Archive for February 16th, 2007

न्युयोर्क नेवा गुठी जनजाति महासंघमा आवद्ध (+Photo)

नरेन्द्र इङ्गनाम, एचकेनेपाल डट कम न्युयोर्क -
न्युयोर्क नेवार समुदायको नेवा गुठी नेपाली आदिवासी जनजातिमा महासंघ अमेरिकामा आवद्ध भएको औपचारिक घोषणा गरेको छ।


न्युयोर्क नेवा गुठी स्थापनासंगै महासंघमा आवद्ध भएको हो। आदित्य महर्जनको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको छ। न्हुच्छेनारायण डंगोल, धर्मेन्द्र गोपाली, समिर महर्जन क्रमशः उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा रहनुभएको छ भने सदस्यहरुमा साँग्रिला नेवा, रीना महर्जन, राजेन्द्र श्रेष्ठ, कुमार खड्की, बिजेश मास्के र बिके नेवा रहनुभएको छ।


कानुनी सल्लाहकारमा देवेन्द्रकुमार प्रधान र सल्लाहकारमा धिरेन्द्र प्रधान रहनुभएको छ। नेवा गुठीको स्थापनाका अवसरमा आदिवासी जनजाति महासंघ, शेर्पा किदुग युएसए, नेपाल किरात र्राई, याकथुङ चुम्लुङ युएसए, तमु सोसाइटी अमेरिका, लाङघाली एशोसियसन, तामाङ एशोसियसन र अधिकार संगठनका प्रतिनिधिहरु उपस्थित भएर गुठीको सफलताको शुभकामना प्रकट गरेका थिए।

बीके नेवाले सुरु गर्नुभएको कार्यक्रम अध्यक्ष आदित्य महर्जनले उपस्थित सम्पूर्ण महानुभावहरुलाई आभार व्यक्त गर्दै आगामी दिनहरुमा सबैको साथ पाउने आशा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।

Popularity: 12%

2 comments February 16th, 2007

द. कोरियामा गायक शम्भु राईको म्युजिक भिडीयो छायांकन (+Photo)

भूपेन्द्र आचार्य एचकेनेपाल डट कम द. कोरिया प्रतिनिधि-
कर्णप्रिय स्वरका धनी गायक शम्भु राईको स्वर, सगीत र शब्द रहेको हिउ जस्तै गोरी गीति एल्बमको म्युजिक भिडीयो दक्षिण कोरियाको राजधानी सउलमा छायांकन भैरहेको छ। (more…)

Popularity: 12%

Add comment February 16th, 2007

अर्को नेपाली कलाकार टोली द. कोरियामा (+Photo)

उत्तम गुरूङ, एचकेनेपाल डट कम द. सम्वाददाता -
नेपाली कलाकारहरूको अर्को टोली बिहीबार बिहान द. कोरिया आइपुगेका छन्। चलचित्र नायिका पूजना प्रधानका साथ नेपालका चर्चित ब्याण्ड १९७४ एडीका सांगीतिक समूह किरांत राई परिवारको छैंठौ वाषिर्क उत्सवको अवसरमा आयोजना गरिने सुम्निमा सौगात साँस्कृतिक कार्यक्रमका लागि द. कोरिया आइपुगेका हुन्। (more…)

Popularity: 12%

Add comment February 16th, 2007

आज महाशिवरात्री

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज नेपालभर मनाइँदैछ ।

हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वणिर्त छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।

Popularity: 12%

Add comment February 16th, 2007

हतियारसहित माअ‍ोवादी सिंहदरबारमा पक्राउ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का दुई नेताका सहयोगी अङ्गरक्षकलाई हतियारसहित सिंहदरबार परिसरमा प्रवेश गर्न लाग्दा पक्राउमा परेका छन्।

माअ‍ोवादीका विधायक देव गुरुङ र लोकेन्द्र बिष्टका सहयोगीद्वयलाई हिजो बिहान पूर्व र दक्षिणढोकाबाट सिंहदरबार प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले जाँच गर्दा उनीहरूसँग एक-एक थान पेस्तोल भेटिएपछि प्रवेश गर्न रोक लगाएको थियो ।

नेकपा (माओवादी)का प्रवक्ता कृष्णबहादुर महराले गत कात्तिक २२ गतेको सम्झौतामा व्यवस्था भएअनुसार पार्टी केन्द्रीय सदस्यहरूको सुरक्षाका लागि हतियार राख्न पाउने प्रावधानअनुरूप ती हतियार बोकिएको जनाउँदै यसअघि पनि पार्टीले संसदीय दलको कार्यालयसम्म ती हतियार लाने गरिएको थियो भन्नुभयो।

विधायक गुरुङले विगतमा सिंहदरबार प्रवेश गर्दा गाडीमा आफ्ना सहयोगी पनि हुने गरेको र तिनीहरूको कुनै जाँच नगरिने भएकाले त्यस्तो समस्या नपरेको जनाउँदै उपत्यका बन्दका कारण आफूहरू सहयोगीविना नै सिंहदरबार प्रवेश गरेकाले त्यहाँ खटिएका सुरक्षाकर्मीलाई पछि आएका सहयोगी र तिनका हतियारबारे जानकारी नभएकाले सो समस्या भएको बताउनुभयो ।

Popularity: 12%

4 comments February 16th, 2007

गृहमन्त्रीले माफी मागे

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले केही दिनअघि तराईका मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सप्तरीलगायत १० जिल्लामा भएको मधेस आन्दोलनका क्रममा २६ जनाको मृत्यु र करोडौँ मूल्य बराबरको धनमाल क्षति भएकोमा नैतिक जिम्मेवारी लिँदै संसदसमक्ष माफी माग्नुभएको छ।

व्यवस्थापिका संसदको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङसँग समय लिई उहाँले
मधेस आन्दोलनका क्रममा एक प्रहरी नायब निरीक्षकसहित २६ जनाको मृत्यु भएको र सप्तरी जिल्लामा ज्वाला सिंह र गोइत समूहका थप तीनजनाको मृत्यु भएको विवरण प्रस्तुत गर्नुभयो ।

गृहमन्त्री सिटौलाले मृत्यु भएकामध्ये २५ जनाका परिवारलाई राहतस्वरूप रू.१० लाख उपलव्ध गराउन प्रक्रिया थालनी भइसकेको र घटनाका क्रममा मृत्यु भएका सीताराम परियारका बारेमा अनुसन्धान भइरहेको उल्लेख गर्दै घाइतेलाई उच्च प्राथमिकताका साथ राजधानीका तीनवटा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको र कुरुवालाई दैनिक रू.१५०।- र उपचारपछि घरसम्म पुर्याउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले आन्दोलनका क्रममा ७७ सरकारी कार्यालय, ६४ सरकारी सवारीसाधन, ३६ गैरसरकारी क्षेत्रका सवारीसाधन, ३४६ व्यक्तिगत घर, पसल तथा टहरा, ११५ वटा र्सार्वजनिक बस, ट्रक आदिको क्षति भएको र लहानमा एक हजार क्वीन्टल खाद्यान्न लुटिएको विवरण प्रस्तुत गर्नुभयो ।

Popularity: 12%

Add comment February 16th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....