Archive for February 3rd, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जातीय स्वशासन र आत्मनिर्णयको अधिकार, समानुपातिक निर्वाचन प्रणाली र संघीय शासनजस्ता महत्वपूर्ण विषयलाई अन्तरिम संविधानमा समावेश गराइनुपर्ने माग राख्दै शुक्रबार काठमाडौँमा विरोध र्याली एवम् सभाको आयोजना गरियो ।
नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा भएको सो र्यालीमा आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न क्षेत्रको सहभागिता थियो ।
सभामा आदिवासी जनजातिसँग आवद्ध विभिन्न नेताले अन्तरिम संविधानलाई तुरुन्त संशोधन गरी आदिवासी जनजातिले उठाएका माग पूरा गरिनुपर्ने अन्यथा थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको थियो ।
उहाँहरुले आठ राजनीतिक दल आदिवासी जनजातिले उठाएका मागप्रति किन गम्भीर हुन नसकेको भन्ने प्रश्न गर्दै आदिवासी जनजातिलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ भन्नुभयो ।
महासंघका सल्लाहकार डा। ओम गुरुङले अन्तरिम संविधानमा जातीय स्वशासन र आत्मनिर्णयको अधिकार सुनिश्चित गरिनुपर्छ भन्नुभयो भने आदिवासी जनजाति संयुक्त सšघर्ष समितिका नवीन चित्रकारले अन्तरिम संविधानले आदिवासी जनजातिलाई समेट्न नसकेको हुनाले आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो ।
Popularity: 22%
February 3rd, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईमा आन्दोलनरत सम्पूर्ण पक्षलाई वार्ताद्वारा राजनीतिक मूलधारमा ल्याई समस्या समाधान गर्न गठित वार्ता टोलीले आजदेखि वार्ता थाल्ने भएको छ। वार्ता टोलीको प्रथम बैठक हिजो शान्ति सचिवालयमा बसेको थियो।
उक्त बैठकले पूर्वी तथा मध्य तराईमा भइरहेको अहिलेको आन्दोलनको आयोजक पक्षलाई आफ्नो आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गरेको स्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।
तीन सदस्यीय उक्त टोलीका संयोजकमा महन्थ ठाकुर र सदस्यमा मन्त्री पाण्डेका साथै जलस्रोत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ ।
Popularity: 21%
February 3rd, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्थानीय प्रशासनले लागु गरेको कर्फ्यु तोडी प्रदर्शनकारीहरुले हिजो अपराह्न श्रीपुरस्थित जिल्ला अदालतमा कर्मचारीहरुलाई भित्र थुनी अदालतमा आगो लगाउन प्रयास गरेका थिए। भिडन्तमा सातजना सशस्त्र प्रहरीका कर्मचारी घाइते भएपछि सुरक्षाकर्मीले गरेको हवाई फायरमा चार प्रदर्शनकारी घाइते भएका छन्।
उक्त घटनामा सख्त घाइते तीनजनालाई उपचारका लागि हिजै हेलिकप्टरबाट काठमाडौँ ल्याइएको र अन्य घाइतेको वीरगन्ज अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
गृह मन्त्रालयका अनुसार बाँके जिल्लाको लग्ध गाविसमा नागरिकता वितरण गर्न गएको टोलीलाई स्थानीय व्यकि्तले कब्जामा लिई कोठामा थुनी राखेको खबर पाएपछि उद्धारका लागि गएका प्रहरी र स्थानीय व्यक्तिबीच भएको विवादलाई सम्झाइबुझाई साम्य पारी सदरमुकाम आएपछि पुनः सो विवादलाई चकाई सदरमुकाममा दिउँसो दुई पक्षबीच झडप हुँदा चारजना घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
गृह मन्त्रालयले विभिन्न किसिमका हौवा र अनर्गल हल्ला फिजाई स्थितिलाई उत्तेजक र अराजक बनाई आपसी सद्भावलाई बिथोल्न चाहनेहु पुनरुत्थानवादी तत्वप्रति सतर्क रही अहिलेको संवेदनशील अवस्थामा सबै देशवासीले धैर्य र संयमता अपनाई शान्तिसुरक्षा र अमनचैन कायम राख्ने कार्यमा सक्दो सहयोग गर्न हार्दिक अनुरोध गरेको छ ।
Popularity: 21%
February 3rd, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विगत केही दिनदेखि तराई क्षेत्रमा भइरहेको तनावका कारण ढुवानी नहुँदा राजधानीमा पेट्रोलियम पदार्थको अभावले हाहाकारको स्थिति देखिन थालेको छ। इन्धन नहुँदा राजधानीका अधिकांश पेट्रोल पम्प बन्द भएका छन् भने केहीले ‘पेट्रोल छैन’ लेखिएका प्लेकार्ड राखेर आफूसँग भएको डिजेल भने बेचिरहेका छन् ।
त्यसैगरी यहाँका इन्धन बिक्री डिपोमा एलपी ग्यास र मट्टतितेल पाइन छाडेको छ ।
इन्धन अभावका कारण राजधानीवासीको जीवन क्रमशः कष्टकर हुँदै गएको छ भने दैनिक उपभोगका सामग्री भण्डारण गर्नेहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
यहाँका सडकमा सवारी साधनको चाप घट्दै गएको छ भने नेपाली सेनाको रिपुमर्दिन पेट्रोल पम्पमा प्रत्येक दिन इन्धन भर्नेको लामो लाम लागेको छ ।
राजधानीमा इन्धनको आपूर्ति सहज बनाउन अपनाउनुपर्ने रणनीतिबारे नेपाल आयल निगमका उच्च अधिकारी अहिले विचारविमर्शमा व्यस्त रहेका छन् ।
वीरगञ्जको बाटो भएर ल्याइने पेट्रोलियम पदार्थ त्यहाँको तनावका कारण ल्याउन सकिएको छैन।
Popularity: 21%
February 3rd, 2007