Archive for February 19th, 2007

शाही मन्त्री अन्सारीलाई रिहा गर्न आदेश

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि
शाहीमन्त्री सलिम मिया अन्सारीलाई रिहा गर्न सर्वोच्च अदालतले सरकारलाई आइतबार आदेश दिएको छ ।

न्यायाधीश केदारप्रसाद गिरी र गौरी ढकालको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको रोहवरमा रिहा गर्न आदेश दिएको हो । मियालाई माघ १६ गते तराईमा दंगा भड्काएको आरोपमा पक्राउ गरिएको थियो । उहाँलाई रिहा गर्न आदेशको माग गरी र्सवोच्चमा रिट दायर गरिएको थियो ।

Popularity: 11%

Add comment February 19th, 2007

हतियार व्यवस्थापन प्रमाणित भएपछि मात्र अन्तरिम सरकार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संयुक्त राष्ट्रसङ्घले माओवादी हतियार र सेना व्यवस्थापन सकिएको प्रमाणित गरिसकेपछि मात्रै माओवादी सम्मिलित अन्तरिम सरकार गठन गरिने बताउनुभएको छ । जर्मन सांसदहरूको प्रतिनिधिमण्डलसँगको भेटघाटमा प्रधानमन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले एक साताभित्र आफूसम्मिलित अन्तरिम सरकार गठन नभए जेठमा संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनुभएको भोलिपल्ट प्रधानमन्त्री कोइरालाको यस्तो अभिव्यक्ति आएको हो ।

सात सदस्यीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले माओवादीलाई अन्तरिम सरकारमा सामेल गराउन आफू उत्सुक रहेको बताउनुभएको उहाँका वैदेशिक मामिलासम्बन्धी सल्लाहकार डा. सुरेश चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले जेठभित्र संविधानसभाको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

Popularity: 11%

Add comment February 19th, 2007

प्रचण्डलाई गणतन्त्र घोषणा गर्न हतार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले संविधानसभाको निर्वाचन ढिलो हुने भएमा आगामी वैशाखभित्रमा गणतन्त्र घोषणा हुनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी) केन्द्रीय समितिद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले परिकल्पना गरेको नयाँ नेपाल सङ्घात्मक गणतन्त्रमा मात्र पूरा हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले जनताले शासकहरूबाट मुक्ति नभएसम्म नेकपा (माओवादी)ले आन्दोलन जारी राख्ने जानकारी दिंदै मधेसी, जनजाति, दलित, अल्पसङ्ख्यक तथा किसानको माग पूरा नभएसम्म माओवादीले आफ्नो कार्यसूची परिवर्तन नगर्ने पनि बताउनुभयो ।

नेकपा (माओवादी)का नेता डा. बाबुराम भट्टर्राईले माओवादीको जनयुद्धबाट २३८ वर्षेखिको शाही तथा एकात्मक राज्य व्यवस्थाको अन्त्य हुने अवस्थामा आइसकेको बताउँदै मुलुकमा प्रारम्भ भएको शान्ति प्रक्रियालाई बिथोल्न प्रतिगामीहरू लागिपरेको बताउनुभयो ।

Popularity: 11%

Add comment February 19th, 2007

आज प्रजातन्त्र दिवस

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि
५७ अ‍ौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज अधिराज्यभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यस उपलक्ष्यमा आज बिहान सूर्योदयका साथ नेपाली सेनाद्वारा भीमसेनस्तम्भ (धरहरा)बाट बिगुल बजाइनुका साथै तोप र बन्दुकबाट बढाइँ गरिनेछ ।

विक्रमसम्वत् २००७ फागुन ७ गते जहानियाँ राणाशासन अन्त भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकोले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

सोही उपलक्ष्यमा सहिदद्वारमा विशेष कार्यक्रमबीच सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिनेछ ।

त्यसपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिनेछ ।

सो समारोहको रेडियो नेपाल तथा नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

Popularity: 11%

Add comment February 19th, 2007

अन्तरिम संविधान संशोधन प्रक्रिया सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि
व्यवस्थापिका संसदमा अन्तरिम संविधान संशोधनसम्बन्धी विधेयकले प्रवेश पाएको छ । सभामुख सुवासचन्द्र नेम्वाङले व्यवस्थापिका संसदको तेस्रो विधेयकको रूपमा हिजै सो विधेयक संसद सचिवालयमा दर्ता भएको जानकारी दिँदै अन्तरिम संविधान संशोधनको प्रकृया शुरु भएको बताउनुभयो ।

मुलुकमा मधेशसम्बन्धी समस्याको समाधानको लागि प्रधानमन्त्रीको सम्बोधन र सांसदहरूको चाहनाअनुसार यसअघि व्यवस्थापिका संसदले सरकारलाई अन्तरिम संविधान संशोधनसम्बन्धी विधेयक प्रस्तुत गर्न निर्देशन गरेको थियो ।

यसअघि सभामुखसँग समय लिएर विभिन्न दलका सांसदले मधेशी र आदिवासी जनजातिको हकहित र अधिकारका लागि अन्तरिम संविधानमा प्रावधान राखी संविधानसभाको निर्वाचनमा पुग्न सरकार आफ्नो दायित्वबाट पन्छिन नहुने धारणा राख्नु भएको थियो ।

Popularity: 11%

Add comment February 19th, 2007

राजाले माघ १९ पछिको असफलताको जिम्मा लिने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि
राजाले प्रजातन्त्र दिवसका दिन पारेर देशवासीका नाममा सन्देश दिँदै माघ १९ पछिको सफलता असफलता, जस अपजसको जिम्मा नैतिक रुपमा आफूले लिने बताएका छन्। सन्देशको पूर्ण विवरण यस प्रकार छ-

प्यारा देशवासीहरू, आज हामी ५७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदैछौँ, जनताको हकको लागि राजा र जनता मिलेर गरेको सफल प्रयासलाई सम्झाउने यस ऐतिहासिक दिनमा प्रजातन्त्रका प्रवर्तक पूज्य जिज्यू बुबाज्यू स्वर्गीय श्री ५ त्रिभुवन तथा प्रजातन्त्रका लागि आफ्नो जीवन उर्त्र्सग गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छौँ ।

नेपालको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र जनताको चाहना नै राजसंस्थाका चाहना रहने गरेको तथ्य हाम्रो गौरवशाली इतिहासको आधारभूत पक्ष हो । तत्कालीन निर्वाचित प्रधानमन्त्रीको सिफारिसमा संविधानबमोजिम प्रतिनिधिसभा विघटन भएको र निजले संविधानले तोकेको अवधिमा निर्वाचन गराउन नसकेको तथा त्यसपछि बनेका सरकारहरूले पनि निर्वाचन गराउन नसकेकोले शान्ति, सुरक्षा कायम गरी जननिर्वाचित निकायहरूलाई जीवन्त तुल्याउन तत्कालीन परिस्थितिको बाध्यता एवम् जनताको चाहनाबमोजिम २०६१ माघ १९ गते हामीले कदम चाल्नु परेको कुरा प्रष्टै छ । विभिन्न व्यवधानले गर्दा अठोट गरेअनुसार जनताको प्रतिनिधित्व गर्ने निकायहरू निर्वाचनद्वारा स्थापित गराउन सकिएन । करिब १५ महिनाको अवधिमा भएको कोशिश, सफलता र असफलताको जस अपजस नैतिकरूपमा हाम्रो पनि हो । तर हाम्रो एकमात्र चाहना जनताले आफ्ना निर्वाचित प्रतिनिधिहरूमार्फ शासनभार ग्रहण गर्न पाउनुपर्छ भन्ने नै रहेकोले बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवम् समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने विश्वासमा २०६३ बैशाख ११ गते प्रतिनिधिसभा पुनस्थापित गरिएको कुरा पनि र्सवविदितै छ ।

बहुदलीय प्रजातन्त्रलाई सुदृढ बनाउन सम्पूर्ण नेपालीको गुनासो, आकाङ्क्षा र भावनालाई सबैको चित्त बुझ्ने गरी परिपक्व ढङ्गमा सम्बोधन गरेर जननिर्वाचित निकायहरूको स्थापना गर्नुपरेको छ । नेपाल गाउँ, सहर, तर्राई, पहाड र हिमालमा बस्ने तर्राईबासी, आदिवासी, जनजाति र दलित सबै नेपालीको साझा फूलबारी हो । यही शाश्वत सत्यलाई पालन गरेर नै नेपालको राष्ट्रियता र अखण्डता जोगिएको कुरा सबैका लागि सँधैको लागि स्मरणीय छ । नेपालको लागि नेपाली जनता नै मार्गदर्शक हुन् । नेपाली जनता बहुदलीय प्रजातन्त्रको र्सार्थक अभ्यासद्वारा समुन्नत नेपालको निर्माण गर्न चाहन्छन् । इतिहासको सम्मान गरेर मात्रै आफ्नो विशिष्ट पहिचान सुरक्षित रहन्छ भन्ने स्वाभिमानी नेपालीहरूको अटल विश्वास छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसले सबै नेपालीको भावनात्मक सहमति र सक्रिय सहभागिता सुनिश्चित गरी, जनताको इच्छाको सर्वोच्चतालाई सुमेरु मानेर बहुदलीय प्रजातन्त्रको माध्यमबाट नेपाल र नेपालीको बृहत्तर हितमा समर्पित रहन सबैलाई प्रेरणा देओस्- यही हाम्रो कामना छ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !
जय नेपाल !

Popularity: 11%

6 comments February 19th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....