Archive for February 18th, 2007

७ वर्षीय बालकको अपहरणपछि हत्या, सूर्यविनायक तनावग्रष्त

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता-
भक्तपुरमा एक ७ वर्षीय बालकलाई अपरहण गरी हत्या गरिएकोमा हत्यारालाई पक्राउ गरी कारवाही गर्नुपर्ने मागसहित पीडितका आफन्त र स्थानीयबासीले बिरोध प्रदर्शन गर्दा बिहान भर सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको छ।

समाचार स्रोतका अनुसार सूर्यविनायकका अलि हुसेनका ७ वर्षीय छोरा शाहिल खानको अपहरणपछि हत्या गरिएको थियो। उनको शव कटुन्जे गाविस-६ स्थित सुवर्र्णोश्वर मन्दिरनजिक क्षत विक्षत अवस्थामा हिजो भेटिएको थियो। मृतक बालकको लिङ्ग छेदन गरिएको, घांटीमा डोरी बाँधिएको र दुबै हातमा चोट लागेको बताइन्छ।

सूर्यविनायकस्थित साइनिङ स्टुडेन्ट एकेडेमी कक्षा १ का विद्यार्थी खान फागुन ३ गते विद्यालयबाट फर्कदा अपहरणमा परेका थिए। अपहरणको एक घण्टाभित्रै उनको हत्या गरिएको बताइएको छ।

मृतक बालकको शव पोष्टमार्टम गरिए पनि आफन्तले बुझ्न मानेका छैनन्।

हत्याको अभियोगमा सूर्यविनायकमै बस्ने मोहम्मत रसिक मन्सुरसहित केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।

Popularity: 11%

Add comment February 18th, 2007

चार दलको बैठक निश्कर्षहीन, आठ दलको बैठक आज

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चार राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले अन्तरिम संविधान संशोधनका लागि व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव लैजानुपर्नेमा जोड दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काङ्गेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाली काङ्गेस -प्रजातान्त्रिक)का शीर्षनेताहरू सम्मिलित शनिबार बसेको बैठकले सो कुरामा जोड दिएको हो।

बैठकमा अस्थायी मतदाता सूची राख्ने र व्यवस्थापिका संसदमा विपक्षीदल कायम गर्ने विषयमा असहमती भएको र भोलि बस्ने आठ राजनीतिक दलका शिर्षनेताहरूको बैठकले सो विषयलाई टुङ्ग्याउने पनि जनाइएको छ।

बैठकले मुलुकको विद्यमान समस्या समाधानका लागि संविधान संशोधनका बारेमा आठ राजनीतिक दल सकारात्मक रहेको र सबै पक्षसँग सहमति एवम् सहकार्य गरेर संविधान संशोधन प्रक्रियालाई चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिएको छ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पछिल्लोपटक गर्नुभएको सम्बोधनलाई पूर्णरूप दिन तथा मुलुकमा देखा परेका विद्यमान समस्याको निकास खोजिनुपर्ने आवश्यकता समेत बैठकले औँल्याएको छ।

आठ राजनीतिक दलको बैठक आइतबार पुनः बस्ने निष्कर्षसहित चार राजनीतिक दलको बैठक आजका लागि स्थगित गरिएको जनाइएको छ।

Popularity: 11%

1 comment February 18th, 2007

चिसोले ठहरै

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अत्यधिक चिसोको कारण सप्तरीमा एक जनाको मृत्यु भएको छ। विगत तीनदिनदेखि बढेको चिसोको कारण सप्तरी मलेकपुर-१ बस्ने ५० वर्षीय जदु सदाको मृत्यु भएको हो।

सदालाई विरामी परे लगत्तै आफन्तले उपचारका लागि स्थानीय सगरमाथा अञ्चल अस्पताल राजविराजमा भर्ना गरेका थिए।

उपचारको क्रममा निज सदाको मृत्यु भएको उनका छोरा नेमुनीया सदाले बताए।

Popularity: 11%

Add comment February 18th, 2007

इलाममा प्रमाणीकरण सम्पन्न

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संयुक्त राष्ट्र सङ्घीय हतियार व्यवस्थापन, प्रमाणीकरण र अनुगमन टोलीले इलामको चुलाचुली मुख्य शिविर तथा अन्य तीन सहायक शिविरमा शनिबार प्रमाणीकरण कार्य सम्पन्न गरेको छ।

माओवादीको पूर्वी डिभिजन अर्न्तर्गतको मुख्य शिविर चुलाचुली, झापाको दानावारी तथा मोरङको टाँडी र याङसिलामा रहेका सहायक शिविरका गरी तीन हजार ३०० जनाको प्रमाणीकरण गरेको पूर्वी कमाण्ड प्रमुख सन्तु दर्राई (पर्वाना)ले जानकारी दिनुभयो।

पूर्वी डिभिजनमा रहेका तीन हजार ५०० मध्ये २०० जनसेनाका जवानहरू बिरामी परेर उपचारमा रहेका र कतिपय घरविदामा गएकाले उनीहरूको प्रमाणीकरण हुन नपाएको बताउँदै पर्वानाले उनीहरूको पछि प्रमाणीकरण हुने जानकारी दिनुभयो।

राष्ट्र सङ्घीय हतियार व्यवस्थापन तथा प्रमाणीकरण टोलीका प्रमुख इनमार्कको टोलीले मुख्य शिविरको सुरक्षार्थ ३० थान तथा सहायक शिविरका लागि १५ थानका दरले हतियार राख्न पाउने टुङ्गो लगाएको पनि पर्वानले जानकारी दिनुभयो।

माओवादी जनसेनाको पूर्वी डिभिजनमा रहेको बाँकी हतियार व्यवस्थापन गरिएको जानकारी दिदै पर्वानाले सङ्ख्या भने खुलाउनु भएन्। हतियारको दर्ता एवं भण्डारण गर्ने काम अहिले तीव्र रूपमा भइरहेको छ भने गोली छुट्टै बाकसमा थन्क्याउने तयारी भइरहेको छ।

Popularity: 11%

Add comment February 18th, 2007

चन्दा उठाउने नक्कली माओवादी पक्राउ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माओवादीका नाममा चन्दा उठाइरहेको अवस्थामा आज एक व्यक्तिलाई नेकपा माओवादीका कार्यकर्ताले सुनसरीको इटहरीमा पक्राउ गरेका छन्।

माओवादीको पार्टी जिल्ला सम्पर्क कार्यालय इटहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा खोटाङ जिल्लाको बतासे घर बताउने दिनेश खड्का नाम गरेका युवकलाई चन्दा उठाउँदै गर्दा थलोमै पक्राउ गरिएको हो।

पक्राउ परेका खड्कालाई भोलि विराटनगरमा हुने माओवादीको जनसभाका लागि सहयोगको नक्कली रसिद बनाएर स्थानीय व्यापारीबाट चन्दा लिंदै गर्दा पक्राउ गरी जिल्ला पार्टी सर्म्पर्क कार्यालयमा राखिएको छ।

Popularity: 11%

Add comment February 18th, 2007

बलात्कारी माअ‍ोवादी पक्राउ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सुनसरीको खनारकी आठ वषीया एक बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीयवासिन्दाले गएराति माओवादी कार्यकर्ता गोविन्द भुजेललाई पक्राउ गरेका छन्।

बालिका चिच्याउन थालेपछि स्थानीय वासिन्दाले हेर्न जाँदा पीडितकै घरमा माओवादी कार्यकर्ता भुजेल पक्राउ परेको जनाइएको छ।

माओवादीको आरोपमा सशस्त्र द्वन्द्वका बेला दुई वर्षम्म जेल सजायँ भोगेका भुजेलले आफूलाई चकलेट दिएर ललाई फकाई जबरजस्ती गर्ने गरेको पीडित बालिकाले बताएकी छिन्।

आर्थिक अवस्था कमजोर भएका पीडितका बाबु आमाले माओवादीको डर त्रासले प्रहरीमा उजुरी नदिएको बताइएको छ।

भुजेलले पीडित परिवारलाई १५ हजार रूपैया क्षतिपूर्ति र बालिकाको औषधि उपचार गराउने बताएपछि स्थानीय वासिन्दा र पीडित परिवारले सहमति जनाएको बताइएको छ।

Popularity: 11%

Add comment February 18th, 2007

राजालाई ढुं‍गा काण्डको छानविन समिति गठन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकारले महाशिवरात्री पर्वको उपलक्ष्यमा शुक्रबार साँझ श्री ५ महाराजाधिराज दर्शनका लागि पशुपतिनाथ सवारी हुँदा त्यहाँ भएको अशोभनीय घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सहसचिव प्रतापकुमार पाठकको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ।

सो समितिका सदस्यहरूमा प्रहरी नायव महानिरीक्षक रवीराज श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ उपरीक्षक वसन्तकुमार राई रहनुभएको छ।

समितिले घटनाको सम्बन्धमा छानविन गरी सातदिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको छ।

महाशिवरात्री पर्वका अवसरमा हिजो बेलुका पशुपतिनाथको दर्शनका लागि श्री ५ महाराजाधिराजको सवारीमा केही व्यक्तिबाट ढुङ्गाप्रहारलगायत अभद्र क्रियाकलाप भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको गृहमन्त्रालयले जनाएको छ।

धार्मिक आस्थाको पर्वमा भएको यस प्रकारको अशोभनीय कार्यले सामाजिक तथा धार्मिक सद्भावमा नकारात्मक असर पर्न जाने जनाउँदै उच्चतम् सुरक्षा व्यवस्था हुँदाहुँदै त्यस्तो घटना हुनु दुःखद भएको गृहमन्त्रालयले जनाएको छ।

Popularity: 11%

Add comment February 18th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....