Archive for August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
श्रीलङ्काको कोलम्बोमा सम्पन्न दसौँ दक्षिण एसियाली खेलकुदमा दुई वटा स्वर्ण जित्ने कीर्तिमानधारी धावक राजेन्द्र भण्डारी तथा महिलाको दश हजार मिटर दौड र पुरुष म्याराथन दौडमा रजत पदक जित्ने खेलाडीहरू क्रमशः कान्छीमाया कोजु र अर्जुनकुमार बस्नेतलाई भोलि स्वदेश फर्कँदा भव्य स्वागत गरिने भएको छ।
नेपाल एथलेटिक्स सङ्घले दक्षिण एसियाली खेलमा नेपाललाई दुइ स्वर्ण दुइ रजत पदक दिलाउने खेलाडी र प्रशिक्षकलाई यही भदौ १४ गते बुधबार स्वदेश आइपुगेपछि सिन्दूरजात्रा सहित नगरपरिक्रमा गराउने भएको हो।
सङ्घका अनुसार टोलीलाई विमानस्थलबाट गौशाला, डिल्लीबजार, पुतलीसडक, रत्नपार्क, इन्द्रचोक, वसन्तपुर, न्युरोड, भद्रकाली हुँदै दशरथ रङ्गशालासम्म बाजागाजासहित पुर्याइनेछ।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम कोरिया सम्वाददाता -
दक्षिण कोरिया भ्रमणमा आइपुग्नुभएका श्रम ताथ यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखकसंग आईतबार यहाँका नेपालहरुले भेटघाट गरे।

सोही अवसरमा प्रवासी नेपाली सम्पर्क समितिले अनियान सेन्टरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखक प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा प्रवासी नेपालीहरुको समस्याका विषयमा छलफल भएको थियो।
प्रमुख अतिथिले कोरियामा रहेका मजदुरका विषयमा र मुनड्रप ओभरसिजले गरेको अत्याचारका विषयमा आफ्ना विचारहरु व्यक्त गर्नु भएको थियो।
समितिका सहसचिव माधवी भट्टले स्वागत मन्तव्य प्रकट गर्नु भएको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष बम लावतीले गर्नु भएको थियो।


फोटोः उत्तम गुरुङ, दक्षिण कोरिया / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
अविरल वर्षाका कारण स्थानीय ठिभर्ना गाविसको गहतेमा एउटा घर भत्किनाले विमला पौडेलको मृत्यु भएको छ।
सन्धीखर्क गाविस वडा नं. ९ घर भएकी मृतक पौडेल तीज मनाउन माइतमा बसेको बेला उक्त घटना भएको हो।
उक्त घटनामा परी मृतकका भाइ श्रीधर आचार्य र बहिनी सम्झना आचार्य घाइते भएका छन्।
पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहतस्वरूप रू. दश हजार प्रदान गरेको छ।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
बाँके जिल्लाका बाढीप्रभावित क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा बसोबास गराउन सुरु गरिएको छ।
तीनदिनसम्म परेको अविरल वर्षाका कारण राप्ती र डुडुवा नदीमा आएको बाढीले बाँके जिल्लाको होलिया, बेतहनी, कम्दी बनकट्टी, फत्तेपुर, मटहैया, गङ्गापुर, लक्ष्मणपुर, कोहलपुर र मनिकापुर गाविस डुबानमा पारेको छ।
डुडुवा नदीको पानीको भेलले घर भत्काउँदा अस्ति राति मनिकापुर गाविस वडा नं. ८ की नवीना महत र उनकी छोरी प्रीति महतको मृत्यु भएको थियो।
बाढीप्रभावित क्षेत्रका जनतालाई हेलिकप्टरबाट उद्धार गरी बेतहनी गाविसको वडा नं. ९ की उच्चवा भन्ने अग्लो स्थानमा बसोबास गराइएको छ।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
कपिलवस्तु कारागारबाट गएको हप्ता सुरुङ खनेर फरार भएका छ बन्दीमध्ये पाँचजना पाल्पामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ।
पाल्पाको झुम्सानजिक कोलडाँडा गाविस-१, कोलडाँडा गाउँमा गई लुटपाट गर्ने क्रममा स्थानीय जनताले ती कैदीहरूलाई पक्राउ गरी पाल्पा प्रहरीलाई बुझाएको कपिलवस्तु प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयबहादुर चन्दले बताउनुभयो।
फरार बन्दीमध्ये आइते परियार, अतिश र्राई, र्सर्ूयबहादुर परियार, दिनेश विक र नारायण सार्की पक्राउ परेका हुन्।
अर्का बन्दी टेकबहादुर रानामगर भने भाग्न सफल भएका छन्।
डाका र कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका ती बन्दीहरू कपिलवस्तु कारागारबाट भदौ ७ गते मध्य राति १५ फिट लामो सुरुङ खनेर फरार भएका थिए।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
ऐतिहासिक जनआन्दोलनको बलमा पुनःस्थापित प्रतिनिधिसभाका सांसदहरूका लागि नयाँ प्रतीक चिन्ह (लोगो) एवं परिचयपत्र सार्वजनिक गरिएको छ।
प्रतिनिधिसभा घोषणा-२०६३ को भावना र मर्मअनुरूप तयार पारिएको उक्त चिन्ह महिला र पुरुषका दुई हातले नेपालको नक्सा उचालेको, नक्साको बीचमा राष्ट्रिय झन्डा र वरिपरि नीलो रङ्गले घेराबद्ध गरिएको छ।
महिला र पुरुषका दुई हात समान सहभागिता र नीलो रङ्ग शान्तिको प्रतीकका रूपमा रहेको छ।
सांसदहरूको सुझावका आधारमा कलाकार टेकवीर मुखियाले उक्त प्रतीक चिन्ह तयार पार्नुभएको हो।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
पोखराबाट काँकडभिट्टातर्फगइरहेको ना.२ख १४२७ नं. को यात्रुवाहक बस पृथ्वी राजमार्गको खैरेनीटार गाविस, सेराटार भन्ने ठाउँबाट ५० मिटर तल खस्दा १७ यात्रु घाइते भएका छन्।
तीमध्ये छ यात्रुको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।
घाइतेहरूलाई सेतीगङ्गा सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
विदुर नगरपालिका-९ देवीघाटबाट स्टेसनरी सामान लिएर नुवाकोट आएको मारुती भ्यान हिजो दिउँसो त्रिशुली नदीमा खस्दा चालकसहित बेपत्ता भएका दुई जनालाई अझै फेला पार्न सकिएको छैन।
वा.१ च ८२३५ नं.को सो भ्यानका चालक चौतारा स्थायी घर भएका सानुभाई गिरी गाडी चलाउँदै गर्दा निदाएका कारण नदीमा गाडी खस्न पुगेको दुर्घटनाबाट बाँच्न सफल सुरेन्द्र महर्जनले बताएका छन्।
सो दुर्घटनामा परी बेपत्ता हुनेमा भारतीय मूलका नागरिक अनवर समेत रहेको जानकारी पनि उनले दिए।
देवीघाट बजारको पृथ्वी स्मारकबाट नदीमा खसेको सो भ्यानको अगाडिको भाग भने करिब ६०० मिटर तल नदीको बीच भागमा फेला परेको बताइएको छ।
बेपत्ता भएकाहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले बताएको छ।
Popularity: 19%
August 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
कोलम्बोमा भइरहेको दसौं दक्षिण एसियाली खेलकुद (साग) हिजो सकिएको छ। साग सकिँदासम्म सहभागी आठ देशमध्ये नेपाल पदक तालिकामा चौथो स्थानमा रहेको छ।
अन्तिम दिन भएको कराँतेमा नेपालले एक रजत र दुई कास्य पदक जितेको थियो।
दसौं सागमा चौथो स्थापनामा रहेको नेपालले ९ स्वर्ण, १५ रजत र ३१ कास्य गरी कुल ५५ पदक प्राप्त गरेको छ।
पाकिस्तानमा सम्पन्न नवौं सागमा पनि नेपाल चौथो स्थानमा रहेको थियो।
नवौं सागमा नेपालले सात स्वर्ण, छ रजत र २२ कास्य गरी जम्मा ३५ पदक जितेको थियो।
दशौं सागमा कुल २३४ पदक सहित भारत प्रथम भएको छ भने पाकिस्तानले १५८ र श्रीलङ्काले १७८ पदक जितेर क्रमशः द्वितीय र तृतीय स्थान ओगटेका छन्।
मालदिभ्सले कुनै पनि विधामा पदक प्राप्त गर्न सकेन।
Popularity: 19%
August 29th, 2006