Archive for February 21st, 2007
धन बस्नेत पोखरा / एचकेनेपाल डट कम -
सहारा क्लब पोखरालाई बेलायतमा बसोबास गर्ने नर्वेजियन नागरिकले सहयोग प्रदान गरेका छन्। नर्वेजियन नागरिक गुनारद्वारा बेलायतमा संकलन गरिएको करीव ७ लाख ४४ हजार ७ सय २५ रुपियाँ बराबरको चेक शनिबार एक समारोहबीच क्लबका मानार्थ सदस्य नबिन गुरुङले क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गर्नुभयो।
.jpg)
रकमको साथै गोल्डकपको लागि आवश्यक फुटबल तथा खेल सामाग्री पनि प्रदान गर्नुभएको थियो। खेल सामाग्र विशेष गरी एकेडेमीको लागि प्रदान गरिएको गुरुङले जानकारी दिनुभयो । क्लबका अनुसार झण्डै एकलाख बराबरको खेलसामाग्री रहेको छ।

सहारा क्लबका हितैसी नर्वेजियन तथा बेलायती समुहले पनि करीव ८८ हजार ४ सय ७५ संकलित रुपियाँ नर्वेजियन नगरिक गुनारले क्लबका अध्यक्ष थकालीलाई हस्तान्तरण गर्नुभयो। गुनारले सहारा क्लबलाई आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो।
क्लबका मानार्थ सदस्य गुरुङले बेलायतमा बिभिन्न समयमा गरिएको कार्यक्रमबाट उक्त रकम संकलन गरिएको जानकारी दिनुभयो। ‘आउँदो जुन ३० तारिखमा कार्यक्रम गरिदैं छ।’ उहाँले भन्नुभयो-’कार्यक्रममा संकलन गरिएको रकम सहारालाई प्रदान गरिने छ।’ उहाँले सहारालाई सहयोग एकदुई पटक होइन गतिलो कार्यको लागि हजारौंपटकसम्म सहयोग गर्न तयार रहेको समेत बताउनुभयो।

गुरुङले सहारालाई अहिलेसम्म १५ लाख नगदसहित बिभिन्न खेल सामाग्री क्लबलाई प्रदान गरिसक्नु भएको छ। पाँचौ गोल्डकप सहारा युकेनै लैजाने प्रवल सम्भावना रहेके अभिव्यक्ति दिनुभयो। ‘मौसमले साथ दिए हामीले गोल्डकप उचाल्ने सम्भावना छ।’ उहाँले भन्नुभयो।

सोही समारोहमा क्लबका अध्यक्ष थकालीले सहयोगी नर्वेजियन नागरिक गुनारलाई दोषल्ला ओढाई सम्मान गर्नुभएको थियो। कार्यक्रममा सहारा क्लबका उपाध्यक्ष दीपक गुरुङले आमन्त्रित अतिथिको स्वागत गर्नुभएको थियो।
पोखराबाट धन बस्नेत
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम।
Popularity: 21%
February 21st, 2007
धन बस्नेत पोखरा / एचकेनेपाल डट कम -
दशौं साग र एसियाडमा आफुले राखेको समयलाई तोड्दै त्रिभुवन आर्मीका अर्जुनकुमार बस्नेत यो वर्षको पोखरा म्याराथन च्याम्पियन बन्दै ४० हजार नगदसहितको पुरस्कार जितेका छन्। तेस्रो पटक पोखरा म्याराथनमा सहभागिता जनाएका बस्नेतले पुरानो छविलाई सुधार्दै निर्धारित ४२ दशमलब १९५ मिटरको दुरी दई घण्टा २१ मिनेट ३२ सेकेण्डमा पुरा गरी पोखरा च्याम्पियन बनेका हुन्।

उनको समय अघिल्ला वर्षरुको पोखरा म्याराथनको समयलाई पनि मात गरेको छ। यसअघि त्रिभुवन आर्मीकै आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ५ सेकेण्डमा पुरा गरी कायम गरेका थिए। बस्नेत दोस्रोपटक पोखरा म्याराथन च्याम्पियन बनेका हुन्। उनी यसअघि दोस्रो म्याराथनमा २ घण्टा २५ मिनेटमा पुरा गरी उपाधि जितेका थिए।

उनले दशौं सागमा २ घण्टा २८ मिनेटमा पुरा गरी दोस्रो भएका थिए भने एसियाडमा २ घण्टा २३ मिनेट तथा गतवर्षकाठमाडौंमा सम्पन्न म्याराथनमा २ घण्टा २३ मिनेटमा नै पुरा गरेका थिए। साग च्याम्पियनले दुई घण्टा २५ मिनेटमा पुरा गरी गोल्डमेडल जितेको थियो। एसियाडमा उनी ११ औं स्थानमा आएका थिए। पोखरा म्याराथनमा नयाँ रेकर्ड कायम गरेका बस्नेतले त्यति राम्रो आवश्यक तालिम नभएपनि पोखरा म्याराथन च्याम्पिन बन्न पाएकोमा खुशी व्यक्त गरे। ‘पोखरा खेलकुदको लागि उर्वर भूमि हो।’ उनले थपे-’पोखरेलीको माया र सदभावले तेस्रोपटक दौडिन आँए सफल पनि भँए।’ उनले सडकमा कुनै अवरोध भने नआएको प्रतिक्रिया दिए।
त्यसैगरी सशस्त्र प्रहरीका अर्जुन ढकालले २ घण्टा २८ मिनेटमा दौड पुरा गर्दै दोस्रो स्थानमा आइपुगे। उनले २५ हजार नगदसहितको पुरस्कार हात पारे। त्यसैगरी त्रिभुवन आर्मीका उत्तम खत्री र चन्द्रबहादुर महतोले क्रमश २ घण्टा ३० मिनेट र २ घण्टा ३१ मिनेटमा पुरा गर्दै तेस्रो र चौथो स्थान ओगटेका छन्। उनीहरुलाई क्रमश १५ र ५ हजार नगदसहितको पुरस्कार प्रदान गरिएको छ । पाँचौ म्याराथन च्याम्पियन रेवतबहादुर दाहाल भने नवौ स्थानमा चित्त बुझाएका छन्। तेस्रो म्याराथनमा च्याम्पियन बनि नयाँ कीर्तिमान राखेका आनन्दमान श्रेष्ठ भने पाँचौस्थानमा आएका छन्। उक्त म्याराथनमा कास्कीका सहभागित खेलाडीहरुमा अमृत हमाल उत्कृष्ठ खेलाडी घोषणा गरियो।
यसैगरी १० किलोमिटर पुरुष तर्फसशस्त्रका गगनसिंह बुढाएरले ३३ मिनेट २२ सेकेण्डमा पुरा गरी पहिलो, त्रिभुवन आर्मीका नयन्द्र र्राईले ३३ मिनेटर ३७ सेकेण्डमा पुरा गरी दोस्रो र सशस्त्रका आशनारायण चौधरीले ३४ मिनेट ३ सेकेण्डमा पुरा गरी तेस्रो भएका छन्। उनीहरुलाई क्रमश ७, ४ र ३ हजारनगदसहितको पुरस्कार प्रदान गरिएको छ।
त्यस्तै सोही इभेण्टको महिला तर्फनेपालकी महिला राष्ट्रिय धाविका महेन्द्रपुलिस क्लबकी कान्छीमाया कोजुले ३९ मिनेटमा पुरा गरी प्रथम स्थान हासिल गरेकी छिन् । महेन्द्रपुलिसकी छायाँ खत्री र भक्तपुरकी हरिदेवी राजलावतले क्रमश ४१ मिनेट १ सेकेण्ड र ४२ मिनेट ३३ सेकेण्डमा दौड पुरा गरी द्धितिय र तृतीय भएका छन्। प्रथम, द्धितिय र तृतीयलाई क्रमश ७, ४ र ३ हजार नगद प्रदान गरिएको थियो।
त्यसैगरी १० किलोमिटर विद्यालयस्तरीय छात्र तर्फज्योतिदय सहकारी स्कुल काठमाडौंका दिपक देसार, सोही विद्यालयका प्रवीण देसार र पन्चकन्या मावि काठमाडौंका रमेश सुनार प्रथम, द्धितिय र तृतिय हुन सफल भएका छन्। त्यस्तै छात्रा तर्फबाबाबाटिका मावि काठमाडौंकी सीता रिमाल, गौरीशंकर मावि हेमजा कास्कीकी दुर्गा चपागाँइ तथा शुक्रराज बलभद्रकी राखी शर्मा पहिलो दोस्रो र तेस्रो भएका छन्। उनीहरुलाई क्रमश ३, २ र १ हजार नगदप्रदान गरिएको छ।
पाँचकिलोमिटर भेट्रान्सतर्फगोप श्रेष्ठ प्रथम, तुलबहादुर गुरुङ द्धितिय र खुशराम शर्मा तृतीय भएका छन्। सोही इभेण्टको सञ्चारकर्मी दौडमा प्रवीण कार्की, राजन खत्री र दिननाथ बरालले आफनो स्थान सुरक्षित बनाए। नयाँ थपिएको अपांग तर्फो इभेण्टको ४ सय मिटर हृवीलचियर दौडमा भरत बानियाँ, झलक अधिकारी र राजकुमारी ठकुरी प्रथम द्धितिय र तृतीय भएका छन्। त्यस्तै १ सय मिटर दृष्टिविहीन दौडमा दिवस आले, तोरण अधिकार रि सुन्दर तुम्वाहाम्फेले जितेका छन्। उनीहरुलाई ३, २ र १ हजार नगदपुरस्कार प्रदान गरिएको छ।
नेपाल भूतपूर्व खेलाडी मञ्च कास्कीको आयोजनामा आइतबार सम्पन्न उक्त प्रतियोगितामा ८ इभेण्टमा गरी १ हजार ६९ जनाको सहभागिता रहेको थियो। मुल क्याराथन तर्फ१ सय ५३ जना धावकहरुको सहभागिता थियो। त्यस्तै ३७ जना बिदेशी महिला तथा पुरुषहरुले सहभागिता जनाएका थिए। त्यस्तै १० किलोमिटरको पुरुष तर्फ२२५, महिला तर्फ७७, छात्र तर्फ३७७, छात्रातर्फ१५१, भेट्रान्सतर्फ४७, सञ्चारकर्मीतर्फ२२ र अपांगतर्फ२२ जनाको सहभागिता रहेको थियो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठद्वारा उदघाटित उक्त प्रतियोगितामा विभिन्न व्यक्तित्वहरुले नगद पुरस्कारको प्रायोजन समेत गर्नुभएको थियो।
पोखराबाट धन बस्नेत
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम।
Popularity: 21%
February 21st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रजातन्त्र दिवसका अवसरमा राजा ज्ञानेन्द्रबाट दिइएको सन्देशको विरोध गर्न निस्केको नेकपा माओवादीको भ्रातृ सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको जुलुसले महेन्द्र चोकमा रहेको स्वर्गीय राजा महेन्द्रको सालिकलाई भत्काएको छ ।
सो जुलुसले रोडशेषस्थित तत्कालीन पञ्चायत रजत जयन्ती स्तम्भको माथिल्लो भागको केही अंश पनि भत्काएको छ ।
स्थानीय रोडशेष चौकीमा भेला भई निस्केको सो जुलुसले ती दुवैको संरचना भत्काएपछि राजा महेन्द्रको भत्काएको सालिकसहित नगर परिक्रमा गरेको थियो ।
यसैगरी सङ्घीय जनजाति मुक्ति मोर्चाले राजाको सन्देशको विरोधमा महेन्द्र राजमार्गको पथरी खण्डमा एक घण्टा चक्काजाम गरेको प्रहरीले जनाएको छ ।
Popularity: 21%
February 21st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकार-माओवादी सहमतिअनुसार शान्ति प्रक्रियाका लागि शिविरमा बसेका नेकपा माओवादी जनसेनाका लडाकु शिविरबाहिर जाने भएका छन् ।
हतियार कन्टेनरमा थन्काइसकेका जनमुक्ति सेनाका लडाकु सरकारले उचित भरणपोषणको व्यवस्था गर्न नसकेको र बेवास्ता गरेको भन्दै श्रमदान गरी भरणपोषणका लागि शिविर छोड्ने तयारीमा लागेको बताइएको छ ।
जनसेनाको भरण-पोषणका लागि राखिएको मागप्रति सरकार उदासीन बनेपछि माओवादीको केन्द्रीय कमान्डले नै शिविरमा रहेका जनसेनालाई बाहिर निस्की श्रम गरेर खान निर्देशन दिएको उनीहरू बताउँछन् ।
जनमुक्ति सेनाको चितवनस्थित तेस्रो डिभिजनका लडाकु भोलिदेखि नै शिविरबाहिर जाने भएका छन् । तेस्रो डिभिजनले आज भरतपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी जनसेनाले शिविर छाड्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा डिभिजन कमान्डर विविधले तेस्रो डिभिजनमा एक हप्ता अगाडिदेखि रासन सकिएको बताउनुभयो ।
Popularity: 21%
February 21st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उपप्रधानमन्त्री अमिक शेरचनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई असफल पार्न नेपाली काङ्ग्रेसका केही नेताहरू स्वयम् लागिपरेको बताउनुभएको छ ।
नेपाल सरकार, गृहमन्त्रालयद्वारा आज यहाँ आयोजना गरिएको ऐतिहासिक जनआन्दोलनका अमर सहिद तथा घाइते व्यक्तिहरूका सम्मान समारोहमा बोल्दै उहाँले गृहमन्त्रीको राजिनामा माग्नुमा पनि षड्यन्त्रको गन्ध देखापरेको उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री शेरचनले आठ दल र सरकार संविधानसभाको चुनाव आगामी जेठ महिनाभित्रै गर्ने गृहकार्यमा जुटिरहेको अवस्थामा राजाबाट असंवैधानिक सन्देश दिइएकोमा खेद व्यक्त गर्नुभयो ।
उहाँले राजाले पुनः शीर उठाउने प्रयास गरेमा आफू बलिदान दिन पनि पछि नपर्ने बताउँदै अन्तरिम संसदले नै गणतान्त्रिक नेपालको घोषणा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले फागुन ७ गते राजाबाट देशवासीका नाममा दिइएको सन्देशप्रति घोर आपत्ति जनाउँदै राजा अशान्त र विचलित भएकोमा आफूलाई दुःख लागेको बताउनुभयो ।
उहाँले संविधानसभा नेपाली जनताको महान पर्व हो भन्दै संविधानसभाको निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्न जनताको विश्वास र लगनशीलताको खाँचो औंल्याउनुभयो ।
गृहमन्त्री सिटौलाले जनतालाई मालिक बनाउने पक्षमा आठ दल, विधायक र सरकारको विमति नरहेको भएपनि दरबारियाहरूबाट भने सावधान रहन सबैलाई आग्रह गर्नुभयो ।
Popularity: 21%
February 21st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सुदूरपश्चिमको मुख्य सहर महेन्द्रनगरका विभिन्न पाँच स्थानमा नक्कली बम फेला परेको छ ।
सोमबार साँझ नेपाल पत्रकार महासङ्घको कार्यालयअगाडि एउटा डिब्बा बम फेला परेपछि मंगलबार बिहान मुख्य बजारस्थित मदनचोक र सिंचाइ कार्यालयअगाडि प्रेसरकुकर बम फेला परेको छ भने जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय अगाडिपट्टी पनि डिब्बा बम फेला परेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
सबै बम सामान्य खालका भएको बताइएको छ । फेला परेका बमलाई सुरक्षाकर्मीले निष्त्रिmय पारेको छ ।
प्रहरीले यससम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
Popularity: 21%
February 21st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
लोडसेडिङको समयमा औषधि ठानेर विषाक्त औषधि खाँदा एक व्यक्तिको मृत्यु भएको छ ।
झापाको अर्जुनधारा गाविस-६ का ४२ वषीय दमन खड्काले खाना खाइसकेपछि नियमित औषधि सेवनका क्रममा झुक्किएर कीटनाशक औषधि खाँदा उनको मृत्युभएको पारिवारिक श्रोतले बताएको छ ।
Popularity: 21%
February 21st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रजातन्त्र दिवसका अवसरमा राजा ज्ञानेन्द्रबाट दिइएको सन्देशविरुद्ध प्रदर्शनकारीहरूले काभ्रेको बनेपास्थित चार दोबाटोमा रहेको स्व.राजा त्रिभुवनको शालिक तोडफोड गरे ।
गत २०६२ साल फागुन १ गते माओवादीले उक्त शालिकमा क्षति पुर्याएपछि तत्कालीन सरकारले मर्मत गरेको थियो ।
माओवादी र विभिन्न विद्यार्थी सङ्गठनले आयोजना गरेको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले शालिक तोडफोड गरी त्यहाँ माओवादीको झण्डा ओढाएका छन् ।
राजाले दिएको सन्देशका विरुद्धमा उत्रिएका हजारौं प्रदर्शनकारीले राजाविरुद्ध नारा, जुलुस गर्दै बनेपा नगरपरिक्रमा गरेका थिए ।
Popularity: 21%
February 21st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रजातन्त्र दिवसका अवसरमा राजा ज्ञानेन्द्रबाट देशवासीका नाममा बक्सेको सन्देशको स्वागत गरेको छ ।
पार्टी अध्यक्ष रवीन्द्रनाथ शर्माद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा राजा ज्ञानेन्द्रका विरुद्ध र्सार्वजनिक भएका केही नारा, जुलुस र अभिव्यक्ति प्राकृतिक न्यायको सिद्धान्तविपरित र नैर्सर्गिक मौलिक अधिकारको हनन भएको आरोप लगाइएको छ ।
Popularity: 21%
February 21st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसले राजा ज्ञानेन्द्रबाट भएको घोर आपत्तिजनक र अनधिकृत अभिव्यक्तिले राजाको मानसिकता र सम्भावित प्रतिगामी षड्यन्त्रको सङ्केत गरेको जनाउँदै यसमा सम्पूर्ण लोकतान्त्रिक शक्ति सजग रहन र एकताबद्ध भई खबरदारी गर्न सरकारलगायत सम्बद्ध सबै पक्षलाई आहृवान गरेको छ ।
सन्ताउन्नौं राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा राजाबाट दिइएको सन्देशको विरोध गर्दै नेपाली काङ्ग्रेसले एक प्रेस विज्ञप्तिमार्फत् उक्त आह्वान गरेको हो ।
माघ १९ गते अधिनायकवादी प्रतिगामी कदमलाई जनताको चाहनाअनुसार चालिएको भन्दै औचित्यपूर्ण प्रमाणित गर्ने कुचेष्टा समेत भएकोमा यसबाट प्रतिगमनका विरुद्ध जनताबाट गरिएको सफल जनआन्दोलनको अपमान भएको ठहरसमेत गरेको छ ।
Popularity: 21%
February 21st, 2007