालाले समेत कानून नमान्ने जो कोही पनि दण्डित हुनु पर्ने बताउंनु भएको छ।

प्रधानसेनापतिले आफ्ना पूर्वनिर्धारित कार्यक्रममा पोखरा जानु परेकोले बयानको लागि आयोगले बोलाएको समयमा उपस्थित हुन नसक्ने जवाफ दिएका थिए।


Popularity: 20%

2 comments August 1st, 2006

कोरियामा बृहत अन्तक्रिर्या कार्यक्रम -चित्रमय झलक

एचकेनेपाल डट कम कोरिया सम्वाददाता-
नेपाल सम्पर्क समिति, ऐक्यबद्धता समूह र गैर आवासीय नेपाली संघ (एनआरएन) कोरियाको संयुक्त आयोजनामा प्रवासी नेपालीका गतिविधि र सञ्चार माध्यमको भूमिका विषयक बृहत् अन्तर्क्रिया तथा अन्तर्राष्ट्रिय नेपाली पत्रकार सम्मेलन आइतबार सम्पन्न भयो।

कोरियाको राजधानी सोउलस्थित छोगेसा कल्चर सेन्टरमा सम्पन्न बृहत अन्तर्क्रिया तथा अन्तर्राष्ट्रिय नेपाली पत्रकार सम्मेलनका चित्रमय झलकहरु यहाँ समावेश गरिएको छ।

फोटोहरु सहकर्मी उत्तम गुरुङले खिचेका हुन्।




कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सभापति विष्णु निष्ठुरी हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा एनआरएनका केन्द्रीय अध्यक्ष डा. उपेन्द्र महतो हुनुहुन्थ्यो।

एनआरएन केन्द्रीय उपाध्यक्ष देवमान हिराचन, केन्द्रीय कोषाध्यक्ष प्रकाश पुन, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यद्वय रुद्र शर्मा र डा. कुमार बस्नेत, बौद्ध परिवारका अध्यक्ष नरेन्द्र गुरुङ, नेपाल प्रवासी संघका अध्यक्ष मानध्वज लामा, प्रवासी मजदुर युनियनका उपाध्यक्ष काजिमान खापुंग, याक्थुंग समितिका अध्यक्ष नारद लिम्बू कार्यक्रमका अतिथि तथा वक्ताका रुपमा उपस्थित हुनुहुन्थ्यो।

नेपाल सम्पर्क समितिका अध्यक्ष बमप्रसाद लावतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएन कोरियाका अध्यक्ष केपी सिटौलाले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो।



ऐक्यबद्धता मासिकका संयोजन सम्पादक तथा संयोजक राजु प्रवासी र एनआरएन कोरियाकी कोषाध्यक्ष संगीता श्रेत्रियाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

फोटोः उत्तम गुरुङ, कोरिया / एचकेनेपाल डट कम। थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 20%

Add comment August 1st, 2006


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2006
M T W T F S S
« Jul   Sep »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category

More news....