Archive for February 6th, 2007

आज फेरि प्रधानमन्त्रीको सम्बोधन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेशमा उठिरहेको मागलाई उचित सम्बोधन गर्न प्रधानमन्त्रीले मंगलबार पुनः सम्बोधन गर्नु हुने संभावना रहेको छ।

तराईमा देखिएको तनाव अन्त्य गर्नका लागि साझा धारणा बनाउन सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले समानुपातिक निर्वाचन प्रणाली, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायतका विषयहरूलाई समेटेर फेरि पनि प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

चारदलका नेताहरूको बीचमा छलफल भएपछि प्रधानमन्त्रीले केही मन्त्री र अन्य दलका नेताहरूसँग अनौपचारिक रूपमा छलफल गर्नु भएको छ । चार दलका नेताको बीचमा भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेका महासचिव माधवकुमार नेपालले तर्राईका समस्या समाधान गर्नको लागि आफ्नो पार्टीको तर्फबाट सुझाव दिएको र त्यसमा चारै दलको सहमति भएको बताउनुभयो । महासचिव नेपालका अनुसार चारदलबीच भएको सहमतिको आधारमा प्रधानमन्त्री कोइरालाले मङ्गलबारसम्ममा फेरि सम्बोधन गर्नुहुने छ ।

तराईमा भइरहेको आन्दोलन र त्यसमा भएको जनधनको क्षतिको बारेमा छानविन गरेर राहत उपलब्ध गराउन विषेश समिति बनाउने बारेमा पनि चार दलका नेताहरूको बीचमा सहमति भएको छ ।

Popularity: 11%

2 comments February 6th, 2007

तराई आन्दोलनले बेलायत गम्भीर

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईमा बेलायतले जारी आन्दोलनलाई बेलायत सरकारले गम्भीर रूपमा लिएको छ। आन्दोलनलगायत अन्य समस्या समाधान गर्न आन्दोलनरत पक्षहरूसँग नेपाल सरकारले तत्काल प्रभावकारी वार्ता थाल्नुपर्ने बेलायतले बताएको छ ।

नेपालको शान्ति प्रक्रियामा सबै नेपालीलाई कसरी समावेश गर्ने भन्ने बारेमा ध्यान दिन पनि बेलायतले आग्रह गरेको छ ।

सोमबार नेपालका लागि बेलायतका राजदूत डा. एन्ड्रयू हलले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेश चालिसेसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो ।

भेटको अवसरमा बेलायती राजदूत हलले मधेशमा जारी आन्दोलनमा उठिरहेका जायज मागलाई पहिचान गर्नुपर्ने र जारी हिंसा तत्काल बन्द गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपालको तर्राईमा जारी ंहिसात्मक क्रियाकलाप र त्यस क्रममा मृत्यु भएकाहरूप्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको थाहा भएको छ ।

Popularity: 12%

3 comments February 6th, 2007

तयार बस्नू, परिचालन हुने बेला आयोः सेना

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पश्चिम पृतना अड्डा फूलबारी ब्यारेक पोखराको आयोजनामा पृतना सम्मेलनमा वरिष्ठ सैनिक अधिकारीले सेना पुनः परिचालन हुन सक्ने भएकोले सेनाका सम्पूर्ण निकायलाई मानसिक र भौतिक रुपले तयार भएर बस्न निर्देशन दिनुभएको छ।

देशमा विद्यमान परिवर्तित एवं तरल परिस्थितिमा नयाँ सकारात्मक सोचसहित आपसी सहयोग र समन्वयसाथ एकजुट भएर देश र जनतामा आउन सक्ने सम्भावित खतरा निराकरण गर्न पृतना र अर्न्तर्गतका फौजहरूलाई सबल र सक्षम बनाउने उद्देश्यले आयोजित दुई दिने सो सम्मेलनमा पश्चिम पृतना अड्डाअर्न्तर्गतका वाहिनीपतिहरूको सहभागिता छ।

सम्मेलनका आरम्भमा पश्चिम पृतनाका कामु पृतनापति सहायक रथी दिलीपशमशेर जबराले नेपाली जनतलाई केन्द्रविन्दु मानी नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, र्सार्वभौमसत्ता जोगाउन प्रजातान्त्रिक पद्धतिमा पूर्ण प्रतिबद्ध रही नेपाली सेनाले नेपाल सरकारको आदेशबमोजिम कामकारबाही गरिहेको सर्न्दर्भमा पश्चिम पृतनाअर्न्तर्गतका वाहिनीहरूलाई आफ्नो जिम्मेबारी निर्वाह गर्न पृतना सम्मेलनले मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गर्नुभयो।

कामु पृतनापति जबराले अहिले तराईमा सिर्जना भएको द्वन्द्वको परिस्थितिमा सुधार भई सामान्य अवस्था सिर्जना नभएमा र नेपाल प्रहरी, सशस्त्र प्रहरीको क्षमताबाट स्थिति बाहिर हुन गएमा स्थितिलाई सामान्य बनाउन नेपाली सेना पुनः सञ्चालित हुनसक्ने सम्भावना औँल्याउनुभयो।

उहाँले त्यसका निम्ति पश्चिम पृतना हेडक्वार्टरले नेपाली सैनिक जङ्गी अड्डालाई सरकार, संयुक्त राष्ट्रसङ्घ र नेकपा -माओवादी)बीच सीमित अवधिका लागि नेपाली सेना परिचालन गराउनेतर्फअन्तरिम समझदारीको व्यवस्था गर्न पहलकदमी हुनुपर्नेबारे अनुरोध गरिसकेको बताउँदै आगामी दिनमा विशेषत २२ वाहिनी अड्डाले ‘एड टु सिभिल अथोरिटी’को अवधारणामा सञ्चालित हुनाका निम्ति मानसिक एवं भौतिक रूपमा तालिमरत रहेर तयारी रहनुपर्ने निर्देशन दिनुभयो।

कामु पृतनापति जबराले भन्नुभयो- “विगतमा सशस्त्र जनयुद्ध गरेका माओवादी अन्तरिम संसदमा प्रवेश गरेसँगै सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भएको होकि भन्ने लागे पनि विगतको घटनाक्रम र माओवादीबाट चोइटिएका तर्राई जनतान्त्रिक मुक्तिमोर्चा, मधेसी जनअधिकार फोरमका नाममा यथावत जारी हिंसात्मक एवं ध्वंसात्मक गतिविधि तथा माओवादीबाट हुनसक्ने हिंसात्मक परिस्थितिलाई समेत दृष्टिगत गर्दा भोलिका दिनमा विगतको झैँ पुनः हिंसात्मक मोड नलेला भनेर यकिनसाथ बस्ने अझै बेला आइसकेको छैन।”

भविष्यमा हुनसक्ने विषम परिस्थितिको पूर्वानुमान गरी सोही अनुसार योजना, तयारी र कार्यान्वयनका लागि आवश्यक र्सतर्कता अपनाई उच्च तयारीमा रहन उहाँले निर्देशन दिनुभयो।

Popularity: 11%

1 comment February 6th, 2007

सप्तरीमा तीनको गोली हानी हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सशस्त्र अज्ञात समूहले सप्तरीको मधवापुर-६ मा गोली हानी तीनजनाको हत्या गरेको छ।जनतान्त्रिक तराई मुक्ति मोर्चाको गोइत समूह र ज्वाला सिंह समूहबीच आपसमा भएको भिडन्तका कारण उक्त हत्या भएको हुनसक्ने अनुमान गरिएको छ।

करिब आठजनाको समूहमा मोटरसाइकलमा चढेर आएको सो समूहले सप्तरी जोगिनियाँ निवासी जितेन्द्र मगररैता, राजविराज नगरपालिका-८ बस्ने मनीष झा र देउरी भरुवा-४ निवासी राजेश यादवको गोली हानी हत्या गरेको हो।

मृतक तीनैजना जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंहका कार्यकर्ता भएको प्रहरीले आशङ्का गरेको छ।

मृतक तीनै जनालाई पोस्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल, राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।

यसैबीच ज्वाला सिंहले नेतृत्व गरेको जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका कार्यकर्ताले हिजो दिउँसो एक माओवादी कार्यकर्ताको अपहरण गरेका छन्।

मोर्चाका करिब सात-आठजनाको सशस्त्र समूहले सप्तरीको बेलही चपेवा निवासी माओवादी कार्यकर्ता शिवु मण्डलको अपहरण गरेको छ।

त्यस्तै माइती आएकी एक महिलाको अज्ञात समूहले गए राति गोली हानी हत्या गरेको छ।

जनकपुर-८ घर भई सप्तरीको सितापुर प्रसवनी गाविस माइती आएकी ३० वर्षीया पदमदेवी पोखरेलको गएराति २०-२५ जनाको समूहमा आएको अज्ञात समूहले गोली हानी हत्या गरेको हो।

Popularity: 11%

Add comment February 6th, 2007

गणतन्त्र घोषणा गरे तराई शान्त हुन्छः भुसाल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का लुम्बिनी अञ्चल ब्युरो इन्चार्ज पम्फा भुसालले गणतन्त्रको घोषणा गरे तराईको समस्या समाधान हुने बताउनुभएको छ।

नेकपा (माओवादी)का सहिद सरलाको स्मृतिमा खनिएको सदरमुकाम सन्धिखर्कबाट बाङ्गला गाविसको टुनीपोखरासम्म जोड्ने ५.५ किलोमिटर मोटरबाटोको उद्घाटन गर्दै भुसालले गणतन्त्रको घोषणा गरेपछि आदिवासी, जनजाति र तराईवासीको समेत समस्या समाधान हुने भएकाले गणतन्त्रको घोषणा चाँडोभन्दा चाँडो गर्नुपर्नेमा जोड दिनुभयो।

Popularity: 11%

Add comment February 6th, 2007

गोदवा नलिने झमककुमारीलाई निवृत्तिभरण

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
लेखिका झमककुमारी घिमिरेलाई सरकारले मासिक रू. चार हजार ५०० का दरले आजीवन निवृत्तिभरण प्रदान गर्ने भएको छ।

जनआन्दोलनका समयमा समेत अनवरत सशक्त कलम चलाउनुभएकी घिमिरेकोे शारीरिक अवस्थालाई दृष्टिगत गरी सरकारले सो निर्णय गरेको बताइएको छ।

विगतमा पनि राष्ट्रिय युवा कोषबाट उहाँलाई मासिक रू.एक हजार मासिक वृत्ति उपलब्ध्ा गराउँदै आएकामा गोरखा दक्षिणबाहु लिन अस्वीकार गरेका कारण शाही सरकारले उहाँलाई दिँदै आएको सो वृत्तिबाट वञ्चित गरेको बुझिएको छ।

मन्त्रिपरिषद्को बैठकले सुन्न, बोल्न र हातले लेख्नसमेत असमर्थ भए पनि खुट्टाको सहायताले लेख्न सक्षम तथा सिर्जनशील लेखिकाको क्षमतालाई कदर गर्दै सरकारले उहाँलाई आजीवन निवृत्तिभरणको सुविधा उपलब्ध गराएको महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री उर्मिला अर्यालले जानकारी दिनुभयो।

उहाँका थुप्रै काव्य, निबन्ध सङ्ग्रह, पत्रपत्रिकामा लेख, रचना प्रकाशन हुनाका साथै उहाँबारेको ‘वृत्तचित्र’ पनि बनाइएको छ।

Popularity: 11%

3 comments February 6th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....