Archive for August 8th, 2006

प्रधानमन्त्री निवासमा भारत र बेलायतका दूत

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज आफ्नो निवासमा भारतीय राजदूत शिवशंकर मुखर्जी र बेलायती राजदूत डा. एण्ड्रयु हल अनि प्रधानसेनापति प्यारजङ थापासित भेटवार्ता गर्नुभएको छ।

भारतीय राजदूतले वार्तापछि सञ्चारकर्मीहरुसित कुरा गरेनन्। तर बेलायती राजदूतले जारी शान्तिवार्ता र द्विपक्षीय हितका विषयमा वार्ता भएको जानकारी दिँदै ‘अन्तरिम सरकारको गठन हुनुअघि माअ‍ोवादीले हतियार छाड्नु पर्ने बताउनु भयो।

प्रधानसेनापतिसित भने हतियार व्यवस्थापनको विषयमा कुरा भएको बताइएको छ।

Popularity: 20%

Add comment August 8th, 2006

अमेरिकामा योगमायाको चर्चा

अमेरिकामा योगमायाको चर्चा
एचकेनेपाल डट कम सम्वाददाता -
अमेरिकामा योगमायाको चर्चा भयो। योगमाया न्यौपाने जसले नेपालमा सामाजिक जागरणको निम्ति आफ्ना ६८ जना अनुयायीसहित भोजपुरस्थित अरुण नदीमा हाम्फालेर आत्मदाह गरेकी थिइन्। जतिबेला उनले अन्ध परम्परा, जातिय भेदभाव, बालविवाह, अनमेल विवाह लगायत सामाजिक कुरीतिबिरुद्ध आफ्ना मागहरु तत्कालीन सरकारले पूरा नगरेपछि आत्मदाह गरेकी थिइन्।

यो कुरा बि.सं. १९९८ साल असार महिनाको थियो। एउटी विद्रोही महिलाको संघर्षको गाथा इतिहासको गर्भमा विलुप्त भएर गए। इतिहासको पानामा कहि कतै योगमायाको चर्चा भएन। योगमायाको विद्रोहको कथाहरु ढाकछोप गर्ने प्रयत्न भए।

तिनै योगमायाको चर्चा अमेरिकामा भयो। अमेरिकाबाट लेखनाथ भण्डारीले दिनुभएको जानकारी अनुसार भर्जिनियास्थित आलिङ्टन पुस्तकालयमा आयोजित एक कार्यक्रममा विद्रोही महिला योगमाया न्यौपानेको आन्दोलनको विषयमा चर्चा भएको थियो।


कार्यक्रमका प्रमुख अतिथि तारानाथ शर्मा (पीएच.डी)ले योगमाया नेपाली समाज सुधारको अहिंसात्मक र असहयोग आन्दोलनको अग्रणी उदारहण भएको चर्चा गर्दै उनी सन्त, कवि, क्रान्तिकारी आमाका रुपमा सत्य र न्यायका पक्षमा लड्ने योद्दा भएको चर्चा गर्नुभयो । उहाँले योगमायाको देनबाट हामीलाई नेपाली हुनुमा गौरव छ भन्दै योगमायाको कदम क्रान्तिकारी पाइला थियो र उनी नेपाली समाजकी प्रद्धिप्त दीप भएको बताउनुभयो ।

त्यस्तै अर्का वक्ता हरि घिमिरेले पनि योगमाया समाज सुधार महिला विरुद्दका भेदभाव, बालविवाह र अनमेल विवाहको विरोधी, विधुवा विवाहको पक्षपाती भएको र उनको आन्दोलन र योगदानको पर्याप्त खोजी हुन बाँकी रहेको बताउनुभयो ।

शर्मालाई साहित्य भाष्कर उपाधि
यसै कार्यक्रममा प्रमुख अतिथि शर्मालाई नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै वासिङ्टन डीसी मेट्रो क्षेत्रका नेपाली समुदायका तर्फबाट साहित्य भाष्करको उपाधीले सम्मानित गरिएको थियो।

शर्माका योगदानका विषयमा चर्चा गर्दै हरि घिमिरेले भन्नुभयो, नेपाली भाषा साहित्यको आधुनिक युगको नेतृत्व पंक्तिमा रहनुभएका शर्मा नेपाली साहित्यका भाषा शिरोमणिका रुपमा स्थापित व्यक्तित्व भएको चर्चा गर्नुभयो । त्यस्तै हरिराज भट्टराई (पीएच.डी)ले पनि स्वागत मन्तव्य सहित शर्माका विषयमा प्रकाश पार्नुभएको थियो । त्यसक्रममा उहाँले, देवकोटापछिको नेपाली साहित्यको नेतृत्व शर्माले गर्नुभएको बताउनुभयो ।

पुस्तक विमोचन तथा कवि गोष्ठी
कार्यक्रममा प्रमुख अतिथि शर्माबाट अमेरिका आइपुग्नुभएका साहित्यकार श्रीओम श्रेष्ठ रोदनको नियात्रा संग्रह नबिर्सने दिनहरुको समेत विमोचन गरिएको थियो ।


नबिर्सने दिनहरु साझा प्रकाशनले हालै प्रकाशनमा ल्याएको हो ।

कृति र कृतिकारका विषयमा होमराज आचार्यले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा स्थानीय कविहरुले कविता पाठ पनि गरेका थिए । कविता पाठ गर्नेहरुमा बालकविहरु दीप्सिका केसी (८ वर्ष), अर्चना श्रेष्ठ (वर्ष११), अमीत श्रेष्ठ -वर्ष१४), ओजश्वी अधिकारी, आशिस सिटौला रहेका थिए । सबै बाल कविहरुले योगमायाका विषयमा लेखेका कविता वाचन गरेका थिए ।

सोही अवसरमा कविता पाठ गर्नेहरुमा होमनाथ सुवेदी, मोहन सिटौला, कृष्ण कँडेल, मञ्जु निरौला, तुंगनाथ उपाध्याय, पर्ल रेग्मी, हस्त गौतम मृदुल, साश्वत पराजुली, कविन्द्र सिटौला, सुदिपभद्र खनाल, हुनुहुन्थ्यो ।

नेपाली साहित्यप्रेमी समुदायको आयोजनामा सम्पन्न कार्यक्रमको सञ्चालन बसन्त श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमका सहभागीहरुलाई लेखनाथ भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

धन्यवाद ज्ञापन गर्दै भण्डारीले योगमायाको सामाजिक आन्दोलन विश्वकै उल्लेख्य र एकमात्र घटनाका रुपमा रहेको भए तापनि यो इतिहासमा जवरजस्ती लुकाइएकाले यसको जानकारी सबैलाई नभएको चर्चा गर्नुभयो ।

Photo: www.nepalhorizons.com

Popularity: 20%

1 comment August 8th, 2006

उत्तराधिकारी विधेयकको एमालेमा विरोध

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
एमालेको केन्द्रीय कमिटीको बाह्रौँ बैठकले ‘राजतन्त्रलगायत मुलुकका सामु रहेका सबै राष्ट्रिय र महत्वपूर्ण विषयको समाधान संविधानसभाको निर्वाचनको प्रक्रियाबाट गरिने सर्न्दर्भमा आम सहमति भइसकेको अवस्थामा मन्त्रिपरिषद्ले राजगद्दी उत्तराधिकारीसम्बन्धी विधेयक बनाउनु र संसद्बाट पारित गराउन खोज्नु जनआन्दोलनको जनादेशविपरीत हुने’ निर्णय गरेको छ।

बैठकले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिनुभएको अभिव्यक्तिका सम्बन्धमा ऐतिहासिक जनआन्दोलनबाट स्थापित वर्तमान प्रधानमन्त्रीले जनताको यो भावनालाई आत्मसात गर्न सकेको नदेखिएको ठहर गरेको छ।

“‘सेरेमोनियल राजसंस्था’लाई ठाउँ दिने भन्ने प्रधानमन्त्री कोइरालको अभिव्यक्तिप्रति नेकपा -एमाले)को केन्द्रीय कमिटीको यो बैठक असहमति व्यक्त गर्छ”, बैठकको निर्णयबारे जानकारी गराउँदै प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

जनमतसङ्ग्रह र संविधानसभाको बाटो हुँदै देशलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउने लक्ष्यमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बेलामा संवैधानिक राजतन्त्रलाई संस्थागत गर्ने कुनै पनि राजनीतिक वा वैधानिक प्रयत्न अघि बढाउनुको अर्थ नरहेको पार्टीको धारणा छ ।

केन्द्रीय कमिटीको बैठक आज पनि बसिरहेको छ। बैठकमा महासचिव नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ।

Popularity: 20%

Add comment August 8th, 2006

हात्तीले कुल्चँदा ठहरै

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
जङ्गली हात्तीको आक्रमणबाट बारा जिल्ला डुमरबाना गाउँ विकास समिति वडा नं.७ का एक कृषकको मृत्यु भएको छ।

जङ्गली हात्तीको बथानले धानबाली नष्ट गरी आतङ्क मच्चाउने गरेकामा धानबालीलाई बचाउन चार-पाँचजनाको समूहमा गाउँलेहरू राति हात्ती धपाउन खेतमा गएका बेला हात्तीको बधानले गाउँलेहरूलाई नै लखेट्दा भाग्ने क्रममा हात्तीले कुल्ची ३५ वर्षका कृष्णबहादुर जर्घामगरको मृत्यु भएको बताइएको छ।

Popularity: 20%

Add comment August 8th, 2006

चालु संसदलाई लम्ब्याउन नहुने: उपप्रम

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अमिक शेरचनले नयाँ नेपाल निर्माणका लागि चालु संसदलाई लम्ब्याउन नहुने बताउनुभएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री शेरचनले वार्तालाई शीर्ष विन्दुमा पुर्‍याउन सरकार दृढ रहेको पनि उल्लेख गर्नुभयो ।

सो अवसरमा उत्कृष्ट सरस्वती र्राई नारी शिक्षा पुरस्कार उदयपुरकी छात्रा देविका र्राईलाई प्रदान गरियो । सो पुरस्कार रू.बीस हजार नगद र प्रमाणपत्रसहितको छ।

Popularity: 20%

1 comment August 8th, 2006

माओवादीद्वारा काँग्रेस कार्यकर्ता अपहरण

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
माओवादीले धनुषा जिल्ला बरमझिया गाविसका नेपाली काङ्ग्रेसका एक कार्यकर्तालाई अपहरण गरेका छन्।

नेपाली काङ्ग्रेस धनुषा जिल्ला सभापति रामकृष्ण यादवका अनुसार माओवादीले बतहु यादवका छोरा दीपो यादवलाई हिजो अपहरण गरेका हुन्।

सभापति यादवले माओवादीले राजनीतिक सहमतिविरुद्ध कार्य गर्नु दुःखद भएको बताउँदै अपहरित यादवलाई तुरुन्त रिहा गर्न माग गर्नुभएको छ।

Popularity: 20%

Add comment August 8th, 2006

यौनप्रस्ताव नमानेपछि बुहारीको हत्या

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
यौन प्रस्ताव अस्वीकार गरेका कारण नुवाकोट, थानापती-४ भेटुवालथोकका पूर्व सैनिक भीमसेन कँडेलले आफ्नै बुहारीको हत्या गरेका छन्।

अझै पनि आफू भैरवनाथ गणको अमल्दार पदमा कार्यरत रहेको बताउने ३४ वर्षीय कँडेलले आफ्नो प्रस्ताव नमानेपछि यही साउन १६ गते राति २० वर्षीया जेठी बुहारी राधिकाको कुटपिट गरी हत्या गरेको बताइएको छ ।

अभियुक्त कँडेललाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । निजले आफ्नो अपराध स्वीकारे तापनि पीडित पक्षबाट जाहेरी नपरेकाले मुद्दा चलाउन अप्ठेरो परेको प्रहरीले जनाएको छ ।
मृतक राधिकाको २ महिनाअघि विवाह भएको थियो।

Popularity: 20%

6 comments August 8th, 2006

धरानमा गोरु काट्न थालियो

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
धरानका जनजातिहरुले गोरु काटेर बिक्री गर्न थालिएको समाचार प्राप्त भएको छ।


स्वतन्त्र समाचार सेवाले जनाए अनुसार धरानमा अब प्रत्येक सोमबार गोरु काटेर मासु बेच्ने अभियान सुरु गरेकोछ। गोरुको मासु ७० रुपैया किलोको दरले बिक्री भै रहेको बताईन्छ। गोरुको मासुको माग बढ्दै गएपछि व्यवसायकै रुपमा सञ्चालन गरिने जनजाति युवाहरुले छलफल गरेका छन्।

नेपालमा गोरु मारकाट गर्न प्रतिबन्ध भएपनि लोकतान्त्रिक आन्दोलनबाट पुनःस्थापित प्रतिनिधि सभाले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि धरानका जनजाति युवाहरुले गोरु काट्ने अभियानलाई अघि बढाएका हुन्।

Popularity: 19%

15 comments August 8th, 2006

माओवादीको भनाईपछि सरकार गम्भीर

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
माओवादी नेता डा.बाबुराम भट्टराईले सार्वजनिक गरेको अभिव्यक्तिबाट सरकार गम्भीर बनेकोछ। डा. भट्टराईले सोमबार शान्तिवार्ता भंग हुन सक्ने चेतावनी दिनुभएको थियो। उहाँले सरकार, संसद र सातदल वार्ता भाँड्ने अदृश्य शक्तिकापछि लागी परेको बताउंनु भएको थियो।


माओवादीबाट वार्ता भंग हुन सक्ने चेतावनी आएपछि बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा सरकारी वार्ता टोलीको बैठक सोमबार बसेको थियो। बैठकमा माओवादी चेतावनीको विषयमा विश्लेषण भएको बताइन्छ।

तर बैठकले वार्ता भंग हुन सक्ने स्थिति नरहेको दावी गरेकोछ। साझा अवधारणापत्र पठाउन समस्या देखिए पनि समाधान गर्नै नसक्ने स्थिति नरहेको बताइएकोछ। साझा समझदारीमा देखिएको मतभेत हटाउंने प्रयास भैरहेको बताउंदै सरकारी वार्ता टोली संयोजक कृष्णप्रसाद सिटौलाले वार्ता भंग हुने स्थिति नरहेको दाबी गर्नुभएकोछ।

राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त कार्यालयमा सोमबार ४ बजेसम्म संयुक्त पत्र पठाउने भनिए पनि हतियार व्यवस्थापनको टुङ्गो लाग्न सकेको छैन।

Popularity: 19%

3 comments August 8th, 2006


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2006
M T W T F S S
« Jul   Sep »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category

More news....