Archive for February 20th, 2007

राजाको सन्देशको सर्वत्र आलोचना

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राजा ज्ञानेन्द्रका तर्फबाट राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आएको सन्देशप्रति विरोध र आपत्ति जनाउँदै विभिन्न राजनीतिक दलले आफ्ना भनाइ सार्वजनिक गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटीको आकस्मिक बैठकले राजा ज्ञानेन्द्रले दिएको सन्देशलाई असंवैधानिक, अनधिकृत र आपत्तिजनक ठहर्याउँदै खेद व्यक्त गरेको छ ।

महासचिव माधवकुमार नेपालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय मदननगरमा बसेको बैठकले २०६१ माघ १९ गतेको आफ्नो निरङ्कुश, अप्रजातान्त्रिक र गैरसंवैधानिक कदमको प्रतिरक्षा गरेर राजा ज्ञानेन्द्रले नेपालको राजतन्त्र फेरि पनि लोकतन्त्रको मार्गमा बाधा बन्ने प्रस्ट सङ्केत गर्दै नेपाली जनता र राजनीतिक दलहरूलाई चुनौती दिएको ठहर गरेको छ ।

प्रतिगामी र दक्षिणपन्थी शक्तिहरूलाई उक्साउने सुनियोजित षड्यन्त्र स्वरूप आएको हुनाले सम्पूर्ण नेपाली जनता र लोकतान्त्रिक शक्तिले राजाको सन्देशको घोर विरोध गर्दै षड्यन्त्रप्रति सजग रहनुपर्नेमा बैठकले जोड दिएको छ ।

नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)ले आफ्नो महत्वाकाङ्क्षापूर्ति गर्न राजाले गरेको २०६१ माघ १९ गतेको अधिनायकवादी कदम पार्टीको कारणबाट बाध्यतावश गरिएको र जनचाहनाबमोजिम भएको अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गरेको छ ।

राजाको निर्णय कति जनचाहनाबमोजिम रहेको थियो भन्ने कुराको जवाफ जनआन्दोलन र त्यसको परिणामले नै दिइसकेको छ भन्दै उक्त पार्टीले वर्तमान सङ्क्रमणकालीन तरलताबीच प्रकट भएको राजाको अधिनायकवादी महत्वाकाङ्क्षालाई नेपाली जनताले कुनै पनि हालतमा नस्विकार्ने बताएको छ।

जनमोर्चा नेपालले माघ १९ लगायतका आफ्ना प्रतिगामी एवं फासीवादी कदमहरूलाई जायज साबित गर्दै र जनआन्दोलनमा जनताले गरेको बलिदान एवं राजनीतिक पार्टीको भूमिकालाई चुनौती दिँदै प्रकाशन गरिएको कथित सम्बोधनमा निहित दुरासयप्रति र्सतर्क हुँदै सबै राजनीतिक दल, नागरिक समाज र आम जनताबाट त्यसको तीव्र भर्त्सना एवं प्रतिवाद गरिनुपर्ने धारणा अघि सारेको छ ।

चित्रबहादुर आले अध्यक्ष रहनुभएको जनमोर्चा नेपालले आज एक विज्ञप्ति प्रकाशन गरी राजतन्त्रका सम्पूर्ण संवैधानिक र परम्परागत अधिकारहरू खोसिएका र राजतन्त्र अघोषित निलम्बिन अवस्थामा रहेका बेला प्रेषित राजाको सन्देश अनधिकृत र संयुक्त जनआन्दोलनका विरुद्धमा भएको जनाएको छ।

Popularity: 11%

9 comments February 20th, 2007

सरकारका प्रवक्ताको आपत्ति

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सूचना तथा सञ्चार राज्यमन्त्री एवं नेपाल सरकारका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा राजा ज्ञानेन्द्रबाट आएको सन्देश अत्यन्त आपत्तिजनक र असंवैधानिक भएको बताउनुभएको छ ।

उहाँले माघ १९ को प्रतिगमनकारी षड्यन्त्रमूलक कदमलाई ‘जनताको आकाङ्क्षाअनुरूप’ भनेर प्रस्टयाउन खोजिएको अभिव्यक्ति घोर आपत्तिजनक भन्दै विरोध जनाउनुभएको छ ।

राज्यमन्त्री बडुले उक्त सन्देशले जनआन्दोलनको उपलब्धिमाथि कुठाराघात गर्ने कुचेष्टा गरेको बताउँदै यस्ता अभिव्यक्तिले इङ्गित गरेको सम्भावित षड्यन्त्रविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई सचेतताका साथ एकजुट हुन आग्रह गर्नुभएको छ ।

Popularity: 11%

1 comment February 20th, 2007

मधेशमा पुनः आन्दोलन चर्काइने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरमले पूर्व समझदारीबमोजिम १० दिनभित्र वार्ताका लागि उचित वातावरण निर्माण गर्न सरकारले दिइएको समयमा चासो नदेखाएको भन्दै तीन चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

फोरमद्वारा आयोजित पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष उपेन्द्र यादवले एकात्मक केन्द्रीकृत राज्यप्रणालीको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र मधेस तथा पहाडका सम्पूर्ण दलित, जनजाति, महिला, आदिवासी एवं उत्पीडित वर्गका पक्षमा ठोस कदम नचालिएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताउनुभयो ।

प्रधानमन्त्रीको पछिल्लो सम्बोधनलाई सकारात्मक रूपमा लिई समस्या समाधानका पक्षमा आफूहरू आए पनि तर्राई समस्याप्रति राज्य अझै संवेदनशील नरहेको, तर्राईको आन्दोलनमा मृत्यु तथा घाइते भएकालाई अनादर गरिएको तथा जनधनको क्षतिपूर्तिका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगरिएकाले बाध्य भई आफूहरू अन्य दलित, जनजातिलाई समेत समेटेर आन्दोलनमा आउनुपरेको उहाँले बताउनुभयो ।

मधेसी जनताको अधिकार प्राप्त नभएसम्म, समग्र मधेसलाई एक स्वायत्त प्रदेश नबनाएसम्म, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको पुनःनिर्धारण नगरिएसम्म आन्दोलन जारी रहने सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Popularity: 11%

Add comment February 20th, 2007

गिनिज बुकको होडमा नेपाली बालक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफ्नो नाम राखी नेपाल र नेपालीलाई विश्वमा चिनाउन प्रयासरत बर्दियाका १० वर्षीय म्याराथुन धावक रामचन्द्रराज न्यौपानेले तीन घण्टा ५३ मिनेट ०.२ सेकेन्डमा (पूरा म्याराथन दौड) ४२.१९५ किलोमिटरको दूरी पार गरेका छन् ।

दशरथ रङ्गशाला, लाजिम्पाट, नारायण गोपाल चोक, बालाजु, कलङ्की, सातदोबाटो, कोटेश्वर, गौशाला, चाबहिल हुँदै पुनः नारायणगोपाल चोक, लाजिम्पाट, दरबारमार्ग, सहिदगेट हुँदै दशरथ दशरथ रङ्गशालासम्मको सो दूरी पूरा गरेको वरिष्ठ प्रशिक्षक बैकुण्ठ मानन्धरले जानकारी दिनुभयो ।

Popularity: 11%

1 comment February 20th, 2007

राज्य पुनःसंरचनाको मुख्य विषय नै राजतन्त्रको अन्त्य

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले) स्थायी कमिटीका सदस्य वामदेव गौतमले लोकतान्त्रिक गणतन्त्रमा जानुबाहेक अरु कुनै विकल्प नरहेको बताउँदै राज्य पुनःसंरचनाको मुख्य विषय नै राजतन्त्रको अन्त्य हो भन्नुभयो ।

उहाँले हिजो राजाबाट जारी भएको सन्देश संविधानसभाको निर्वाचनलाई भाँड्ने षड्यन्त्रको उपज रहेको आरोप लगाउनुभएको छ ।

नेकपा (एमाले) भेरी अञ्चल सर्म्पर्क मञ्चले लोकतान्त्रिक गणतन्त्रका लागि जनअभियानका सर्न्दर्भमा आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गौतमले राजाको हिजोको सन्देश आपराधिक भएको आरोप लगाउनुभयो ।

सन्देशले अहिलेको सरकार र व्यवस्थापिका संसदलाई नै चुनौती दिन खोजेको बताउँदै उहाँले भन्नुभयो- “राजाको सन्देश आउनु भनेको जेठभित्र संविधानसभाको चुनाव हुन नदिने षड्यन्त्र हो, चुनाव नभएमा राजाले फेरि शासनसत्ता आफ्नो हातमा लिनसक्ने खतरा बढ्न सक्छ ।

Popularity: 11%

1 comment February 20th, 2007

महेन्द्रको सालिक तोडियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्याङ्जाको सदरमुकामको चोकमा अवस्थित राजा महेन्द्रको सालिक तोडफोड गरिएको छ । नेकपा (माओवादी)का कार्यकर्ता र अखिल क्रान्तिकारीका विद्यार्थीहरूले उक्त सालिक तोडफोड गरेका हुन् ।

सालिकको श्रीपेच र राजदण्ड फालिएको छ भने टाउको आधा तोडिएको छ । सालिक उक्काउन खोजे पनि नउक्किएपछि उनीहरूले त्यसै छोडेका थिए ।

प्रजातन्त्र दिवसका दिन निरङ्कुशता झल्काउने व्यक्तिको सालिक सार्वजनिक स्थानमा अशोभनीय भएकाले सालिक तोड्नुपरेको उनीहरूले बताएका छन् ।

Popularity: 11%

3 comments February 20th, 2007

राजाको वक्तव्यबाट सरकार विचलित नहुने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीपकुमार ज्ञवालीले राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका अवसरमा दिएको वक्तव्य अनधिकृत, असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै मन्त्री ज्ञवालीले भन्नुभयो- “राजाको यस्तो वक्तव्यबाट सरकार विचलित हुनेछैन ।”

दण्डहीनतालाई सरकारले प्रोत्साहन नगर्ने बताउँदै उहाँले भन्नुभयो- “जनआन्दोलनका अपराधीलाई कारबाही गरिनेछ र त्यसतर्फप्रक्रिया अगाडि बढिसकेको छ ।”

आठ राजनीतिक दल, अन्य राजनीतिक दल, नागरिक समाज र जनताबीचको एकतालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेपालमा राजतन्त्र र प्रजातन्त्र एकैसाथ अघि बढ्न सक्दैन भन्नुभयो ।

नेकपा (माओवादी)का सी.पी. गजुरेलले राजा पुनः सलबलाउन थालेकाले गणतन्त्रको घोषणा गर्न ढिलाइ गरेमा प्रतिक्रान्ति उत्पन्न हुने खतरा बढेको छ भन्दै सिधै गणतन्त्र घोषणा गरी संविधानसभामा जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मानवअधिकारवादी कृष्ण पहाडीले राजाको वक्तव्यले नेपाली जनताले प्राप्त गरेको उपलब्धिलाई चुनौती दिएकाले संसदले सिधै गणतन्त्रको घोषणा गरी निरङ्कुश राजतन्त्रको अन्त्य गरिनुपर्छ भन्नुभयो।

Popularity: 11%

Add comment February 20th, 2007

सडक र सदनबाट गणतन्त्रका लागि तयार हुन अपिल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले निलम्बनको स्थितिमा रहेको राजा ज्ञानेन्द्रको आजको वक्तव्यले प्रतिगमनकारी एवम् निरङ्कुशता जन्माउने खेल भइरहेको पुष्टि गरेको हुँदा आठ राजनीतिक दल र आम नेपाली जनतालाई सडक र सदनबाट गणतन्त्रका लागि तयार हुन अपिल गर्नुभएको छ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले राष्ट्रलाई गणतन्त्रमा पुर्याउने सम्भावना प्रबल रहेकाले यसका लागि सबै राजनीतिक दल प्रेरित हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले मधेसको आन्दोलन जायज भएको धारणा व्यक्त गर्दै अन्तरिम प्रधानमन्त्रीको दोस्रो सम्बोधनले केही हदसम्म समस्या समाधान गरेको र बाँकी प्रक्रियामा रहेको बताउनुभयो ।

Popularity: 11%

2 comments February 20th, 2007

स्मृति साँस्कृतिक कार्यक्रमका चित्रमय झलकहरु (+Photo)

एचकेनेपाल डट कम, फेब्रुअरी १७ -
नेपाल सम्पर्क समिति द. कोरियाद्वारा शनिवार आयोजित स्मृति साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। (more…)

Popularity: 11%

Add comment February 20th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....