Archive for October, 2006
बर्लिन, जर्मनी / एचकेनेपाल डट कम अक्टोबर २८ -
युरोपको राजनैतिक भ्रमणमा रहनुभएका नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा वार्ता टोलीका सदस्य दीनानाथ शर्मा र नेकपा माओवादीका नेता तथा विश्व जनप्रतिरोध आन्दोलन, दक्षिण एसियाका संयोजक सुरेस आलेमगरले यही २८ अक्टोबरमा जर्मनीको राजधानी बर्लिनमा आयोजित प्रवचन कार्यक्रममा भाग लिनुभयो।
उक्त कार्यक्रमलाई संबोधन गर्दै दिनानाथ शर्माले ‘’२१औं शताब्दीमा क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारीहरुले मार्क्सवादी लेनिनवादी माओवादी सिद्धान्तलाई आफ्नो देशको परिस्थिति अनुसार अभ्यास गर्नुका साथै त्यसलाई विकसित गर्नु पनि जरुरी छ'’ भन्दै हामीले १० वर्षको जनयुद्धको दौरानमा ‘’प्रचण्डपथ'’को विकास गरेका छौं र ‘’२१ शौं शताब्दीमा जनवादको विकास'’को प्रस्ताव अघि सारेकाछौं। नेपालका केही सत्तासिन पार्टी एवं नेताहरुमा हावी रहेका राष्ट्रिय आत्मसमर्पणवादी यथास्थितिवादी प्रवृति र वैदेशिक हस्तक्षेप विशेषतः अमेरिकी साम्राज्यवादी हस्तक्षेपकै कारण वार्तामा अवरोध सृजना भएको र फलतः वार्ता सुस्त रहेको तथ्यबारे व्यापक प्रकाश पार्दै उहांले नेकपा (माओवादी) द्धारा गरिएका विभिन्न राजनैतिक तयारीहरु एवं नेपाली जनताको सशक्त दबाबकै कारण वार्ता अन्ततः तार्किक निष्कर्षमा पुग्ने आशा व्यक्त गर्नुभयो। शर्माले क्रान्ति सम्पन्न गर्नका लागि विभिन्न घुम्ती र मोडहरु पार गर्नुपर्ने भएको र क्रान्तिको बाटोमा सामन्ती राजतन्त्र नै यतिबेला प्रमुख बाधा बनेकोले उक्त राजतन्त्रलाई समुल नष्ट गरी गणतन्त्र स्थापना गर्ने कार्यमा सहयोग गर्ने विदेशमा रहेको सम्पूर्ण नेपालीहरु तथा भाइचाराहरु एवं अन्तराष्ट्रिय समुदायलाई आब्हान गर्नुभयो।
सोही कार्यक्रमलाई संबोधन गर्दै सुरेस आलेमगरले समय र इतिहास र नेपाली जनताले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको प्रथम राष्टपति बनि नायक बन्ने कि ? सामन्ती ब्राम्हणवादी राजतन्त्रको दलाली गरी खलनायक बन्ने? एउटा अवसर प्रदान गरेकाछन् र त्यसको निर्णय उनी स्वंयले गर्नुपर्नेछ भन्दै नेकपा (माओवादी) द्धारा संचालित जनयुद्धले सफलताको उचाईमा पुग्नुका वैचारिक सैद्धान्तिक, राजनैतिक पक्षहरुमाथि प्रकाश पार्नुभयो। उहांले सामान्ती राजतन्त्र आदिवासी, जनजातिहरुको पनि एक नंको दुश्मन भएकोले त्यसलाई ध्वस्त पार्नुपर्ने बताउंदै आगामी दिनमा विश्व जनप्रतिरोध आन्दोलन दक्षिण एसियालाई सक्रिय बनाइने जानकारी गराउनुभयो।
युरोपकै राजनैतिक केन्द्र मानिने बर्लिनमा आकर्षणको केन्द्र बनेको माओवादी नेताद्धयको उक्त कार्यक्रम विश्व जनप्रतिरोध आन्दोलन, बर्लिन च्याप्टरद्धारा आयोजना गरिएको थियो भने संचालन पिटर ग्राण्टले गर्नुभएको थियो। ठूलो संख्यामा जर्मनी तथा टर्किस नागरिकहरु उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालीहरुको समेत उपस्थिति देखिन्थ्यो। दुवै नेताहरुको प्रवचन प्रश्चात राखिएको प्रश्नोत्तर सत्रमा धेरै सहभागीहरुले आआफ्ना जिज्ञासा, प्रश्न, सुझाव, सल्लाह, टिप्पणी एवं आलोचनाका साथै अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्रस्तुत गरेका थिए।
बर्लिनमा रहदां दिनानाथ शर्माले नेपालको वर्तमान राजनैतिक स्थिति र माओवादी जनयुद्धबारे जर्मनी जनतालाई जानकारी मात्रै गराउनुभएन त्यहांस्थित विभिन्न सरकारी तथा नीजि संचारमाध्यमहरुलाई अन्तर्वार्ता समेत दिनुभएको थियो।
Popularity: 21%
October 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
कसैलाई अपाङ्ग भनेर हेला गर्ने दिन अब गए। एउटा कुरामा शारीरिक रुपमा अक्षम भए पनि उनीहरु फरक किसिमले सक्षम हुन्छन्। यसैको प्रमाण बनेका छन् दृष्टिविहीन दीपक चौधरी।
नेपाल जनजागरण अपाङ्ग सङ्घका सदस्य एवं दृष्टिविहीन दीपक चौधरी हाल सगरमाथा आरोहण गर्ने साहसिक अभियानमा जुटेका छन् ।
नर्थपोल ट्रेकिङ प्रालि. तथा फुरी शेर्पाको सहयोगमा सन् २००८ को वसन्त ऋतुमा सो हिमाल आरोहण गर्ने क्रममा आवश्यक पूर्वअभ्यासका लागि चौधरी जुटिरहनुभएको बताइएको छ ।
अपाङ्ग सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा कैलाली जिल्ला उदासीपुर निवासी २८ वर्षीय दृष्टिविहीन चौधरीले सगरमाथाको शिखर चुमी देशविदेशमा आफ्नो र मुलुकको नाम राख्न आफूले आरोहण गर्न लागेको बताउनुभयो ।
Popularity: 21%
October 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
बाँके जिल्लाको राप्ती नदीपारिका गङ्गापुर, फत्तेपुर, होलिया र नरैनापुर गाविसमा फैलिएको अज्ञात रोगले थप दुई जनाको ज्यान लिएपछि यो रोगबाट मर्नेको संख्या १४ पुगेको छ।
यो रोग के हो भन्ने बारेमा थाहा हुन सकेको छैन। तर औलो हुनसक्ने आशङ्का गरिएको छ । सो रोग लागेका बिरामीमा ज्वरो आउने, शरीर काम्ने तथा बेहोस हुने लक्षण देखापरेको बताइएको छ।
अज्ञात रोगबाट ती गाविसका २०० भन्दा बढी व्यक्ति प्रभावित भएको बताइएको छ ।
अज्ञात रोगको अनुसन्धान तथा उपचारका लागि स्वास्थ्य संयन्त्र तथा औषधिसहित स्वास्थ्यकर्मीको टोली अहिले ती गाविसमा कार्यरत रहेको बताइएको छ ।
Popularity: 21%
October 31st, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
युध्दविरामपछि खाली रहेका आफ्ना कार्यकर्ताहरुलाई नेकपा (माओवादी)ले काठमाडौँ उपत्यकाभित्र सरसफाइ अभियानलाई तीव्रता दिने भएको छ। हिजोदेखि माओवादीले यस्तो अभियान थालेको छ।
यसै क्रममा सो पार्टीको उपत्यका समन्वय एकाइद्वारा नयाँ बसपार्कदेखि गोङ्गबुचोकसम्म हिजो सरसफाइ अभियान सञ्चालन गरेको थियो।
काठमाडौँ महानगरपालिकासँग हातेमालो गर्दै यस्तो अभियान उपत्यकामा गर्दै लैजाने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।
सो अभियानअर्न्तर्गत खोला किनार तथा चोक, गल्ली र सडकहरूको समेत सरसफाइ गरिने बुझिएको छ । यस अभियानमा नेकपा माओवादीका झन्डै ७०० कार्यकर्ता संलग्न रहने बुझिएको छ ।
माओवादीहरु सरसफाइमा लागेको दृश्यलाई स्थानीय बासिन्दाहरुले उत्सुकतापूर्वक हेरेका थिए।
Popularity: 21%
October 31st, 2006
उत्तम गुरुङ, द. कोरिया / एचकेनेपाल डट कम, अक्टोबर २९-
हेलिकप्टर दुर्घटनामा परी दिवंगत हुनुभएका डा. हर्क गुरुङ र डा. चन्द्र गुरुङलगायत २४ जना यात्रुको स्मृतिमा तमु धिं दक्षिण कोरियाद्वारा श्रद्धाञ्जलि सभाको कार्यक्रम गर्यो।
.jpg)
तमु धिं दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष चुकबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल बौद्ध परिवारका सहसचिव उत्तम गुरुङ, सोलुखुम्बु सम्पर्क समितिका उपाध्यक्ष देव गुरुङ, लम्जुङ सम्पर्क समितिका सल्लाहकार केबी गुरुङ, तमु धिं कोरियाका सदस्य, तमु बुद्धिजीवि चाङकुमार गुरुङ र आनन्द गुरुङले पुष्पाञ्जलि अर्पण गर्दै स्वर्गीय डा. गुरुङ र डा. चन्द्र गुरुङको जीवनीबारे प्रकाश पार्नु भएको थियो।
डा. हर्क गुरुङका भतिज दिल गुरुङ र भतिजी बुहारी माया गुरुङबाट दीप प्रज्वलन गर्नु भएको थियो।
.jpg)
फोटोः उत्तम गुरुङ, द. कोरिया / एचकेनेपाल डट कम। थप फोटो हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 21%
October 31st, 2006
भूपेन्द्र आचार्य, दक्षिण कोरिया / एचकेनेपाल डट कम, अक्टोबर ३० -
अन्तराष्ट्रिय ऐक्यवद्धताका लागि नेपाली पत्रकार समूह दक्षिण कोरियाका अध्यक्ष राजु पाठक प्रवासीलाई दक्षिण कोरिया सरकारले अक्टोबर २८ तारिख सांझ साढे ६ बजे इन्छन्को बुफ्यङबाट पक्राउ गरेको छ।
पत्रकार पाठकलाई पक्राउ गरिएकोमा ऐक्यबद्धता समूह द. कोरियाले घोर निन्दा खेद ब्यक्त गरेको छ। नेपाली पत्रकारितालाई प्रवासी भूमि द. कोरियामा रहेर प्रेस स्वतन्त्रताको पक्षका लागि निरन्तर समाचार सम्प्रेषण गरि आउनु भएका पाठक नेपाल जापान डट् कम्का कोरिया सम्वाददाता हुनुहुन्छ। पाठकलाई कोरिया सरकारले पक्राउ गरी आफ्नो नाङ्गो नाचै देखाएको ऐक्यबद्धता समूह द. कोरियाका उपाध्यक्ष इश्वर के.सी. ले बताउनु भयो। वहांले उक्र घटनाको खेद प्रकट गर्दै धडपकड तत्काल बन्द गर्न सरकारसंग आग्रह गर्नुभएको छ।
यसैगरि नेपाली प्रवासी पत्रकार संघ द. कोरियाका सचिव भूपेन्द्र आचार्यले राजु पाठक प्रवासीलाई पक्राउ गरी द. कोरिया सरकारले नेपाली पत्रकारिता जगत माथी नै कुठाराघात गरेको बताउनु भएको छ। वहांले यस्तो कार्य तत्कालै बन्द गरी नेपाली कामदारहरुलाई पनि इपीएस दिई संरक्षण गर्न आग्रह गर्नु भएको छ। यसैगरि नेपाली समपर्क समिति द. कोरियाका सचिव केशव खड्काले राजु पाठक प्रवासीलाई कोरिया सरकारले अमानवीय ढंगबाट पक्राउ गरि नेपाल पठाउन लागेकोमा सो कार्यको घोर भत्र्सना र निन्दा गर्दै यस घटनाबाट कोरियामा रहेका सम्पूर्ण संघ संस्थालाई अपूरनीय क्षति पुगेको बताउनु भयो।
लमजुङ्ग परिवार द. कोरियाका उपाध्यक्ष कृष्ण गुरुङ्गले उक्त कार्यको घोर निन्दा गर्दै यस्तो कार्य तत्काल बन्द गर्न कोरिया सरकारसंग अनुरोध गर्नुभयो। यसैगरि नेपाली जन सर्म्पर्क समिति द. कोरियाका सभापति रतन सुब्बाले उक्त कार्यको भत्र्सना गर्दै कोरिया सरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता माथि कुठारापात गर्न खोजेको आफूलाई शंका लागेको बताउंदै धरपकड तत्कालै बन्द गरी विदेशी कामदारहरुको संरक्षण गर्न सरकारलाई आग्रह गर्नभयो।
उता नेपाली प्रवासी संघ द. कोरियाका अध्यक्ष मानध्वज लामाले यस संघका पूर्व सचिव पाठकलाई कोरिया सरकारले पक्राउ गरी नेपाल पठाएकोमा घोर भत्र्सना गर्नु भयो। यसबाट आफ्नो संघलाई अपुरणीय क्षति भएको खुलासा गर्नुभयो। स्मरणीय छ, कोरिया सरकारले अवैधानिक प्रवासी कामदारहरुलाई ब्यापक रुपमा धरपकड शुरु गरेको छ ।
Popularity: 21%
October 31st, 2006
वाइ पाण्डे, एचकेनेपाल डट कम, अक्टोबर ३०
आगमी २००७ फेब्रुअरी १४ देखि कोरिया सरकारले नेपाललाई पनि इम्प्लोयमेन्ट पर्मिट सिस्टममा समाबेश गर्ने सक्ने जानकारी दिएको छ।
तर नेपाल सरकारको तर्फबाट भने अझै सम्पूर्ण प्रकिया पुरा भइ नसकेको कुरा कोरियाको लेबर मन्त्रालयले जानकारी दिएको छ। स्मरण रहोस् नेपाललाई १९९४ देखि ट्रेनिङ्ग भिसा दिएको थियो। सोही प्रणाली अनुसार नेपाली कामदारहरु ट्रेनिङ्ग प्रणालीबाट कोरिया भित्रिने क्रम जारी छ।
नेपालका साथै उज्बेक्किस्तान, काजकिस्तान लागयत थप अरु तीन देशलाई यो प्रणालीमा समाबेश गर्न लागिएको छ। यसभन्दा अगाडि पनि नेपाल ईपीएसको लागि प्रस्तावित थियो तर नेपाली नेता तथा मानव तस्करको कारणले खारेजीमा परेको थियो। आगामी सन् २००७ फेब्रुअरीदेखि कोरिया सरकारले नेपाललाई पनि इपीएस प्रणालीमा समाबेश अझै निश्चित भने भएको छैन।
देशको राजनीतिक उथलपुथल र अन्य विविध कारणले २००५ र २००६ को नेपालले पाएको प्रशिक्षार्थी कामदार कोटा अन्य मुलुकलाई दिएको थियो। हाल कोरियामा तीन लाखको हाराहरिमा आप्रबासी कामदार रही आएकाछन्। कोरियाको तेस्रो ठूलो पार्टी मिन्जु नो दोङ दाङले आप्रबासी कामदारलाई भिसा दिएर राख्नु पर्ने कुरामा जोड दिदै आइको छ।
कोरियाको संबिधानमा परिवर्तन नगरि संसदले दुई तिहाइ बहुमतले पारित गरे मात्र कानुन बमोजिम बिदेशी कामदारलाई त्यसरी भिसा दिन सकिन्छ। कोरियाको सबै भन्दा ठूलो पार्टी हान नारा पार्टीले बिदेशीलाई त्यसरी भिसा दिने कुराको बिरोध गर्दै आएको छ।
कोरियनहरु एक जाती एक अनुहार भन्ने कुरामा निष्ठावान रहेका छन्। यस नियमविरुद्ध दक्षिण कोरियाका विभिन्न मजदुर संघ संस्थाहरुले लगातार विभिन्न –यालीहरुको आयोजना गरी विरोध गर्दै आएका छन्। उनीहरुको माग इपीइस होइन वर्क परमिट लागू गर भन्ने रहेको छ। अवैधानिक रुपमा कोरियामा रहेका मजदुरहरु नेपाल फिर्ता गएमा इपीएस कोटाबाट विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ। त्यसैको कारण हाल धरपकड तीब्र भएको छ।
इपीएस प्रणाली के हो त?
इम्प्लोयमेन्ट पर्मिट सिस्टम (Employment Permit System) अर्थात इपीएस हो। दक्षिण कोरियामा अवैधानिक रुपमा रहेर काम गर्दै आएका प्रवासीहरुको संख्या बृद्धि भएका कारण ट्रेनिङ्ग भिसा खारेज गर्दै विदेशी कामदारहरुलाई काम दिने दक्षिण कोरिया सरकारले बनाएको एउटा नीति हो। यस नीतिअनुसार ३ बर्ष भन्दा कम समय कोरियामा रही वैधानिक रुपमा रहेका कामदारहरुलाई मालिकको जमानतमा थप २ बर्ष काम गर्न पाउने भिसा दिइने छ भने ३ बर्ष भन्दामाथि तर ४ बर्ष नपुगेका कामदारहरुका लागि श्रम तथा कानुन मन्त्रालयमा उजुरी दिई नेपाल फिर्ता गएमा र छ महिनाभित्र पुनः फिर्ता भएमा थप १ बर्षदेखि २ बर्ष वैधानिक रुपमा काम गर्ने सुविधा रहेको छ। कामदारको सिधै मालिकसँग सम्बन्ध रहने छ। कामदारले आफूलाई मन नपरेमा ५ पटकसम्म कम्पनी सार्न सक्ने छ। तर सो जानकारी श्रम मन्त्रालयमा तथा इमिग्रसनलाई जानकारी दिनु पर्ने छ।
यसैगरी अवैधानिक रुपमा कोरियामा रहेका मजदुरहरु नेपाल फिर्ता गएमा इपीएस कोटाबाट विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ। यसरी हेर्दा अब नेपालीको हकमा झनै समस्या पर्ने देखिन्छ। यसभन्दा अगाडि लुम्बिनीलेको डाइरेक्टर मिस्टर जोनले कोरियामा रहेका नेपालीलाई अधिकारै नपाई धरपकड गर्ने गरेको थियो। जस्मा केही उसका चाकर बाबुराम बजगाई लगायतका ४-६ जना मतियार संलग्न थिए।
भोलिका दिनमा पनि यस्ता मानव तस्कर फेरी मौलाएर नेपाली लाई दुःख दिने सम्भावना रहेको छ। स्मरण रहोस् पाकिस्तान र इन्डोनेशियाको इपीयस प्रणाली हालै खारेज गरिएको छ। कारण सरकारी घोटलाले गर्दा जानकारी हुन आएकोछ। नेपालको सम्बन्धमा पनि कसैले राल नचुहाए फरक पर्दैन।
Popularity: 21%
October 30th, 2006
सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम, अक्टोबर ३० -
सहारा क्लब, पोखराद्धारा संचालित सहारा एकेडेमीको सहयोगार्थ आयोजित देउसी भैलो कार्यक्रम ०६३ मा २ लाख ४१ हजार ५सय ९ रुपैया संकलन भएको छ।

संकलित रकम सहारा एकेडेमीमा आश्रित अनाथ असहाय वालकहरुको निम्ति खर्च गरिने क्लवका कोषाध्यक्ष तथा देउसी भैलो कार्यक्रमका संयोजक जयबहादुर गुरुङले जनाउनु भएको छ।
क्लवले गत ०६१ सालदेखि पोखरामा दक्ष एवं सक्षम फूटवल खेलाडी उत्पादन गर्ने उद्धेश्यले उक्त एकेडेमी संचालनमा ल्याएको हो। निरन्तर संचालित सो एकेडेमीका प्रशिक्षार्थीहरुलाई क्लबद्धारा उचित शिक्षा र आवासको वन्दोवास्त गर्दै आईरहेको छ। एकेडेमीलाई व्यवस्थित रुपमा संचालन गर्दा वाषिर्क रुपमा ९ लाख २५ हजार रुपैयाँ खर्च भएको छ।
यसरी ‘विसंगति र विकृतिबाट अलग रही संस्कृतिको जर्गेना गरौ’ भन्ने उद्धेश्यद्धारा अभिप्रेरित भई आयोजना गरिएको देउसी भैलो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने दाजुभाई दिदीवहिनी, यातायात व्यवसायी, व्यापारी, समाजसेवी, उद्योगपति लगायत सम्पूर्ण सहयोगी दाताहरुलाई आभार प्रकट गर्दै सहारा क्लब वसपार्क पोखराले धन्यवाद ज्ञापन गरेको छ।
Popularity: 21%
October 30th, 2006
एचकेनोपाल डट कम सम्वाददाता -
नेप्लिज डेमोक्रेटिक फोरम, बेल्जियमको बैठक प्रवास ग का इन्चार्ज भीम रावलको उपस्थितिमा फोरमका अध्यक्ष कृष्ण खतिवडाको अध्यक्षतामा बेल्जियमको गेण्ट शहरमा यही कात्तिक ११ गते सम्पन्न भयो।
बैठकले नाभेम्बर ४ मा हुने फोरमको प्रथम सम्मेलनको आयोजना तथा लोकतान्त्रिक गणतन्त्रका लागि जनअभियान कार्यक्रम संचालन गर्नेबारे महत्वपूर्ण्न निर्णय गरेको छ। गेण्टमा सम्पन्न बैठकलाई नै जनअभियानको आरम्भ मान्दै बैठकले लोकतान्त्रिक गणतन्त्रको लागि जनअभियानलाई सफल पार्ने निर्णय गरेको छ।
कात्तिक बाह्र गते बेल्जियमको लुभेन शहरमा भएको कार्यकर्ता भेला तथा लोकतान्त्रिक गणतन्त्रका लागि जनअभियान कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य भीम रावलले नेपालको समसामयिक स्थिति तथा पार्टीका धारणा एवं निर्णयबारे प्रष्ट पार्नु भएको थियो। त्यस्तै फोरमका अध्यक्ष कृष्ण खतिवडाले फोरमको उद्देश्य र सम्मेलनबारे प्रकाश पार्नुभएको थियो । तत्पश्चात् कार्यक्रमा व्यापक छलफल भएको थियो।
भोलीदेखि बेल्जियमका अन्य शहरहरु एण्टवेरपिन, गेण्ट, ओसटेण्डे, सेन्त्रादुन, ब्रुगे र ब्रुसेल्समा पनि जनअभियान कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ।
Popularity: 21%
October 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
तिहारअगाडि अनिश्चित कालका लागि स्थगित हुन पुगेको शीर्ष वार्ता गर्नका लागि तयारीस्वरुप द्विपक्षीय वार्ताहरु हुन थालेका छन्।
यसै क्रममा माअोवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री कोइरालाबीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटवार्ताका बेला के-के विषयमा कुराकानी भयो भन्ने विषयमा जानकारी गोप्य राखिएको छ। आगामी शीर्षवार्ताको तयारीका लागि छलफल भएको बताइएको छ।
बालुवाटारमा प्रचण्डभन्दा अगाडि भारतीय राजदूतले प्रधानमन्त्रीलाई भेटेका थिए।
प्रधानमन्त्री कोइरालाले आफू राजधानी फर्किनेबित्तिकै आइतबारसम्ममा शीर्षवार्ता हुने भनी भनेका भए पनि अहिलेसम्म वार्ताको तिथिको टुंगो लागेको छैन।
विभिन्न दलका नेताहरुबीच शीर्ष वार्ताका लागि भेटवार्ताको क्रम आज पनि जारी रहने थाहा भएको छ।
Popularity: 21%
October 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
बाँके जिल्लाका बाढीपीडित क्षेत्र गङ्गापुर र फत्तेपुरमा गत एक हप्तादेखि फैलिएको अज्ञात रोगका कारण १२ जनाको मृत्यु हुनुका साथै सयौं व्यक्ति प्रभावित भएका छन् ।
एक्कासी ज्वरो आउने, काम्ने र बेहोस हुने लक्षणको उक्त रोगलाई औलोरोग आशङ्का गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार उक्त रोगको निक्र्योलसहित उपचारका लागि एक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पठाइएको छ ।
अज्ञात रोगका कारण गङ्गापुर वडा नं. ८ मा तीनजना, वडा नं.२ मा तीनजना, वडा नं. ७ मा एक जना र फत्तेपुरका पिप्रवहा र झगदियामा पाँचजनाको मृत्युभएको छ भने करिब १५० जनाभन्दा बढी प्रभावित भएको गङ्गापुर उपस्वास्थ्यचौकीले जनाएको छ।
त्यस क्षेत्रका जनताको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण विरामीहरुको आफै उपचार गराउन सक्ने स्थिति नभएको बताइएको छ ।
Popularity: 21%
October 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
तातोपानी भन्सार नाकाबाट चिनियाँ पक्षले स्याउबाहेक अन्य सामान ल्याउन नदिएको आरोप लगाउँदै अरनिको रुट ट्रक इकाई समितिले हिजो बिहानदेखि चक्काजाम गरेको छ।
दैनिक ४०/५० वटा कन्टेनरले सामान ल्याउने गरेको सो नाकामा पाँचवटा कार्यालयले चिनियाँ स्याउबाहेक अन्य सामान ल्याउन स्वीकृत नदिएपछि ट्रक व्यवसायीहरू विरोधमा उत्रेको बताइएको छ।
उक्त कार्यालयले पटक-पटक नेपाली व्यापारीलाई दुःख दिने गरेकाले चिनियाँ दूतावासमा व्यापारीहरूको एक प्रतिनिधिमण्डलले कुराकानी गरेपछि टुङ्गोमा पुग्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खत्रीले बताउनुभयो ।
Popularity: 21%
October 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
माअोवादीले युद्धविराम अवधिलाई अर्को तीन महिना थप गर्ने निर्णय गरेको छ। जनआन्दोलन २ का अगाडि राजा ज्ञानेन्द्र झुकेपछि माअोवादीले पहिलो पटक तीन महिनाका लागि गरेको युध्दविरामलाई यस पटक दोस्रो चोटी म्याद थपिएको हो।
अध्यक्ष प्रचण्डद्वारा हिजो जारी प्रेस वक्तव्यमा वार्तालाई सकारात्मक निष्कर्षमा पुर्याई यथाशिघ्र संविधानसभाको निर्वाचनको मिति तोक्न सहज वातावरण निर्माण गर्ने उद्देश्यले युद्धविरामको अवधि थप गरिएको जनाइएको छ ।
नेकपा (माओवादी)ले नेपाली जनताका शान्ति, लोकतन्त्र र अग्रगमणको आकांक्षा तथा गत ऐतिहासिक जनआन्दोलनको मर्म र भावनाअनुसार वार्ता सफल भई छिट्टै देश संविधानसभाको निर्वाचन प्रक्रियामा प्रवेश गर्ने अपेक्षासहित आफ्नो तर्फाट यथासम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
वक्तव्यमा सात दलको सरकार र आफ्नो पार्टीबीच वार्ता चलिरहेको र वार्ता प्रक्रिया सकारात्मक ढङ्गले अगाडि बढिरहे पनि अन्तिम निष्कर्षमा पुगिनसकेको उल्लेख गरिएको छ ।
Popularity: 21%
October 30th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वामदेव गौतमले नेपालका राजाहरू कहिले पनि संवैधानिक नभएको बताउँदै राजाको स्थानका बारेमा वकालत गरेर पछाडि फर्कनुभन्दा मुलुकको दीर्घकालीन विकासका बारेमा अवधारणा बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पुरानो युग र संरचनाको अन्त्य नभएसम्म नयाँयुगको सूत्रपात हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।
उपप्रधानमन्त्री अमिक शेरचनले माओवादी र सरकारबीचको वार्ता सकारात्मक दिशामा उन्मुख भएकाले माओवादीहरूसँग कुनै प्रकारको शङ्का/उपशङ्का गर्न नपर्ने बताउनुभएको छ।
उपप्रधानमन्त्री शेरचनले पार्टीले दलगत र व्यक्तिगत स्वार्थ त्यागेमा वार्ता निश्चित रूपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो।
Popularity: 21%
October 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाली काङ्ग्रेसका महामन्त्री रामचन्द्र पौडेलले देशका प्रजातान्त्रिक दलहरू आ-आफ्नो ढङ्गले गणतन्त्रमा पुग्ने कोसिस गर्नसक्छन् भन्दै यसका लागि गणतान्त्रिक मोर्चामै आबद्ध हुन आवश्यक नरहेको बताउनुभएको छ।
प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले हालै गणतान्त्रिक मोर्चामा आफ्नो पार्टी सामेल हुन नसक्ने धारणा सार्वजनिक गरेलगत्तै महामन्त्री पौडेलको सो अभिव्यक्ति आएको हो।
बेलायतमा हालै आयोजित गैरआवासीय नेपालीहरूको सम्मेलनमा भाग लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै उहाँले यस्तो गणतान्त्रिक मोर्चाबाट अलग्गिँदैमा नेपाली काङ्ग्रेसको छविमा नकारात्मक असर पर्छ भन्नु निराधार हो भन्नुभयो ।
Popularity: 21%
October 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको मोटरसाइकल र डुम्रेबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस हिजो पृथ्वी राजमार्गको बन्दीपुर गाविस- १ को नाहाला भन्ने ठाउँमा ठोक्किँदा मोटरसाइकलमा यात्रा गरिरहेका दुई इजरायली नागरिक गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी बा.१९प ७५८३ नं. को मोटरसाइकलका चालक एटलस नती र पछाडि बस्ने सुश्री इला इनबेल रहेको प्रहरीले जनाएको छ।
घाइते दुवैजनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ग.१ज ३२८३ नं.को माइक्रोबसका चालक भने फरार रहेकाले उनलाई प्रहरीले खोजी गरिरहेको छ।
Popularity: 21%
October 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
हिजो बिहान सल्यानको बाङ्गे लाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा. १ ख १८५ नं.को यात्रुवाहक बस सल्यान जिल्ला त्रिवेणी गाविसस्थित भन्टा खोला भन्ने स्थानमा दुर्घटना हुँदा मर्नेको संख्या कम्तीमा ४२ जना पुगेको छ।
सो दुर्घटनामा परी ३५ जना घाइते भएका छन्।
मृतकहरूमध्ये २९ जनाको घटनास्थलमा, ११ जनाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा र दुई जनाको महेन्द्र अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस उकालो बाटोमा चढ्दा ब्रेक फेल भएपछि सडकबाट करिब २५० मिटर तल शारदा नदीको किनारामा खसी सो दुर्घटना भएको हो।
दुर्घटनाको खबर पाएपछि स्थानीय जनता तथा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णश्याम बुढाथोकी, सुबुजगण सिमखर्क सल्यानका प्रमुख दिलीप सिंह, जिल्ला प्रहरी कार्यालय सल्यानका डि.एस.पी. रोबहबहादुर बस्नेतसहितको नेतृत्वमा गएको टोलीले पीडितहरूको उद्धार गरेका थिए ।
त्यस्तै नेकपा (माओवादी)को जनसेना, दाङको तुलसीपुरबाट गएका व्यक्तिहरू, व्यवसायी र तुलसीपुरबाट नै गएका सुरक्षाकर्मीहरू पनि उद्धारमा संलग्न भएका थिए ।
मृत्यु हुनेमा तिहार मनाउन बाहिरबाट आएका विद्यार्थी, महिला, बालबालिकालगायतका छन्।
यसैबीच दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका छन् ।
Popularity: 21%
October 29th, 2006
राप्के लामा, दक्षिण कोरिया / एचकेनेपाल डट कम, अक्टोबर २८ -
आउंदो २००७ बाट नेपाली कामदारहरु इपिएस (EPS- Employment Permit System) प्रणालीबाट द. कोरिया भित्रिने प्राय निश्चित भएको छ। यो प्रणाली अघि नेपाली कामदारहरु ट्रेनिङ्ग प्रणालीबाट कोरिया भित्रिने क्रम जारी थियो।
देशको राजनैतिक उथलपुथल र अन्य विविध कारण २००५ र २००६ को नेपालको कोटा अन्य मुलुकलाई दिएको थियो भने आउने २००७ को शुरुवातसंगै कोरिया सरकारले नेपाल सरकारलाई इपिएस दिने निश्चित भएको जानकारी नेपाली जनसर्म्पर्क समिति दक्षिण कोरियाका महामन्त्री भूपेन्द्र आचार्यले श्रम तथा यातायात ब्यवस्था राज्य मन्त्री रमेश लेखकसंगको टेलिफोन अन्तर्वाताबाट प्राप्त भएको बताउनु भएको छ।
यो प्रकृया लागू भएपछि नेपाली कामदार कसरी द. कोरिया भित्रिने हुन् त भन्ने प्रश्नको जवाफमा मन्त्री लेखकको र भूपेन्द्र आचार्यको टेलिफोनको कुराकानीबाट प्राप्त जानकारी अनुसार “यो प्रणाली अर्न्तर्गत नेपाली कामदारहरु नेपाल सरकार आफैले पठाउने छ र यसको तयारीको लागि नेपाल सरकार र कोरिया सरकारबीच पत्राचार लगायत अन्य आवश्यक कार्यहरु समेत अन्तिम चरणमा पुगीसकेको” भन्ने जानकारी गराउनु भयो।
नेपालले इपिएस प्राप्त गरेपछि आउने कामदारहरुलाई कसले कसरी ब्यवस्थित गर्ने छ त भन्ने प्रश्नमा मन्त्री लेखकको भनाइ थियो “यस सम्बन्धमा यहां रहेका नेपालीहरुसंग छलफल गरी एउटा आधिकारीक संस्था राख्ने सोच रहेको छ।” आशा गरौं नेपाल इपिएस प्रणालीमा चांडै परोस् हाम्रो शुभ कामना।
EPS के हो ?
EPS को पूरा अर्थ Employment Permit System हो। दक्षिण कोरियामा अवैधानिक रुपमा रहेर काम गर्दै आएका प्रवासीहरुको संख्या बृद्धि भएका कारण ट्रेनिङ्ग भिसा खारेज गर्दै विदेशी कामदारहरुलाई काम दिने द. कोरिया सरकारले बनाएको एउटा निती हो।
यस निती अनुसार ३ बर्षभन्दा कम समय कोरियामा रही अवैधानिक रुपमा रहेका कामदारहरुलाई मालिकको जमानतमा थप २ बर्षकाम गर्न पाउने भिसा दिइने छ भने ३ बर्षभन्दा माथी तर ४ बर्षनपुगेका कामदारहरुका लागि श्रम तथा कानुन मन्त्रालयमा उजुरी दिई नेपाल फिर्ता गएमा र तीन महिना भित्र पुनः फिर्ता भएमा थप १ बर्षदेखि २ बर्षबैधानिक रुपमा काम गर्ने सुविधा रहेको छ। यसैगरि ४ बर्षअवैधानिक रुपमा कोरियामा रहेका मजदुरहरु नेपाल फिर्ता गएमा इपिएस कोटाबाट विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ।
यस नियम विरुद्ध द. कोरियाका विभिन्न मजदुर संघ संस्थाहरुले लगातार विभिन्न र्यालीहरुको आयोजना गरी विरोध गर्दै आएका छन्। उनीहरुको माग EPS होईन Work Permit लागू गर भन्ने रहेको छ।
Popularity: 21%
October 29th, 2006
एचकेनेपाल डट कम सम्वाददाता, अक्टोबर २९ -
पोखरा, बेलाबेलामा बिभिन्न किसिमको कार्यक्रमहरु आयोजना गदै आएको विश्व कै उत्कृष्ठ १० रिसोटभित्र पर्न सफल फूलबारी रिसोट होटेलले शनिबार राति एउटा हराई सकेको फेशनलाई सम्झदै ‘हिप्पीनाइट’ को आयोजना गर्यो।
.jpg)
करिव ८० जना बिदेशी तथा नेपालीहरुले भाग लिएको उक्त कार्यक्रममा हिप्पी भेषभुषामा सजिएका बेटर तथा स्वागत द्वारमा जोगीहरु राखी पाउनाहरुलाई स्वागत गरेका थिए। बेलुकी करिव ८ बजे सुरु भएको हिप्पी नाइट कार्यक्रम १२ बजे रातिसम्म चलेको थियो।
.jpg)
देशमा हाल शान्तिआएपछि फूलबारी होटेलमा रौनक छाएको छ। पोखरामा पर्यटक बढाउन बिशेष किसिमका कार्यक्रमहरु आयोजना गर्दै जाने रिसोटका सेल्स मेनेजर सन्जीब बानियाले बताउनु भयो।
फोटोः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
.jpg)
.jpg)
Popularity: 21%
October 29th, 2006
एचकेनेपाल डट कम, अक्टोबर २८ -
हाउराकी १४ बर्षीया संचिताले भारतीय बाल प्रतिभाहरुको बहुचर्चित संगीत प्रतियोगिता सारेगामप लिल च्याम्प्सको उपाधि जितिन्। उनले भारतका विभिन्न भागबाट ४५ लाख भन्दा बढी पव्लिक भोट प्राप्त गरेर उक्त उपाधि जितेकी हुन्। (more…)
Popularity: 21%
October 29th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
तिहार मनाउन गृहनगर विराटनगर पुग्नुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आज राजधानी फर्किनुभएको छ।
राजधानी फर्किनुअघि सञ्चारकर्मीहरुसितको कुराकानीमा प्रधानमन्त्री कोइरालाले आफू फर्किनेबित्तिकै माअोवादीसितको शीर्ष वार्ता सुरु हुने बताउनु भएको थियो।
उहाँले शनिबार वा आइतबार वार्ता हुन सक्ने बताउनु भए पनि अहिलेसम्म वार्ताको तिथि यकिन भने भइसकेको छैन।
Popularity: 21%
October 28th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा मृत्यु भएकी मोरङ उर्लाबारीकी अनिता तामाङको परिवारलाई रू. एक लाख एक सहयोग प्रदान गरिएको छ।
ऐक्यबद्धता मासिक पत्रिकाद्वारा आयोजित कार्यक्रममा नेपाली कामदार सहयोग मञ्च इजरायलद्वारा जुटाइएको सो रकमको चेक मृतककी आमा ओमकुमारी र छोरा ग्याल्छेन तामाङलाई हस्तान्तरण गरियो।
हाइ हिमालयन म्यानपावर कम्पनीमार्फ इजरायलको आस्केलोनमा घरेलु कामदारका रूपमा गएकी अनिता त्यहाँ पुगेको २६औँ दिनमा गत जेठ २६ गते झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन्।
त्रिविबाट प्रमाणपत्र तह र कम्प्युटरमा डिप्लोमा उत्तीर्ण गरेकी अनितालाई रोजगारदाता कम्पनीले मासिक रू. ६० हजार पाउने आश्वासन सहित त्यहाँ पुर्याएको थियो।
उनका श्रीमान् धनबहादुर तामाङ छोरा साउदी अरबमा काम गरिरहेका छन्।
Popularity: 21%
October 28th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
चन्दा सङ्कलन घटेपछि माओवादी कार्यकर्ता तहमा मोबाइल टेलिफोन प्रयोगमा व्यापक कटौती गर्नुपरेको दावी गरिएको छ।
जनमिलिसिया, जनसेना र राजनीतिक फाँटका सबैले प्रयोग गर्दै आएका मोबाइल टेलिफोन खर्चले धान्न छाडेपछि बाध्य भएर कटौती गर्नुपरेको माओवादी पूर्वी कमान्ड प्रथम डिभिजन सम्पर्क कार्यालय सलकपुर मोरङका कमान्डर पर्वानालाई उदधृत गर्दै प्राप्त समाचार बताइएको छ। बताएका छन्र।
पहिले बन्दुकको त्रासमा पर्याप्त चन्दा उठेको र पार्टी सञ्चालनमा कुनै गार्हो नपरेको भए पनि अहिले खुल्ला परिवेशमा चन्दा उठ्न छाडेपछि आफ्ना जनशक्ति पाल्न धौधौ परेकाले धेरै खर्चालु मोबाइल टेलिफोन प्रयोगमा नल्याउने नीति लिइएको उनले जानकारी दिएका छन्।
युद्धमैदानमा रहँदा पूर्वी नेपालमा प्रयोगमा रहेको दुइ थान ‘स्याटलाइट’ फोन पनि खर्चालु भएकै कारण प्रयोगमा नरहेको जानकारी दिँदै कमान्डर पर्वानाले माओवादीले आफ्नै सक्रियतामा सञ्चालित पाँच सेट इन्टरकम टेलिफोन मेची कोशीमा प्रयोग गरिरहेको सरकारी सञ्चार राससलाई बताएका छन्।
Popularity: 21%
October 28th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
मुस्ताङ जिल्लाको मुक्तिनाथबाट थोराङतर्फजाने क्रममा हिमपहिरोमा परी स्विट्जरल्यान्डका एक नागरिकको मृत्यु भएको छ।
स्थानीय प्रहरीले जनाए अनुसार २९ वर्षीय थोमस नाइल्सको मृत्यु भएको हो।
सो पहिरोमा परी अर्का स्विस नागरिक नाइल्स एलेन, सोलुखुम्बुका शेरजम्बु शेर्पा र कान्छानुरु शेर्पा घाइते भएका छन्।
उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याएको छ।
Popularity: 21%
October 28th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा माओवादीले गरेको तीन महिने युध्दविरामको म्याद भोलि आइतबारदेखि सकिँदैछ। शान्तिवार्ता निचोडमा पुगिनसकेको तर पनि वार्ताको टेबुल छाड्ने कसैको पनि स्थिति नरहेकोले आजभोलि भित्रमा माओवादीबाट युध्दविरामको म्याद थपिएको वक्तव्य आउने आशा गरिएको छ।
माअोवादीले पहिलो पटक युध्दविराम वैशाख ११ को परिवर्तन लगत्तै सरकारले भन्दा पहिले गरेको थियो। उक्त तीन महिने युध्दविरामको म्याद सकिएपछि पुनः थप तीन महिनाको लागि युध्दविरामको म्याद थपिएकोमा सो म्याद भोलि सकिन लागेको हो।
शान्तिकामी जनताले सदाका लागि युध्दविरामको घोषणा होस् भन्ने चाहेका भए पनि म्यादी युध्दविराम यस पटक पनि हुने निश्चित देखिएको छ। यस पटकको वक्तव्यमा सात दलका यथास्थितिवादी, दरबारिया र विदेशी षडयन्त्रका विरुध्दमा कडा शब्द प्रयोग हुने अनुमान गरिएको छ।
Popularity: 21%
October 28th, 2006
Previous Posts