Archive for February 5th, 2007

चाइनीजद्वारा हत्या गरिएका पौडेलको परिवारलाई ७० लाख वन्

भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि-
दक्षिण कोरियामा रहेका नेपालीहरुको छाता संस्था नेपाली सम्पर्क समितिले केही महिना अगाडि चाइनीज कामदारद्वारा हत्या गरिएका पोखरा निवासी देवीप्रसाद पौडेलको परिवारलाई ७० लाख वन् (करिव पांच लाख रुपैया) सहयोग प्रदान गरेको छ।

आगामी बुधवार नेपालमा एक पत्रकार सम्मेलनको आयोजना गरि एक समारोहवीच उक्त रकम देवी पौडेलको परिवारजनलाई वितरण गरिने कुरा नेपाली सम्पर्क समितिका अध्यक्ष बम प्र. लावतीले बताउनु भयो। यसैगरि नेपाली सम्पर्क समिति द. कोरियाले यस अघि पनि मोटर र्साईकल दुर्घटनामा परि मृत्यु भएका क्रमशः सुभाष गुरुङ र चन्द्र राईका परिवारलाई ५०।५० लाख वन् सहयोग प्रदान गरेको थियो। सो रकम सडक विभाग र सडक बनाउने ठेकेदार बाट मुद्दा लडी उक्त रकम उपलब्ध गराएको कुरा उक्त समितिका सचिव केशव खड्काले बताउनु भयो।

स्मरणनीय रहोस् उक्त समितिले अन्य मृत्यु भएका नेपालीहरु ओमकार खड्का, सम्शेर बहादुर थकालीका परिवारलाई क्रमशः ५।५ लाख वन् तथा गोविन्दबहादुर क्षेत्रीलाई साढे दुइ लाख सहयोग रकम नेपालमा रहेका परिवारजनलाई उपलब्ध गराएको थियो।

यसैगरि कोरियामा आई कामको सिलसिलामा दुर्घटना भई अपाङ्ग भएका होम छन्त्याललाई १० लाख वन्, रवि पन्थीलाई १० लाख वन् , बम ब. शाहीलाइ १० लाख वन् प्रदान गरिएको छ।

Popularity: 12%

1 comment February 5th, 2007

नेपाली सम्पर्क समितिको १३ औं वाषिर्क उत्सव अन्तिम चरणमा

भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि-
द. कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको छाता संस्था नेपाली सम्पर्क समितिको १३ औं वाषिर्क उत्सवको भब्य तयारी अन्तिम चरणमा पुगेको छ।

समितिले आगामी १७ तारिख नेपालबाट झिकाइएका नेपालका ख्याती प्राप्त कलाकारहरु शम्भु राई, यश कुमार, रेजिना उप्रेती, विष्णु खत्री, मनोज गजुरेल, दुर्गा गुरुङका साथमा कान्तिपुर टेलिभिजनका रिपोर्टर हिमाल न्यौपानेको समेत सहभागी रहने उक्त कार्यक्रम कोरियाको राजधानी सउलको दोङ्गुक युनिभर्सिटीमा हुने भएको छ।


स्मृति सांस्कृतिक कार्यक्रम नामाकरण गरिएको उक्त सांस्कृतिक कार्यक्रमका बारेमा विभिन्न संस्थाका प्रतिनिधीहरुसंग गरिएको छोटो कुराकानी यस प्रकार छन् -

नेपाली सम्पर्क समितिको १३ औं वाषिर्क उत्सवका बारेमा नेपाल मगर समाजका पूर्व सभापति छवि रानाले नेपालीहरुको प्रत्येक समस्यामा लड्ने यस समितिको कार्यक्रम सफल पार्न सबै आ-आफ्नो क्षेत्रबाट लाग्नु पर्छ र भब्य उल्लासका साथ सफल बनाउनु हाम्रो कर्तब्य हो । यसैगरि नेपाली समाज थेगुका उपाध्यक्ष रेशम केशी, माइग्रेन्ट ट्रेड युनियनका सचिव उत्तम भट्ट, एन.सी.सी. कुमीका सदस्य बुद्धि पाठक, एन.सी.सी. थेगुका अध्यक्ष माधव भण्डारी, एन.सी.सी. बुसान्का सरोज खनाल, माइग्रेन्ट ट्रेड युनियन बुक्बुका सचिव केदार आचार्य र एन्.सी.सी. केन्द्रीय परिषद् सदस्य मोहन आचार्यले द. कोरियाको प्रवासी भूमिमा नेपालीका प्रत्येक मजदुर आन्दोलन र प्रवासीका समस्यालाई लिएर लड्दै आएको यस संस्थाको सम्पूर्ण कार्यक्रम भब्य उल्लास्का साथ सफल पार्न आफूहरु लागि परिरहेको बताउनु भयो ।

कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदी वहिनीहरुलाई यस संस्थाको १३ औं वाषिर्क उत्सवमा सहभागी भै दिन हुन हार्दिक अनुरोध गर्दछौं।

Popularity: 11%

Add comment February 5th, 2007

नेपाल कोरिया सांस्कृतिक मञ्चको पुनर्गठन

भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि-
नेपाली कोरिया सांस्कृतिक मञ्चको हिजो आईतबार कोरियाको राजधानी सउलमा बसेको साधारण सभाले प्रेम गुरुङको अध्यक्षतामा पूनर्गठन गरेको छ।

उपाध्यक्षमा चन्द्र लामा, महासचिवमा राजु आङदेम्बे, सचिव रोशन भट्टराई, कोषाध्यक्ष हिरामान गुरुङ, सह कोषाध्यक्षमा दिल राई, सदस्यहरुमा क्रमशः रिमा राई तथा सुनिता खांड रहनु भएको छ भने अन्य सदस्यहरु पछि थप गरिने कुरा अध्यक्ष गुरुङले बताउनु भयो।

यसैगरि सो साधारण भेलाले पांच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सो समितिका सल्लाहकार सदस्यहरुमा वांङदी लामा, बम लावती, भूपेन्द्र आचार्य, सम्भु राई र नरेन्द्र गुरुङ रहनु भएको छ।

Popularity: 11%

1 comment February 5th, 2007

कोरियामा रहेका रमेशको सांस्कृतिक प्रेम (+Photo)

भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि-
नेपालका चर्चित वाद्यवाधक न्हुच्छेवहादुर डंगोलबाट नृत्य कलाको तालिम प्राप्त गरी अनवरत रुपमा कला क्षेत्रमा लागेका वहुप्रतिभाका धनी रमेश श्रेष्ठ हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन्। (more…)

Popularity: 12%

Add comment February 5th, 2007

मह कोषको रकम मधेशका अस्पताललाई

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनआन्दोलन-२ का घाइतेहरूको उपचार गर्नका लागि महजोडीको आह्वानमा काठमाडौँ मोडल अस्पतालमा स्थापित ‘जनआन्दोलन प्राथमिक स्वास्थ्य उपचार कोष’ले बाँकी रहेको रकम मधेश आन्दोलनका घाइतेको उपचारका लागि उपलब्ध गराउने भएको छ।

हाल मधेसमा जारी आन्दोलनका क्रममा घाइते भएका पीडितहरूको स्वास्थ्योचारका लागि काठमाडौँलगायत मधेसका विभिन्न अस्पताललाई रू.२५ लाख तत्काल उपलब्ध गराउने निर्णय कोषले गरेको छ।

कोषले नेपाली-नेपालीमा सद्भाव कायम राख्दै तुरुन्त वार्ताद्वारा समस्याको समाधान गरी जनधनको क्षति नहोस् भन्नेमा पनि जोड दिएको छ।

Popularity: 12%

1 comment February 5th, 2007

पूर्वमन्त्रीको घरमा आगजनी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरूले मलङ्गवा-८ स्थित पूर्वमन्त्री रामहरि जोशीको घरमा आगजनी गर्दा सो घर ध्वस्त भएको छ। त्यस्तै मलङ्वाका विभिन्न स्थानमा रहेका भीम मैनाली, बेनीबहादुर कार्कीलगायतकाका आधा दर्जन घर पनि तोडफोड गरिएका छन्।

हिजो भएको झडपमा परी घाइते भएका १६ जनामध्ये १२ जनाको मलङ्गवास्थित जिल्ला अस्पताल र भारत सीतामढीमा उपचार भइरहेको छ भने सिकिस्त चारजनालाई काठमाडौँ लगिएको छ।

तनावका कारण राति आठ बजेदेखि मलङ्गवा नगर तथा आसपासका मुसैली, गम्हरियालगायतका गाविस क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

पूर्वपश्चिम राजमार्गअर्न्तर्गत लालबन्दीदेखि कमैया क्षेत्रमा भने आज बिहान आठ बजेदेखि साँझ आठ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ।

Popularity: 12%

Add comment February 5th, 2007

राजधानीमा पेट्रोलियम पदार्थको हाहाकार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईमा भइरहेको तनावका कारण राजधानी बाहिरबाट उपत्यकामा इन्धन बोकेका सवारीसाधन भित्रिन नसक्दा राजधानीमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको छ।

आन्दोलनको कारण नेपाल आयल निगमले बिक्री डिपोहरूलाई आवश्यक मात्रामा पेट्रोलियम पदार्थ दिन नसकेपछि यस्तो अभाव देखिएको हो। पेट्रोलियम पदार्थको अभावका कारण पेट्रोल पम्पहरूमा सवारीसाधनहरूको लामो लाम लाग्न थालेको छ।

उपत्यकाका धेरै पेट्रोल पम्पहरूले पेट्रोल र डिजेल छैन भन्दै बिक्री वितरण बन्द गरेका छन्। आयल निगमले भने थानकोट डिपोमा उपत्यकाको लागि १ महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भए पनि तराईबाट पेट्रोल आउन नसकेका कारण उपत्यकामा धेरै पेट्रोल वितरण नगरिएको जनाएको छ।

Popularity: 11%

Add comment February 5th, 2007

मधेशको समस्याभन्दा ठूलो गृहमन्त्री हैनन्: सुजाता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृहमन्त्री कृष्णप्रसाद सिटौलाको राजीनामाको माग प्रमपुत्री सुजाता कोइरालाले समेत माग्न थालेकी छिन्। आइतबार आयोजित एक कार्यक्रममा काङ्ग्रेस नेतृ सुजाता कोइरालाले मधेशको समस्याभन्दा ठूलो समस्या गृहमन्त्री नभएकाले सिटौलाले तत्काल राजिनामा दिनुपर्ने माग गर्नुभयो।

मधेशका आन्दोलनकारीमाथि कसको निर्देशनमा गोली चल्यो भन्ने प्रश्न उठिराखेको बताउँदै उहाँले वार्ताको वातावरण बनाउनका लागि पनि गृहमन्त्री सिटौलाले राजिनामा दिनुपर्ने बताउनुभयो।

तराई आन्दोलनरत मधेशी जनअधिकार फोरका वार्ता समितिका संयोजक सितानन्दन रायले पनि गृहमन्त्री कृष्णप्रसाद सिटौलाको राजिनामा नआएसम्म वार्ताको टेबुलमा नबस्ने बताउनुभएको छ।

मधेशमा शान्तिपूर्ण आन्दोलनका क्रममा गृहमन्त्रीको आदेशमा प्रहरीले आन्दोलनकारीहरूलाई हत्या गरेको बताउँदै उहाँले भन्नुभयो- “आफ्ना कार्यकर्ताको हत्या गर्ने मान्छे सरकारमा रहेसम्म हामी बार्ता गर्दैनौँ।”

रायले मधेशमा उठेका आवाजहरूको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि बताउनुभयो।

Popularity: 11%

3 comments February 5th, 2007

पत्रकारहरुलाई बाँधेर कुटपिट

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
समाचार सङ्कलनमा रहेका विराटनगरका पाँच जना पत्रकारहरूलाई मोरङको टङ्कीसिनवारीस्थित बाँसबारीमा आन्दोलनरत मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले बाँधेर कुटपिट गरी घाइते बनाएका छन्।

घाइते हुनेहरूमा नेपाल वानका शम्भु भण्डारी, कान्तिपुर दैनिकका विनोद भण्डारी, नेपाल एफएमका विक्रम लुइँटेल, प्रेस युनियन मोरङका अध्यक्ष एवम् नेपाल टेलिभिजनका मोहन मानन्धर र विराटनगरबाट प्रकाशित हुने विराट दर्पण सप्ताहिकका सम्पादक एवम् महासङ्घ मोरङका कार्यसमिति सदस्य विजय पाठक रहेका छन्।

मोरङ टङ्कीसिनवारीमा जेसिसले आयोजना गरेको शान्ति र्यालीको समाचार सङ्कलनका लागि जाँदै गर्दा बाटैमा नियन्त्रणमा लिई फोरमका कार्यकर्ताहरूले बाँधेर कुटपिट गरिएको पत्रकारहरूले बताएका छन्

Popularity: 11%

3 comments February 5th, 2007

तराईमा अर्को चार जनाको मृत्यु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मलंगवामा आइतबार चार जनाको मृत्यु भएपछि तराईमा १७ दिनदेखि जारी हिंसामा ज्यान गुमाउनेको संख्या कम्तीमा २० पुगेको छ।

सर्लाहीको मलंगवामा कर्फ्युको उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सर्लाहीको सलेमपुरका रामेश्वर शाह, गमहरियाका दिनेश राय र मलङ्गवा वडा नम्बर ५ का अब्दुल बहाव मिक्रानीका १७ वर्षका छोरा मिक्रानीको मृत्यु भएको थियो। त्यसैगरी शनिबारको प्रदर्शनमा घाइते भएका श्रीपुर ६ का राम एकवाल यादवको पनि आइतबार उपचार हुँदाहुँदै निधन भएको थियो।

आइतबार वीरगञ्जमा पनि हिंसात्मक प्रदर्शन भएको छ। कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन भएपछि त्यहाँ प्रशासनले कर्फ्यु फिर्ता लिन बाध्य हुनुपरेको थियो। त्यसपछि भएको तनाव र भिडन्तमा १४ प्रदर्शनकारी घाइते भएका छन्।

घाइतेमध्ये केही सिकिस्त रहेकोले मर्नेको संख्या बढ्न सक्ने बताइएको छ।

Popularity: 11%

Add comment February 5th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....