Archive for February 14th, 2007

काठमाडौंमा हिमपात, जनजीवन प्रभावित

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
काठमाडौं लगायत देशका विभिन्न भागमा परेको हिमपातका कारण जनजीवन अस्तव्यस्त बनेको छ।

स्रोतका अनुसार ६२ बर्षपछि काठमाडौंमा पहिलो पटक हिमपात भएको हो। अपरान्ह करिव २ बजे ५ मिनटसम्म काठमाडौंमा हिमपात भएको थियो। काठमाडौंको तापमान ३ डिग्रीसम्म पुगेको छ।

त्यसै गरी उपत्यका बाहिर शिवपुरी, फूलचोकी, नागर्जुन र नगरकोट डांडामा पनि हिमपात भएको छ भने नेपालका अन्य भागहरुमा हिमपात र ठूलो बर्षा भएको समाचार प्राप्त भएको छ। हिंउका डल्लासंग काठमाडौंका युवायुवती नगरकोट लगायत अन्य डाँडाहरुमा गई रमाउंदै खेल्न थाले पनि देशका अधिकांश ठाउंहरुमा भने हिमपात र ठूलो बर्षाका कारण क्षति पुर्‍याउंनुका साथै जनजीवन कष्टकर बन्दै गएको छ।

बाग्लुङ र पर्वतमा दुई दिन यता परेको बर्षा र हिमपातको कारण त्यहाँको जनजीवन कष्टकर भएको छ। विद्यालय र सरकारी कार्यालयहरु बन्द भएका छन्। बाँसखर्क गाविसमा लगाइएका सुन्तला र सुन्तलाका बोटहरु नष्ट भएका छन्। संखुवासभाका नुनढाकी-९ को गुफा पोखरी, मुडे देउराली, सनिश्चरेमा अत्याधिक बर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ। पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरका विभिन्न भागमा हिमपातका कारण सन्दकपुर, माने भन्ज्याङ्ग खण्डमा यातायात ठप्प भएको छ।

Popularity: 12%

Add comment February 14th, 2007

बोष्टनमा नयाँ वर्ष मनाइने र नयाँ कार्य थालिने

कृष्णराज खनाल, बोष्टन अमेरिका एचकेनेपाल डट कम, फेब्रुअरी १३-
नयाँवर्ष २०६४ लाई ग्रेटर बोष्टन नेपाली समाजले शान्ति वर्षका रुपमा धुमधामसाथ मनाउने निर्णय गरेको छ। आउँदो अप्रिल १६, सोमवारका दिन बिभिन्न नेपाली साँस्कृतिक कार्यक्रम सहित नयाँवर्ष मनाउने निर्णय हिजो यहाँ बसेको सो समाजको बैठकले गरेको हो।

कार्यक्रमलाई ब्यवस्थित र भब्यरुपले सम्पन्न गर्नका लागि समाजका पदाधिकारीहरुलाई बिभिन्न जिम्मेवारी पनि तोकिएको छ। जस अनुरुप समाजका अध्यक्ष विनोद ओली र सदस्यद्वय रंजन बुढाथोकी तथा पल्लवी जोशीलाई साँस्कृतिक कार्यक्रम संयोजन, उपाध्यक्ष प्रेम तामाङ र महासचिव जम्मो शेर्पालाई कार्यक्रम हल तथा मञ्च ब्यवस्थापक तोकिएको छ भने कोषाध्यक्ष्य दीपेश श्रेष्ठ र सदस्य मीन केसीलाई प्रायोजन तथा आर्थिक ब्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ।

त्यसैगरी सदस्यहरु लिलाबहादुर राउत, हेम पुन र बिष्णु कार्कीलाई रात्रीभोज तथा धन श्रेष्ठ, हेम पोख्रेल र शिवप्रकाश पौड्यालाई प्रचारप्रसार एवं जनसम्पर्क संयोजन गर्ने जिम्मवारी दिइएको छ ।

परम्परागत रुपमा लामो समयदेखि प्रत्येक वर्ष मनाइदै आएको नयाँ वर्षको कार्यक्रममा यसपटक सहयोग स्वरुप प्रवेश शुल्कको टिकटमा विद्यार्थी तथा परिवारवालालाई विषेश सहुलियत दिने निर्णय पनि समाजले गरेको छ। जस अनुसार विगतको प्रवेश शुल्कमा नबढाई प्रतिब्यक्ति पच्चीस नै कायम गरिएको र परिवारका दोस्रोदेखि क्रमशः अन्य सदस्यका लागि प्रतिब्यक्ति पन्ध्र डलर मात्र र विद्यार्थीका लागि १८ डलरमात्र प्रवेश शुल्क निर्धारण गरिएको छ। बोष्टन वरपर बसोबास गर्ने सबै नेपालीलाई कार्यक्रममा उपस्थित भइदिन पनि समाज अनुरोध गरेको छ।

कार्यक्रममा प्रायोजकहरुलाई प्रेरित गर्ने उद्धेश्यले तीनसय डलरभन्दा बढी सहयोग उपलब्ध गर्राई प्रायोजन गर्ने प्रायोजहरुलाई कदरपत्र सहित सम्मान गरिने निर्णय पनि समाजले गरेको छ। त्यसैगरी हिजोकै बैठकले सदस्य शिवप्रकाशको GBNC Education Foundatin (ग्रेटर बोष्टन नेपाली समाज शैक्षिक कोष) को प्रस्तावलाई सर्वसम्मतिले निर्णय गरको छ। जस अन्तर्गत नेपालमा युद्धपीडित तथा असाहाय बालबालिकाका लागि प्रत्येक वर्ष दुई बिकाश क्षेत्रका दुई विद्यालयमा अक्षयकोष स्थापना गरिने छ र सोबाट छात्रवृत्ति प्रदान गरिने छ। शैक्षिक कोषका लागि समितिका सदस्यहरुले मासिकरुपमा निश्चित रकम जम्मा गर्ने निर्णय पनि समाजले गरेको छ । “मातृभूमिका लागि महिनाको आधा घण्टा” भन्ने नाराकासाथ सो बराबरको रकम अथावा महिनाको कम्तिमा पाँच डलर उक्त कोषका लागि उपलब्ध गराइ दिन पनि समाजले सम्पूर्ण नेपालीहरुमा हार्दिक अपिल पनि गरेको छ। यसलाई ब्यवस्थित रुपले संचालन गर्नका लागि छिट्टै एक समिति पनि गठन गर्ने र समाजको वेभसाइट gbnc.org बाट पनि सो सहयोग रकम प्रदान गर्न सकिने ब्यवस्था मिलाउने जिम्मावारी समाजका कोषाध्यक्ष दीपेश श्रेष्ठलाई दिइएको छ। यसरी प्रत्येक ब्यक्तिबाट संकलित सानो रकमले हाम्रो मातृभूमि नेपालमा एउटा ठूलो र दीगो तथा महान् परोपकारी कार्य गर्न सकिने कुरा समाजका सदस्य शिव प्रकाश बताउनु हुन्छ।

Popularity: 12%

1 comment February 14th, 2007

नेपाली कलाकारहरु कोरियामा (+Photo)

भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम द. कोरिया प्रतिनिधि -
दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको छाता संस्था नेपाली सम्पर्क समितिको तेह्रौं वाषिर्कोत्सव भब्य उल्लासका साथ सम्पन्न गर्न नेपालबाट आमन्त्रित अतिथी कलाकारहरु चर्चित हांस्य कलाकार मनोज गजुरेल, चर्चित नायिका रेजिना उप्रेती, लोक प्रिय आधुनिक तथा पप गायक यश कुमार, चर्चित लोक दोहोरी गायक दुर्गा गुरुङ्ग तथा विष्णु खत्री र कर्ण प्रिय गायक सम्भु राई समेतको ७ जनाको टोली आज विहान कोरियन एयरको उडानबाट कोरिया आईपुग्नु भएको छ। (more…)

Popularity: 12%

Add comment February 14th, 2007

दक्षिण कोरियामा विशाल आगलागी, प्रवासी मजदुरहरूको मृत्यु (+Photo)

भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम द. कोरिया प्रतिनिधि -
दक्षिण कोरियाको यसु सिटीको कैदी जेलमा गत शनिवार भएको आगलागी काण्डविरुद्ध आज राजधानीको सउलमा विशाल अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन तथा र्‍याली प्रदर्शन गर्‍यो।

गत शनिवार भएको उक्त आगलागी काण्डमा चाइनीज प्रवासी मजदुर ८ जना र १ उज्वेकिस्तानीको मृत्यु भएको र अन्य २७ जना विदेशी मजदुरहरु घाइते भएको कुरा कोरियाको सरकारी के वी एस् द्धारा प्रेसित समाचारमा जनाइएको छ। उक्त कहाली लाग्दो आगलागी काण्डका विरुद्ध कोरिया कन्फिडिरेसन ट्रेड युनियन लगायत विभिन्न मानव अधिकारवादी संघ संस्थाहरु, माइग्रेन्ट ट्रेड युनियनको संयुक्त आयोजनामा भएको सो र्‍याली तथा अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमा विभिन्न बत्ताहरुले प्रवासी मजदुरहरुलाई वैधानिक गरिनु पर्ने, प्रवासी मजदुरहरुलाई राख्ने जेलहरु हटाउनु पर्ने, सो आगलागी बाट मृत्यु भएका प्रवासी मजदुरहरुको परिवारलाई उचित क्षतिपूर्ति तत्कालै दिनु पर्ने मागहरु राखिएको थियो।

दक्षिण कोरियाको ३२ वटा जेलहरुमा विभिन्न देशका प्रवासी मजदुरहरुलाई अमानवीय तरीकाले राखिएकोले यस्ता काण्ड फेरि पनि दोहोरिने हुंदा जेल नै हटाई सम्पूर्ण प्रवासी मजदुरहरुलाई बैधानिक गरिनु पर्ने कुरा माइग्रेन्ट ट्रेड युनियनका अध्यक्ष काजीमान खापुङले बताउनु भयो । उक्त अमानवीय घटनाका विरुद्ध आगामी २५ तारिख कोरियाको राजधानी सउलमा विशाल विरोध र्‍याली गरिने भएको छ।


स्मरणनीय रहोस् उक्त आगलागी काण्डबाट प्रवासी मजदुरहरुको अमानवीय तरिकाबाट मृत्यु भएको यो नै पहिलो घटना हो। सो घटनालाई विशेष प्राथमिकता दिएर कोरिया स्थित चाईनीज राजदूतावासबाट यसलाई सोच्नै नसकिने घटना भएको र यसबाट सम्पूर्ण चाइना नै स्तब्ध भएको बताइएको छ र साथै यसको उचित क्षतिपूर्तिको लागि चाइनीज राजदूत स्वयं कोरिया परराष्ट्र मन्त्रालय पुगी कोरियन परराष्ट्र मन्त्रीलाई भेटी आफ्नो गुनासो पोखेको छ।


तस्वीरः राप्के लामा एचकेनेपाल डट कम।

Popularity: 12%

2 comments February 14th, 2007

फौजी कारवाही स्थगित गरेर मोर्चा वार्तामा बस्ने

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) ले सरकारले वार्ताको लागि गरेको आहृवानलाई सकारात्मक रुपमा लिदै फौजी कारवाही, बन्द र हडताल जस्ता कार्यक्रमलाई स्थगित गरेको छ।

तराईमा सशस्त्र विद्रोह गरिरहेका मोर्चाका अध्यक्ष ज्वाला सिंहले मंगलबार एक प्रेस वक्तव्य जारी गरि आन्दोलन स्थगित गरिएको जानकारी दिएका हुन्। सरकारसंग हुने वार्तालाई संघर्षको रुपमा लिई आन्दोलन स्थगित गरेको समेत जनाएका छन्।

मोर्चाले सरकारसँग वार्ताका लागि दशसूत्रीय माग पूरा गर्नुपर्ने प्रस्ताव अघि सार्दै तराईलाई स्वतन्त्र राज्य घोषणा गर्नुपर्ने, सेना, प्रहरी र प्रशासनका सबै संयन्त्रहरूमा मधेशीहरूको नियुक्ति हुनुपर्ने, मधेशीकै संयोजकत्वमा पुनः जनगणना गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ।

Popularity: 12%

1 comment February 14th, 2007

नेपाली जनजाति सरोकार मञ्च,युरोपको प्रथम अधिवेशन सम्पन्न

होम गुरूङ, बेल्जियम/ एचकेनेपाल डट कम, फेब्रुअरी ११ -
वेल्जियमको एन्टवरर्पेन शहरमा स्थानीय तथा युरोपका विभिन्न नेपाली संघ संगठनहरुका प्रतिनिधि तथा विदेशी राजनीतिक पार्टीका आमन्त्रित प्रतिनिधिहरुका साथै सयौंको संख्यामा उपस्थित नेपालीहरुको भेलाबीच “जनजातिको स्वायत्तताको लागि लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा अघि वढौं” भन्ने मुल नाराका साथ विधिवत रुपमा संयोजक रामवहादुर गुरुङको अध्यक्षतामा प्रथम अधिवेशन सम्पन्न भएको छ।

नेपाली जनताको मुक्तिका लागि वलिदान दिने ज्ञात अज्ञात महान शहिदहरुप्रति एक मिनट मौन धारणपछि नेपाली जनजाति सरोकार मञ्च, वेल्जियमका सदस्य भक्त कोनले हलमा उपस्थित तथा आमन्त्रित विभिन्न संघ संगठनका प्रतिनिधीहरुलाइ स्वागत गर्नु हुंदै जनजातिको समस्या तथा समाधानवारे आफनो धारणा राख्नु भएको थियो। अधिवेशनमा संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुसाल, नेपाली जनजाति सरोकार मञ्च, वेल्जियमका अध्यक्ष गमवहादुर गुरुङ, अन्तर्राष्ट्रियवादी एक्यवद्धता मञ्च, जर्मनीका अध्यक्ष प्रभाकर शर्मा,चौतारी समाज, जर्मनीका प्रतिनीधि, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनीका अध्यक्ष गंगालाल श्रेष्ठ, तमु समाज वेल्जियमका महासचिव श्रीमती जानकी गुरुङ, वर्ल्ड मगर फेडरेसनका प्रतिनिधि वीरमान घर्तिमगर, सिक्लेस पार्चेकोषका प्रतिनिधि जीत गुरुङ, नेपाल व्यवसायी संघ, वेल्जियमका अध्यक्ष राधाकृष्ण, नेपाली जन सम्पर्क समितिका प्रतिनिधि ओम शर्मा, लोकतान्त्रिक मञ्च, वेल्जियमका प्रतिनिधि वोधराज पौडैल, एनआरएन, वेल्जियमका उपाध्यक्ष गंगाधर गौतम, म्यागदी सम्पर्क मञ्च, वेल्जियमका योगेन्द्र वि.क, जनजाति हल्याण्डका प्रतिनिधि विर्ख सुव्वा र आदीवासी थारु मंचका प्रतिनिधि सोमनारायण थनेतले अधिवेशनको सफलताको शुभकामना सहित नेपालको समसामयिक राजनीतिक अवस्थावारे आ-आफ्नो धारणा राख्नु भएको थियो। त्यसतै गरेर विदेशी पाहुनाहरुः वर्कर्स पार्टी वेल्जियमका प्रतिनिधि, कार्क इटालीका प्रतिनिधि मार्को तथा एन्टवरर्पेन वेल्जियममा विदेशीहरु सम्वन्धि डाइभर्सिटी नामको कार्य संचालन गर्ने द आक्ट नामक संस्थाको प्रतिनिधि रिका पावेलले कार्यक्रमको सफलताको शुभकामनासहित नेपाल र विश्व राजनीति वारे आआफनो धाराणा राख्नु भएको थियो । कार्यक्रममा उपस्थित हुन नसक्नु भएका स्पेनका के.वी थापा तथा स्विजरल्याण्डका सागर शेरचनले संगठनको कार्यक्रम तथा अवधाराणा प्रति पूर्ण समर्थन जनाउंदै अधिवेशनको सफलताको शुभकामना सन्देश पठाउनु भएको थियो।

उक्त प्रथम अधिवेशनले सत्र सदस्यीय निम्नवमोजिमको कार्यसमिती सर्वसम्मतीले गठन गरेकोछ।

१.अध्यक्षः रामवहादुर गुरुङ्ग, वेल्जियम
२.उपाध्यक्षः गंगालाल श्रेष्ठ, जर्मनी
३.महासचिवः वदन योङ्गहाङ, वेल्जियम
४.सचिवः के.वी.थापा, स्पेन
५.कोषाध्यक्षः अशोक घले, फ्रान्स
६.पदेन सदस्यः गमवहादुर गुरुङ-अध्यक्ष नेपाली जनजाति सरोकार मञ्च,वेल्जियम
७.सदस्यः वीरमान घर्तिमगर, वेल्जियम
८.सदस्यः होम गुरुङ, वेल्जियम
९.सदस्यः जुम गुरुङ, हल्याण्ड
१०.सदस्यः विर्ख सुव्वा, हल्याण्ड
११.सदस्यः रानावहादुर घले, स्पेन
१२.सदस्यः सागर शेरचन, स्विजरल्याण्ड
१३.सदस्यः देव गुरुङ, इटाली
१४.सदस्यः विपिन गुरुङ, यू.के.
१५.सदस्यः सोम थनेत, वेल्जियम
१६.सदस्यः श्याम श्रेष्ठ, वेल्जियम
१७.सदस्यः जीत गुरुङ, वेल्जियम

सम्मेलनको अन्तमा सभाको अध्यक्षता गर्नु हुने नेपाली जनजाति सरोकार मञ्च, युरोपका नवनिर्वाचित अध्यक्ष रामवहादुर गुरुङले अधिवेशनमा उपस्थित सम्पूर्ण जनसमूहका साथै विभिन्न संघ, संगठनका प्रतिनिधीहरुले उत्साहका साथ अधिवेशनमा भागलिएर अधिवेशनलाइ सफल वनाइदिनु भएकोमा धन्यवाद दिंदै भविष्यमा संगठनले आफनो जिम्वेवारीलाइ सक्रियतापूर्वक निभाउने प्रतिवद्धता नवनिर्वाचित कार्यसमितीको तरफवाट व्यक्त गर्दै प्रथम अधिवेशन समाप्त भएको थियो । उक्त कार्यक्रम नेपाली जनजाति सरोकार मञ्च, वेल्जियमका महासचिव होम गुरुङले संचालन गर्नु भएको थियो।

Popularity: 12%

2 comments February 14th, 2007

नेवाः ऐक्यवद्धता अभियान, नेपालको बक्तव्य

नेवाः ऐक्यवद्धता अभियान, नेपालको बक्तव्य
एचकेनेपाल डट कम –
गत माघ २८ गते बत्तीसपुतली स्थित होटल द्वारिकाजमा घटेको हुलहुज्जतको घटनाले यस अभियानको गम्भीर ध्यान आकषिर्त गरेको छ र परिस्थितिको गम्भीरताले अत्यन्त चिन्तित तुल्याएको छ।

समाचारमा आए अनुसार उक्त हुलहुज्जत होटल द्वारिकाजले चर्चेको ४ रोपनी जग्गाको स्वामित्व सम्बन्धमा स्थानीय मूलपानी गाविसका कृष्णमुरारी ढकाल र होटल संचालिका श्रीमति अम्बिकादेवी श्रेष्ठ बीच चालिस वर्षअघिदेखि विवाद भई आएको बुझिन्छ। यस सम्बन्धमा दुबै पक्षले कानूनी उपचारका लागि प्रयास गरेकै हुनु पर्छ। नगरेको भए गर्नु पर्दथ्यो। तर कानून बमोजिम नचलिकन जुन पक्षबाट हुलहुज्जत र तोडफोड गर्ने काम भएको छ, त्यो अत्यन्त निन्दनीय छ। यसले कानूनी शासनको र्सवमान्य सिद्धान्तको उपहास मात्र गरेको छैन चुनौति समेत दिएको छ र हुलहुज्जत, गुण्डागर्दी, तोडफोड र आतंकको माध्यमबाट जग्गा भोगचलनको हक स्थापित गर्ने दुस्प्रयासको एउटा घृणित उदाहरण प्रस्तुत गरेको छ। हामी यस्ता अवान्छित र असामाजिक कृयाकलापको कडा भत्र्सना गर्दछौं र पीडित पक्षप्रति सहानुभूति प्रकट गर्दै दुबै पक्षलाई सयंमित भई कानून बमोजिम चल्न र अदालतको फैसलालाई सम्मान गर्न आग्रह गर्दछौं।

यसै क्रममा होटल मजदुरहरुले हस्तक्षेप गरी घटनालाई उग्र हुनबाट रोक्ने जुन काम भएको छ, त्यसको यस अभियान मुक्त कण्ठले सराहना गर्दछ तर विवादका पक्षहरुलाई सबूद प्रमाण पेश गर्न ७ दिने अल्टिमेटम दिएर मजदुरहरुबाट पनि गल्ती भएको छ। स्थितिलाई काबुमा ल्याउन मात्र त्यसो भनिएको हो भने हाम्रो केही भन्नु छैन । तर साँच्चिकै मजदुर युनियनले नै विवादको फैसला गर्ने हो भने यो अर्को अराजकता हुनेछ। त्यसै गरी होटल भत्काउन भनी डोजर ल्याइएको भनिएको छ। डोजर जस्तो उपकरण कि सरकारसंग हुन्छ कि ‘क’ वर्गको निर्माण व्यवसायीसंग मात्र हुन सक्छ। त्यस्तो उपकरण दुई व्यक्ति बीचको विवादमा दुरुपयोग गर्ने प्रयास हुनु खेदजनक कुरा हो। उल्लेखित विवाद कुनै राजनीतिक समस्या होइन, देवानी मुद्दा हो। त्यसैले त्यसको फैसला अदालतबाटै हुनु पर्छ। तर्सथ कानून आफ्नो हातमा लिने प्रयास कतैबाट र कसैबाट नहोस् भनी हामी सम्बद्ध सबै पक्षसंग आग्रह गर्न चाहन्छौं।

केही दिन अघि मात्र मधेशीहरुको जायज एवं शान्तिपूर्ण आन्दोलनलाई सरकारले समयमै सम्बोधन नगर्दा र त्यसमा घुसेका देशी विदेशी विखण्डनवादी तथा आतंककारीहरुलाई गृह प्रशासनले समयमै नियन्त्रणमा नलिंदा तीन दर्जनभन्दा बढी मधेशी सपुतहरुले अनाहकमा ज्यान गुमाउनु पर्यो। केयौं घर लुटिए, जलाइए। कैयौं मानिसहरु विस्थापित भए। राजधानी उपत्यकामा दिनहुँ जसो लुटपाट र हत्याका घटनाहरु बढिरहेका छन्। आज दिनदहाडै सयौंको संख्यामा आएका उद्दण्डहरुको जत्थाले विदेशी पाहुनाहरु बसिरहेको होटलमा तोडफोड गर्दा र देशको एकजना अग्रणी महिला व्यवसायी, समर्पित समाजसेवी तथा सम्मानित नागरिक श्रीमति अम्बिकादेवी श्रेष्ठको हुर्मत लिंदा समेत स्थानीय गृह प्रशासन तमासे भएर बसेको देख्दा यो मुलुकमा राज्यको अस्तित्व र उपस्थिति नै नभएको महसुस भइरहेको छ। घटनाका लागि जिम्मेवार उद्दण्ड तत्वहरुलाई तुरुन्त कार्वाही गरी सुरक्षा व्यवस्था चुस्त बनाउन र आफ्नो पदीय दायित्व वहन गर्न असक्षम तथा गैर जिम्मेवार गृहमन्त्री कृष्णप्रसाद सिटौला र उपत्यका महानगर प्रंहरी प्रमुख दीपकसिंह थाङदेनलाई तुरुन्त पदमुक्त गर्न यस अभियान नेपाल सरकारसंग जोडदार माग गर्दछ।

महेश्वर श्रेष्ठ
कार्यकारी सचिव
नेवाः ऐक्यवद्धता अभियान, नेपाल
ने.सं. ११२७ सिल्लागा १र्१र्
इ.सं. २००७ फेब्रुअरी १३
वि.सं. २०६३ फागुन ०१

Popularity: 12%

Add comment February 14th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....