Archive for October 14th, 2006
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
माओवादी केन्द्रीय सदस्यहरु तथा माओवादी सेनाका उच्च नेताहरुबीच राजधानीमा बिहानदेखि नै अनौपचारिक छलफल भैरहेको छ।
सातदल र माओवादीबीच भोलि हुन गैरहेको शिखर वार्तालाई केन्द्रबिन्दु बनाई व्यापकरूपमा छलफल भैरहेको माओवादी स्रोतले जनाएको छ।
शिखर वार्तामा अन्तरिम संबिधान र माओवादी हतियार व्यवस्थापनको विषयमा महत्वपूर्ण निर्णय हुने भएकोले यसभन्दा अघि माओवादी उच्च नेताहरुबीच व्यापक छलफल हुन गैरहेको बताइन्छ।
छलफलमा भाग लिन माओवादीका केन्द्रीय सदस्यहरु र माओवादी सेनाका उच्च नेताहरु देशका विभिन्न भागबाट हिजो काठमाडौं आईपुगेका थिए।
त्यसै गरी भोलि हुने शिखर बैठकको तयारीका लागि सातदलका नेताहरुबीच गृहकार्य भैरहेको जनाएको छ।
Popularity: 21%
October 14th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रोफेसनल मोडलका रुपमा रहेकी उषा रजकले हिजो काठमाडौंमा भएको मिस युनिभर्सिटी नेपाल उपाधि जित्न सफल भएकी छिन्।
एक दिनका लागि प्रधानमन्त्री बनाइयो भने के गर्नु हुन्छ भन्ने जजको प्रश्नको जवाफमा उनले महिला शशक्तिकरणका विभिन्न काम गर्ने कुरा बताएकी थिइन्। त्यही जवाफले उनलाई बाँकी २६ जनालाई उछिन्दै आगामी नोभेम्बर ९ मा कोरियामा हुने मिस युनिभर्सिटीमा नेपालको प्रतिनिधित्व गर्ने मौका दियो।

उपाधिको घोषणा गर्दा उषा छक्क परेकी थिइन्। उनले मञ्चमै ‘आई एम शक्ड’ भनेको जस्तो देखिएको थियो।
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित यो सौन्दर्य प्रतियोगितालाई अरु सौन्दर्य प्रतियोगिताभन्दा फरक देखाउने कोशिश गरिएको थियो। यसका पहिरनदेखि लिएर अन्य सबैमा अरु प्रतियोगितामा जस्तो नाङ्गो शरीर देखाइएको थिएन।
Popularity: 21%
October 14th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
सत्र वर्षमुनिका खेलाडी सम्मिलित नेपाली टोली सुब्रतो मुखर्जी कप हात पार्न सफल भएको छ ।
प्रतियोगिताअन्तर्गत भारतको राजधानी नयाँदिल्लीस्थित अम्बेडकर रङ्गशालामा हिजो भएको अन्तिम खेलमा त्रिपुराको टोलीलाई शून्यका विरुद्ध पाँच गोल गरी प्रतियोगितामा सहभागी काठमाडौँको नोबेल एकेडेमी टोलीले उक्त उपाधि जितेको हो ।
नेपाली टोलीका लागि चेतन घिमिरेले 2 तथा भरत खवास, निराजन मल्ल र रोशन कार्कीले एक-एक गोल गरेका थिए ।
यो उपाधिसँगै नेपाली टोलीले ५० हजार भारतीय रुपैयाँको नगद पुरस्कार पनि प्राप्त गरेको छ ।
Popularity: 20%
October 14th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
चार वर्षअघि एकीकृत भएको जनमोर्चा नेपाल फेरि विभाजन भएको छ।
वि.सं.२०५९ असार २६ गते राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चाबीच एकता भई जनमोर्चा नेपाल गठन भएको थियो ।
जनमोर्चा नेपालका नेता चित्रबहादुरको अध्यक्षतामा बसेको भेलाले ३८ सदस्यीय जनमोर्चा नेपाल पार्टी स्थापना भएको घोषणा गरेको छ ।
उक्त पार्टीको उपाध्यक्षमा सांसद परि थापा हुनुहुन्छ ।
सो पार्टी अर्का नेता चित्रबहादुर केसीले बुटवलमा आयोजित एक भेलाबाट आफू अमिक शेरचनले नेतृत्व गर्नुभएको जनमोर्चा पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो ।
Popularity: 20%
October 14th, 2006