Archive for February 2nd, 2007

मन्त्री ठाकुरको संयोजकत्वमा सरकारी वार्ता टोली गठन

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
मध्य तथा पूर्वी तराईमा जारी आन्दोलनलाई वार्ताद्वारा समाधान गर्न आज बसेको मन्त्रीपरिषदको बैठकले तीन सदस्यीय सरकारी वार्ता टोली गठन गरेको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले कृषि तथा सहकारीमन्त्री महन्थ ठाकुरको संयोजकत्वमा स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डे र जलस्रोतराज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सम्मिलित वार्ता टोली गठन गरेको हो।

सरकारी वार्ता टोलीले वार्ताको वातावरण तयार गरी सबै पक्षसँग वार्ता थाल्ने बताएको छ।

Popularity: 12%

1 comment February 2nd, 2007

क्याथे प्यासिफिक एयरवेजको नेपाल उडान गर्ने तयारी

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
क्याथे प्यासिफिक एयरवेजले निकट भविष्यमा नेपालमा उडान सेवा पुर्‍याउने तयारी शुरु गरेको छ।

एयरलाइन्सका मध्यपूर्व भारत र अफ्रिकाका लागि महाप्रवन्धक टम राइटले बुधबार एक एक पत्रकार सम्मलेन गरी उक्त जानकारी दिएका हुन्।

क्याथे प्यासिफिक समूह अन्तर्गत हङकङको ड्रागन एयरलाइन्सले बुधबार अमरावती ट्राभल्ससंग बिक्री प्रतिनिधि (जीएसए) सम्बन्धी सम्झौता समेत गरिसकेको छ।

क्याथे प्यासिफिक एयरवेजको हङकङस्थित १ सय २७ जहाजले संसारका १ सय ५ गन्तव्यहरुमा उडान सेवा विस्तार गरिसकेको छ।

Popularity: 12%

12 comments February 2nd, 2007

गृहद्वारा हिंसाप्रति खेद व्यक्त

रासस -
गृह मन्त्रालयले तराईका विभिन्न जिल्लाका कतिपय ठाउँमा शान्तिपूर्ण प्रदर्शनका नाममा हिंसा, तोडफोड र आगजनी भइरहेको, लाठी, भाला, फलामका हतियारसमेत लिई निस्केको जुलुसले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्ने एवं व्यक्तिगत घरमा समेत तोडफोड र आगो लगाउनेजस्ता हिंसात्मक क्रियाकलापले सरकारी तथा गैरसरकारी सम्पत्तिको ठूलो क्षति भएकामा खेद व्यक्त गरेको छ ।

हिंसात्मक घटनालाई नियन्त्रणमा लिन र शान्ति र व्यवस्था कायम राख्न सुरक्षाकर्मीले अत्यन्त संयमता अपनाउँदा अपनाउँदै पनि सरकारी सम्पत्तिको तोडफोड आगजनी गरी सुरक्षाकर्मीमाथि नै हातहतियारबाट आक्रमण हुन थालेपछि अमनचैन कायम राख्नका लागि गरिएका न्यूनतम बल प्रयोगका क्रममा केही नागरिकको दुःखद निधन हुन पुगेकामा पनि सरकारले दुःख व्यक्त गरेको छ ।

Popularity: 12%

1 comment February 2nd, 2007

पूर्व आइजी बोहरालाई छुरा प्रहार गर्नेहरू पक्राउ

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता, फेब्रुवरी २ -
पूर्व आइजी बोहरालाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले विहीबार तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा संखुवासभाको खाँदबारी घर भई पेप्सीकोलाको हेम्स इन्टरनेसनल एकेडेमीमा अध्ययनरत १५ वर्षीय सञ्जय राई, सल्यान छायाक्षेत्र-४ स्थायी घर भई भीमसेनगोलास्थित ग्रिनल्यान्ड स्कुलमा अध्ययनरत १५ वर्षीय दिवाकर बुढाथोकी र सिन्धुपाल्चोक मार्मिक-९ घर भई हाल अनामनगर डेरा गरी बस्ने १८ वर्षीय रोशन श्रेष्ठ छन्।

उनीहरूलाई एक थान छुरीका साथ बुधबार नयाँ बानेश्वर र अनामनगरबाट लुटेका मोबाइल फोनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ।

…………………………………………………………………………..

पूर्व आइजी बोहराको ज्यान लिने प्रयास
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता, जनवरी ३१ -
पूर्व प्रहरी प्रमुख मोतीलाई बोहरालाई मंगलबार साँझ बानेश्वर संगमचोकस्थित आफ्नै निवास छेउ अज्ञात समूहले छुरी प्रहार गरी ज्यान लिने प्रयास गरेको छ।

आफन्त जयरामसिंह बोहराको घरबाट र्फकदा बोहरामाथि अज्ञात समूहले आक्रमण गरेका थिए। तीन जनाको समूहमा आएका व्यक्तिहरुले बोहरालाई मुख, कोखा, ढाड, छाती र कम्मरमा छुरा हानेका थिए।

घाइते बोहराको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भै रहेको छ। उपचारमा संगलग्न चिकित्सकहरुले बोहरा खतरामुक्त रहेको बताएका छन्।

Popularity: 12%

3 comments February 2nd, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....