Archive for December 16th, 2006
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
मन्त्री परिषदको शुक्रबार बसेको बैठकले नयाँ निसाना छापलाई स्वीकृति प्रदान गरिसकेको छ भने प्रस्तावित राष्ट्रिय गानको बिषयमा भने निर्णय गरी सकेको छैन।
समाचार स्रोतको अनुसार नयाँ निसाना छापमा सगरमाथा हिमालमाथि नेपालको झण्डा रहेको छ। त्यसको तल क्रमशः पहाड, नेपालको नक्शा र तराई मैदान छ। पुरुष र महिलाले हात मिलाएको चित्र, धानको बाला र लाली गुराँस फूल अंकित छन्।
नयाँ निसाना छाप नवीन्द्रमान राजभण्डारी, हिमालय गौतम र कृष्ण श्रेष्ठले संयुक्त रुपले तयार पारेका हुन्।
गृहमन्त्रालयका सहसचिव हरि नेपालको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदललाई प्राप्त ३० वटा छापमध्ये यसलाई चयन गरिएको हो। कार्यदलका सदस्यमा पर्यटन मन्त्रालयका दिनेशहरि अधिकारी, किरण मानन्धर, मोहननरसिंह राणा तथा राधेश्याम मुल्मी थिए। कार्यदलले चयन गरेको नयाँ निसाना छाप दुई साताअघि मन्त्रीपरिषदमा पठाइएको थियो।
नोभेम्बर ३० तारिख मन्त्रीपरिषदमा पठाइएको नवोदित साहित्यकार प्रदीपकुमार राई ‘व्याकुल माइला’ को प्रस्तावित राष्ट्रिय गानको विषयमा भने अझै निर्णय भै सकेको छैन।
Popularity: 22%
December 16th, 2006
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
शुल्क नतिरेको कारण प्रधानाध्यापक र शिक्षकबाट यातना पाएका काभ्रेका एक बिद्यार्थीले आत्महत्या गरेका छन्।
समाचार स्रोतका अनुसार पनौतीस्थित काभ्रे माध्यमिक विद्यालयको कक्षा नौमा अध्ययनरत १६ बर्षीय सागर बस्नेतले मंगलबार बिष सेवन गरी आत्महत्या गरेका थिए। आक्रोशित मृतक बस्नेतका आफन्त र अभिभावकले दोषीमाथि कारवाही गर्ने माग गर्दै बिद्यालय तोडफोड गरेका छन्।
घटनापछि यातना दिने प्रिन्सीपल सीताराम तिवारी र शिक्षक डम्बर दाहाललाई बिद्यालय व्यवस्थापनले निलम्बन गरेको छ।
मृतक सागरको नाममा अक्षयकोष खडा गरी प्रत्येक बर्ष तीन बिद्यार्थीलाई छात्रबृत्ति दिने पीडित र व्यवस्थापन पक्षबीच सहमति भएको छ भने बिद्यालयको आफ्नै भवन निर्माण भै सकेपछि प्रअ र शिक्षकको यातनाबाट अपहेलित भै आत्महत्या गरेका सागरको प्रतिमालाई बिद्यालय परिसरमा निर्माण गरिने सहमतिपछि व्यवस्थापन र पीडित पक्षबीचको तनाव साम्य भएको छ।
Popularity: 22%
December 16th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्ततः तीन दिनको लगातार छलफलपछि आठ दल अन्तरिम संविधानलाई अन्तिम रुप दिन सहमत भएका छन्। १६७ धारा रहेको अन्तरिम संविधान भने हतियार व्यवस्थापनपछि मात्रै जारी हुनेछ।
अन्तरिम संविधानमा राजालाई अधिकारविहीन बनाइएको छ। राजाले प्रयोग गर्दै आएका सबै अधिकारहरु प्रधानमन्त्रीले प्रयोग गर्नेछन्।
अन्तरिम संविधानमा राष्ट्रिय जनावरका रुपमा गाईलाई नै स्थान दिइएको छ। नेपाल हिन्दू अधिराज्यबाट धर्म निरपेक्ष राष्ट्रमा परिणत भइसकेकोले गाईबाहेक गैँडा, कृष्णसार आदिलाई राष्ट्रिय जनावर बनाउनु पर्ने माग उठिरहेका थिए। अपडेटः नेपाली समय बिहान १४८
Popularity: 22%
December 16th, 2006