Archive for February 11th, 2007

गृहमन्त्रीले राजीनामा नदिएसम्म फोरम वार्तामा नबस्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेशी जनअधिकार फोरमले गृहमन्त्रीले राजीनामा नदिएसम्म आफूहरु वार्ताको टेबलमा नबस्ने बताएको छ।

संयुक्त मधेसी मोर्चा काठमाडौँद्वारा हिजो आयोजित ‘मधेसी जनअधिकारका आधारभूत सहमतिका बुँदाहरू’ विषयक गोष्ठीमा फोरमले यस्तो चेतावनी दिएको हो।

कार्यक्रममा उपसभामुख चित्रलेखा यादवले जनआन्दोलन भाग-२ को आधारभूमि जनकपुर भए पनि आठ राजनीतिक दलले मुलुकको यथार्थलाई बुझ्न नचाहँदा मधेसका जनताले थप विद्रोह गर्नुपरेको बताउनुभएको छ।

उहाँले वर्तमान समयमा राजनीतिक दलहरू समस्या समाधान गर्नेतर्फ होइन सत्ता लिने काममा मात्र लागेको गुनासो गर्नुभयो

पूर्वमन्त्री एवं फोरमको वार्ता टोलीका सदस्य सीतानन्दन रायले तराईका जनप्रतिनिधि एकढिक्का भएर काम गरेमा सरकार मधेसका समस्या समाधान गर्न बाध्य हुनुपर्छ भन्नुभयो।

उक्त गोष्ठीका सहभागीले संविधान तुरुन्त संशोधन गरिनुपर्ने, गृहमन्त्रीले नैतिकताका अधारमा राजिनामा दिनुपर्ने तर्राईको आन्दोलनमा भएको दमनको उच्चस्तरीय छानबिन समिति बनाई दोषीलाई कारबाही गर्नुपर्ने र मारिएकालाई सहिद घोषणा गरी उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो।

Popularity: 12%

3 comments February 11th, 2007

जनआन्दोलन दबाउनेमाथि कारबाहीको जिम्मा अख्तियारलाई

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनआन्दोलनमा भएको दमनका बारेमा छानबिन गर्न गठित रायमाझी आयोगको सिफारिसको कार्यान्वयन जिम्मा अख्तियारलाई दिइएको छ।

अख्तियारले यही साताबाट कारबाही थाल्ने भएको छ।

यसैबीच, उपप्रधानमन्त्री एवं जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले जनआन्दोलन दबाउनेमाथि सरकारले कारबाही गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ।

अखिल नेपाल जनवादी युवा सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनको काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै उपप्रधानमन्त्री शरचनले सरकारले जनआन्दोलनका दोषीलाई कारबाही गर्न प्रक्रिया सुरु गरिसकेको र दोषीहरूको नामावली छिट्टै सार्वजनिक गरिने जानकारी दिनुभयो।

नोटहरूमा राजाको निसानी हटाई सगरमाथा चित्र अङ्कित नोटहरू प्रकाशन गर्न लागिएको जानकारी दिँदै उहाँले प्रतिगामी र निरङ्कुशहरू बढारिएर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई छाड्ने ठोकुवा गर्नुभयो।

कार्यक्रममा नेकपा (माओवादी)का प्रवक्ता एवं विधायक कृष्णबहादुर महराले संविधानसभाको निर्वाचनलाई असफल बनाउन प्रतिगामीहरूको चलखेल बढेको बताउँदै लोकतन्त्रलाई सफल बनाउन युवा समूह चनाखो हुनुपर्ने बताउनुभयो।

Popularity: 12%

Add comment February 11th, 2007

सरकारद्वारा ब्रेललिपि स्वीकृत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालमा दृष्टिविहीनहरूले प्रयोग गर्ने ब्रेललिपिलाई शिक्षा तथा खेलकुद मन्त्रालयले हालै स्वीकृत गरेको शिक्षा विभागले जानकारी दिएको छ।

यसबाट देशका विभिन्न क्षेत्र, जिल्ला एवं स्थानहरूमा सबै दृष्टिविहीनहरूले एकै किसिमको ब्रेललिपि प्रयोग गर्ने आधार तयार भएको छ।

विगत १८ वर्षेखि नेपाली ब्रेललिपि प्रयोग हुँदै आएको भए पनि सरकारले स्वीकृत नदिएकाले समस्या सृजना भएको थियो।

Popularity: 12%

Add comment February 11th, 2007

एकै खुट्टाले साइकल चलाउँदै ४९ जिल्लाको भ्रमण नुवाकोट

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कैलालीका २९ वर्षीय यमलाल रसाइली एकै खुट्टाले साइकल चलाउँदै ४९ जिल्लाको भ्रमण गरिसकेका छन्। बायाँ खुट्टामात्र भएका रसाइली हिँडेर बिहीबार पाँचौँ पटक काठमाडौँको बुढानिलकण्ठबाट नुवाकोट उत्रिए।

प्रथम नुवाकोट महोत्सवका अवसरमा आयोजित माउन्टेन बाइक प्रतियोगितामा भाग लिएका रसाइली छ घण्टामा नुवाकोट आइपुगेका हुन्।

बुढानिलकण्ठबाट छहरे हुँदै ४६ किलोमिटरको दूरी साइकलबाट पार गरी नुवाकोट उत्रिएका उनलाई महोत्सव मञ्चमा स्वागत र पुरस्कृत गरिएको थियो।

उनले कैलालीमा सिलाइ व्यवसाय गर्दै आएका छन्।

Popularity: 12%

1 comment February 11th, 2007

असारमा राजतन्त्र अन्त्यको घोषणाः गौतम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जेठमा संविधानसभाको चुनाव भई असारको पहिलो हप्ता बस्ने संविधानसभाको साधारण बैठकले राजतन्त्रको अन्त्य गर्ने घोषणा गर्ने विश्वास नेकपा (एमाले)का स्थायी कमिटी सदस्य वामदेव गौतमले व्यक्त गर्नुभएको छ।

नेकपा (एमाले) तनहुँद्वारा हिजो दमौलीमा आयोजित बृहत् र्‍याली र जनसभामा उहाँले प्रतिगमनकारीहरू अझै पनि नेपाली जनतालाई भ्रममा पार्न लागिरहेकाले त्यसतर्फचनाखो भइरहनुपर्नेमा जोड दिनुभयो।

नेकपा (एमाले)का केन्द्रीय सदस्य त्रिलोचन ढकालले २३८ वर्षपुरानो राजतन्त्र नहटेसम्म मुलुक माथि उठ्न नसक्ने बताउनुभयो।

अर्का केन्द्रीय सदस्य पृथ्वी सुब्बा गुरुङले संविधानसभाको चुनावमा गणतन्त्रको पक्षमा अत्यधिक मत ल्याउन सबै लाग्नुपर्छ भन्नुभयो।

Popularity: 12%

1 comment February 11th, 2007

लोकतन्त्र मदिरा बेच्नका लागि ?

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कसलाई केको धन्दा, घरज्वाइँलाई खानको धन्दा भने जस्तै लोकतन्त्र व्यापारीहरुलाई मदिरा बेच्ने निहुँ भएको छ। आठ वर्षअघि नुवाकोट जिल्लामा बन्द रहेको मदिराको बिक्री वितरण प्रथम नुवाकोट महोत्सवको अवसर पार्दै व्यापारीहरूले खुल्ला रूपमा गर्न थालेका छन्।

वि.सं. २०५६ देखि जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र जिल्ला प्रहरी कार्यालयले मदिरा निषेधित क्षेत्र घोषणा गरेको नुवाकोटमा खुल्ला रूपमा मदिरा बिक्री भएको यो पहिलो पटक हो।

“हामी आठ वर्षेखि मदिरा खुलाउने प्रयत्नमा थियौँ, आज सफल भइयो”- नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नुवाकोट महोत्सव आयोजक समितिका संयोजक शरण उत्सुक भन्छन्।

नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सव स्टलमा विदेशी तथा स्वदेशी रक्सीहरू बिक्रीका लागि राखिएका छन। आधा दर्जन स्टलमा रहेको मदिरा देखेर नुवाकोटवासी अचम्ममा परेका छन्।

जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेपछि अधिकृत बिक्रेताहरूको अनुमतिपत्र समेत प्रशासनको निर्देशनमा कोष तथा लेखा नियन्त्रण कार्यालयले नवीकरण गरेको छैन।

Popularity: 12%

Add comment February 11th, 2007

पसल लुटिएकोमा गुनासो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरमको आह्वानमा भएको आन्दोलनका क्रममा मोरङको कटहरी बजारमा गत बुधबार पाँचवटा पसलबाट करिब रू. २१ लाखका मालसामान लुटिएको पीडितहरूले बताएका छन्।

विराटनगर उपमहानगरपालिकासँग जोडिएको सो बजारमा लुटिएका पसलधनी कृष्ण भट्टराई, मानबहादुर विक, कपिल पोखरेल, अमृत श्रेष्ठ र दीपेश श्रेष्ठ छन्।

लुटेराहरूले भट्टराईको इलेक्ट्रोनिक पसलबाट रू. छ लाख, विकको किराना पसलबाट रू. सात लाख, पोखरेलको किराना पसलबाट रू. दुई लाख, अमृतको घर पसलबाट रू. पाँच लाख र दीपेशको घरबाट रू. दुई लाख बराबरको सामान लुटेको पीडितले जानकारी दिनुभएको छ।

आन्दोलनकारीले पीडित अमृतको मोटरसाइकललाई पनि तोडफोड गर्नाका साथै अर्जुन भुजेललगायत धेरैजनालाई कुटपिट गरेका थिए।

उनीहरुले आफ्नो सुरक्षा एवं क्षतिपूर्तिको माग गर्दै विराटनगर-रङ्गेली जाने यातायात बन्द गराई सिङ्गिया पुलमा हिजो धर्ना दिएका थिए।

स्थानीय जीवन श्रेष्ठ, अनोज तिम्सिना र भक्ति श्रेष्ठले फोरमका सुरेन्द्र पोद्दार, घुरन माझी र रामकुमार कामतको अगुवाइमा पसल लुटिएको आरोप लगाएका छन्।

Popularity: 12%

Add comment February 11th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....