Archive for February 17th, 2007

राजामाथि आक्रमण, डिएसपी घाइते, दर्जनौं प्रहरी गाडीहरु क्षतिग्रष्त

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
राजा चढेको गाडीमाथि शुक्रबार साँझ पशुपति मन्दिरको दर्शनपछि फर्कन लाग्दा अज्ञात समूहले ढुंगामुढा गरेको छ।

अज्ञात समूहको ईंटा प्रहारले राजाको कारगेडमा सामान्य क्षति भएको छ। राजा त्यस बेला पशुपति नाथ मन्दिरको दर्शन गरी फर्किदा उत्तर तर्फ कैलास डांडाबाट कारगेडमाथि ईंटा प्रहार भएको थियो। वर्षेनी परिवारसहित पशुपति मन्दिरको दर्शनको लागि आउने परम्परालाई तोड्दै यस पटक राजा एक्लै दर्शनका लागि आएका थिए।

राजास्वंयले हाँकेको कारगेडमाथि तीन ठाउंबाट पटक पटक ईंटा प्रहार भएपछि सुरक्षाकर्मीले पैदल घेरा हाली गौशाला चोकसम्म सुरक्षा दिई निकालेका थिए।

अध्यांरो समयमा चारैतिरबाट अज्ञात समूहबाट भएको ईंटा प्रहारको कारण डिएसपी अजय भट्टराई घाइते भएका छन् भने प्रहरीका दर्जनौं गाडीहरु क्षतिग्रष्त भएका छन्। ढुंगा हानेको आरोपमा १७ वर्षीय रोशन खरेललाई प्रहरीले पक्राउ गरेको छ। उनी धुम्बाराहीस्थित इन्साइड भिजन स्कुलका कक्षा १० का विद्यार्थी भएको बताइएको छ।

यसअघि राजा पशुपति मन्दिर परिसरमा प्रवेश गर्ने बेलामा पनि राजाविरुद्ध आपत्तिजनक नारा लगाइएको थियो। पानीमा भिजी लामो समयसम्म पालो पर्खिरहेका सर्वसाधारणले बत्ती गएपछि नाराबाजी गर्ने समूहलाई आक्रोशित हुंदै साथ दिएका थिए।

बत्ती गएको बेला भएको यस घटनाप्रति पर्यटनमन्त्री प्रदीप ज्ञवालीले खेद प्रकट गरेका छन्।

Popularity: 11%

8 comments February 17th, 2007

नाङ्गा बाबाहरुको आक्रमणबाट २ युवक घाइते

विश्व हिन्दु महासंघले विरोध प्रदर्शन
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, फेब्रुअरी १७ -
नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको र नेपालबाट राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्न लागेको आक्रोशमा शनिवार विश्व हिन्दु महासंघले विरोध प्रदर्शन गरेको छ।

करिव १ हजारको संख्यामा रहेका विरोध प्रदर्शनमा राजावादी, हिन्दुधर्मालम्बी र साधुसन्तहरू सरीक रहेका थिए।

नाङ्गा बाबाहरुको आक्रमणबाट २ युवक घाइते
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, फेब्रुअरी १६ -
नाङ्गा बाबाको आक्रमणबाट शुक्रबार बिहान पशुपतिमा २ युवक घाइते भएका छन्।

समाचार स्रोतका अनुसार नाङ्गा बाबाका एक समूहले ती दुइ युवकको टाउकोमा चिम्टा प्रहार गरी घाइते तुल्याएका हुन्। टाउकोमा गम्भीर चोट लागेका घाइते युवकहरुलाई वीर अस्पतालमा उपचार्थ राखिएको छ।

मादक पदार्थ सेवन गरेका युवक र गाँजाले लठ्ठ परेको नाङ्गा बाबाको समूहबीच विवाद भै झगडा पर्दा ती युवकहरुमाथि चिम्टा प्रहार भएको स्रोतले जनाएको छ।

सेना समेत परिचालन गरिने
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि, फेब्रुअरी १६ -
हिन्दु अतिवादीहरुले दंगा मच्चाउने तयारी गरिरहेको भनी खबरहरु आइरहेको बेला शिवरात्रीमा सुरक्षा व्यवस्थामा मिलाउन आज सेनासमेत परिचालन गरिने भएको छ। बदलिँदो परिस्थितिमा सेना परिचालन हुने यो नै पहिलो घटना हो।

सुरक्षाका लागि एकहजार ९३४ नेपाल प्रहरी, एक हजार २०० सशस्त्र प्रहरी र २०० नेपाली सेना परिचालन गरिने भएको छ।

यस वर्षदेखि महाशिवरात्रिका अवसरमा वितरण गरिने विशेष पासको व्यवस्था खारेज गरिएको छ। सर्वसाधारलाई समानरूपमा मन्दिर प्रवेशका लागि सुविधा दिलाउन सो व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

आराध्यदेव पशुपतिनाथको दर्शनका लागि राजपरिवारको सवारी हुँदा थोरै समयका लागि मात्र बाटोमा पर्ने दर्शनार्थीको दर्शन रोकिने तर दक्षिण ढोकाबाहेक अन्य ढोकाबाट हुने दर्शनको कार्य यथावत् राखिने कोषका सदस्य-सचिव निर्मल कुइँकेलले बताउनुभयो।

देशमा शान्तिस्थापना भएका कारण बाहृय तथा आन्तरिक तीर्थयात्री बढ्ने अनुमान गरिएपनि आज उपत्यका बन्दका कारण तीर्थयात्रीको आगमनमा कठिनाइ भएको उहाँले उल्लेख गर्नुभयो।

शिवरात्रिमा ३० हजारभन्दा बढी साधुहरु काठमाडौं भित्रिने
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता, फेब्रुअरी ७ -
शिवरात्रिको अवरसर पारेर विश्व हिन्दु महा संघले ३० हजार भन्दा बढी भारतीय साधुसन्तहरु नेपाल भित्र्याउने घोषणा गरेका छन्।

हिन्दु महा संघले नेपाललाई हिन्दु राष्ट्र घोषणा र धर्म निरपेक्षताविरुद्ध फागुन ६ गतेदेखि आन्दोलन गरिने जनाएको छ।

राजालाई जोगाउन नाङ्गो जुलुस निकालिने
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, जनवरी २४-
राजालाई जोगाउन विश्व हिन्दु महासंघले आगामी फाल्गुन ४ गते शिवारात्रीको दिन काठमाडौंको खुल्ला सडकमा बाबाहरुको नाङ्गो जुलुस निकालिने भएको छ।

जनआस्था साप्ताहिकले जनाए अनुसार राजाका मानार्थ एडीसी भरतकेशर सिंह अध्यक्ष रहेको विश्व हिन्दु महासंघले पशुपतिनाथदेखि सिंहदरवारसम्म बाबाहरुको नाङगो जुलुस निकालिन थालेको हो।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको र नेपालबाट राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्न लागेको आक्रोशमा महासंघले नेपाललाई राजतन्त्रात्मक हिन्दू राष्ट्र कायमै राखिरहनुपर्ने मागसहित नाङ्गा बाबाहरुलाई अगाडि सारेर प्रदर्शन गराउन लागेको हो।

हरेक बर्ष शिवारात्रीको दिन पशुपतिनाथमा भारतीय नाङ्गा बाबाहरु दर्शनको लागि आउने गर्छन्। पशुपतिनाथका असली चेला मानिने नाङ्गा बाबाहरुलाई हेर्न त्यस दिन पशुपतिनाथ क्षेत्रमा भीडभाड बढ्ने गर्छ।

Popularity: 14%

47 comments February 17th, 2007

हिमपातका कारण हवाई उडान अवरुद्ध

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
लगातार जारी हिमपातका कारण नियमित हवाई उडानहरु अवरुद्ध भएका छन्। हिमपातले नेपालगञ्ज र सुर्खेतबाट हुने नियमित उडान प्रभावित बनेको छ भने हुम्लाको उत्तरी क्षेत्रमा पर्ने लिमी र मुचुसंगको सम्पर्क टुटेको छ।

धावनमार्गमा हिउं जमेका कारण उडान भर्न नसकेका हुन्। हुम्लाको धावनमार्गमा करिव दुई फिट हिउं जमेकोले ३ दिनदेखि हवाई सेवा बन्द रहेको छ। जुम्लामा पुनः शुक्रबार साँझबाट हिमपात सुरु भएको छ।

Popularity: 11%

Add comment February 17th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....