Archive for February, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
प्रेमिकालाई धोका दिन नसक्दा गोरखा बुङकोटका एक युवकले आत्महत्या गरेका छन्। समाचार स्रोतका अनुसार गाविस-८ कुवापानी का २६ वर्षीय कल्याण खड्काले काब्राको रुखमा नाम्लोको पासो लगाई आत्महत्या गरेका हुन्।
खड्काको एक युवतीसंग प्रेम सम्बन्ध रहेको तर उनका बाबुआमाले आइतबार अर्कै युवतीसंग विवाहको लागि पक्का पक्की गरिसकेकाले प्रेमिकालाई धोका हुने ठानी आत्महत्या गरेको जनाइएको छ।
खड्काले मर्नुअघि लेखेको सुसाइड नोटमा यता बाबुआमाको बचन हार्न नसक्ने र उता प्रेमिकालाई विश्वासघात गर्न पनि नसक्ने ठानी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
Popularity: 22%
February 28th, 2007
धन बस्नेत, एचकेनेपाल डट कम पोखरा-
नेपाल जनजाति महासंघले आहृवान गरेको बन्दले पोखरा र आसपासको जनजीवन निकै कष्टप्रद बनेको छ। बन्दले सर्वसाधारण पैदल हिड्न बाध्य भएका छन्। लामो र छोटो दूरीका सवारी सधान चलेका छैनन्।

पोखरा बन्दः जनजातिका महासंघका कार्यकर्ताले पोखरा उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीको चावी खोसिदिएपछि पृथ्वीचोकमा अलपत्र परेका फोहोर फाल्ने गाडीहरू। महासंघले बन्दमा अन्य सवारी सधान चल्न नदिए पनि प्रेस, एम्बुलेन्स, दुध बोक्ने गाडी र पोखरा उपमहानगरपालिकाको फोहोर फाल्ने सवारी साधान निर्वाध रुपमा चल्ने दिने निर्णय गरिएको थियो। तस्विरः सुदर्शन रञ्जित,एचकेनेपाल डट कम, फेब्रुअरी २८ पोखरा।
.jpg)
बन्दकै कारण अधिकांश विद्यालयको पठनपाठन बन्द गरिएको छ। पोखरा भित्रिएका आन्तरिक तथा बाहृय पर्यटक आफनो घुमफिरको योजनालाई स्थगित गर्न बाध्य भएका छन्।
बन्दमा अन्य सवारी सधान चल्न नदिएपनि प्रेस, एम्बुलेन्स, दुधबोक्ने गाडी र पोखरा उपमहानगरपालिकाको फोहोर फाल्ने सवारी साधान निर्वाध रुपमा चल्ने दिने निर्णय गरिएको थियो।
तर उक्त निर्णयको विरुद्ध जनजातिका कार्यकर्ताले पोखरा उपमहानगरपालिकाका फोहोर फाल्ने गाडीलाई पृथ्वीचोकमा रोकी गाडीको चावी खोसेर नियन्त्रणमा लिएका छन्। कतिपय मोटरसाइकलको समेत चावी खोसिदिदाँ मोटरसाइकल चालक डोहोर्याएर हिड्न बाध्य भएका छन्।
Popularity: 22%
February 28th, 2007
शिव प्रकाश, एचकेनेपाल डट कम बोष्टन, अमेरिका फेब्रुअरी २७ -
शेर्पा समुदायको ल्होसार फाक्लो अर्थात नयाँ वर्ष महोत्सव न्यूयोर्कको वाल्डेनस्थित शेचेन खुङ्चाब्लिन गुम्बा परिशरमा धुमधामका साथ सम्मन्न भयो। ल्होसार बौद्धमार्गी शेर्पाहरुको मान्यता अनुसार यो २१३४औं नयाँ वर्ष हो।
बौद्धमार्गी शेर्पाहरुको प्रचलन अनुसार प्रत्येक वर्षको नयाँ वर्ष भिन्ना भिन्नै नामले मनाइन्छ, जस अनुरुप यसपटक फाप्लो वर्ष अर्थात सुंगुर वर्षको रुपमा मनाइयो ।
नयाँ वर्ष मनाउनका लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट ठूलो संख्यामा शेर्पालगायत अन्य नेपाली जातजातिको पनि उपस्थिति रहेको थियो। करिव एक हजार भन्दा बढीको संख्यामा उपस्थिति रहेको लहोसार पर्वमा विश्व शान्तिको कामना गर्दै बौर्द्धधर्म गुरु तथा लामाहरुले पूजाअर्चना गर्नुका साथै बिभिन्न मन्त्रोच्चारण पनि गरेका थिए।
शान्तिका अग्रदूत भगवान गौतमबुद्धका अनुयायी लामा तथा शेर्पाहरुले शान्तिका लागि प्रतिब्यक्ति १०८ दीप प्रज्वलित गर्नु पर्ने मान्यता अनुरुप हजारौं दीप बालिएका थिए भने शान्तिकै कामनाका लागि फहराइने पाँचरंगी ध्वजापतकाले गुम्वा परिशरलाई सिँगारिएको थियो। ध्वजापताकामा रहेका पाँच रंगले पंचमहाभूलाई जनाउने कुरा आयोजक समितिका एक शेर्पाले बताए । समारोहमा सहभागीहरुले एकआपसमा शुभकामना पनि आदानप्रदान गरेका थिए।
इश्वरलाई खुशी पार्नका लागि मुखुण्डो लागाइ पूजा गरिने सो समूदायको मान्यता अनुरुप पूजाआजा तथा शेर्पा जातिका परम्परागत नाचगानका साथै आधुनिक गीत र नृत्यको पनि आयोजना गरिएको थियो। शेर्पा महिलाहरु लागाउने आंगी, पुरुषहरुले बख्खु र लामाहरुले छुवा पहिरेर आफ्नो परम्परागत नृत्य सेप्रू नाचेका थिए ।
समारोहमा शेर्पा जातिका पहिचान झकिल्ने अन्य बिभिन्न पहिरन तथा पोषाक एवं खानाका परिकारको व्यवस्था गरिएको थियो। नयाँ वर्षसमारोह सफल तुल्याउन योगदान गर्ने विभिन्न ब्यक्तिहरुलाई सो अवसरमा खाता ओढाई सम्मान पनि गरिएको थियो।
समारोहको समुचित ब्यवस्थाका ल्हाप्सो ब्यवस्थापन समिति गठन गरिएको थियो। सो समितिमा दावा शेरपा (सोलु), जंङ्वु शेरपा (रामेछाप), पाल्डेन शेरपा (सोलु), उर्गेन शेरपा (सोलु), आङ्कामी शेरपा (सोलु), मिङ्मार शेरपा (सोलु), गेलु शेरपा (सोलु) र साङ्दोर्जे शेरपा (सिन्धुपाल्चोक) रहेका थिए ।
नयाँ वर्ष समारोहमा बोष्टनबाट पनि ग्रेटर बोष्टन नेपाली समाज, तामाङ समाज र तमु समाजलगायत अन्य धेरैको सहभागिता रहेको थियो। जसको नेतृत्व सबैको साझा छहारीको रुपमा रहेको ग्रेटर बोष्टन नेपाली समाजका महासचिव तथा आयोजनासंग सम्वद्ध जङ्बु शेरपाले गरेका थिए।
Popularity: 22%
February 28th, 2007
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
माओवादी कार्यकर्ता र मधेसी जन अधिकार फोरमबीच मंगलबार बाँकेको पुरैना गाविसमा भएको झडपमा एक सर्वसाधारणको मृत्यु भएको छ भने १७ माओवादी र १० जना फोरमका कार्यकर्ताहरु घाइते भएका छन्।
समाचार स्रोतका अनुसार मृत्यु हुनेमा पुरैना गाविसका १४ वर्षीय खोहडे कोरी रहेका छन्। कक्षा ७ मा पढ्ने कोरी झडपका बेला बिद्यालयतर्फ जाँदै थिए। छाती र टाउकोमा गहिरो चोट लागी उनको मृत्यु भएको बताइएको छ।
नेकपा माओवादीद्वारा नेपालगञ्जमा आयोजित अध्यक्ष प्रचण्डले सम्बोधन गरिने भनिएको जन सभामा स्थानीयबासीलाई सहभागी गराउन ट्रकसहित पुरैना पुगेका माओवादी कार्यकर्तालाई फोरमका कार्यकर्तालाई रोक्ने प्रयास गर्दा दुबैपक्षबीच बिहान करिव ११ बजे झडप भएको थियो। अपरान्ह करिव ४ बजेतिर थप माओवादी कार्यकता सोही ठाउंमा पुगी फोरमका कार्यकर्तालाई आक्रमण गर्दा सर्वसाधारणहरुसमेत घाइते भएका थिए।
Popularity: 22%
February 28th, 2007
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
शाही शासनकालमा टीके नियुक्ति पाएका बुटवल नगरपालिकाका मेयर रुपसिंह थापालाई मंगलबार विद्यार्थीले कालोमोसो र जुत्ताको माला लगाएर बजार घुमाए।
मगर दिवस कार्यक्रममा भाग लिन बुटवल बहुमुखी क्याम्पस पुगेका थापालाई त्यहाँका संयुक्त विद्यार्थी समितिले समातेर कुटपिट गर्नुका साथै कालोमोसो र जुत्ताको माला लगाएर बजार घुमाएका थिए।
थापा शाही शासनकालमा टीके नियुक्ति पाई बुटवल नगरपालिकाका मेयर बनेका थिए। शाही शासनकालमा उनले गरेको ज्यादतीको विरुद्ध उक्त कारवाही गरिएको विद्यार्थीले जनाएका छन्।
Popularity: 22%
February 28th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
गए राति पृथ्वी राजमार्गको कुरिनटार नजिक ना३ख २१४१ नम्बरको यात्रु बस त्रिशुली नदीमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
मृत्यु हुनेमा अधिकांश भारतीय नागरिक भएको बताइन्छ। दुर्घटनामा बसधनी वीरगन्जका जोगेन्द्र जैसवाल, बस चालक मानसिंह राई र बिहारका राजेन्द्रप्रसाद यादवको मृत्यु भएको छ भने अन्यको सनाखत हुन सकेको छैन। १३ जना यात्रुको घटनास्थलमै मृत्यु भयो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
बस काठमाडौबाट वीरगञ्जतर्फ जाँदै गर्दा करिव १५० मीटर तल त्रिशुलीमा खसेको थियो। घाइतेहरुको उपचार बीर अस्पताल र भरतपुर अस्पतालमा भैरहेको बताइन्छ। घाइतेहरूमध्ये १४ जनाको स्थिती गम्भीर रहेको बताइन्छ।
दुर्घटनाको कारण थाहा हुन नसके पनि बसमा ५० जनाभन्दा बढी यात्रु सवार रहेको प्रहरीले बताएको छ।
Popularity: 22%
February 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मन्त्रिपरिषद्को बैठकले राजालाई कारबाही गर्ने निर्णय गरेको छ। प्रजातन्त्र दिवसका दिन राजाबाट आएको सन्देश असंवैधानिक, अनधिकृत भएको भन्दै सरकारले अन्तरिम विधायिकाको निर्देशन बमोजिम कारबाही गर्ने भएको हो।
यसका लागि राजनीतिक सहमति गरिने भएको छ। कस्तो कारबाही गर्ने भन्ने विषयमा आठ दलको बैठक बस्ने भएको छ।
यसैगरी सरकारले राजा र राजपरिवारको सम्पति राष्ट्रियकरण गरी जनहीतका लागि ट्रस्ट बनाउन मन्त्री गोपालमान श्रेष्टको संयोजकत्वमा एउटा समिति पनि बनाएको छ।
Popularity: 22%
February 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनजाति महासङ्घका अध्यक्ष पासाङ शेर्पाले अन्तरिम संविधान संशोधन गरिँदा जातीय आधारमा समानुपातिक निर्वाचन, सङ्घात्मक राज्यप्रणाली, भाषिक स्वतन्त्रता र राष्ट्रिय चिह्नहरूको परिवर्तनमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा गृहमन्त्रीको राजिनामाको प्रतिष्ठा नबनाई वार्तामा बस्न विभिन्न राजनीतिक दलका नेताहरूले मधेसी जनअधिकार फोरमलाई आग्रह पनि गरेका छन् ।
मुलुकको एकमात्र लक्ष जेठ महिनाभित्र संविधानसभाको निर्वाचन समयमै सम्पन्न गर्नु भएकाले निर्वाचनलाई पर धकेल्ने गरी आन्दोलनका थप कार्यक्रम सञ्चालन नगर्न र वार्तामा बस्न उहाँहरूले फोरमसँग आग्रह गर्नुभयो ।
मधेसी जनअधिकार फोरमका तर्फबाट वार्ताटोलीका संयोजक सीतानन्दन रायले गृहमन्त्रीको राजिनामा र तर्राई आन्दोलनसम्बन्धमा उच्चस्तरीय छानबिन आयोगको गठन नभएसम्म वार्तामा नबस्ने स्पष्ट गर्नुभयो ।
Popularity: 22%
February 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकार तथा आदिवासी जनजाति महासङ्घका प्रतिनिधिहरूबीच भएको वार्ता कुनै खास सहमतिमा नपुगी यही फागुन १८ गते बिहान बस्ने गरी टुङ्गिएको छ भने भोलिको नेपाल बन्द पनि हुने भएको छ।
महासङ्घका तर्फबाट बैठकमा आफ्ना माग प्रस्तुत गरी आगामी जेठ महिनाभित्र संविधानसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा आफूहरू रहेको बताइयो ।
बैठकमा कृषि तथा सहकारीमन्त्री महन्थ ठाकुरको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीका तर्फबाट स्थानीय विकासमन्त्री राजेन्द्रप्रसाद पाण्डे र जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।
यसैगरी महासङ्घका तर्फाट संयोजक डा.ओम गुरुङसहित सदस्यहरू डा.कृष्णबहादुर भट्टचन, मञ्जुल याक्थुम्बा, सोमा र्राई, डिकी लामा र कृपासुर शेर्पाको बैठकमा सहभागिता थियो ।
Popularity: 21%
February 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आठ दलको एकताका साथ सबै जनताको सहयोगबाट लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सकिने बताउनुभएको छ ।
केन्द्रीय जनसभा आयोजक समितिको आयोजनामा दाङमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अहिले प्रतिगामी र अग्रगामी शक्तिबीच अन्तिम लडाइँ चलिरहेको बताउनुभयो ।
आगामी जेठ महिनामा संविधानसभाको निर्वाचन हुने स्थिति छैन भन्दै उहाँले अब व्यवस्थापिका संसद्बाट गणतन्त्रको घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले १२ बुँदे समझदारीदेखि हुँदै आएका समझदारीको सही रूपमा कार्यान्वयन हुन नसकेकामा सात दलको आलोचना पनि गर्नुभयो ।
राजपरिवारको सम्पत्ति राष्ट्रियकरण गर्ने निर्णय भए पनि सरकारले अहिलेसम्म एकपैसा पनि राष्ट्रियकरण नगरेकामा आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले साम्राज्यवादीको चङ्गुलमा नफस्न सबै जनतासँग आग्रह गर्नुभयो ।
Popularity: 21%
February 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
धादिङ जिल्लाको देउराली गाविस-९ चिउरीबोट बस्ने ७१ वर्षीय कृष्णबहादुर गिरी आफ्नै छोराको कुटाइबाट घाइते भएका छन् ।
उनलाई गएराति साढे एक बजे ४५ वर्षीय छोरा प्रद्युम्न गिरीले आफ्नै घरमा दाउराको चिरपटले कुटेको प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको र हाल अवस्था चिन्ताजनक रहेको छ ।
छोरा प्रद्युम्नलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
Popularity: 21%
February 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले हतियार लुकाएको भन्ने आरोप गलत भएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ दाङ शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो- “कतिपय हतियार हराएका र कतिपय जलेका कारण सेनाले भनेको भन्दा केही हतियार कम देखिएको हो । दुई-चारवटा हतियार लुकाउनुको कुनै तुक छैन ।”
अध्यक्ष प्रचण्डले मधेसी जन अधिकार फोरमका नाममा पूर्वी तर्राईमा भएको आन्दोलन संविधानसभा भाँड्न खोज्नेहरूको षड्यन्त्र भएको आरोप लगाउनुभयो।
Popularity: 21%
February 27th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले माओवादीको शिविर व्यवस्थापनका लागि थप पाँच करोड रुपैयाँ दिने भएको छ । त्यस्तै शिविरमा रहेका प्रत्येक छापामारलाई राशन पानीका लागि प्रत्येक दिन ६० रुपैयाँ पनि दिइने भएको छ ।
सरकारका मन्त्रीहरूबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा यस्तो सहमति भएको उपप्रधानमन्त्री अमिक शेरचनले जानकारी दिनुभयो । छलफल निर्वाचन ऐनमा संशोधनलगायतका विषयमा पनि केन्द्रित रहेको बुझिएको छ ।
छलफलमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, उपप्रधानमन्त्रीहरू, गृहमन्त्रीलगायतका मन्त्रीहरूको सहभागिता थियो ।
माओवादीले शिविर व्यवस्थापनका लागि रकम उपलब्ध गराउन माग गर्दै आएका छन् । सरकारले दिएको सहयोग पर्याप्त नभएको र आफूहरूप्रति बेवास्ता गरिएको भन्दै चितवन शक्तिखोरस्थित तेस्रो डिभिजनका माओवादी छापामारहरू शिविर छाडी बाहिर गएका थिए ।
Popularity: 22%
February 26th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्तरिम व्यवस्थापिका सांसदहरूले राजालाई कारबाही गर्न सरकार उदासीन रहेको आरोप लगाएका छन्। संसदले उठाएका विषयहरू र संसदले दिएका निर्देशनलाई कार्यान्वयन नगर्ने हो भने संसदकै बदनाम हुने भएकाले निर्देशन कार्यान्वयन गर्न उनीहरूले जोड दिए ।
एमालेका प्रदीप नेपालले सरकारले राजालाई कारबाही गरेको जानकारी यही हप्ताभित्र सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले रायमाझी आयोगको प्रतिवेदन एक हप्ताभित्रमा संसदमा पेश गर्नका लागि सभामुखले सरकारलाई निर्देशन दिनुपर्नेमा समाभुखको ध्यानाकर्षा गराउनुभएको थियो । मधेशी आन्दोलन मत्थर पार्न गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पदबाट राजीनामा दिनुपर्ने माग उहाँको थियो ।
यसैबीच बुटवलमै आयोजित अर्को एक कार्यक्रममा बोल्दै एमाले स्थायी समिति सदस्य झलनाथ खनालले अन्तरिम सरकार बनेपछि मात्रै राजामाथि कारबाही हुने बताउनुभएको छ । नेता खनालले वर्तमान सरकारले राजालाई कारबाही गर्न नसक्ने दावी गर्नुभयो ।
“जनआन्दोलनका मुख्य दोषी राजा ज्ञानेन्द्रलाई यो सरकारले कारबाही गर्छ भन्नेमा मलाई विश्वास छैन तर अन्तरिम सरकार बन्नासाथ राजा ज्ञानेन्द्रमाथि कारबाहीको थालनी हुनेछ”- नेता खनालले भन्नुभयो- “सबैलाई ढुक्क हुन म आग्रह गर्छु राजालाई हामी त्यसै छाड्दैनौँ ।” तर, उहाँले अन्तरिम सरकार कहिलेसम्म बन्ने र राजालाई कस्तो प्रक्रियाबाट कारबाही गरिन्छ भन्नेबारे केही खुलाउनुभएन ।
Popularity: 21%
February 26th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रको स्वतन्त्रता र स्वाभिमान जोगाउनका लागि सञ्चारमाध्यममा विदेशी लगानी हुन नहुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, रूपन्देहीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले विदेशी लगानी भित्र्याउँदा राष्ट्रिय प्राथमिकता र स्वार्थ हेर्नुपर्नेमा जोड दिनुभयो ।
एक प्रश्नको जिज्ञासामा उहाँले सरकारले दिएको सम्पूर्ण बजेट पार्टीले नलिई शिविरमा पठाइएको र यसअघि जनमुक्ति सेनालाई व्यक्तिगत रूपमा खर्च गर्न दिइने गरिएको रु.५००।- पनि दिन नसकिएको बताउनुभयो ।
सबै राजनीतिक दलसँग छलफल गरी एक हप्ताभित्र माओवादीसहितको अन्तरिम सरकार बन्ने र सोही बैठकले मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउने जानकारी पनि अध्यक्ष प्रचण्डले दिनुभयो ।
अध्यक्ष प्रचण्डले त्यहाँका उद्यमी, व्यापारी एवं व्यवसायीहरूसँगको भेटघाट कार्यक्रममा बारम्बारका बन्द, हड्ताल र चक्काजामले उद्योग व्यवसाय धरासायी भएकोप्रति चिन्ता व्यक्त गर्दे यस्ता विकृतिको सुरुवात माओवादीले नै गरेको हो र अन्त्य पनि यसै पार्टीले गर्ने दृढता व्यक्त गर्नुभयो ।
यस्तै नागरिक समाज र बुद्धिजीवीहरूसँगको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले संसदमा गणतान्त्रिक प्रस्ताव दर्ता गरिने जानकारी दिनुभयो ।
Popularity: 21%
February 26th, 2007
फोरम वार्तामा आएन, जनजातिसित आज वार्ता
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले गठन गरेको वार्ता टोलीसित वार्ता गर्न मधेशी जनअधिकार फोरमले अस्वीकार गरेको छ। सरकारले फोरमलाई हिजो वार्ताका लागि बोलाएको थियो। आज उक्त टोलीले आदिवासी जनजातिसित वार्ता गर्नेछ।
यसैबीच, आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले संयोजक इन्द्रबहादुर गुरुङको अध्यक्षतामा बैठक बसी सात सदस्यीय वार्ताटोली गठन गरेको छ ।
वार्ताटोलीमा आदिवासी जनजाति सर्म्पर्क र समन्वय समिति नेकां -प्रजातान्त्रिकका इन्द्रबहादुर गुरुङ, आदिवासी जनजाति सङ्घ नेकांका सूर्यमान गुरुङ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेकपा -एमालेका पृथ्वी सुब्बा गुरुङ, नेपाल जनजाति मुक्ति आन्दोलन -मालेमा केन्द्रका सीताराम तामाङ, अखिल नेपाल जनजाति सम्मेलन -जनमोर्चा नेपालका केबी गुरुङ र आदिवासी जनजाति संयुक्त संघर्ष समिति, सचिवालय नेकां -प्रजातान्त्रिकका नवीन चित्रकार रहनुभएको छ ।
Popularity: 21%
February 26th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राजा र रानी हिजो पूर्वमन्त्री हरिबहादुर बस्नेतको छोराको शुभविवाहको निमन्त्रणामा नयाँ बानेश्वर सवारी हुँदा त्यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइयो।
सामान्यभन्दा तीन गुणा बढी सुरक्षाकर्मी त्यस क्षेत्रमा तैनाथ गरिएका थिए।
अनौपचारिक यात्रामा समेत त्यतिविघ्न सुरक्षाकर्मीको उपस्थितिको अौचित्यका बारेमा प्रश्न उठाइए पनि पशुपतिमा भएको ढुंगामुढा र पछिल्लो सन्देशका कारण उत्पन्न स्थितिलाई ध्यानमा राखी त्यसो गर्नुपरेको सुरक्षा अधिकारीहरुले बताएका छन्।
Popularity: 21%
February 26th, 2007
भूपेन्द्र आचार्य एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि -
जेष्ठ भित्र संविधान सभाको निर्वाचन सम्पन्न भएन भने मुलुकले बाटो विराउने छ। उक्त कुरा नेकपा एमालेका महासचिव माधवकुमार नेपालले बताउनु भएको हो।
नेपाली प्रगतिशील मोर्चा दक्षिण कोरियाद्धारा आयोजित उक्त भेटघाट तथा स्वागत कार्यक्रमलाई प्रमुख अतिथिको तर्फाट बोल्दै महासचिव नेपालले अगाडि थप्नु भयो, अहिले मुलुकमा संविधान सभाको निर्वाचन गर्न नदिने प्रपञ्च रचिंदै गरेको र तयसको संकेत राजा ज्ञानेन्द्रले दिएको सम्बोधनबाट प्रष्ट भएको बताउनु भयो। वहांले संविधान सभाको निर्वाचनमा बाम पार्टीहरुको प्रष्ट बहुमत आउने तर यसको लागि बाम एकता हुनुपर्नेमा जोड दिनुभयो।
नेपाली प्रगतिशील मोर्चाका अध्यक्ष सुमन राईको अध्यक्षतामा सम्पन्न सो भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै जनमोर्चा नेपालका उपाध्यक्ष लिलामणी पोखरेलले अबको नयां नेपाल निर्माणको सत्ताको सांचो नेपालीहरुको हातमा राखेर बनाउनु पर्छ भन्ने ९६ हजार शाही नेपाली सेनाको घेराउमा रहेको राजा ज्ञानेन्द्रले संविधान सभाको निर्वाचन हुन नदिन पुनः बक्तब्यबाजी गरेको बताउनु भयो। वहांले अगाडी थप्नु भयो, भारत र अमेरिकाको हस्तक्षेपले गर्दा संविधान सभाको निर्वाचन समयमा हुन नसक्ने भएको हुनाले बेलैमा सचेत रहनु पर्ने खुलासा समेत गर्नुभयो।
नेपाली प्रगतिशील मोर्चा दक्षिण कोरियाका सचिव मनोहरलाल श्रेष्ठले सञ्चालन गर्नुभएको सो कार्यक्रममा बोल्दै नेकपा माओवादीका बर्तमान सांसद भिक्षु आनन्दले अब मुलुकले चांडै अग्रगामी परिवर्तन पाउंदै गरेको खुलासा गर्दै दक्षिण एसियामै परिवर्तनको शुरुवात भएको बताउंनु भयो। नेपालमा पनि चांडै परिवर्तन हुने बताउनुहुदै उहाँले भन्नु भयो यदि जेठ भित्र संविधान सभाको निर्वाचन भएन भने माओवादी संसदमा नरहने बताउनु भयो। उक्त भेटघाट तथा स्वागत कर्यक्रमलाई सम्बोधन गर्दै संयुक्त बाममोर्चाका सांसद गणेश शाहले संविधान सभाको निर्वाचन अगाडी नै सम्पूर्ण बाम एकता भए राष्ट्रले कम्युनिष्ट नेतृत्व लिने दावी गर्दै गणतन्त्र स्थापना गर्न आठ दल लागि परेको बताउनु भयो।
कार्यक्रममा एन आर एन (आइसीसी) का केन्द्रीय प्रतिनिधी रुद्र शर्माले प्रवासी नेपालीहरुलाई संविधान सभाको निर्वाचनमा मतदान गर्नबाट बंञ्चित गराएकोमा दुःख ब्यक्त गर्दै यदि नयां नेपालको निमार्ण गर्ने हो भने प्रवासी नेपालीहरुलाई संविधान सभाको निर्वाचनमा भाग लिन दिनु पर्ने बताउनु भयो।
सो कार्यक्रमको स्वागत भाषण प्रगतिशील मोर्चाका उपाध्यक्ष लक्ष्मण राईले गर्नु भएको थियो। स्मरणीय रहोस् नेपाली प्रगतिशील मोर्चाद्धारा आयोजना गरिएको उक्त भेटघाट तथा स्वागत कार्यक्रममा नेपाली जनसम्पर्क समिति, नेपाली जनसम्पर्क समिति (प्रजातान्त्रिक) एवम् नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षहरुलाई अतिथिको समेत स्थान नदिई नयां परम्पराको शुरुवात दक्षिण कोरियाको प्रवासी भूमिमा गरेको यो नै सम्भवतः पहिलो घटना हो।
Popularity: 22%
February 26th, 2007
भूपेन्द्र आचार्य एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि -
केही दिन अगाडी दक्षिण कोरियाको यसु शहर स्थित प्रवासी मजदुरहरुलाई राखिएको जेलमा भएको आगोलागी काण्डमा मृत्यु भएका नौ जना र घाइते भएका २७ जनाको क्षतिपूर्तिको माग गर्दै दक्षिण कोरियाको राजधानी सउलस्थित सउल स्टेसन अगाडी विशाल र्याली तथा आमसभा सम्पन्न भएको छ।
उक्त र्याली तथा सभामा मृतकको परिवारलाई उचित क्षतिपूर्ति दे, प्रवासी गृहवन्दी (जेल)को खारेजी गर, अवैधानिक मजदुरहरुलाई तत्कालै बैधानिक गर, इपीएस् खारेज गर जस्ता नाराहरु लगाइएको थियो। दक्षिण कोरियाका करीब ३०० वटा विभिन्न संघसंस्थाहरु, युनियनहरु तथा संगठनहरुबाट निर्माण गरिएको संर्घष्ा समितिद्धारा आयोजना गरिएको सो सभामा आगोलागी मृत्यु भएका ब्यक्तिहरुको परिवारहरुको पनि उपस्थिती रहेको थियो।
दशौं हजार प्रवासी मजदुरहरुको उक्त सभालाई सम्बोधन गर्दै प्रजातान्त्रिक मजदुर पार्टीका अध्यक्ष मुन् सङ हेङले उक्त आगलागी काण्डले दक्षिण कोरिया सरकारको विश्व सामू शीर निहुरेको बताउंदै मृतकका परिवारलाई यथासीघ्र क्षतिपूति दिनुपर्ने बताउनु भयो।
यसैगरि सो विरोध र्यालीलाई सम्बोधन गर्दै माइग्रेन्ट ट्रेड युनियनका अध्यक्ष काजीमान खापुङले दक्षिण कोरियाको सरकारले मृतकको परिवारलाई नदिए प्रवासी मजदुरहरुले आफ्नो क्षेत्रबाट जे गर्न पनि तयार रहेको बताउनु भयो।
उक्त र्याली तथा सभामा दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाहरु जस्तै प्रवासी नेपाली पत्रकार संघ, नेपाल बौद्ध परिवार, नेपाली जनसर्म्पर्क समिति, नेपाली प्रगतिशील मोर्चा र नेपालीहरुको छाता संस्था नेपाली सर्म्पर्क समितिका विभिन्न पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो।
आगलागी काण्डमा चाइनीज प्रवासी मजदुर ८ जना र १ उज्वेकिस्तानीको मृत्यु भएको थियो भने अन्य २७ जना विदेशी मजदुरहरु घाइते भएका थिए।
Popularity: 22%
February 26th, 2007
सुदूर पश्चिमाञ्चल दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन
भूपेन्द्र आचार्य एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि -
दक्षिण कोरियामा विभिन्न पेशा र मजदुरी गरिरहेका सुदरपश्चिमाञ्चलवासीहरुको एक भेलाले दिपक रावलको अध्यक्षतामा १५ सदस्यीय एक समिति गठन गरेको छ।
साम्राज्य राज विक्रम पाण्डेको अध्यक्षतामा भएको सो भेलाले उपाध्यक्षमा क्रमशः मोहन ब. शाही, नरेश बहादुर थापालाई चयन गरेको छ । सचिवमा उत्तम भट्ट, सह सचिवमा अर्जुन कठाय, कोषाध्यक्षमा मंगल बहादुर शाही, सदस्यहरुमा दिनेश बहादुर सिंह, रतन पति जोशी, गणेश मल्ल, नवीन सिंह, तेज बहादुर पाल, ज्ञान बहादुर मल्ल, बलदेव भट्टर्राई, राजेन्द्र बहादुर सिंह, दमन बहादुर चन्द रहनु भएको छ। उत्तम भट्टले सञ्चालन गर्नुभएको उक्त भेलाले मुख्य सल्लाहकारहरुमा साम्राज्य राज बिक्रम पाण्डे र सल्लाहकारमा पदम बहादु बोहरालाई चयन गर्नुभएको छ।
लमजुङ परिवार द.कोरियाको नयां समिति गठन
भूपेन्द्र आचार्य एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि -
दक्षिण कोरियामा विभिन्न पेशा र मजदुरी गरिरहेका प्रवासी मजदुरहरुको एक भेलाले इन्द्र गुरुङको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ।
लमजुङ परिवार दक्षिण केरियाको अध्यक्ष अमृत गुरुङको अध्यक्षतामा बसेको सो साधारण सभाले निम्न अनुसारको नयां समिति गठन गर्यो। उपाध्यक्षमा भीम कुमार गुरुङ सचिवमा भीम गुरुङ सह सचिवमा जीत ब. गुरुङ कोषाध्यक्षमा नवीन गुरुङ र सदस्यहरुमा कमला गुरुङ, वविता गुरुङ, कृष्ण गुरुङ, भक्त घले, जम ब. गुरुङ, मान बहादुर गुरुङ रहनु भएको छ। यसैगरि सल्लाहकारहरुमा के. बी. गुरुङ, इन्द्र गुरुङ, कृष्ण गुरुङ, अमृत गुरुङ रहनु भएको छ भने, सम्पादक सल्लाहकारमा भूपेन्द्र आचार्य रहनु भएको छ ।
मनाङ तथा मुस्ताङ परिवारले संयुक्त रुपमा ल्होसार पर्व मनाइयो
भूपेन्द्र आचार्य एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि -
मनाङ परिवार र मुस्ताङ परिवार दक्षिण कोरियाले विभिन्न स्थानमा ब्यापक रुपमा ल्होसार पर्व मनाएको छ। आफ्नो कला संस्कृतिलाई प्रवासी भूमिमा समेत पहिचान गर्न लागि परेको कुरा मनाङ परिवारका संस्थापक सल्लाहकार राप्के लामाले बताउनु भयो। उक्त पर्वमा नेपाली परिकारहरु सहित आफ्नो परम्परा झल्किने गरि विभिन्न नाचगानहरु समेत देखाइएको थियो । स्मरणीय रहोस् मनाङ परिवार र मुस्ताङ परिवारले दक्षिण कोरियामा प्रत्येक बर्षल्होसार पर्व मनाउंदै आईरहेको छ।
Popularity: 21%
February 26th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले जनताको पहलविना महान् राष्ट्रको निर्माण हुन नसक्ने बताउनुभएको छ। लुम्बिनी क्षेत्रीय ब्युरोको आयोजनामा आज बुटवलमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतको राजनीतिक नेतृत्वले जहिले पनि जनताको ऐतिहासिक आन्दोलनलाई सम्झौतामा र अपुरो ठाउँमा टुङ्ग्याउने गरेकाले क्रान्तिले कहिल्यै पनि पूर्णता नपाएको धारणा राख्नुभयो।
माओवादीको केन्द्रीय नेतृत्व तहका नेताहरूले कम्तीमा पनि तीन दशकसम्म व्यक्तिगत जग्गा, घर र सम्पत्ति नराख्ने नीति बनेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो- “नयाँ नेपालको अहिले नयाँ नेपालरूपी बच्चा अपहरण गर्न खोजिँदैछ, त्यसको अपहरण हुन नदिन सबै सचेत हुनुपर्छ।”
क्रान्तिबाट प्राप्त फलको रक्षा गर्न सकिएन भने देश फेरि दुघटनामा पर्ने खतरा छ भन्दै उहाँले दश वर्षो जनयुद्धबाटै सङ्घात्मक गणतन्त्र, संविधानसभा र राज्यको अग्रगामी पुन संरचना जन्मेको विचार राख्नुभयो।
माओवादी सरकारमा गएपछि भ्रष्टाचारीहरूले कमाएको अकुत सम्पत्ति जफत गर्ने, उनीहरूलाई कारबाही गर्ने र त्यसबाट आएको सम्पत्ति गरिबी घटाउन र नयाँ विकासको पूवाधार तयार गर्ने काममा लगाइने उहाँले बताउनुभयो।
अहिले पनि ढल्न लागेको राजसंस्थाले षड्यन्त्रका तानाबुना बुनिरहेको बताउँदै अध्यक्ष प्रचण्डले नेपाल चाँडै गणतन्त्रको युगमा प्रवेश गर्ने विचार व्यक्त गर्नुभयो।
माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले देशलाई सङ्घीय गणतन्त्र घोषणा नगरेसम्म नेपाली जनताको क्रान्ति पूरा नहुने धारणा राख्नुभयो।
सात राजनीतिक पार्टी र माओवादीको मतैक्य हुने हो भने अन्तरिम विधायिकाको बैठकबाटै मुलुकलाई गणतन्त्रको घोषणा गर्न सकिने विचार व्यक्त गर्नुभयो।
Popularity: 22%
February 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ तनहुँका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयअगाडि रहेको स्व. राजा महेन्द्रको श्रीपेचसहितको सालिक हिजो दिउँसो तोडफोड गरेका छन्।
प्ररायुसङ्घका व्यास नगर अधिवेशनमा भाग लिन आएका कार्यकर्ताहरूले उक्त सालिक पूर्ण रूपमा तोडफोड गरेका हुन्।
राजाले फागुन ७ मा देशवासीका नाममा सन्देश जारी गरेपछि देशका थुप्रै भागमा शालिकहरु ढालिएका छन्।
Popularity: 22%
February 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच हिजो नेपालगन्जमा झडप भएको छ। दिउँसो फोरमले नेपालगन्ज नगरको त्रिभुवन चोकमा आयोजना गरेको आमसभामा माओवादीले हस्तक्षेप गरेपछि झडप भएको फोरमले जनाएको छ।
नेकपा (माओवादी)ले आफूहरूको मोटरसाइकल र्यालीलाई रोकिएपछि झडप भएको जनाएको छ।
झडपका क्रममा माओवादीका दुई वटा सवारी साधन र माओवादीको जनपरिषद् कार्यालयमा समेत आगजनी भएको छ, भने दुवै पक्षबीच केही बेर ढुङ्गा हानाहान समेत भएको थियो।
अपराह्न फेरि माओवादी कार्यालयनजिक केही बेर ढुङ्गामुढा भएको थियो।
त्यसै क्रममा प्रहरीले अश्रुग्याससमेत प्रयोग गरेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक उत्तम कार्कीका अनुसार स्थितिलाई नियन्त्रण गर्न ठाउँठाउँमा प्रहरी खटाइएको छ।
Popularity: 22%
February 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)का नेता वामदेव गौतमले दर्ता तथा प्रमाणीकरणका क्रममा माओवादीले हतियार लुकाएको भए त्यो उसकै लागि घाँडो हुने बताउनुभएको छ।
राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले आगामी जेठभित्र संविधानसभाको निर्वाचन हुनुपर्नेमा जोड दिँदै संविधानसभाको निर्वाचन नहुन्जेल यस्ता समस्या आइरहने भएकाले ढिलो नगरेर संविधानसभाको निर्वाचन तोकिएको समयमै हुनुपर्छ भन्नुभयो।
नेपाली काङ्गे्रसका नेता डा.शेखर कोइरालाले शान्ति सम्झौतामा दर्ता र प्रमाणीकरण नगरिएका हतियार अवैध हुने भनिएकाले माओवादीले लुकाएका हतियार स्वतः अवैध हुने बताउँदै संविधानसभाको निर्वाचन तोकिएको समयमा नभएमा यसले अस्वाभाविक परिस्थिति सिर्जना गर्ने धारणा व्यक्त गर्नुभयो।
नेकपा (माओवादी)को जनमुक्ति सेनाका डेपुटी कमान्डर पासाङले हतियार लुकाउनुपर्ने आवश्यकता नरहेकाले हतियार लुकाएको भए प्रमाणित गरियोस् भन्दै बाहिर राखिएका हतियार त्रिपक्षीय सम्झौताअनुरूप राखिएकाले शान्ति प्रक्रियामा आफ्नो दल इमान्दार रहेको बताउनुभयो।
नेपाली काङ्गे्रस (प्रजातान्त्रिक)का नेता डा.मीनेन्द्र रिजालले हतियारको राजनीतिलाई नेपाली जनताले अस्वीकार गरिसकेकाले माओवादीले त्यसतर्फो बाटो सदाका लागि त्याग्नुपर्नेमा जोड दिँदै संविधानसभाको निर्वाचन तोकिएको समयमा नै सम्पन्न गर्न पनि हतियारको छायाँ नरहने स्थिति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेकपा -माओवादी)का नेता दीनानाथ शर्माले भन्नुभयो- “हामीलाई अविश्वास नगरियोस्, हामीले कुनै पनि हतियार लुकाएका छैनौ, संविधानसभाको निर्वाचन समयमा हुन नदिने षड्यन्त्रस्वरूप हतियार लुकाएको आरोप हामीलाई आइरहेको छ।”
Popularity: 22%
February 25th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
देशै संविधानसभामय भइरहेको बेला नेकपा (माओवादी)का उपत्यका ब्युरो इन्चार्ज सुमनले अहिले संविधानसभाको निर्वाचन गर्नुपर्ने आवश्यकता नभएको बताउनुभएको छ।
नेकपा (माओवादी) समर्थित नेपाल बुद्धिजीवी सङ्गठन भक्तपुरको बालकोटमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले देशमा गणतन्त्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो।
माओवादीको सङ्घर्षबाट नै व्यवस्थापिका संसद गठन भएको दाबी गर्दै उहाँले व्यवस्थापिका संसद अन्तरिम व्यवस्थापिका मात्र भएको बताउनुभयो।
राजदरबार हत्याकाण्डका दोषीलाई सरकारले कारबाही गर्नुपर्नेमा इन्चार्ज सुमनले जोड दिनुभयो।
कार्यक्रममा माओवादीका भक्तपुर जिल्ला इन्चार्ज प्रभाले भक्तपुरमा माओवादी चौथो स्थानमा रहेकाले पहिलो स्थानमा पुग्न कार्यकर्ता जनताको सेवामा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
भक्तपुरमा जाँड, रक्सी, जुवा, तास, वेश्यावृत्तिको अन्त्य गर्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।
Popularity: 21%
February 25th, 2007
Previous Posts