Archive for February 7th, 2007

तराईमा २७ जनाको मृत्यु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराईमा तीन सातादेखि जारी तनाव र हिंसाका घटनाहरुमा ज्यान गुमाउनेहरुको संख्या २७ पुगेको छ। यो तथ्याङ्क आज एक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानवअधिकार आयोगले उपलब्ध गराएको हो।

आयोगको प्रतिवेदनमा तराईमा गरिएका स्थलगत निरीक्षणहरुको बारेमा उल्लेख छ।

प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको र प्रदर्शनकारीहरुले पनि उनीहरुले दावी गरे अनुसार शान्तिपूर्ण रुपमा प्रदर्शन नगरी हिंसात्मक उत्तेजक क्रियाकलाप गरेको पाइएको आयोगले बताएको छ।

Popularity: 11%

2 comments February 7th, 2007

विराटनगरमा दुई प्रदर्शनकारीको मृत्यु

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
तराईमा जारी हिंसालाई नियन्त्रण गर्न आज प्रहरीले चलाएको गोली प्रहारबाट विराटनगरमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीबीच भएको दोहोरो झडपमा परि २२ जना प्रहरीसहित ३ दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

प्रहरीले चलाएको गोली लाग्दा सिसवनी जहदाका तलु हासदा र कटहरी- ५ का निर्मल राजवंशीको मृत्यु भएको हो।

प्रदर्शनकारीले कर्फ्यु उल्लंघन गरी प्रहरीलाई तीर प्रहार गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले आफ्नो सुरक्षाको लागि गोली चलाएको प्रहरीले बताएको छ।

झडपमा घाइते भएकाहरुलाई उपचारको लागि कोशी अञ्चल अस्पताल र धरान लगिएको छ।

Popularity: 11%

1 comment February 7th, 2007

सरकारद्वारा फोरमलाई वार्ताको लागि औपचारिक पत्र

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
सरकारी वार्ता टोलीले मधेशी जनअधिकार फोरमलाई वार्तामा आउन आहृवान गर्दै मंगलबार औपचारिक रुपमा पत्र पठाएको छ।

टोलीको मंगलबार बसेको बैठकले वार्तामा आउन पत्र पठाउने निर्णय गरेको थियो। सरकारी वार्ता टोलीले आन्दोलनरत अन्य पक्षहरुलाई पनि पत्र पर्ठाई वार्तामा आउन आहृवान गरिने बताएको छ।

सरकारका वार्ता टोलीले वार्ताको लागि फोरमले जहाँ बोलाए पनि तयार रहेको बताइएको छ।

Popularity: 11%

Add comment February 7th, 2007

मोटरसाइकल दुर्घटनामा डिएसपीको मृत्यु

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
कङ्कालिनीमाई सशस्त्र प्रहरी गणका डीएसपी महेन्द्र भट्टराईको आज बिहान विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ।

समाचार स्रोतका अनुसार भट्टराई मोटरसाइकल सवार भई दुहवीबाट विराटनगर तर्फ आउंदै गर्दा दुर्घटनामा परेका थिए।

घाइते भट्टराईको विराटनगरस्थित नर्सिङ होममा उपचार हुंदाहुंदै मृत्यु भएको जनाएको छ।

Popularity: 11%

Add comment February 7th, 2007

नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यसम्पादन समिति गठन

एचकेनेपाल डट कम -
नेपाली जनसम्पर्क समिति बेल्जियमको विधान २००६ को परिच्छेद ५ को दफा २ र समितिको हालै बसेको पूर्ण बैठकको निर्णय अनुसार नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यसम्पदन समितिको गठन देहाय बमोजिम गरिएको छ-

अध्यक्षमा ईन्द्र क्षेत्री”पकवान”र सदस्यहरूमा क्रमशः जानकी गुरुङ, गँगाधर गौतम, पदम अधिकारी रमेश सापकोटा छन्।

Popularity: 11%

Add comment February 7th, 2007

गायक खेमराज गुरुङः भिडीयो अन्तर्वार्ता (+Video)

एचकेनेपाल डट कम, फेब्रअरी ७ -
खेमराज गुरुङ, एकताका नेपालका एकदमै चर्चाको शिखरमा रहेका सफल र लोकप्रिय गायक तथा संगीतकार। उनको एउटैमात्र गीत वारि जमूना पारि जमूना ..ले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका श्रोताहरुलाई नचायो। देश विदेशमा रहेका नेपालीबीच आफ्नो पहिचानको परिधिलाई विराट र व्यापक बनायो। जसको गीतमा केटाकेटी, तरुण, युवा र बुढापाका सबैले कम्मर कसेर नाँचे। जुन गीतको लोकप्रियताको मूल्यांकन गरेर उनलाई थुप्रै मान, सम्मान र पदवीले विभूषित गरायो। उनै लोकप्रिय गायक तथा संगीतकार खेमराज गुरुङले एचकेनेपाल डट कमका दर्शक तथा शुभेच्छुकहरुको निम्ति अभिव्यक्त गरेका विचारहरुलाई भिडीयोमा समेटिएको छ। (more…)

Popularity: 11%

Add comment February 7th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....