Archive for January, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईमा जारी आन्दोलनले हिंसाको रूप लिन थालेपछि त्यसलाई शान्तिपूर्ण बनाउन शान्ति र लोकतन्त्रका लागि नागरिक आन्दोलनका अगुवाहरू आज त्यसतर्फ गएका छन्।
नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको नेतृत्वमा १० सदस्यीय एक टोली हेटौँडाबाट जनकपुरतर्फ प्रस्थान गरेको छ।
टोलीमा लेखक-साहित्यकार खगेन्द्र संग्रौला, लेखक एवं अन्तरिम विधायिकाका सदस्य हरि रोक्का, श्याम श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका सभापति विष्णु निष्ठुरीलगायतका छन्।
“तराईवासीले गरेको आन्दोलनमा उठाइएका माग जायज छन्। हिंसापूर्ण आन्दोलन रोकेमा त्यो माग पूरा गर्न राजनीतिक दललाई हामी बाध्य पार्र्छौँ”- नागरिक आन्दोलनका अगुवा डा. पाण्डेले सञ्चारकर्मीसँग भन्नुभयो।
नेपाल पत्रकार महासङ्घका सभापति निष्ठुरीले प्रतिगामीहरूको घुसपैठका कारण मधेसी समस्या नै ओझेलमा पर्ने सम्भावना देखिएकाले तराई समुदाय त्यो खतराबाट बच्नुपर्ने बताउनुभयो।
नागरिक आन्दोलनका अगुवाले तनावग्रस्त सबै क्षेत्रमा पुगेर सम्बोधन गर्ने कार्यक्रम रहेको डा. पाण्डेले जानकारी दिनुभएको छ।
Popularity: 21%
January 28th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मोरङको हसन्दहकी एक १३ वर्षीया बालिकाले आफू बलात्कृत भएको तीन दिनपछि मात्र सो घटनाबारे अरुलाई बताएकी छिन्।
बलात्कारीले ‘अरुलाई भनेमा मारिदिन्छु’ भनेकाले डरले कसैलाई नबताएकी निज बालिकाले बढी रक्तस्राव हुनाका साथै तल्लो पेटमा अत्यधिक पीडा भएपछि अरुलाई बताएकी हुन्।
सोही ठाउँका ३५ वर्षीय गोपाल रायमाझीले गत बुधबार राति ८ बजेतिर आफूलाई ‘स्वस्थानी देवीको कथा सुन्न जाऊँ’ भन्दै घरमा लगेर बलात्कार गरेको पीडित बालिकाले बताइन्।
रायमाझीले उनकै घरको भान्छा कोठामा लगेर खुकुरी देखाउँदै आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताइन्।
‘अरुलाई भनेमा मारिदिन्छु’ भनेकाले आफूले चुपचाप सहेर बसेको पीडित बालिकाले प्रहरी र पत्रकारहरूलाई बताइन्।
बालिकाले आजमात्र आफू बलात्कृत भएको बारेमा बलात्कारीकी श्रीमती रेनुकालाई पहिलोपटक बताएपछि घटना सार्वजनिक भएको थियो।
बलात्कृत बालिकालाई प्रहरीको सहयोगमा स्वास्थ्य परीक्षणका लागि आज विराटनगरस्थित कोसी अञ्चल अस्पतालतर्फलगिएको छ। अभियुक्त रायमाझी फरार रहेकाले खोजीकार्य सुरू गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रूपकुमार न्यौपानेले बताउनुभयो।
Popularity: 21%
January 28th, 2007
धन बस्नेत/ एचकेनेपाल डट कम -
पोखरा/ विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता गर्ने लक्ष्य राख्दै आठौं नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता शनिबार पोखरामा सम्पन्न भएको छ । प्रतियोगितामा भने व्रिटिस पाइलटको सानदार प्रदर्शनले सवैको मन तान्यो ।
.jpg)
तीनदिनसम्म सञ्चालित प्रतियोगितामा व्रिटिस पाइलट जिम्मी म्यासेन्जरले १५ हजार नगदसहितको च्याम्पियन बनेका छन् । उनी छैंटौ प्याराग्लाइडिङ प्रतियोगितामा समेत उपाधि हात पारेका थिए । त्यसो त प्रतियोगिताको दोस्रो भने अष्ट्रेलियन पाइलट जस्टिन पावमेन भएका छन् भने तेस्रो पनि व्रिटिसका एड्म चार्ल्स हिल बनेका छन् । उनीहरुले क्रमश ७ र ५ हजार नगदसहित पदक तथा प्रमाणपत्र पाएका छन् ।
.jpg)
तीन इभेण्टमा सञ्चालित प्रतियोगितामा २२ राष्ट्रका ७ महिला सहित ७० जना पाइलटको सहभागिता रहेको थियो । प्रतियोगिताको छुट्टाछुट्टै इभेण्ट अन्तर्गत बेष्ट एक्रोव्याट्स तर्फको उपाधि भारतीय पाइलट अजयकुमार शर्मा, बेष्ट स्पोट ल्याण्डिङ तर्फको उपाधि क्यानडाका केभिन कुडगर र बेष्ट कस्टुमको उपाधि भने नेपाली पाइलट घनश्याम गौतमले जितेका छन् । उनीहरुलाई क्रमश ५/५ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा नेपाली झण्डै १४ जना पाइलटको सहभागिता रहेको थियो ।
.jpg)
नेपाल एयर स्पोर्टस एशोसियसनको सहयोगमा सम्पन्न कार्यक्रममा तीनदिनको अवधिमा झण्डै २० आन्तरिक पर्यटक र बाहृय पर्यटक भित्रिएको ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल टान क्षेत्रीय च्याप्टर पोखराले जनाएको छ । प्रतियोगितामा एसियन मुलुक कोरियादेखि भुटानसम्मका पाइलटको सहभागिता रहेको उहाँले बताउनुभयो । जर्मनी, फ्रान्स, बेलायत, अष्ट्रियन, स्वीटजरल्याण्ड लगायतका देशहरुबाट पाइलट प्याराग्लाइडिङका लागि आएका थिए । विजयी पाइलटलाई क्षेत्रीय प्रशासक मेदिनीप्रसाद शर्माले पुरस्कार प्रदान गर्नुभएको थियो ।
.jpg)
पोखरालाई विश्व पर्यटन बजारमा अद्धितीय साहसिक पर्यटन गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित टान क्षेत्रीय च्याप्टर पोखराले प्याराग्लाइडिङ प्रतियोगितालाई निरन्तरता दिएको हो । टान क्षेत्रीय च्याप्टरले आउँदो सन २०१० सम्म पोखरामा प्याराग्लाइडिङ वर्ल्डकप गर्ने लक्ष्यसमेत राखिएको प्रतियोगिताको संयोजक टिकाराम सापकोटाले बताउनुभयो । कार्यक्रममा टानका केन्द्रीय अध्यक्ष नरेन्द्र विसीले महिनौं पिच्छे हुने बन्द र चक्काजाम तथा तनावको बातावरणले नेपालको पर्यटनको अवस्था नाजुक बन्दै गएको उल्लेख गर्दै आर्थिक विकासका मेरुदण्ड पर्यटनको विकासमा सवै एकजुट भएर अगाडि बढनुपर्ने बताउनुभयो ।
.jpg)
पर्यटकीय सराङकोटबाट उडेर लेकसाइडको खहरेस्थित अवतरण गराइएको थियो । अन्तिम दिन भिक्टोरले फेवातालमा स्काई टाइभिङ गर्दै सवैलाई मनोरञ्जन दिएका थिए । सोही अवसरमा आयोजित भलिवल प्रतियोगितामा भने म्याजिक समिकोपाटन प्रथम र माछापुच्छ्रे क्लब द्धितीय भएका छन् । उनीहरुलाई क्रमश ८ र ५ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिएको भलिवल प्रतियोगिताको संयोजक जीवनराज सापकोटाले बताउनुभयो ।
.jpg)
तस्वीरः सुदर्शन रञ्जित पोखरा / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 21%
January 27th, 2007
खेमनाथ पौडेल / एचकेनेपाल डट कम सम्वाददाता -
युएई जनवरी २६-
युएईको बरदुवईस्थित अस्टेरिया होटलमा का.वा राजदूत मोहनकृष्ण श्रेष्ठको प्रमुख अतिथित्व तथा तामाङ्ग समाज युएईका सभापति छत्र लामाको सभापतित्वमा २८४३ औ बदेल वर्ग (सोनाम) फा ल्होछार कार्यक्रम भब्यताका साथ सम्पन्न भयो।
.jpg)
अन्य अतिथिहरुमा नेपाली दूतावासका द्धितीय सचिव प्रकाशमणि पौडेल, तृतीय सचिव विक्रम गिरी लगायत नेपाली समाज केन्द्रीय समितिका केन्द्रीय पदाधिकारीहरु, समाजसेबी, बुद्धिजीवि, साहित्यकार, पत्रकार तथा युएईका विभिन्न प्रान्तबाट आएका तामाङहरु साथै प्रवासी नेपालीहरुको व्यापक उपस्थिति रहेको थियो ।
सभापति तथा प्रमूख अतिथिको हातबाट मम बत्ति प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रमको पहिलो सांगीतिक कोशेली तामाङ चेलीहरु तथा नेपालबाट पहिलो पटक आएका रोज मोक्तान साथै अन्य प्रवासी नेपाली कलाकारहरुले राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो। तामाङहरुको आफ्नै भाषा तथा संस्कृति (खास गरेर सिन्धुपाल्चोकतिर नाँचिने) च्याब्रुङ नाँच प्रस्तुत गरिउको थियो।
.jpg)
प्रमूख अतिथि मोहनकृष्ण श्रेष्ठले आफ्नो छोटो मन्तब्य दिदै विदेशमा विभिन्न जातिय संघसंस्थाहरुले आफ्नो भाषा, कला, संस्कृतिको जगेर्ना गर्दै आईरहेकोमा खुशी प्रकट गर्नु हुँदै नेपाली समाज केन्द्रीय समितिको मातहतमा नेपाली वेलफेयर सोसाईटी सोही मञ्चबाट स्थापना भएको घोषणा गर्नु भएको थियो।
.jpg)
भर्खरै मात्रमा चर्चाको सिखरमा पुगेका ‘कलकत्ते काईयो केश मेरो बाङ्गो’ बोलको गीतका गायक रोज मोक्तानको प्रस्तुतिले उपस्थित सबै दर्शकहरुलाई छम छम नचाएको थियो। भर्खरै मात्र बजारमा आएको कलकत्ते काईयो केश मेरो बाङ्गो गीत प्रस्तुत गर्दा सबै दर्शक नाँचेका थिए। दर्शकहरुकाट वान्स् मोरको झटारो आउने क्रम बढेपछि कार्यक्रमको अन्तिम तिर फेरी रोज मोक्तान कलकत्ते काईयो लिएर स्टेजमा उपस्थित भएका थिए। टेली सिरियलहरुमा अभिनय गरिसकेका तथा गायक अनिल घिसिङको प्रस्तुति भिन्दै प्रकारको थियो दुई तीन पटक स्टेज छोडेर दर्शकहरुसँग नाँच्न आइ पुग्दा हलमा रौनकता छाएको थियो।
.jpg)
कार्यक्रममा स्थानीय नेपाली कलाकारहरु ज्ञान लामा, ग्लावो लामा, मानबहादुर तामाङ, देवी लामा, अनुप महत, तुलसी तामाङ, मिना तामाङ, मायाँ वाईवा, बिकास, सुनिताको सहभागिता रहेको थियो। दिपक तथा दिपिका गुरुङको नृत्यले सबैलाई मोहित पारेको थियो । कार्यक्रमको अन्तिममा बीरमान तामाङको भावुक तथा मर्मस्पर्शी गीतमा गरेको नृत्यले हलका दर्शकलाई स्तव्ध पारेको थियो। उनका प्रस्तुतिलाई दर्शकले अत्यन्त रुचाइएको थियो।
दिनको करिब चार बजेदेखि रातको नौ बजे सम्म चलेको उक्त कार्यक्रम सञ्चालन कृष्ण तामाङ र सरस्वती तामाङले गरेका थिए।
.jpg)
.jpg)
तस्वीरः खेमनाथ पौडेल, युएई / एचकेनेपाल डट कम।
Popularity: 21%
January 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संयुक्त राष्ट्रसङ्घले तर्राईका विभिन्न भागमा भएका घटनाप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै हिंसा त्यागेर सहिष्णुता अपनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ।
तराईका समस्या सम्बोधन गर्नु राष्ट्रिय दायित्व हो भन्दै राष्ट्रसङ्घले हिंसात्मक गतिविधि नरोकिएमा निर्धारित समयमा संविधानसभाको निर्वाचन गर्न कठिनाइ हुने जनाएको छ।
राष्ट्रसङ्घका महासचिवका प्रतिनिधि इयान मार्टिनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संविधानसभाको निर्वाचन स्वतन्त्र एवम् धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने कार्यमा सहयोग गर्नु आफ्नो कार्यालयको दायित्व भएको बताउनुभयो।
Popularity: 21%
January 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय जनमुक्ति पार्टी धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारोमा आयोजना गरेको वाषिर्कोत्सव समारोह बिथोलिएको छ।
करिब ५०-६० जनाको सङ्ख्यामा मानिसहरू रहेको जनमुक्ति पार्टीको कार्यक्रममा अनेरास्ववियु, नेविसङ्घलगायतका विद्यार्थीहरूले झण्डा तथा माइक खोसी कुटपिट गरेपछि त्यो समारोह बिथोलिएको थियो।
विद्यार्थीहरूले राष्ट्रिय जनमुक्ति पार्टीलाई राजावादी, प्रतिगामीको मतियार भन्दै कार्यक्रम गर्न नदिई आक्रमण गरेपछि केही व्यक्ति घाइते भएको प्रहरी निरीक्षक भीम दाहालले बताउनुभएको छ।
सभामा विद्यार्थीले हस्तक्षेप गर्नासाथ प्रहरीले संयमता अपनाउँदै अप्रिय घटना हुनबाट जोगाएकाले त्यहाँ ठूलो क्षति नभएको पनि थाहा भएको छ।
Popularity: 21%
January 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरमको अगुवाइमा सञ्चालित आन्दोलनको निहुँ गरी वीपी कोइरालाको सालिक तोडफोड गरेकामा नेपाली काङ्ग्रेस पार्टी जिल्ला कार्यसमिति, रौतहटले भर्त्सना गरेको छ।
कार्यसमितिका कार्यवाहक सभापति गम्भीराप्रसाद निरालाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यथास्थितिवादी र मेलमिलाप विरोधीहरूको एक जत्थाले नेपाली इतिहासका शिखर पुरुष जननायक बिपी कोइरालाको सालिकको आज बिहान तोडफोड गरी अत्यन्त निन्दनीय काम गरेको भन्दै दोषी व्यक्तिको छानबिन गरी कडाभन्दा कडा कारबाहीको माग गरिएको छ।
सरकारले मधेसको संवेदनशीलतालाई ध्यान दिई जल्दाबल्दा समस्याको सम्बोधन यथाशीघ्र गर्न पनि सो पार्टीले विज्ञप्तिमा आग्रह गरेको छ।
त्यसैगरी नेपाल ट्रेड युनियन काङ्ग्रेसका जिल्ला अध्यक्ष विन्दा सहनी, नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष अशोकप्रसाद कुशवाहा, नेशिसङ्घ रौतहटका सुदामा राय, पूर्व नगर सभापति दिनेश केसरी, राष्ट्रिय नाई सङ्घका भरत दासलगायतले विज्ञप्ति प्रकाशन गरी त्यस घटनाको घोर भर्त्सना गरेका हुन्।
Popularity: 21%
January 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विराटनगरदेखि २२ किमी पूर्व सीमावर्ती आमगाछी गाविस-८ की १०६ वर्षीया एक वृद्धा दुखनीदेवी सरदारले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्।
वि.सं. १९५७ मा जन्मिएकी वृद्धा दुखनीका एक छोराले पहिले नै नागरिकता पाएको र गाउँमा टोली आएको बेला सबैले नागरिकता बनाउने सल्लाह दिएकाले आफूले पनि बुढेसकालमा नागरिकता बनाएको बताइन्।
यसरी घरदैलोमै नागरिकता वितरण गर्ने टोली आइदिँदा दुखनीजस्ता नागरिकता नबनाई बसेका अरूलाई पनि सहज र सजिलो भएको स्थानीय बासिन्दाले बताएका छन्।
वृद्धा दुखनीदेवीका श्रीमानको भने १० वर्षअघि नै मृत्यु भइसकेको छ।
Popularity: 21%
January 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी आन्दोलनमा प्रतिगामीको सम्भावित घुसपैठप्रति सजग रहन विभिन्न सङ्घसंस्थाले मधेसी समुदायसँग अपिल गरेका छन्।
विगत एक सातादेखि तराईमा भड्केको दङ्गालाई साम्प्रदायिक स्वरूप लिन नदिन मधेसी समुदायहरू सचेत भई आफ्ना हकअधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्न समेत उनीहरूले अपिल गरेका छन्।
नेपाल शिक्षक युनियन सप्तरी, मैथिली साहित्य परिषद् सप्तरी, मैथिली कवि परिषद्, सेभ द सप्तरी, सेकडिहुराक, क्रेस नेपाल, हुकोडन, धार्मिहल्फा महिला विकास क्लब, हुपेकलगायतका सङ्घसंस्थाहरूले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी सो अपिल गरेका हुन्।
साथै उनीहरूले अन्तरिम संविधानमा सङ्घात्मक शासन व्यवस्था, प्रादेशिक स्वायत्तता, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गरेका छन्।
Popularity: 21%
January 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उपत्यकामा बालबालिका हराउने क्रम बढेको छ। केन्द्रीय बालकल्याण समिति, ललितपुरले दिएको जानकारीअनुसार गत डेढ महिनाको अवधिमा राजधानीमा मात्रै ३०२ जना बालबालिका हराएका छन् र तीमध्ये १५३ जना मात्र भेटिएका छन्।
बालबालिकाहरूलाई कामदारका रूपमा राखिनु, अभिभावक सचेत नहुनु, रकमका लागि बालबालिका अपहरण गरिनु, र्सकस र मिर्गौलालगायतका अङ्ग प्रत्यारोपणका लागि बालबालिकाहरू अपहरणमा पर्ने र हराउने गरेका छन्।
खोजतलास गरी फेला परेका बालबालिकालाई अभिभावकको जिम्मा लगाउने, अभिभावकसमेत फेला नपरेका बालबालिकालाई सङ्घसंस्था, निकायद्वारा सञ्चालित आवासगृहमा राखिने गरिएको छ।
Popularity: 21%
January 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गत पुस २८ गते पुनःस्थापना गरिएको कालिकोटको कुमल गाउँ प्रहरी इलाका कार्यालयका सबै प्रहरीलाई माओवादी कार्यकर्ताहरूले त्यहाँबाट फिर्ता पठाएका छन्।
त्यसैगरी प्रहरी चौकी मुम्रा र राजकोटका प्रहरीलाई पनि तत्कालीन जिल्ला जनसरकार प्रमुख कर्ण भण्डारीको निर्देशनमा फर्काइएको फर्केर आएका प्रहरीले बताएका छन्।
अन्तरिम संविधान जारी भएपछि माअोवादी अध्यक्ष प्रचण्डले देशभरका सबै जिल्ला जनसरकारहरु भंग भएको घोषणा गरिसक्नुभएको छ।
फर्केर आएका प्रहरीहरू हाल सदरमुकाममा रहेका छन्।
Popularity: 21%
January 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेशी जनअधिकार फोरम र बद्रीप्रसाद मण्डल खेमाको राजावादी नेपाल सदभावना पार्टीका कार्यकर्ताहरुले उग्र प्रदर्शन गर्दै रौतहटको गौर नगरपालिकामा रहेको एमाले महासचिव माधव नेपालको पुर्ख्यौली घरमा तोडफोड गरेका छन्।
प्रदर्शनकारीहरुले वीपी कोइरालाको शालिक पनि तोडफोड गरेका छन्।
प्रदर्शनलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले गौरमा दिउँसोदेखि भोलि बिहानसम्म कर्फ्यु लगाएको छ।
त्यसैगरी जनकपुरमा कर्फ्यु लगाउँदा लगाउँदै पनि प्रदर्शन भएपछि चलाइएको गोलीका कारण एक दर्जन घाइते भएका छन्।
वीरगञ्ज, विराटनगर र लहानमा पनि कर्फ्यु जारी छ।
यसैबीच, भारतले तराई क्षेत्रमा भइरहेको हिंसाप्रति चासो व्यक्त गर्दै सम्बन्धित पक्षलाई वार्तामा बस्न आग्रह गरेको छ।
Popularity: 21%
January 26th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरम, नेपालले देशमा शान्तिपूर्ण रूपमा जारी रहेको मधेसी जनताको आन्दोलनको सन्दर्भमा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा फोरमलाई वार्तामा आउनाका लागि गरिएको आह्वानलाई सकारात्मक रूपमा लिई स्वागत गरेको छ।
फोरमले मधेसी, दलित, आदिवासी/जनजाति आदिका मूलभूत समस्याको राजनीतिक समाधान गर्न तयार भई वार्ताका लागि आवश्यक वातावरण र प्रक्रिया तुरुन्त निर्माण गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।
Popularity: 21%
January 26th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्ना जायज माग अघि सारिरहँदा प्रतिगामी शक्तिलाई फाइदा पुग्ने गरी अराजक गतिविधि नगर्न, साम्प्रदायिक सद्भाव बिथोल्ने क्रियाकलापमा संलग्न नहुन र शान्तिपूर्ण रूपले वार्ता र संवादका माध्यमबाट आफ्ना समस्या समाधानको बाटोमा अघि बढ्न सम्पूर्ण तराईवासी जनसमुदायमा आह्वान गरेको छ ।
पार्टी महासचिव माधवकुमार नेपालले प्रेस वक्तव्य प्रकाशन गरी सरकार र सम्बद्ध सबै पक्षलाई तराईवासी जनताका न्यायपूर्ण माग सम्बोधन गर्ने दिशामा यथाशीघ्र अघि बढ्न आह्वान गर्नुभएको छ।
वक्तव्यमा जनताका घरपसलमा आगो लगाउने, सरकारी सम्पत्ति तोडफोड गर्ने, बम विस्फोट गराउने, लुटपाट मच्चाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने जस्ता क्रियाकलापले जनता र लोकतन्त्रलाई होइन निरङ्कुशतावादीहरूलाई मात्र सहयोग पुर्याउँछ भन्दै २३७ वर्षेखि निरङ्कुश राजतन्त्रको प्रत्यक्ष नेतृत्वमा सञ्चालित एकात्मक राज्यले अवलम्बन गर्दै आएको भेदभाव, दमन र उत्पीडनका विरुद्ध मधेसी समुदायले उठाएका न्यायपूर्ण आवाज जायज रहेको तथा सङ्घीय राज्य र समानुपातिक निर्वाचनको मागप्रति सम्पूर्ण आन्दोलनकारी राजनीतिक दल, नागरिक समाज र आमजनताको व्यापक र्समर्थन रहेको जनाइएको छ ।
हिजोका प्रतिगामी शक्ति षड्यन्त्रका अनेक तानाबाना बुन्दै अहिले मधेसका जनतामा विगतदेखि कायम रहँदै आएको असन्तोष भड्काएर तर्राईमा साम्प्रदायिक सद्भाव बिथोल्ने र निकट भविष्यमा हुने संविधानसभाको निर्वाचन असफल पार्ने गम्भीर षड्यन्त्रमा लागेका छन् भन्दै वक्तव्यमा संविधानसभाको निर्वाचन असफल भएमा आम नेपाली जनतासँगै तर्राईवासी जनता पनि निरङ्कुशताको जाँतोमुनि पिसिन पुग्ने उल्लेख गरिएको छ ।
Popularity: 21%
January 26th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीलाई सेवा, सुविधा र सुरक्षा प्रदान गर्ने कार्ययोजना तय गर्न बसेको पशुपति क्षेत्र विकास कोषको बैठकले कोष सञ्चालक परिषद्का अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा ७५१ सदस्यीय महाशिवरात्रि तयारी व्यवस्था मूल समिति-२०६३ गठन गरिएको छ ।
बैठकले आगामी फागुन ४ गते महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशबाट आउने तर्ीथयात्रीलाई भोजन, आवास, औषधि उपचार, फूलप्रसाद, चन्दन, सञ्चार सुविधा निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गर्दै त्यसको व्यवस्थापनका लागि आठवटा उपसमिति गठन गरेको छ ।
बैठकमा मन्त्री ज्ञवालीले पशुपतिनाथलाई अन्तरराष्ट्रिय तीर्थस्थलका रूपमा विकास गर्न सके धार्मिक, पर्यटन प्रवर्द्धनका साथै आर्थिक समृद्धि हुने बताउनुभयो ।
उहाँले अब पशुपतिनाथमा चढाइएको भेटीको पैसा व्यवस्थित र पारदर्शी हुने र यसको सदुपयोग हुने बताउँदै पशुपति क्षेत्रको धार्मिक र सांस्कृतिक महत्व उजागर गर्न स्थानीय जनसमुदायको सहयोग लिई गुरुयोजना तयार गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव निर्मल कुइँकेलले यसपल्टको महाशिवरात्रि पर्वमा सबैले समान रूपमा मन्दिर दर्शन गर्न पाउन् भनेर विशेष पासको व्यवस्था खारेज गरिएको बताउनुभयो ।
Popularity: 21%
January 26th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सिरहा जिल्लाको लहानमा घटेको घटनालाई लिएर मधेसी जनअधिकार फोरमले बिहीबार गरेको मधेस बन्दका क्रममा तराईका विभिन्न जिल्लामा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएकाले शान्ति व्यवस्थालाई कायम राख्न सम्बन्धित स्थानीय प्रशासनले विभिन्न जिल्लामा कर्फ्यु लगाउनु पर्यो।
उक्त बन्दका क्रममा बिहानदेखि जनकपुर नगरपालिकाभित्र प्रदर्शनकारी उत्तेजित भई सरकारी कार्यालय, संस्थान तथा बैङ्कहरूमा तोडफोड र आगजनी गर्न सुरु गरेको, नगरका विभिन्न चोकबाट निस्किएका उत्तेजित र उच्छृङ्खल जुलुसले जिल्ला शिक्षा, यातायात व्यवस्था र भन्सार कार्यालयमा तोडफोड र आगजनी गरी ध्वस्त बनाएको, भन्सार कार्यालयमा रहेको चारवटा गाडीमा आगो लगाइदिएको, नेपाल बैङ्क लिमिटेड, एभरेस्ट बैङ्क र रामा होटल तोडफोड गरी होटल र बृहत्तर जनकपुर विकासका गाडी र दामोदर उपाध्यायका घरमा समेत आगो लगाइदिएको तथा भानु चोकमा रहेको भानुभक्तको सालिकलाई तोडफोड गरी ध्वस्त बनाएको गृह मन्त्रालयले जनाएको छ ।
रेल्वे स्टेसन र जानकी प्रहरी चौकीमा प्रदर्शनकारीका तर्फाट फायरिङसमेत भई सहरमा विभिन्न भागमा तोडफोड लुटपाट र आगजनी गरी प्रहरीमाथि नै प्रदर्शनकारीले आक्रमण गरी सशस्त्र प्रहरीका पाँचजना र नेपाल प्रहरीका तीनजनासमेत आठजनालाई घाइते बनाएकाले र्सवसाधारणको जिउधनको सुरक्षा र आत्मरक्षाका लागि प्रहरीबाट लाठीचार्ज र अश्रुग्यास प्रयोग गर्दासमेत स्थिति नियन्त्रणमा नआएकाले बाध्य भई हवाई फायर गर्दा ४९ प्रदर्शनकारी घाइते भएकामा धेरैजसो सामान्य उपचार गरी फर्किएका, २ जना सख्त घाइतेलाई भारतको पटना पठाइएको र बाँकी घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले हिजो बेलुका ६ बजेदेखि आज बिहान ४ बजेसम्मको लागि कर्फ्र्युको म्याद बढाएको थियो।
त्यस्तै फोरमको मधेस बन्दका क्रममा प्रदर्शनकारीले सुनसरीको इनरुवामा कार्यालयतर्फ जाँदै गरेको सहायक प्रमुख जिल्ला अधिकारीको गाडीलाई तोडफोड गरेका, केही सरकारी कार्यालयमा तालाबन्दी गरेका र दिनभरि नै जुलुस प्रदर्शन गरेका बताइएको छ ।
प्रदर्शनकारीले विराटनगरस्थित बसपार्कमा राखिएका १५ वटा गाडी तोडफोड गरेका छन् ।
गुदरीचोकमा सहायक निरीक्षकलाई हातपात गरी स्थितिलाई भड्काउने प्रयास गरी लाठी भाला लिई प्रदर्शनमा उत्रिएकाले धनजनको क्षति हुनबाट रोक्न स्थानीय प्रशासनले हिजो बेलुका ४ बजेदेखि राति १० बजेसम्म कर्फ्र्यु आदेश जारी गरेको मन्त्रालयले जनाएको छ ।
लहान बजारमा हिजो बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म कर्फ्र्यु जारी गरिएकामा त्यहाँको स्थिति सामान्य रहेको बताइएको छ ।
Popularity: 21%
January 26th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
व्यवस्थापिका-संसदको बैठकले नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) का चित्रलेखा यादवलाई उपसभामुखमा निर्विरोध निर्वाचन गरेको गरेको छ।
श्रीमती यादवलाई उक्त पदमा राजनीतिक सहमतिबाट चयन गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का मातृकाप्रसाद यादवले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
माओवादी नेता यादवले प्रस्तुत गर्नुभएको प्रस्तावप्रति सांसद रामबहादुर बिष्ट, परशुराम मेघी गुरुङ र सुशीला स्वाँरले र्समर्थन गर्नुभएको थियो ।
उक्त प्रस्तावका समर्थक सांसदत्रयले विगतमा श्रीमती यादवले सफलतापूर्वक संसदीय कामकारबाही सञ्चालन गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै देशको आधाभन्दा बढी महिला जनसङ्ख्याको प्रतिनिधित्व सांसद यादवबाट भएकाले उहाँलाई उक्त पदमा चयन गर्न अत्यन्त उपयुक्त हुने बताउनुभयो ।
नवनिर्वाचित उपसभामुख यादवलाई सभामुख सुवास नेम्बाङले पद तथा गोपनीयताको शपथ गराउनुभयो।
Popularity: 21%
January 26th, 2007
धन बस्नेत/ एचकेनेपाल डट कम -
पोखरा/चौथो आहा गोल्डकपमा अफ्रिकन नाइजेरियन खेलाडीहरुको खेल हेरेर मख्ख परेका पोखरेली दर्शकले यो वर्षको पाँचौ आहा गोल्डकपमा भने बेलायती फुटवल टोलीको खेल हेर्ने अवसर पाउने भएका छन् ।

विदेशमा चर्चा पाएको पोखरेली फुटबलको दियो सहारा क्लबले पाँचौ संस्करणसम्म आइपुग्दा मानार्थ सदस्य नविन गुरुङको नेतृत्वमा उक्त टोली गोल्डकप खेल्न आउने निश्चित भएको हो ।
बेलायतबाट आउने क्लब भने सहारा क्लब युके हो । चारजना बेलायती मुलकमा खेलाडी छन् भने अन्य खेलाडीभने बेलायतमा बसोबास गर्ने नेपाली युवाहरु छन् । फागुनको दोस्रोसाता हुने पाँचौ आहा गोल्डकपको लागि १८ सदस्यीय टोली फागुनको ३ गते पोखरा आइपुग्ने सहारा क्लबका अध्यक्ष विक्रम थकालीले जानकारी दिनुभयो । ‘टोलीको लागि टिकटको व्यवस्था समेत गरिसकियो ।’ उहाँले भन्नुभयो ।
पाँचौ आहा गोल्डकपमा तीन विभागिय टीमसहित पूर्वाञ्चल, पश्चिमाञ्चल अनि राजधानीका ए डिभिजनका गरी १२ क्लबको सहभागिता रहने छ । मनाङ मर्स्याङदी, नविल थ्रीस्टार जस्ता टोलीले गोल्डकपको रौनकता बढाउने छन् ।
पोखराबाट धन बस्नेत
Popularity: 22%
January 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त लुइस आर्बरले मानवअधिकार उल्लङ्घनका गम्भीर प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूमाथि कडाभन्दा कडा कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ।
नेपालको छ दिने भ्रमण पूरा गरी जेनेभा प्रस्थान गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उहाँले हत्या र चरम यातनामा संलग्न भएकाहरूलाई कुनै पनि बहानामा क्षमादान दिन नहुने बताउनुभयो ।
नेपाली सेनाको भैरवनाथ गणमा भएका जस्ता मानवअधिकार उल्लङ्घनको दर्जनौ घटना नेपालका विभिन्न भागमा भएको चर्चा गर्दै उच्चायुक्त आर्बरले दोषीलाई न्यायको कठघरामा पुर्याउन राजनीतिक दलहरूले इच्छाशक्ति देखाउनुपर्छ भन्नुभयो ।
¦राजनीतिक दलहरूले आपसी सहमतिमा मानवअधिकारका दोषीलाई क्षमादान गर्न पाउँदैनन्- उहाँको कथन थियो ।
भ्रमणका क्रममा आफूले माओवादी नेताहरूसँग पनि भेटवार्ता गरी मानवअधिकार संरक्षणमा लाग्न गरेको आग्रहप्रति सकारात्मक जवाफ आएको जानकारी दिनुभयो ।
एक प्रश्नका जवाफमा उहाँले गएको चैत•वैशाखको जनआन्दोलन दबाउनेहरूमाथि कारबाही गर्नेसम्बन्धमा कुनै पक्षसँग छलफल भएको छैन भन्नुभयो ।
Popularity: 22%
January 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसका आन्दोलित नागरिकहरूलाई सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न नागरिक समाजका अगुवाहरूले आग्रह गर्नुभएको छ ।
पराजित मनोदशामा लुकेर बसेका सामन्ती प्रतिगामी तत्वहरूले आन्दोलनमा घुसेर धमिलो पानीमा माछा मार्ने चेष्टा गरिराखेकाले सामाजिक सद्भावमा आघात पर्न नदिन उहाँहरूले अपिल गर्नुभएको हो ।
लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनद्वारा माइतीघर मण्डलमा आयोजित नागरिक सद्भाव भेलामा नागरिक समाजका अगुवाहरूले सो अपिल गर्दै मेधसीमार्फ मुखरित मागहरूलाई तत्काल सम्बोधन गरी सम्पूर्ण जनतालाई विश्वासमा लिएर आगामी जेठ महिनाभित्र संविधानसभाको निर्वाचन गराउन सरकारसित आग्रह गर्नुभयो ।
भेलाका सहभागी वक्ताहरूले मुलुक राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको अवस्थामा जनभावनाअनुरूप संविधानसभामार्फत् लोकतान्त्रिक गणतन्त्रको गन्तव्यमा पुग्न नदिन विभिन्न प्रतिगामी तत्वबाट हुनसक्ने हिंसा, विध्वंस र हस्तक्षेपबाट सजग र सचेत बन्नुपर्नेमा जोड दिँदै सबै जाति तथा समुदायका नागरिकलाई आ-आफ्नो राजनीतिक, आर्थिक एवं साँस्कृतिक मागहरू अहिंसात्मक र शान्तिपूर्ण ढङ्गले उठाउन अनुरोध गर्नुभयो ।
Popularity: 21%
January 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
झापाको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरका मनिकुमार कटवालले आफ्नै छिमेककी एक ११ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।
कटवालले साँझ दोकानबाट विस्कुट किनेर घर फर्किरहेको अवस्थामा बालिकालाई बाटैमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय, उर्लाबारीले जनाएको छ ।
कटवालले बालिकाको मुखमा कपडा कोचेर बोल्न नदिई बलात्कार गरेको प्रहरी नायब निरीक्षक बुद्धिमान चोङबाङले बताउनुभयो ।
बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षणका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालतर्फलगिएको छ भने अभियुक्त कटवाल फरार छन् ।
Popularity: 22%
January 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
लहानमा विगत केही दिनयता भएको तनावपछि लाग्दै आएको कर्फ्युका कारण समयमा उपचार नपाउँदा गोविन्दपुर-८ की २५ वर्षीया सुनीता महतोले अनाहकमा ज्यान गुमाउनु परेको छ।
उनको पाठेघर फुटेपछि समयमा उपचार गराउन नसक्दा उनको मृत्यु भएको लहान नर्सिङ होमले बताएको छ ।
स्थानीय प्रशासनले लहान नगरक्षेत्रभित्र बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कर्फ्युआदेश जारी गरेकाले निज महिलाको उपचारका लागि समयमा एम्बुलेन्स नपाएर नर्सिङ होमसम्म ल्याउन ढिलो भएकाले मृत्यु भएको मृतकको पारिवारिक स्रोतले जनाएको छ ।
Popularity: 22%
January 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राजावादी पार्टीहरु धमाधम एक हुने क्रममा शान्ति एकता राष्ट्रिय दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा समाहित भएको छ।
शाही गृहमन्त्री कमल थापाले राप्रपाबाट फुटाएर बनाएको राप्रपा नेपालका अध्यक्ष रवीन्द्रनाथ शर्माको उपस्थितिमा आयोजित समारोहमा उक्त पार्टी अध्यक्ष कर्णबहादुर सिंह, सम्पूर्ण केन्द्रीय सदस्य र पार्टी पङ्क्ति राप्रपा- नेपालमा समाहित भएको बताइएको छ।
यो पार्टीले देशमा संवैधानिक राजतन्त्र कायम रहनुपर्ने अडान राख्दै आएको छ।
Popularity: 21%
January 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरम र मधेसी विद्यार्थी फ्रन्टका कार्यकर्ताहरूले जानकी चौकी र नेकपा (माओवादी)को जिल्ला कार्यालयमा आगो लगाउननका साथै ठाउँठाउँमा तोडफोड गरेका कारण उत्पन्न तनावलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले जनकपुरमा कफर्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, धनुषाका अनुसार सो कर्फ्यु हिजो साँझ सातदेखि आज बिहान चार बजेसम्म जारी रहनेछ ।
स्थिति तनावपूर्ण रहेमा दिउँसो पनि कर्फ्यु लगाउन सकिने बताइएको छ।
Popularity: 21%
January 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माघ ८ गते सिरहा जिल्लाको लहानमा भएको घटनामा परी मृत्यु भएका बेचेन यादव तथा मोहम्मद अनिसको शवलाई आफन्तहरुलाई बुझाइएको छ।
पोस्टमार्टमलगायतका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीको रोहवरमा छाउनीस्थित वीरेन्द्र अस्पतालमा सम्बन्धितका आफन्तहरूलाई शव हस्तान्तरण गरिएको हो।
गृहमन्त्री कृष्णप्रसाद सिटौला, ने.क.पा.(एमाले)का महासचिव माधवकुमार नेपाल, राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापा तथा मानवअधिकारकर्मी सुदीप पाठकले हिजो वीरेन्द्र अस्पताल गई घाइतेहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो ।
सो घटनामा घाइते भएका नौजना र्सवसाधारणको उक्त अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरूको स्थिति हाल सन्तोषजनक रहेको सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ ।
Popularity: 21%
January 25th, 2007
Next Posts
Previous Posts