Archive for February 8th, 2007

माओवादी नेताहरु हङकङमा

एचकेनेपाल डट कम, फेब्रुअरी ८ -
नेकपा माओवादीका केन्द्रीय नेताद्वय देव गुरुङ र जयपुरी घर्ति मगर विहीबार हङकङ आई पुग्नुभएको छ। (more…)

Popularity: 12%

Add comment February 8th, 2007

तराईमा मानवअधिकारको स्थिति नाजुक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय मानवअधिकार आयोगले तराईका केही भागमा भएको घटनामा एम्बुलेन्स तोडफोड गरिएको, दर्जनौँ व्यक्ति घाइते भएका, जनजीवन कष्टकर बनेको र यात्रुहरू अलपत्रमा परेको उल्लेख गर्दै सो घटनाले मानवअधिकारको स्थिति अत्यन्त नाजुक हुन पुगेको पनि आयोगले जनाएको छ।

आयोगले तराईका जनताले उठाएका मागका बारेमा सम्बन्धित पक्षसँग वार्ता गर्न, गैरकानुनी कार्यमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न, पर््रदर्शनका क्रममा मृत्यु भएकालाई क्षतिपूर्ति दिलाउन तथा घाइतेलाई निःशुल्क उपचार गराउन, विस्थापितहरूलाई राहत उपलब्ध गराउन, रमेशकुमार महतोलाई गोली चलाउने व्यक्तिलाई फौजदारी अभियोगमा कारबाही गर्न र विरोधका क्रममा र्सवसाधारणको घरघरमा पसी कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

यसैगरी विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सञ्चालन गर्न, सञ्चारकर्मीहरूलाई आफ्ना काममा धम्की दिने कार्य नगर्न, प्रदर्शनका क्रममा लाठी, रडलगायतका घरेलु हतियार प्रयोग नगर्न, व्यक्तिगत तथा र्सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाट नगर्न, बन्दका कार्यक्रम फिर्ता लिन, मानवअधिकार रक्षक, स्वास्थ्यकर्मी र एम्बुलेन्समाथि अवरोध नपुर्याउन र आन्दोलनलाई साम्प्रदायिक हुन नदिन पनि प्रदर्शनकारी तथा विरोधका आयोजकहरूलाई आयोगले आग्रह गरेको छ।

Popularity: 11%

1 comment February 8th, 2007

पृतनापतिलाई कारबाही गरः आठ दल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आठ राजनीतिक दलका शीर्ष नेताहरुको हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पश्चिम पृतनाका कायममुकायम पृतनापतिले आफ्नो अनुशासनको दायराविपरीत राजनीतिक वक्तव्य दिनुलाई घोर आपत्तिजनक कार्य भएको ठहर गर्दै त्यस्ता अधिकृतमाथि सख्त अनुशासनको कारबाही गर्न सरकारसँग माग गरेको छ।

सो निर्णयमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री कोइरालाका तर्फबाट सुशील कोइराला, नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्ड नेपाली काँग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाका तर्फबाट उपसभापति गोपालमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

Popularity: 11%

3 comments February 8th, 2007

अपराधी भगाउने सूचना प्राप्त भएकोले कर्फ्यु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृह मन्त्रालयले अराजक समूहले विराटनगर नगर क्षेत्रमा लगाइएको कर्फ्यु उल्लङ्घन गरी मोरङ कारागारलाई कब्जामा लिई कारागारमा रहेका कुख्यात अपराधी भारतीय नागरिक पप्पु यादव र नजरबन्दमा रहेका बद्रीप्रसाद मण्डललाई जबर्जस्ती भगाई लैजाने भित्री नियत रहेको सूचना स्थानीय प्रशासनलाई प्राप्त भएकाले कर्फ्युलाई निरन्तरता दिनुपरेको जनाएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै शान्ति व्यवस्थामा खलल पुग्ने कार्य नगरी धैय र संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न र अमनचैन कायम राख्ने कार्यमा सहयोग पुर्याइदिन सबैमा अनुरोध गरेको छ।

विज्ञप्तिमा विराटनगरक्षेत्रमा भएको घटनामा र्सवसाधारणको जिउधनको सुरक्षा र धेरै क्षति हुनबाट रोक्न बाध्य भई सुरक्षाकर्मीले स्थिति नियन्त्रण गर्ने क्रममा न्यूनतम बल प्रयोग गर्दासमेत नियन्त्रण नआएपछि हवाई फायर गर्दा मोरङ सिसवनी जहदा-८ बस्ने २२ वषीय तलु हस्ता र कटहरी-५ बस्ने १८ वषीय निर्मल राजवंशीको मृत्यु भएको जनाइएको छ।

मन्त्रालयले आज विराटनगर नगरपालिकाको सिमानामा रहेको कटहरी बजारमा भेला भएका तिर, भाला, गुलेली, पेट्रोल बम लिएका आपराधिक मनसायले प्रेरित उत्तेजित भिडले सुरक्षा कार्यमा खटिएका प्रहरीमाथि आक्रमण गरेको, कटहरी बजारमा रहेका स्थानीय व्यक्तिका छ घरपसल र एक मोटरसाइकल तोडफोड गरी आगो लगाएको, त्यही बजारमा रहेका देवी भुजेल र निजका छोराछोरीलाई समेत घरबाट बाहिर निस्किन नदिई घरमा आगो लगाइदिएको जनाएको छ।

उक्त घटनामा घाइते भएका १६ मध्ये छजनालाई बिपी मेमोरियल अस्पताल धरानमा लगी उपचार गराइरहेको र बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ।

Popularity: 11%

4 comments February 8th, 2007

हुमागाइँ घाँटीको क्यान्सरबाट गम्भीर

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
घाँटीको अर्वुद रोगबाट ग्रस्त साहित्यकार जनकप्रसाद हुमागाईंको अवस्था गम्भीर भएको छ।

कविता, निबन्ध र बालसाहित्य गरी करिब तीन दर्जन कृतिका स्रष्टा ६९ वर्षका हुमागाईंको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

Popularity: 11%

Add comment February 8th, 2007

प्रधानमन्त्रीद्वारा पुनः सम्बोधनः आन्दोलन छाडी वार्तामा आउन आह्वान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बुधबार मध्यरातमा राष्ट्रका नाममा दोस्रो सम्बोधन गरी मधेशी जनताका जायज मागलाई पूरा गर्न सरकार प्रतिवध्द भएको बताउनुभएको छ। उहाँले सम्बोधनमा मधेशी जनताले उठाएका कतिपय माग पूरा पनि गर्नुभएको छ। सम्बोधनको पूर्ण विवरण यस प्रकार छ

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिनुभएको सन्देशको पूर्ण विवरण यसप्रकार छ ः

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु विगत केही दिनयता मधेसका जनताले आन्दोलनमार्फत उठाएका विभिन्न मागहरुका सम्बन्धमा आठ राजनीतिक दल तथा सरकारको ध्यान आकृष्ट भएको छ।

आठ राजनीतिक दलको सहमतिमा मधेसको आन्दोलनका क्रममा उठाइएका जायज मागहरु पूरा गर्न सरकार प्रतिबद्ध छ।

संविधानसभाको निर्वाचन आगामी २०६४ जेठमा गर्ने हामी सबैको साझा संकल्प हो। यसका लागि समान जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ।

मधेसको जनसंख्या प्रतिशतका आधारमा निर्वाचन क्षेत्र बढाइनेछ। साथै त्यति नै संख्यामा समानुपातिक निर्वाचन प्राणालीबाट प्रतिनिधित्व हुने संख्या पनि बढाइनेछ। यसै गरी संघीय लोकतान्त्रिक राज्य प्रणाली निर्माण गरी शासन प्रणालीमा मधेसी दलित आदिवासी जनजाति महिला पिछडिएको क्षेत्र र वर्गलगायत सबै जनताको सहभागिता गराइनेछ। संघीय राज्य प्रणाली र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी विषयहरु अविलम्ब अन्तरिम संविधानमा संशोधन गरी आवश्यक व्यवस्था मिलाइनेछ।

मुलुकको राज्य संरचनाका सबै अंगहरुमा मधेसी दलित आदिवासी जनजाति महिला मजदुर किसान पिछडिएका वर्ग र क्षेत्र सबैलाई समानुपातिक समावेशीका आधारमा सहभागी गराइनेछ। नागरिकता प्रमाणपत्र वितरणको कार्य पूरा गरिनेछ। यसका लागि म सबै राजनीतिक दल नागरिक समाज एवं सम्पूर्ण जनसमुदायबाट सहयोगको अपेक्षा गर्दछु।

मधेसी जनताले विगतका सबै जनआन्दोलनहरुमा सक्रिय एवं गौरवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। अहिले पनि आफ्ना मागहरु सहित आन्दोलनरत मधेसी जनताको भावनाको म सम्मान गर्दछु। अहिलेको आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका नागरिकहरु र सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै आगजनी तोडफोड लुटपाटजस्ता हिंसात्मक घटनाहरु प्रति गहिरो दुःख व्यक्त गर्दछु। घाइतेहरुको समुचित उपचारको व्यवस्था मिलाउनाका साथै जिउधनको नोक्सानी र क्षति भएका परिवारहरुलाई उचित राहत सहयोगको व्यवस्था सरकारले मिलाउनेछ।

अन्त्यमा सबै आन्दोलनरत पक्षसँग आन्दोलन फिर्ता लिन अपिल गर्दछु तथा शान्तिपूर्ण वातावरणमा वार्ता र संवादका माध्यमबाट आआफ्ना माग एवं समस्याहरुको समाधान खोज्न म अनुरोध गर्दछु। मुलुकमा परम्परादेखि चलिआएका सामाजिक सद्भाव सहिष्णुता र मेलमिलाप कायम राखी लोकतन्त्रको संस्थागत स्थायित्वका निमित्त शान्तिपूर्ण वातावरणमा संविधानसभाको निर्वाचनको अभियानमा सहभागी हुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अपिल गर्दछु।

Popularity: 11%

Add comment February 8th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....