Archive for February 4th, 2007

रियादमा तीन नेपालीको शव पाँच महिनादेखि अलपत्र

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
साउदी अरवको रियादमा सडक दुर्घटनामा परेर ज्यान गुमाएका तीन नेपालीका शव पाँच महिनादेखि अलपत्र परेका छन्।

अलपत्र अवस्थामा रहेका झापामा राजकुमार राई, मोरङका रामबहादुर राई र म्याग्दीका हेम पुनका शव बुझ्न कोही नभएको बताइन्छ।

रियादस्थित कार्यवाहक राजदूत प्रकाशकुमार सुवेदीका भनाईलाई उदृत गर्दै कान्तिपुरले जनाए अनुसार तीनैजना नेपाली गैरकानुनी बसोबास गरिरहेका कामदार भएकाले शव बुझ्न आफन्त र कम्पनीका प्रतिनिधि नगएको बताइन्छ।

Popularity: 11%

1 comment February 4th, 2007

जनकपुरमा एकको मृत्युपछि तनाव

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि, फेब्रुवरी ४ -
जिल्ला प्रशासन कार्यालय धनुषाले आज जनकपुर क्षेत्रमा दिनभर कर्फ्यु लगाउने भएको छ। हिजो साँझ ७ बजेदेखि आज बिहान ४ बजेसम्मका लागि पनि कर्फ्र्यू आदेश जारी भएको थियो।

आन्दोलनका क्रममा केही दिन अघि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका जनकपुर नगरपालिका वडा नं. ४ का राजेश ठाकुरको हिजो मृत्यु भएको घटनाले जनकपुरमा तनाव रहेको छ।

ठाकुर माघ १४ गते घाइते भएका थिए। उनी सङ्कटमोचन माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थी थिए।

हिजो ठाकुरको दाह संस्कार गरेपछि प्रदर्शनकारीहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेका थिए। यस क्रममा सो परिसरमा रहेको तीनवटा मोटर साइकल पनि जलेको बताइएको छ।
……………………………………………………………………

इनरुवा, विराटनगर र वीरगन्जमा कर्फ्यु, पुलमा बम विस्फोट
एचकेनेपाल डट कम, फेब्रुवरी २ -
सुनसरीको इनरुवा, विराटनगर र वीरगन्जमा तनाव बढेपछि स्थानीय प्रशासनले आज बिहानैदेखि कर्फ्यु लगाएको छ।

प्रदर्शनकारीले हिजो बेलुका सप्तकोशी नदीको पुलमा बम विस्फोट गरी क्षतिग्रस्त तुल्याएपछि महेन्द्र राजमार्ग अवरुद्ध बनेको छ।

एचकेनेपाल डट कम, फेब्रुवरी १ -
तराई जलिरहेको छ…, हिंसा, आगजनी र लुटपात जारी छ। पछिल्लो जानकारी अनुसार तराईमा भडि्कएको हिंसामा १४ जनाले ज्यान गुमाई सकेका छन् र सयौंको संख्यामा घाइते भएका छन्।

सरकारी कार्यालयहरु जलाइएका छन्। प्रहरी चौकीहरुमा आक्रमण गरी ध्वस्त पारिएका छन्। सातदल र नेकपा माओवादीबीच भएको शान्ति सम्झौतापछि शान्तिको राहत महसुस गरिरहेका नेपालीहरु पुनः आतंकित बन्न थालेका छन्।

तराईमा बढ्दै गइरहेको तनाव साम्य पार्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दिएको सन्देशबाट तनाव साम्य हुनुको सट्टा झन बढ्दै गएको छ। मधेसी जनअधिकार फोरमलगायत विभिन्न संघसंस्थाले प्रधानमन्त्री कोइरालाको सन्देश अपूरो र धोकापूर्ण भन्दै आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।

विराटनगरमा बुधबार अपरान्ह प्रदर्शनकारीले प्रहरी नायब निरिक्षक नरेशजंग कार्कीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर पोखरीमा फालिदिएको समाचार स्रोतहरुले बताएका छन्। केही प्रहरीहरु प्रदर्शनकारीको तीरधनुष र ढुंगामुढाको प्रहारबाट घाइते भएका छन्।

प्रहरी र प्रदर्शनकारीबीच बिहीबार भएको दोहोरो झडपमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ। मर्नेहरूमा इनरूवा ८ - का हरि मेहता र श्याम मेहता छन् भने एक जनाको सनाखत हुन सकेको छैन।

प्रहरी र प्रदर्शनकारीबीच सीमित भएको तनावको आगो अब पहाडीय र मधेशीमाझ सल्किदै गएको छ। यसले साम्प्रदायिक दंगाको रुप लिन सकिने आशंका व्यक्त भएको छ।

शंका लाग्छ, तराईमा बढ्दै गएको तनावले अझै विकराल रुप लिने त होइन ?

Popularity: 12%

11 comments February 4th, 2007

प्रहरीको हतियार लुटियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह पक्ष)का हतियारधारी कार्यकर्ताको समूहले सप्तरी जिल्लाको पत्थरगाडा प्रहरी चौकी कब्जा गरी तीन थान हतियार लुटेर लगेको छ।

हिजो बिहान करिब ११ बजे मोर्चाका तीन दर्जन कार्यकर्ताले प्रहरी चौकी घेरेर त्यहाँ रहेका तीन जना प्रहरीको हतियार खोसेर लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मोर्चाका कार्यकर्ताहरूले दुई थान राइफल, एक थान पेस्तोल, थ्रीनट थ्री राइफलको २०० राउण्ड गोली र पेस्तोलको १४ राउन्ड गोली लुटेर लगेको बताइएको छ।

मोर्चाको तेस्रो डिभिजन ‘ए’ कम्पनीका छापामारले चौकीबाट हतियार लुटेको मोर्चाको सप्तरी सैन्य प्रवक्ता मोहम्मद लालले बताएका छन्।

मोर्चाका सेनाले भगाएका तीन जना प्रहरी जवान सर्म्पर्कमा आइसकेको प्रहरी निरीक्षक ज्ञानेन्द्र फुँयालले बताए।

प्रहरी सहायक निरीक्षक शिवेन्द्र यादवको नेतृत्वमा दशजना प्रहरी सहित सो चौकी एक महिना अगाडि मात्र पुनःस्थापना गरिएको थियो।

Popularity: 11%

Add comment February 4th, 2007

फोरमको प्रतिकारमा स्थानीय जनता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरमद्वारा आयोजित मोटरसाइकल र्‍यालीले हरिवनस्थित पसल र घरघरमा तोडफोड गर्न लागेपछि प्रतिकारमा उत्रेका गाउँलेले प्रदर्शनकारीका छवटा मोटरसाइकल र दुई वटा ट्रक जलाइदिएका छन्।

सो क्रममा भएको झडपमा घाइते भएका फोरमका तीन कार्यकर्ताको उपचार गरेको आरोपमा स्थानीय नमुना अस्पतालसमेत फोरमबाट तोडफोड गरियो।

स्थिति नियन्त्रण गर्नेक्रममा प्रहरीले हवाई फायर गर्नुका साथै केही सेल अश्रु ग्याँससमेत प्रयोग गर्नुपरेको थियो।

सो क्षेत्रमा अहिले प्रहरी परिचालन भएको छ।

Popularity: 11%

2 comments February 4th, 2007

चिया खाँदा सात बिरामी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सिराहाको ब्रम्हाणगोर्छा गाउँ विकास समिति वडा नं. ६ हरिनगरामा चिया खाँदा एकै परिवारका सातजना विरामी परेका छन्।

हिजो बिहान १० बजेतिर पकाएको सो चिया खाँदा बिरामी पर्नेमा सो ठाउँका ४० वर्षीय शिवलाल सदा तथा उनका छोरीहरू २१ की रिता र २ वर्षकी मधुकुमारी एवं छोरा सात वर्षीय मुकेश, एक वर्षीय रूपेश , तीन वर्षीय दीपेश र अन्य एक छोरा छन्।

केहीदिन अघि स्थानीय बजारबाट किनिल्याएको उपहार सिटिसी चिया पकाएर खाँदा सुरूमा उनीहरूले बान्ता गरेको र पछि बेहोस भएका थिए।

Popularity: 11%

1 comment February 4th, 2007

नेका महामन्त्री भन्छन् नेपालमा गणतन्त्र आवश्यक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका महामन्त्री रामचन्द्र पौडेलले पूर्ण प्रेस स्वतन्त्रतादेखि सम्पूर्ण स्वतन्त्रता समेटिएको गणतन्त्र नेपालमा आवश्यक पर्ने बताउनुभएको छ।

काङ्ग्रेस नुवाकोटले देवीघाटमा आयोजना गरेको लोकजागरण तथा शान्ति अभियान कार्यक्रममा महामन्त्री पौडेलले तर्राईमा जारी आन्दोलन प्रतिगामीहरूको उपज रहेको बताउनुभयो।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले राजालाई सम्बैधानिक बनाउन नेकाले पचास वर्षदेखि लगातार प्रयास गरेतापनि त्यो खेर गएको बताउनुभयो।

Popularity: 11%

Add comment February 4th, 2007

संविधानसभा अगाडि नै गणतन्त्र घोषणा हुनसक्छः नेपाल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव माधवकुमार नेपालले दरबारको अधिकार पुनर्स्थापन गर्न राजावादीहरुले चलखेल जारी राखेमा संसदले संविधानसभा अगाडि नै सीधै गणतन्त्र घोषणा गर्नसक्ने चेतावनी दोहोर्‍याउनु भएको छ।

तराइवासीको अधिकारका लागि मधेसी जनअधिकार फोरमलगायतले उठाएको माग जायज भएको उल्लेख गर्दै माग प्राप्तीका लागि चालिएको कदमप्रति भने उहाँले असन्तुष्टी व्यक्त गर्नुभएको छ।

तराइमा जारी आन्दोलन हिंसात्मक मोडतिर अगाडि बढेकोमा चिन्ता व्यक्त गर्दै उहाँले हतियार बिना माग पूरा हुन सक्दैनन् भन्ने मनोगत धारणा त्याग्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो।

तराइको समस्या समाधान गर्न सरकारले वार्ता टोली गठन गरिसकेकाले आन्दोलनकारीले वार्ता मार्फत् आफ्नो माग पूरा गराउनुपर्ने सुझाव महासचिवले दिनुभयो।

अधिकारका लागि हतियार उठाइरहेका तराइवासीलाई हतियार त्याग्न आग्रह गर्दै उहाँले अधिकारकालागि जातीय एवं साम्प्रदायिक मुद्दा अगाडि र्सार्न नहुने बताउनुभयो।

तराइको आन्दोलनमा प्रतिगमनकारीको घुसपैठ पनि भएकाले रायमाझी आयोगको प्रतिवेदनअनुसार कारवाही गर्नुपर्ने माग महासचिव नेपालले गर्नुभयो।

Popularity: 11%

Add comment February 4th, 2007

पूजाको ग्ल्यामरस प्रस्तुतीले जाडोमा ततायो सवैलाई (+Photo)

धन बस्नेत, पोखरा /एचकेनेपाल डट कम, फेब्रुवरी ३ -
विहानदेखि मौसम खुलेको छैन्। घामको आशामा बस्दा बस्दै चिस्यानले ज्यान निकै कठाङरियो। जब साँझ ढल्दै गयो तब विस्तारै जीउमा ताप पैदा हुन थाल्यो। तुवाँलिएको मौसममा गायिका पूजा लामाले एकोहोरो स्टेजमा ‘चियाबारीमा हो चियाबारीमा’ गीत गुञ्जाइ दिएपछि जाडोले चिस्सिएका दर्शक एकाएक तात्न थालिहाले। (more…)

Popularity: 11%

Add comment February 4th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....