Archive for December 6th, 2006
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता-
गत शनिबारदेखि केही नखाइकन ९ फिट गहिरो खाडलभित्र मनोक्रान्ति योगसाधनामा तल्लीन एक युवतीलाई हेर्न मान्छेको घुइचो लागेको समाचार प्राप्त भएको छ।
समाचार स्रोतका अनुसार सिन्धुलीकी २३ बर्षीया सुधा देवकोटाले ललितपुर गोदावरी गाविस - ८ स्थित किटिनीको जंगलमा निराहार जमिनमुनि साधनारत छिन्।
३ दिनको लागि भनेर ९ फिट गहिर्राई र ९ फिट चौडाइ भएको जमिनमुनि मनोक्रान्ति साधनाको लागि पसेको भए पनि साधना सफल भएको कारण उनको साधना लम्बिएको बताइन्छ।
स्रोतका अनुसार सुधा देवकोटाको नाम परिवर्तन गरी एयोनी श्री गम राखिएको छ। उनले साधना गरिएको जमिनमुनिको खाडलमा श्वास फेर्न पनि कठिन हुने अवस्था रहेको बताइन्छ। योगी विकासानन्दकी चेली रहेकी देवकोटाले थप १४/१५ दिन साधना गर्ने जानकारी दिएको बताइन्छ।
देवाकोटा एनी पद्धतिको पेट सफाइ पद्धति अपनाएर माटोमुनि प्रवेश गरेको बताइन्छ। ९ फिट गहिरो खाडलमा जस्तापाताले छोपेर त्यसमाथि माटोले छोपेको उक्त खाडलभित्र साधनारत देवकोटाको स्थिती पहिचानको लागि सङ्केतको घण्टी र डोरीको व्यवस्था गरिएको बताइन्छ।
Popularity: 23%
December 6th, 2006
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता-
५० थान मानव खप्पर र १० थान खुट्टाको हाडसहित तस्करीमा संलग्न २ जनालाई प्रहरीले प्रकाउ गरी थप अनुसन्धान शुरु गरेको छ।
समाचार स्रोतका अनुसार ताप्लेजुङ जिल्ला तेलुकोट गाविस - ३ का २४ बर्षीय बीरबहादुर लिम्बु र खेउडा - ७ का ३७ बर्षीय टीका अधिकारीलाई प्रहरीले वीरगञ्ज उपनगरपालिकास्थित नयाँ बस पार्कबाट हिजो राति प्रकाउ गरेको हो।
मानव खप्पर र खुट्टाको हाड झोलामा हालि काठमाडौंतर्फ लान खोजिरहेको अवस्थामा प्रहरीले प्रकाउ गरेका थिए। प्रहरी समक्ष दिएको बयानमा उनीहरुले ती मानव खप्पर र खुट्टाका हाड भारतको पटनाबाट लिएर आएको बताएका छन्।
Popularity: 22%
December 6th, 2006
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता-
बेलायत सरकारले गोर्खा भर्तीबारे गरेको सोधपुछको जवाफमा नेपाल सरकारले पत्र पठाएको जानकारी प्राप्त भएको छ।
बेलायतले गोर्खा भर्तीलाई कायम गर्ने कि नगर्ने भन्ने विषयमा सोधेको प्रश्नको जवाफमा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले उक्त पत्र पठाएको हो।
समाचार स्रोतका अनुसार यो राजनीतिक निर्णय भएकोले यस सम्बन्धमा नेपाल सरकारले स्पष्ट जानकारी नदिइए पनि गोर्खा भर्तीलाई थप व्यवस्थित गरिनु पर्ने मागसहित पत्रको जवाफ पठाएको जनाएको छ।
गोर्खा भर्तीमा पुरुषलाई मात्र लिदैं आएकोमा अबदेखि गोर्खा महिलालाई पनि समावेश गरिने प्रस्ताव बेलायत सरकारले राखेको समेत जनाएको छ। गोर्खा महिलालाई भर्ती लिने प्रस्तावको नेपाल सरकारले हार्दिक स्वागत गरे पनि यसबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
Popularity: 22%
December 6th, 2006
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता-
नेपालका लागि विभिन्न देशमा राजदूत भएर जानेहरुले आकर्षक तलव भत्ता पाउने भए पनि कुनै देशमा भने त्यहाँको मंहगी र सुविधालाई थाम्न नसकिने गरी पनि तलवभत्ता दिंदै आएको छ। तल उल्लेख गरिएको तलवको आधारमा हेर्ने हो भने केही राजदूत तथा महावाणिज्यदूतलाई असमान किसिमले तलव दिइएको देखाइएको छ।
समाचारपत्रले परराष्ट्र मन्त्रालयको स्रोतलाई उदृत गर्दै दिइएको राजदूतहरुको मासिक तलव सूची -
जापान
५,७०० डलर (नेरु करिब ४ लाख ६ हजार १ सय २५)
भारत
१,५७५ डलर (नेरु १ लाख १२ हजार २ सय १८)
बंगलादेश
१,५७५ डलर (नेरु १ लाख १२ हजार २ सय १८)
पाकिस्तान
१,५७५ डलर (नेरु १ लाख १२ हजार २ सय १८)
म्यान्मार
१,५७५ डलर (नेरु १ लाख १२ हजार २ सय १८)
थाइल्यान्ड
१,८१५ डलर (नेरु १ लाख २९ हजार ३ सय १८)
चीन
१,८१५ डलर (नेरु १ लाख २९ हजार ३ सय १८)
इजिप्ट
२,००० डलर (नेरु १ लाख ४२ हजार ५ सय)
साउदी अरेविया
२,०७० डलर (नेरु १ लाख ४७ हजार ४ सय ८७)
अमेरिका (न्यूयोर्क)
२,२०० डलर (नेरु १ लाख ५६ हजार ७ सय ५०)
रूस
१,८७० डलर (नेरु १ लाख ३३ हजार २ सय ३७)
बेलायत
१,३९० पाउन्ड (नेरु १ लाख ९५ हजार ८ सय ५१)
स्वीजरल्यान्ड
२५३५ स्वीस फय्रांक (नेरु १ लाख ५१ हजार ३५)
फ्रान्स
१२,७०५ फ्रेन्च फय्रांक (झन्डै डेढ लाख)
महावाणिज्यदूतको तलब
कोलकाता
१,१२५ डलर (नेरु ८० हजार १ सय ५७)
ल्हासा
१,०८५ डलर (नेरु ७७ हजार ३ सय ६)
हङकङ
१,१०० डलर (नेरु ७८ हजार ३ सय ७५)
स्रोतः परराष्ट्र मन्त्रालय
Popularity: 22%
December 6th, 2006
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता-
माओवादीले आफ्नो कब्जामा रहेका नुवाकोट जिल्लाको रसुवा उच्च माबिका प्रधानाध्यापक तिरबहादुर गुरुङलाई १० लाख रुपैया बुझाउने शर्तमा रिहा गरेको छ।
माओवादीले प्रधानाध्यापक गुरुङलाई बिद्यालय भवन निर्माणमा आर्थिक अनियमितता गरेको र कामदारालाई ज्याला नदिएको आरोपमा आफ्नो कब्जामा लिएको दाबी गरेको छ।
१० लाख ३९ हजार रुपैया बुझाउने र कामदारलाई ज्याला दिने शर्तमा गुरुङलाई माओवादीले मुक्त गरेको उत्तरगया युनिक क्लवका ठाकुरप्रसाद लामिछानेले बताएका छन्।
Popularity: 22%
December 6th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ नेपालमा चलिरहेको जनमुक्ति आन्दोलनलाई सहयोग र समर्थन जुटाउनमा युरोपमा रहेका नेपालीद्वारा संयुक्त नेपाली मोर्चा गठन गरेको छ।
मोर्चाद्वारा प्रेसित विज्ञप्ति अनुसार - नेपाली सामान्तवादी राज्यसत्ताको अन्त्य गरी , लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ नेपालमा चलिरहेको जनमूक्ति आन्दोलनलाई सहयोग र र्समर्थन गरिरहेका, विदेशमा रहेका नेपालीहरुको समस्याहरुलाई हल गर्नको लागि निरन्तर संघर्षरत, नेपाली मुक्तिकामी आन्दोलनमा ऐकवद्धता जाहेर गर्ने तथा विश्व साम्राज्यवादका विरुद्ध संघर्षरत विभिन्न पार्टी तथा संगठनहरुसंग हातेमालो गर्दै संघर्षरत यूरोपस्थित विभिन्न प्रगतिशील नेपाली संगठनहरुलाई संयोजन गर्दै र आन्दोलनमा एकाकार बनाउदै क्रियासिल भैरहेको संयुक्त नेपाली मोर्चा, युरोपको प्रथम केन्द्रिय सम्मेलन यही डिसेम्बर १० र ११ २००६मा जर्मनीको फ्रयाडर्फटमा हुन गैरहेको छ।
नयां विश्व निर्माण आजको आवश्यकताः नेपालको लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा हाम्रो ऐक्यवद्धता लाई मुल नारा बनाउंदै युरोपमा रहेका नेपालीहरुलाई लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनको दिशामा उठाउने मर्ममा सम्पन्न हुन गइरहेको यस सम्मेलनलाई भव्यताका साथ सफल पार्न विभिन्न देशबाट प्रतिनिधित्व रहनेगरी विष्णु भुजेलको संयोजकत्वमा २७ सदस्यीय सम्मेलन मुल आयोजक समिति तथा व्यवस्थापन, आर्थिक, राजनैतिक तथा विधान मस्यौदा तथा प्रचारप्रसार उपसमिति समेत निर्माण गरिएको छ। जसको विवरण यसप्रकार छ।
सम्मेलन मुल आयोजक समिति
कर्ण शाही, यू के
रण व के सी, यू के
वासु मिश्रा , यू के
अशोक घले, फा्रन्स
सन्तोष गजुरेल, फ्रान्स
उज्ज्वल अर्याल, फ्रान्स
अशोक चौलागाई, स्वीट्जरल्याण्ड
विप्लव, स्वीट्जरल्याण्ड
कृष्ण अर्याल, नर्वे
तुलशी अंगाईं, नेदरल्याण्ड
के वी थापा, स्पेन
डिल्ली अमगाईं, पोर्चुगल
नविन सापकोटा, बेल्जियम
राम गुरुङ, वेल्जियम
शुरेन्द्र भुसाल, वेल्जियम
कृष्ण तिवारी, वेल्जियम
दधिराज घिमिरे, वेल्जियम
गम गुरुङ, वेल्जियम
प्रभाकर शर्मा, जर्मनी
विनोद तिवारी, जर्मनी
विनोद कार्की, जर्मनी
शरोजा थापा, जर्मनी
बाबुराम खतिवडा, इटाली
देव गुरुङ, इटाली
केहरसिंह तामाङ, इटाली
१ व्यबस्थापन समिति
संयोजकः विनोद कार्की , जर्मनी
प्रभाकर शर्मा, जर्मनी
विनोद तिवारी, जर्मनी
शरोजा थापा, जर्मनी
नवीन साप्कोटा, वेल्जियम
२ प्रचार प्रसार समिति
संयोजकः राम गुरुङ, वेल्जियम
विनोद तिवारी, जर्मनी
कर्ण व शाही, यू के
अशोक घले , फ्रान्स
अशोक चौलागाईं, स्वीट्जरल्याण्ड
देव गुरुङ, इटाली
३आर्थिक समितिः
संयोजकः विष्णु भुजेल, वेल्जियम
कृष्ण प्रसाद अर्याल, नर्वे
सन्तोष गजुरेल, फ्रान्स
रण व के सी, यूके
विप्लव, स्वीट्जरल्याण्ड
कृष्ण तिवारी, वेल्जियम
प्रभाकर शर्मा, जर्मनी
४ राजनैतिक प्रतिवेदन तथा विधान मस्यौदा समिति
संयोजकः नवीन साप्कोटा, वेल्जियम
शुरेन्द्र भुसाल, वेल्जियम
विष्णु भुजेल, वेल्जियम
विनोद तिवारी, जर्मनी
कर्ण व शाही, यू के
कृष्णप्रसाद अर्याल, नर्वे
विष्णु भुजेल
संयोजक
संयूक्त नेपाली मोर्चा यूरोप
Popularity: 22%
December 6th, 2006