Archive for September 18th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनका क्रममा ठूलो संख्यामा सहभागी भित्रिएपछि काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।सम्मेलनको उदघाटन खुलामञ्चमा आज हुँदैछ।
माओवादीले पहिले जस्तै आफ्नो विद्यालयका विद्यार्थीहरु पनि सम्मेलनमा लाने डरले कतिपय विद्यालय बिना पूर्व सूचना बन्द गरिएका छन्।
उदघाटन समारोहमा माओवादीका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने भएका छन्।
( अपडेट नेपाली समय बिहान ११)
Popularity: 20%
September 18th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
कूटनीतिक मर्यादाविपरीत सेनाको हेलिकप्टरमा ब्यारेक-ब्यारेक घुमेको भन्दै संसदमा अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीको कडा विरोध भएको छ।
विरोधका क्रममा सांसदहरुले मोरियार्टीलाई देश निकाला गर्नुपर्नेसम्मका माग उठाएका छन्।
मोरियार्टीले भने आफ्नो सरकारलाई आफू कार्यरत देशका बारेमा जानकारी पठाउनुपर्ने भएकोले त्यस्तो भ्रमण जायज हुने बताएका छन्।
उता. नेपाली काङ्ग्रेसका उपसभापति सुशील कोइराला संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित मोमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर अस्पतालमा उपचार सम्पन्न गरी गत केही दिनदेखि अमेरिकी कङ्ग्रेस सदस्यहरूलगायत अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली एवम् एनआरएनका पदाधिकारीहरूसँगको भेटघाट , छलफल र बैठकमा व्यस्त रहनुभएको छ।
उपसभापति कोइरालाले अमेरिकाका वाशिङटन , टेक्सास , शिकागो , फ्लोरिडा आदि राज्यमा रहेका नेपालीहरू र एनआरएनका पदाधिकारीहरूसँग भेटघाट गर्नुभएको छ।
Popularity: 20%
September 18th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
केही दिनअघिको बाढीपहिरोबाट तनहुँ जिल्लाको आँबुखैरेनी गाविस- ८ ग्याङसीनका बाह्र परिवार प्रभावित भएका छन्।
बाढीपहिरोबाट उक्त गाविसका मनबहादुर थापा , लीलाबहादुर थापा , धनबहादुर थापा , जीतबहादुर थापा , तुलबहादुर थापालगायतका परिवार प्रभावित भएको बताइएको छ।
पहिरोकै कारण तुलबहादुर थापा र सर्वजीत थापा विस्थापित भएको गाउँलेले बताए।
बाढीपहिरोले धान , मकै , गहुँ , मस्याङ् , बोडी , कोदोलगायतका बालीलाई पर्ूण्ारूपमा क्षति पारेको पीडितहरूले बताएका छन्।
पीडित परिवारहरूलाई जिल्ला दैवीप्रकोप उद्धार समिति र जिल्ला रेडक्रसले त्रिपाल र कम्बल उपलब्ध गराएको थियो।
Popularity: 20%
September 18th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
कैलालीको टीकापुरस्थित ट्रिनिटी माध्यमिक विद्यायलमा अध्यनरत छात्रा सरिता बिष्टको निधारबाट सिसा निस्कने क्रम जारी रहे तापनि हालसम्म त्यसको रहस्य पत्ता लाग्न सकेको छैन।
बालिकाको निधारबाट गत एक सातादेखि दैनिक तीनदेखि पाँच वटासम्म करिब अर्ढाई इन्च लम्बाइ र डेढ इन्च चौडाइ आकारका सिसा निस्कने क्रम जारी रहेको र हालसम्म २०० जति सिसा निस्किसकेको बताइएको छ।
सिसा लगातार कसरी निस्किरहेका छन् भन्ने विषयमा स्थानीयस्तरमा विभिन्न अनुसन्धान गरिए तापनि हालसम्म यकिन हुनसकेको छैन। बालिकालाई रगत परीक्षणदेखि नेपालगन्ज र भारतको लखनऊमा समेत लगेर ‘सिटीस्क्यान ‘ गरिएको तर कुनै खराबी नभेटिएको विद्यायलले जनााएको छ।
विद्यालयले बालिकाको अभिभावकको आर्थिक अवस्था नाजुक भएकाले बालिकाको थप परीक्षण गर्न असमर्थ रहेको जनाउँदै सो समस्या समाधानार्थ सहयोगका लागि संसदसमक्ष अपिल गरेको छ।
Popularity: 20%
September 18th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
माओवादीले भोजपुरको दक्षिण घोडेटार बजारमा एक बालकलाई निर्घात कुटपिट गरेपछि स्थानीय विद्यालयका विद्यार्थीले माओवादीविरुद्ध नाराबाजी गरेका छन्।
माओवादीले रानीबास गाविस वडा नं. ७ निवासी फौदसिंह थापाका १४ वषर्ीय छोरा रत्नबहादुर थापालाई शुक्रबार सार्वजनिक स्थलमा कुटपिट गरेका थिए।
कुटपिटपछि ती बालकको नाक , मुख र कानबाट रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन्।
बालकमाथि माओवादीले गरेको कुटपिटविरुद्ध सगरमाथा उच्च माध्यमिक विद्यालयका विद्यार्थीले बजार परिसरमा माओवादी ज्यादतीविरुद्ध नाराबाजी गरेको बताइएको छ।
उनीहरूले आफूहरू शान्तिपूर्वक पढ्न पाउनुपर्ने भन्दै घटनाका दोषीमाथि कारबाहीको माग गरेका छन्।
Popularity: 19%
September 18th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डबीच आइतबार महत्वपूर्ण भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घण्टासम्म भएको उक्त भेटवार्तामा सकभर दसैँ अघिनै शिखर वार्ता गर्ने सहमति भएको छ।
हतियार व्यवस्थापन, अन्तरिम विधानलगायतका मूलभूत राजनीतिक मुद्दाहरूको त्यसमा समाधान गर्ने तथा आगामी वैशाख महिनामा संविधानसभाको निर्वाचन गर्ने सहमति भएको बुझिएको छ ।
विगत केही समयदेखि सरकार र माओवादीबीच केही भ्रम र आशङ्का उत्पन्न भएको देखिएका सर्न्दर्भमा पूर्वयोजनाबिना नै प्रधानमन्त्री कोइराला र अध्यक्ष प्रचण्डबीच उक्त भेटवार्ता भएको थाहा भएको छ ।
भेटवार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री कृष्णप्रसाद सिटौला, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला, नेकपा (माओवादी)का नेता डा.बाबुराम भट्टराई पनि उपस्थित हुनुहुन्थ्यो ।
Popularity: 19%
September 18th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
विगत तीन महिनादेखि आफ्नो स्तरवृद्धिको माग राख्दै स्वास्थ्य सहायकहरूले गरेको आन्दोलन आइतबार स्वास्थ्य मन्त्रालयसँग भएको सहमतिपछि टुङ्गिएको छ ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अमिक शेरचनले स्वास्थ्य सहायकहरूको माग पूरा गर्न उचित व्यवस्थापन गरी समस्या समाधानका लागि आश्वासन दिएपछि आन्दोलन टुङ्गिएको हो ।
स्वास्थ्य सहायकहरू हाल आन्दोलनको अर्को चरणअन्तर्गत माईतीघर मण्डलामा विगत चार दिनदेखि २४ घण्टे रिले अनसनमा बसेका थिए ।
देशभर २५ हजारको सङ्ख्यामा रहेका स्वास्थ्य सहायकहरू सम्मिलित उक्त आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरूको आपतकालीन सेवा बाहेक अन्य सेवा बन्द रहेका थिए । आन्दोलनका लागि करिब १२ हजारको सङ्ख्यामा स्वास्थ्य सहायकहरू राजधानीमा संघर्षरत थिए ।
सहमतिपछि सम्भवत भोलिदेखि अधिराज्यका सम्पूर्ण अस्पताल र स्वास्थ्य केन्द्रहरू सूचारु हुनेछन्।
Popularity: 19%
September 18th, 2006