Archive for February 15th, 2007

पाँचौ आहा गोल्डकप ८ गतेदेखि (+Photo)

धन बस्नेत, पोखरा/एचकेनेपाल डट कम -
साविक विजेता अफ्रिकन युनाइटेड पाँचौ आहा गोल्डकपमा आफनो उपाधि रक्षाको लागि फेरी पोखरा रंगशालाको खेल मैदानमा देखा पर्दै छ। चौथो आहा गोल्डकपमा उपविजेतामा चित्त बुझाएको नेपाली प्रहरीको महेन्द्रपुलिस क्लब र नेपाल आर्मीको त्रिभुवन क्लब भने पाँचौ आहा गोल्डकपमा सहभागिता नजनाउने निश्चित भएको छ।

आफनो साख जोगाउन आउने अफ्रिकन खेलाडीहरुमा गतवर्षभन्दा केही नयाँ अनुहारका हुने छन्। उनीहरु सवै राजधानीमा सञ्चालन भइरहेको शहिद स्मारक सानमिगेल लिगको लागि बिभिन्न क्लबहरु आवद्ध छन् । पाँचौ गोल्डकपमा अफ्रिकन युनाइटेडसहित भारतको तरुण संघ कोलकत्ता र सहारा युकेले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन्। उनीहरुले साविक लिग विजेता मनाङ मर्स्याङदी र नबिल थ्रीस्टरको चुनौती सामना गर्नुपर्ने छ।


राजधानीमा सञ्चालन भइरहेको लिग अन्तिम चरणमा पुगकोले उपाधि हत्याउने बाटोतर्फ लम्किएका महेन्द्रपुलिस र त्रिभुवन आर्मी क्लब गोल्डकप खेल्न नआउने निश्चित भएको बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सहारा क्लबका अध्यक्ष विक्रम थकालीले जानकारी दिनुभयो। नयाँ प्रतियोगिको रुपमा पहिलो पटक समावेश भएको सहारा युके भने पोखरामा ५ गते आइपुग्ने छ।

बेलायतबाट आएको सहारा युकेको तर्फाट अधिकांश नेपाली युवाहरु छन् भने ४ चार बेलायती खेलाडीहरु छन्। उनीहरुको बेलयातको बिभिन्न क्लबहरुसँग प्रतिस्पर्धाको अनुभव पनि छ। आयोजक सहारा, धरान फुटबल क्लब, रुपन्देही ११, सशस्त्रको एपीएफ, हिमालय शेर्पा क्लब काठमाडौंले आफनो पहिचानसहित कडा प्रतिस्पर्धा दिने निश्चित छ।

सहारा क्लबको आयोजना हिमश्री फुड्सको प्रायोजन सानमिगेल वियरको सहप्रायोजन कोकाकोलाको उपप्रायोजनमा हुने आहा गोल्डकपको पाँचौ संस्करण फागुन ८ गतेदेखि हुने छ। १९ गतेसम्म हुने प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघको विशेष सहयोग र पोखरा उपमहानगरपालिकाको संयोजन रहेको छ।

दर्शकलाई बाँसको प्याराफिट-पाँचौ गोल्डकपमा दर्शकहरुले सधैको प्याराफिटमा भन्दा नौलो अनुभूति गर्ने पाउने छन्। अधिकांश दर्शकहरुले पुरानो प्याराफिटमा हेरेका दर्शकले यो वर्षबाँसको प्याराफिटमा बसेर गोल्डकप हेर्ने अवसर पाउने छन्।

‘बासको प्याराफिट निर्माण कार्य भइरहेको छ।’ क्लबका अध्यक्ष थकालीले पत्रकार सम्मेलनमा भन्नुभयो-’पाँचवटा प्याराफिट निर्माण गरिने छ। प्रतियोगिताको अघिल्लोदिन बनाइसकिने छ।’ प्रत्येक प्याराफिटमा सयजना दर्शक अटाउँने उहाँले बताउनुभयो। उक्त प्याराफिट बनाउन करीव १ लाख खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो।

पुरस्कार राशीमा बृद्धि-पाँचौ गोल्डकपसम्म आइपुग्दा सहाराले अझ व्यवस्थित र गुणस्तरीय प्रतिस्पर्धाको लागि पुरस्कार राशीमा समेत बृद्धि गरिएको छ। पाँचौ गोल्डकप विजेताले नगद १ लाखसहित शिल्ड पाउने छन् भने उपविजेताले ५० हजार पाउने छन्। गतवर्षविजेताले ७५ हजार र उपविजेताले ५० हजार नगदपुरस्कार पाएका थिए।

११ दिनसम्मको प्रतिस्पर्धामा एडिडास म्यान अफ दी म्याच, अनुशासित टिम, उत्कृष्ठ खेलाडीलाई २० हजार प्रदान गरिने छ। उत्कृष्ठ खेलाडीको पुरस्कारको प्रायोजन माछापुच्छ्रे बैंकले गरेको छ। त्यसैगरी र्सवाधिक गोलकर्तालाई १५ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने सम्मेलनमा जारकारी गराइयो।

आउँदो ८ गतेहुने पाँचौ गोल्डकपको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। पत्रकार सम्मेलनमा हिमश्री फुड्सका कार्यकारी अध्यक्ष र्सुयबहादुर केसीले पोखरामा फुटबलको मात्रै होइन अब अन्तराष्ट्रिय स्तरको क्रिकेट गर्नुपर्ने खाँचो औंल्याउनुभयो। ‘क्रिकेटको आवश्यक डेढसय रोपनी जमिन र आवश्यक प्रायोजक खोजिदिन तयार छु।’ उहाँले भन्नुभयो। उहाँले फुटबलको साथै क्रिकेटको माध्यमबाट पोखरालाई खेलको गन्तव्यस्थल बनाउनुको साथै अन्तराष्ट्रिय खेल पर्यटन प्रवर्द्धन गर्न सकिने जोडदिनुभयो।

कार्यक्रममा सहारा क्लबका सचिव केशवराज बरालले फुटबलमा भएको केन्द्रवादले मोफसलको फुटबल बिकासमा बाधा पुगेको बताउनुभयो। ‘राजधानीमा मात्रै फुटबल प्रतियोगिता गरेर खेलकुदको बिकास हुदैन्।’ उहाँले भन्नुभयो-’मोफसललाई प्राथमिकता दिनुपर्छ।’ उहाँले अखिल नेपाल फुटबल संघले पाँचौ आहा गोल्डकप गर्न फागुनको पहिलो साता गर्न ४ महिना अघि स्वीकृति दिएको बताउनुभयो । राजधानीवाद हावी भएको कारण मोफसलको प्रतियोगिताहरु केन्द्रमा हुने गतिविधिमा भर पर्ने उहाँको भनाई थियो-राजधानी लिग पटक पटक सारिदिदाँ मोफसलको प्रतियोगिता प्रभावित बन्दै गएको छ।’

पोखराबाट धन बस्नेत फागुन ३ गते
तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम

Popularity: 12%

2 comments February 15th, 2007

तिब्बतसम्म सडक जोड्न चीन सहमत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नुवाकोटको गल्छीबाट चीनको स्वशासित क्षेत्र तिब्बतसम्म जोड्ने पारगमन ( ट्रान्जिट) मार्गको निर्माणकार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ।

तिब्बतबाट रसुवागढीसम्म सडक निर्माणका लागि चीन सरकार सहमत भएपछि सो मार्ग यसै आर्थिक वर्षबाट सुरू हुने अर्थमन्त्री डा.रामशरण महतले बताउनुभयो।

गल्छीबाट स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म जोड्ने सो सडक निर्माणका लागि विभिन्न दातृ सङ्घसंस्थासँग आर्थिक सहयोग माग भइरहेको जानकारी उहाँले दिनुभयो।

मन्त्री डा. महतले सो मार्ग निर्माणका लागि टेण्डर आह्वान गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत बताउनुभयो।

Popularity: 12%

Add comment February 15th, 2007

तस्कर र रक्षकबीच गोली हानाहान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रौतहट , सन्तपुर गाविसको नयाँ बस्तीअर्न्तर्गत पर्ने रङ्गपुर रेञ्जपोष्टमा काठ तस्कर र वनरक्षक गस्ती टोलीबीच गोली हानाहान भएको छ ।

रङ्गपुर रेञ्जपोष्टअर्न्तर्गत वन फडानी भइरहेको सूचनाका आधारमा वनरक्षक गस्ती टोली सो क्षेत्रमा जाँदा दोहोरो भिडन्त भएको थियो ।

भिडन्तमा कुनै मानवीय क्षति नभएको जिल्ला वन कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ ।

तराई आन्दोलनका बेला वनरक्षक गस्ती सो रेञ्जपोष्टमा जान नसकेका कारण स्थानीवासीले व्यापक वन फडानी गरी वन अतिक्रमण गरेको बताइएको छ ।


Popularity: 12%

Add comment February 15th, 2007

पूर्वी नेपालमा हतियार व्यवस्थापन सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संयुक्त राष्ट्रसङ्घीय हतियार व्यवस्थापन तथा प्रमाणीकरण टोलीले पूर्वी नेपालको ( नेकपा) माओवादीको प्रथम डिभिजनको मुख्य र सहायक शिविरको प्रमाणीकरण कार्य प्रारम्भ गरेको छ।

हतियार सूचीकृत र माओवादी जनसेना प्रमाणीकरणका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि इनमार्कको संयोजकत्वमा इलामको चुलाचुलीमा पुगेको टोलीले कार्य प्रारम्भ गरेको हो।

माओवादी जनसेनाको पूर्वी कमाण्डरका डिभिजन प्रमुख सन्तु दराई (पर्वाना) का अनुसार टोलीले दुई दिनभित्र मुख्य शिविर तथा अन्य तीन सहायक शिविरको प्रमाणीकरण गरिसक्नेछ।

प्रथम डिभिजनअर्न्तर्गत रहेका तीन हजार ५०० जनमुक्ति सेनाको हतियार व्यवस्थापन एवं गणना तथा जनमुक्ति सेनाको प्रमाणीकरण हुनेछ।

संयुक्त राष्ट्रसङ्घीय टोलीसँग रहेका युएनडीपीका प्रतिनिधि तथा अन्य सहयोगीहरूले मुख्य शिविर चुलाचुलीसँगै झापाको दानाबारी तथा मोरङका टाँडी र याङ्सिला सहायक शिविरको पनि एकसाथ प्रमाणीकरण गर्ने बताइएको छ।

मधेसी जनअधिकार फोरमको तराई आन्दोलनका कारण प्रमाणीकरण गर्ने कार्य स्थगित भएको थियो।

Popularity: 12%

Add comment February 15th, 2007

मधेश आन्दोलनका क्रममा जनकपुरमा सात करोडको क्षति

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी आन्दोलनका क्रममा जनकपुर नगर क्षेत्रमा रू . सात करोड ६३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार आन्दोलनका क्रममा २७ सरकारी कार्यालय , ३२ घर र होटल तथा १९ विभिन्न सङ्घसंस्था, विद्यालय र बैङ्कमा क्षति भएको छ ।

घरमा तोडफोड र आगजनी भएको भन्दै नेपाली काङ्ग्रेसका सह-महामन्त्री डा. रामवरण यादवले रू. छ लाख , प्रमुख सचेतक आनन्द ढुङ्गानाले रू. दुइ लाख ४० हजार र नेत्री लीला कोइरालाले रू. सात लाखको क्षति भएको दाबी गर्नुभएको छ ।

त्यस्तै एभरेस्ट बैङ्कले रू. आठ लाख, न्यु इराले रू. सात लाख ७४ हजार, थापा फोटोकपी सेन्टरले रू . आठ लाख २५ हजार, घरेलु होटलले रू. चार लाख १९ हजार, सन्देश जनरल स्टोर्सले रू . नौ लाख, सिर्द्धार्थ शिशु सदनले रू . तीन लाख ८८ हजार, भेटघाट होटलले रू. तीन लाख १६ हजार, गृहशोभा भण्डारले रू. २५ लाख ७२ हजार , श्रद्धा मेसिनरी स्टोर्सले रू. ५२ लाख ५७ हजार, जुप इम्पोरियमले रू. नौ लाख ५४ हजार , जानकी अटो सेन्टरले रू. ७५ हजार र रामा होटलले रू. ८५ लाख ८४ हजारको क्षति भएको जनाएका छन् ।

Popularity: 12%

Add comment February 15th, 2007

उपत्यकामा फोहरका कारण महामारी फैलने चेतावनी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उपत्यकामा फोहरका कारण महामारी फैलनसक्ने चेतावनी स्थानीय विकास मन्त्रालयले दिएको छ ।

स्थानीय बासिन्दाको अवरोधका कारण ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटमा उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको जानकारी गराउँदै स्थानीय विकास मन्त्रालयले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न स्थानीयवासीसँग आग्रह गरेको छ ।

” सिसडोल ल्यान्डफिल साइटमा फोहर व्यवस्थापन गर्दा देखिएका समस्या समाधान गर्न समिति गठन भई सुझावसमेत प्राप्त भइसकेको र सुझावका सम्बन्धमा स्थानीयवासीसँग छलफल पनि जारी रहेकाले अवरोध नगर्न हामीले अनुरोध गरेका छौँ”- मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद सिलवालले रासससँग भन्नुभयो ।

उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न सिसडोलबाहेक अर्को विकल्प नभएको पनि मन्त्रालयले जनाएको छ।

Popularity: 12%

Add comment February 15th, 2007

कमल थापा रिहा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराई क्षेत्रमा हिंसात्मक गतिविधि गराएको अभियोगमा हिरासतमा राखिनुभएका पूर्वमन्त्री कमल थापा हिजो थुनामुक्त हुनुभएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र गौरी ढकालको संयुक्त इजलासले उहाँलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

थापालाई गैरकानुनी ढङ्गले थुनामा राखेको जिकिर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दामोदर वाग्लेले गत माघ १८ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।

पूर्वमन्त्री थापालाई गत माघ १५ गते राति पक्राउ गरिएको थियो।

Popularity: 12%

Add comment February 15th, 2007

आज जनजातिको उपत्यका बन्द

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आह्वानमा जातीय , भाषिक र सांस्कृतिक आधारमा समानुपातिक प्रणालीबाट संविधानसभाको निर्वाचन हुनुपर्ने माग गर्दै आज उपत्यका बन्दको आह्वान गरिएको छ।

जनजातिहरुले यो बन्द पछि क्रमैसँग अञ्चल बन्द पनि गर्नेछन् र १६ गते नेपाल बन्दको घोषणा गरेका छन्।

जनजातिहरुलाई सरकारले वार्तामा बोलाइसकेको छ तर वार्ता टोलीका संयोजक महन्थ ठाकुर नै जण्डिस लागेर बिरामी हुनुभएकोले वार्ता हुन सकेको छैन।

Popularity: 12%

1 comment February 15th, 2007

उपप्रम अ‍ोली स्वस्थ , प्रधानमन्त्री बिरामी भएको खबर झुठो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली पूर्ण रूपमा स्वस्थ हुनुभएको छ।थाइल्यान्डको राजधानी बैङ्ककमा दश दिन लामो उपचारपछि उहाँले स्वास्थ्य लाभ गर्नुभएको हो ।

स्वास्थ्योपचारपछि उहाँ हिजो अपराह्न स्वदेश र्फकनुभयो ।
कमलपित्तबाट पीडित भई ओली गत माघ २१ गते उपचार्रार्थ बैङ्ककमा जानुभएको थियो । यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो दैनिक कार्य सम्पादनमा र्समर्थ रहनुभएको उहाँका निजी चिकित्सकले बताउनुभएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. मधु घिमिरेले प्रधानमन्त्रीको स्वास्थ्यबारे सार्वजनिक भएका समाचार पूर्ण रूपमा सत्य नभएको बताउनुभएको छ ।

डा. घिमिरेले प्रधानमन्त्री आफ्नो दैनिक कार्यसम्पादन तथा जिम्मेवारी बहनका लागि सक्षम रहेको बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले आराम गरी स्वास्थ्यलाभ गरिररहनुभएको पनि डा. घिमिरेले बताउनुभयो ।

Popularity: 12%

Add comment February 15th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....