Archive for February 10th, 2007

हिमालयन आर्चरीकी अनिता महिला आर्चरी च्याम्पियन (+Photo)

धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम, माघ २६ -
हातमा आधुनिक धनुष। कम्मरमा भिरेका छन् तिनै धनुषको आधुनिक शर। शर धनुषमा चढाएर तिनिक्क तन्काई परको स्कोर बोर्डमा हिर्काए। महिलाहरुलाई पनि आधुनिक आर्चरीमा आकर्षा गर्न पोखरामा पहिलो पटक महिला आर्चरी प्रतियोगिताको आयोजना गरियो।

अन्नपुर्ण आर्चरी क्लबका आयोजनामा सञ्चालित १८ मिटर फिटा आर्चरी च्याम्पियनसिपमा हिमालयन आर्चरी क्लब काठमाडौंकी अनिता गुरुङ च्याम्पियन बनेकी छिन्। उनले ४ डोरमा १२ शर हिर्काई कुल १ सय ८ अंक बटुलेकी थिइन्।

प्रतियोगितामा ६ जना महिला खेलाडीहरुको सहभागिता रहेको थियो। अन्नपुर्ण आर्चरी क्लब पोखराकी शान्ति शेरचन ७४ अंकका साथ द्धितीय र ४६ अंक बटुलेकी सुजना गौचन तृतीय भएकी छिन्। अन्तराष्ट्रिय आर्चरी फिटा नियमको आधारमा खेलाइएको महिला प्रतियोगिता पहिलो भएको अन्नपुर्ण आर्चरी क्लबका सचिव योगेन्द्र शेरचनले बताउनुभयो। आर्चरीमा तीनवटा शर दुई मिनेट भित्र हानिसक्नुपर्ने नियम छ।

पुरुष एकल तर्फ भएको प्रतिस्पर्धामा अन्नपुर्णा आर्चरी क्लब पोखराका खगेन्द्र मल्ल प्रथम भएका छन्। उनले कुल ९७ अंक जोडेका थिए। त्यसैगरी हिमालयन आर्चरी क्लब काठमाडौंका प्रेम चोचाङ्गे मगर ८७ अंकका साथ द्धितीय र अन्नपुर्ण आर्चरी पोखराका हेमन्त गौचन तृतीय भएका छन्। त्यसैगरी भेट्रान्स तर्फ हेमन्त गौचन ११४ अंकसहित पहिलो, ११२ अंकसहित बसन्त गौचन (साकुरा) द्धितीय र १०७ अंकसहित इञ्जिनियर गोविन्द गौचन तृतिय भएका थिए।

प्रतियोगिताको टिम इभेण्टमा अन्नपुर्ण आर्चरी क्लब पोखरा टिम च्याम्पियन बनेको छ। अन्नपुर्णले २१० अकं जोडेको थियो। त्यस्तै काठमाडौंको हिमालयन आर्चरी क्लब १९९ अंकसहित दोस्रो र नेपाल मगर संघ कास्की १७५ अंक सहित तेस्रो भएको छ।

१८ मिटरको फिटा आर्चरी इन्डोर गेम हो। महिलासँगै पुरुष एकल, भेट्रान्स एकल र पुरुष समुहगत रुपमा समेत प्रतियोगिता गरिएको थियो। पुरुष एकल तर्फ २५ जना खेलाडीहरुको सहभागिता रहेको छ भने भेट्रान्स तर्फ ९ जना खेलाडीहरु छन्। भेट्रान्समा ५० वर्षेखि ७४ वर्षसम्मका खेलाडीहरु समावेश भएको उहाँले बताउनुभयो। समुहगत तर्फ पोखराका ५ र काठमाडौंबाट ३ गरी आठ समुहको सहभागिता रहेको छ। दुईदिनसम्म चलेको उक्त प्रतियोगितामा विजेता खेलाडीहरुलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो।
पोखराबाट धन बस्नेत माघ २७ गते
तस्वीरः सुदर्शन रञ्जित, पोखरा/ एचकेनेपाल डट कम


अन्नपुर्ण आर्चरी क्लबका आयोजनामा सञ्चालित १८ मिटर फिटा आर्चरी च्याम्पियनसिपमा हिमालयन आर्चरी क्लब काठमाडौंकी अनिता गुरुङ च्याम्पियन बनिन्।

Popularity: 12%

3 comments February 10th, 2007

सेनाप्रमुखको गार्ड माओवादी नियन्त्रणपछि सैनिक हिरासतमा

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
नेपाली सेनाका प्रधान सेनापति रुक्मांगत कटुवलका अंगरक्षकलाई पिस्तोल देखाएर वितण्डा मच्चाएको आरोपमा माओवादीले केही समय आफ्ना नियन्त्रणमा लिई सैनिक हिरासतमा पठाएको छ।

खोजतलासले जनाए अनुसार प्रधान सेनापतिका रुक्मांगत कटुवलका अंगरक्षक सहसेनानी असिमदेव गुरुङले गए राति नौ बजे जावलाखेलस्थित बुलबुले दोहोरी रेष्टुरेण्टमा मादक पदार्थ सेवन गरी पिस्तोल देखाउंदै वितण्डा मच्चाएपछि माओवादीले साढे दसबजेतिर आफ्नो नियन्त्रणमा लिएका थिए।

अंगरक्षक गुरुङले म प्रधान सेनापतिको अंगरक्षक हुं भन्दै सबैलाई सुट गर्ने धम्की दिदैं रेष्टुरेण्ट तोडफोड र कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाएको छ। सम्भावित दुर्घटनाबाट बच्न होटलमालिकले माओवादीलाई गुहारेपछि माओवादीहरु त्यहाँ पुगेको बताईन्छ।

घटनास्थल पुगेका नारायण श्रेष्ठ र विश्वास शर्माको एक माओवादी टोलीले प्रधानसेनापतिका अंगरक्षकलाई आफ्ना नियन्त्रणमा लिएका थिए। केही समय माओवादी नियन्त्रणमा रहेका अंगरक्षक गुरुङलाई नेपाल बार एशोसियशनका महासचिव रमण श्रेष्ठले माओवादी नियन्त्रणबाट मुक्त गर्राई प्रहरी हिरासतमा पठाइए पनि प्रहरी सैनिक आचरणविरुद्ध काम गरेको भन्दै कारवाहीको निम्ति सैनिक हिरासतमा पठाइएको जनाएको छ।

सैनिक प्रवक्ता अनन्तबहादुर थेबेले उनीमाथि सैनिक ऐनबमोजिम कारवाही गरिने बताएको छ। तर सर्वसाधारण भने प्रधानसेनापतिको अंगरक्षक भएकोले उनीमाथि कारवाही हुनेमा शंका व्यक्त गरेका छन्।

Popularity: 12%

4 comments February 10th, 2007

सोसलिस्ट इन्टरनेसनलको सम्मेलन सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
समाजवादीहरूको अन्तरराष्ट्रिय सङ्गठन सोसलिस्ट इन्टरनेसनलको एसिया प्रशान्त क्षेत्रस्तरीय बैठक नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ।

उक्त बैठकमा एसिया र युरोपका ४० भन्दा बढी देशका समाजवादी चिन्तनलाई आत्मसात् गर्ने राजनीतिक दल तथा विशेषज्ञको सहभागिता हुनेछन्।

नेपाली काङ्ग्रेसको आयोजनामा हुन लागेको उक्त बैठकको उद्घाटनका अवसरमा नेकपा (एमाले), नेकपा (माओवादी), नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) लगायत विभिन्न पार्टी शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसका महामन्त्री रामचन्द्र पौडेलले जानकारी दिनुभयो।

सो बैठकका सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनका सम्बन्धमा समेत छलफल गर्न बैठक आयोजना गरिएको बताउनुभयो।

दुई दिनसम्म चल्ने उक्त बैठकको समापनका अवसरमा काठमाडौँ घोषणापत्र जारी हुनेछ।

Popularity: 12%

Add comment February 10th, 2007

आन्दोलन फिर्ता भएपछि जनजीवन सामान्य

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरमले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएपछि विराटनगरलगायत मोरङ जिल्लाको जनजीवन क्रमशः सामान्य हुँदै गएको छ।

आन्दोलनका कारण विगत तीन सातादेखि रोकिएको सबैखाले यातायातका साधनहरु गन्तव्यतिर लाग्न थालेका छन् भने नगर क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सावरीसाधन पनि सुचारु भएका छन्।

त्यसैगरी उद्योगधन्दा, विद्यालय र कलकारखाना सुचारु भएका छन् भने बजार खुलेपछि घरआँगनमा सीमित रहन पुगेका मानिसको चहलपहल नगर क्षेत्रमा उल्लेख्य रुपमा देखिन थालेको छ।

त्यस्तै प्रकाशन बन्द भएका स्थानीय पत्रपत्रिकाहरुको प्रकाशन पनि हिजोदेखि सुरु भइसकेको छ।

Popularity: 11%

Add comment February 10th, 2007

अन्तरिम संविधान चाँडै संशोधन हुने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले मधेसको मागलाई सम्बोधन गरी अन्तरिम संविधान चाँडै संशोधन हुने बताउनुभएको छ।

अध्यक्ष बिजुक्छेले अन्तरिम संविधान संशोधन नभएसम्म व्यवस्थापिकाको कामकारबाही नै अगाडि बढ्न गाह्रो हुने बताउँदै अन्तरिम संविधान संशोधन भएपछि मात्र अन्तरिम सरकार गठन हुने समेत बताउनुभयो।

“स्थानीय निकायलाई स्वायत्त बनाएको भए तराईमा समस्या नै उत्पन्न हुने थिएन”- उहाँले भन्नुभयो।

सङ्घीय राज्य कुन नमूनाको हुने हो भनेर व्यापक छलफल अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले संविधानसभाको निर्वाचन अगावै सङ्घीय राज्यका बारेमा आम जनतालाई राजनीतिक रूपले सचेत बनाउनुपर्नेमा जोड दिनुभयो।

Popularity: 11%

Add comment February 10th, 2007

वार्तामा आउन वार्ता समितिको अ‍ौपचारिक पत्र

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी समुदायका समस्या वार्ताका माध्यमबाट समाधान गर्न कृषि तथा सहकारीमन्त्री महन्थ ठाकुरको संयोजकत्वमा गठित वार्ता समितिको बैठकले संघर्षरत सबै समूहलाई वार्तामा आउन पत्राचार गरेको छ।

वार्ता समितिले तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह), तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह समूह) र नेपाल आदिवासी जनजाति महासङ्घलाई वार्तामा आउन आज पत्राचार गरेको हो।

बैठकले आठ राजनीतिक दलहरूका महिला, आदिवासी, जनजाति, दलित, मधेसी, अपाङ्ग, उत्पीडित तथा उपेक्षित समुदाय हेर्ने प्रमुखलाई वार्ताटोलीको सम्पर्क प्रतिनिधिका रूपमा तोकिदिने व्यवस्था गर्न आठ राजनीतिक दलहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ।

वार्ता टोलीको निर्देशानुसार आन्दोलन प्रभावित १० जिल्लाका सबै अस्पतालहरूमा घाइतेहरूको निःशुल्क प्राथमिक उपचारको व्यवस्था गरिएको, उपचार खर्चका लागि मधेसका आठ जिल्लामा रू.दुई लाखका दरले, महोत्तरी जिल्लामा रू. एक लाख र मोरङ जिल्लामा रू. पाँच लाख रकम जिल्ला प्रशासन कार्यालयमार्फत् निकासा दिइएको समितिले जनाएको छ।

काठमाडौँमा भर्ना भएका घाइतेहरूका लागि वीर अस्पताल, त्रि.वि. शिक्षण अस्पताल र सैनिक अस्पतालमा निःशुल्क उपचार सुविधा उपलब्ध गराइएको छ।

आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको दाहसंस्कार खर्च सरकारले बेहोर्ने निर्णय भएबमोजिम प्रत्येक मृतकका परिवारलाई रू.१० हजार उपलब्ध गराउने व्यवस्था मिलाइसकिएको तथा उक्त रकम लिन बाँकी भए मृतकका परिवारलाई बुझाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निर्देश दिइएको वार्ताटोलीले विज्ञप्तिमार्फत् जनाएको छ।

Popularity: 11%

Add comment February 10th, 2007

स्थायी शान्ति कायम गर्ने काम सजिलो छैनः मार्टिन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालमा चालु शान्ति प्रक्रियामा सहयोग गर्न हालै स्थापना गरिएको राष्ट्रसङ्घीय मिसन (अनमिन)का प्रमुख इयान मार्टिनले नेपालमा स्थायी शान्ति कायम गर्ने काम सजिलो होला भनी ठान्नु भ्रम हुने धारणा व्यक्त गर्दै पछिल्ला दिनमा तराईमा भएका घटनाले यहाँ ठूला चुनौतीहरू अझै रहेको देखाएकाले ती समस्या समाधानका लागि संवाद र लचकता अपनाउनुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधिका रूपमा समेत पुनः नियुक्ति पाउनुभएका मार्टिनले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि आफूले पाएको जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्नुभएको छ।

मिसन प्रमुखमा नियुक्त भएपछि जारी विज्ञप्तिमा मार्टिनले स्वतन्त्र र निष्पक्ष संविधानसभाको निर्वाचनअघि नै हतियारको धम्की र त्रास हटाउन धेरै परिश्रम गर्न बाँकी रहेको बताउनुभएको छ।

उहाँले नेपाली जनताद्वारा नेपाली जनताका लागि निर्देशित शान्ति प्रक्रियामा सहयोग गर्न राष्ट्रसङ्घ तयार रहेको बताउनुभएको छ।

मार्टिनले नेपालमा सन् २००५ देखि राष्ट्रसङ्घीय मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालय प्रमुख र सन् २००६ देखि राष्ट्रसङ्घका महासचिवको विशेष प्रतिनिधिका रूपमा शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएको छ।

Popularity: 11%

Add comment February 10th, 2007

नेपाली समाज अबुधवी क्षेत्रिय समिति पुनर्गठन

खेमनाथ पौडेल, यू.ए.इ. / एचकेनेपाल डट कम -
नेपाली समाज केन्द्रिय समिति यु.ए.इ.का अध्यक्ष रामेश्वर शाहको सभापतित्वमा शुक्रवार नेपाली राजदूतावासको प्राङ्गणमा बसेको बृहद भेलाले नेपाली समाज यू.ए.इ. अबुधावी क्षेत्रिय समितिको पुनर्गठन गर्‍यो।

उक्त बृहद भेलाले राम गोपाल थापा अध्यक्ष, किशोर घिमिरे उपाध्यक्ष, कृष्ण भुषाल सचिब, गंगा बहादुर गुरुङ्ग कोषाध्यक्ष, गौतम के.सी सह-कोषाध्यक्ष, लिला उप्रेती सह- सचिव, सदस्यहरुमा कर्ण बिष्ट, सञ्जय ज्यामीरे, अर्जुन दवाडी, पदम भट्टराई, शीबजी पुरीलाई चयन गरेको छ।

भेलामा नेपाली समाज केन्द्रीय समितिका उपाध्यक्ष, तथा संगठन विभाग प्रमुख राजेन्द्र देवकोटा, नेपाली समाज केन्द्रीय सदस्यहरु प्रज्वल श्रेष्ठ, जनकराज शर्मा, लक्ष्मण सापकोटा, विभिन्न जातिय संघसंस्थाका प्रमुखहरु, विगत लामो समयदेखि नेपाली समाजमा आवद्ध ब्यक्तिहरु बुद्धिजिवी, समाजसेवी तथा प्रत्रकारहरुको उपस्थिति रहेको थियो।

भेलालाई हरी खड्का, रोहन प्रसाई, गंगा बहादुर गुरुङ्ग, तेज आले मगर, भुवन राई, किशोर घिमिरे, बिष्णुमाया सापकोटा आदिले छोटकरीमा आ-आफ्नो मन्तब्य राख्नु भएको थियो भने नेपाली समाज केन्द्रिय अध्यक्ष रामेश्वर शाहले एकिकृत भएको छोटो समयमा नेपाली समाजले गरेका केहि कार्यहरु र भविष्यमा गर्ने कार्यहरुको बारेमा छोटो ब्रिफीङ्ग गर्नु भएको थियो।

हामीले समाजलाई कता लान खोजेका छौ र कस्ता कस्ता खालका ब्यक्तिहरु समाजमा समावेश गरेर लादै छौ त, विभिन्न जातिय, क्षेत्रिय संघ संस्थाहरुलाई कसरी समेटेर लाने भन्ने कुरालाई बृहत छलफल गर्दैछौ। हामीले दूतावासलाई एउटा विभिन्न क्राईट ऐरिया बनाएर कस्ता कस्ता समूहलाई वा समाजलाई समाज भन्ने त - के के त्यसको क्राईट ऐरिया हुनु पर्दछ - त्यो भए पछि सबैलाई र्छलङ्ग हुन्छ किन भने यहाँ नामको मात्र समाज छन् २ जना कोठामा बसेर पनि समाज गठन गरेर हिडेका छन् तर यहाँ ८, १० वटा समाजमात्र एक्टिभ छन्। यस्तो यस्तो प्रकृया पूरा गरेर आएका समाजलाई मात्र समाजको दर्जा दिनु पर्दछ भन्ने कुराको अनुरोध गरेका छौ। यो कार्य नेपाली समाजले गर्ने होईन हाम्रो दूतावासले गर्नु पर्दछ। दूतावासले यस्तो कार्य गरेमा कुनै किसिमको विवाद आउदैन शाहले छोटो मन्तब्यमा भन्नु भएको थियो।

कार्यक्रम सञ्चालन केन्द्रीय सदस्य लक्ष्मण सापकोटाले गर्नु भएको थियो।

Popularity: 11%

Add comment February 10th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....