Archive for February 22nd, 2007

द. कोरियामा गुल्मेलीहरुको भेला (+Photo)

उत्तम गुरुङ एचकेनेपाल डट कम द. कोरिया -
दक्षिण कोरियामा रही विभिन्न पेशामा आवद्ध गुल्मीबासीले गत सोमबार द. कोरियाको सउलस्थित योङदम्पो पार्कमा बृहत भेला सम्पन्न गरेको छ।

गुल्मी सम्पर्क समितिले आयोजना गरेको उक्त बृहत भेलाले गुल्मीबासीहरुको भावना र मर्म अनुसार श्याम शेरचनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको गठन गरिएको छ। नयाँ कार्यसमितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विष्णुप्रसाद भण्डारी, दीपक खड्का, दानबहादुर जिसी र बिष्णु केसी रहनुभएको छ भने सदस्यहरुका शंकर राना, प्रीतम भण्डारी, मान थापा, वीरेन्द्र श्रेष्ठ, रामु भण्डारी र लोकनाथ भण्डारी रहनुभएको छ।

गुल्मीबासीबीच सुखदुःखमा एक अर्काप्रति सहयोगको भावना विकास गर्ने उद्धेश्यले गुल्मी सम्पर्क समिति २००३ मा स्थापना भएको थियो।

तस्वीरः उत्तम गुरुङ एचकेनेपाल डट कम द. कोरिया।


Popularity: 11%

6 comments February 22nd, 2007

हेल्पिङ फर पाँचथर द. कोरियाको साधारण सभा सम्पन्न

उत्तम गुरुङ एचकेनेपाल डट कम द. कोरिया सम्वाददाता-
दक्षिण कोरियामा रहेका पाँचथरबासीले गत शनिवार सउलस्थित प्रवासी मजदुर युनियनको कार्यालयमा साधारणसभा सम्पन्न गरेको छ।

पाँचथरबासीको सहयोग र सेवाको लागि मार्च २००५ मा स्थापना भएको हेल्पिङ फर पाँचथरलाई संस्थागत रुपमा कायम राख्न र निरन्तरताका साथै दीगो राख्न पाँचथरबासीहरुको भावना र मर्म बमोजिम नयाँ कार्यसमिति गठन गरिएको छ।

उपस्थित बृहत भेलाले भीमप्रसाद सम्वाहाम्फेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नयाँ कार्यसमितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः नाइन्द्रविक्रम योङहाङ, सानबहादुर कुरुम्बाङ, गंगाप्रसाद आङदम्बे र नरेन्द्रप्रसाद चेम्जोङ रहनुभएको छ। त्यसैगरी हर्कप्रसाद आङदम्बे राष्ट्रिय संयोजक, तेजबहादुर तुम्बाहाम्फे सह-संयोजक, कमानसिंह अन्तर्राष्ट्रिय संयोजक, यामबहादुर शेर्पा सह-संयोजक गंगाप्रसाद सम्वाहाम्फे र सदस्यहरुमा रबिन आङदम्बे, विनीता सेन्नीङ, माया आङदम्बे र अमृत सम्वाहाम्फे रहनुभएको छ।

सोही भेलाले नेत्र नेम्वाङ, बमप्रसाद ज्ञवाली, अमर लिङदेन, कुलप्रसाद खत्री र गणेश खडकालाई सल्लाहकारको रुपमा चयन गरेको छ।

Popularity: 11%

1 comment February 22nd, 2007

संसदले गणतन्त्र घोषणा गर्नसक्छः गृहमन्त्री

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले राजालाई मन्त्रिपरिषद्को स्वीकृतिविना देशवासीका नाममा सन्देश दिने कुनै अधिकार नभएको स्पष्ट गर्नुभएको छ ।

व्यवस्थापिका संसदको आजको बैठकमा जरुरी र्सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूद्वारा उठाइएको विषयमा जवाफ दिँदै गृहमन्त्री सिटौलाले प्रजातन्त्र दिवसका अवसरमा राजाले स्वविवेक प्रयोग गरेर दिएको वक्तव्य असंवैधानिक, अनधिकृत एवं अलोकतान्त्रिक भएको बताउनुभयो ।

उहाँले संसद र्सवाधिकारसम्पन्न अङ्ग भएकाले यसले लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्न सक्ने बताउँदै विगतमा पनि थुप्रै यस्ता ऐतिहासिक घोषणा भएको स्मरण गराउनुभयो ।

नेपालको इतिहासमा संसदमा पहिलोपटक यसरी राजालाई कारबाही गर्ने प्रस्ताव प्रस्तुत भएको उल्लेख गर्दै गृहमन्त्रीले यसको आडमा राजालाई कारबाही गर्न सरकारलाई बल पुगेको छ भन्नुभयो ।

Popularity: 12%

5 comments February 22nd, 2007

प्रमद्वारा लिखित जवाफ पेस

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्रीका तर्फबाट सर्वोच्च अदालतलाई पठाइएको लिखित जवाफमा रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा रहेको बताइएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता दुर्गाप्रसाद दवाडीका अनुसार उक्त जवाफमा तत्कालीन मन्त्रिपरिषद्का सदस्य तथा राजनीतिक नियुक्तिको पदमा बहाल रहेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भइसकेको र प्रतिवेदन कार्यान्वयनको अवस्थामा रहेको बताइएको छ ।

उक्त प्रतिवेदन र्सार्वजनिक नगरिएको भन्ने प्रश्नमा प्रतिवेदन र्सार्वजनिक हुँदै गएको र उपयुक्त समयमा पूर्णरूपमा र्सार्वजनिक हुने हुँदा रिट निवेदन खारेज गर्न माग गरिएको छ ।

अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय र उपप्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहनुभएको उच्चस्तरीय आयोगलाई विपक्षी बनाई दायर गर्नुभएको रिट निवेदनमा अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

Popularity: 12%

Add comment February 22nd, 2007

गणतन्त्रको प्रस्ताव संसदमा दर्ता हुने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले राजावादी प्रतिगामी तत्वहरूले संविधानसभाको निर्वाचन बिथोल्ने खेल सुरु गरेकाले गणतन्त्रको घोषणा तत्कालै गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा उहाँले गणतन्त्रको प्रस्ताव पार्टी का तर्फबाट साँझसम्ममा अन्तरिम व्यवस्थापिकामा दर्ता गराइने जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले आफूहरू जनतान्त्रिक तराई मुक्ति मोर्चासँगको वार्ताको बाधक नभएको बताउँदै नेकपा माओवादीले वार्ताका लागि नरोकेको जानकारी दिनुभयो ।

उहाँले मधेसको माग जायज भए पनि यसको आन्दोलनमा केही हिन्दु अतिवादी र राजावादीले घुसेर बित्तन्डा मचाउने गरेको आरोप लगाउनुभयो ।

Popularity: 11%

1 comment February 22nd, 2007

माओवादीले बालसैन्य भर्ना बन्द गरोस्-राष्ट्रसङ्घ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बालबालिका र नेपालको सशस्त्र द्वन्द्वसम्बन्धी संयुक्त राष्ट्रसङ्घका महासचिवको सार्वजनिक गरिएको प्रतिवेदनले एक वर्षो अवधिमा ५१२ बालबालिकालाई सैनिक प्रयोजनका लागि उपयोग गरिएको जनाएको छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव नं.१६१२ अनुसार नेपालका बालबालिकाको अनुगमनका लागि गठित समितिले सबैभन्दा बढी सैन्य प्रयोजनमा नेकपा -माओवादी)बाट बालबालिकालाई प्रयोग गरेको देखिएको छ ।

उक्त प्रतिवेदनमा सन् २००५ को अगस्टदेखि सन् २००६ को सेप्टेम्बरसम्मका घटना विवरण सङ्कलन गरिएको छ । प्रतिवेदन तयार गर्न राष्ट्रसङ्घीय कार्यालयका साथै मानवअधिकारसम्बद्ध विभिन्न सङ्घसंस्थाका समिति गठन भएको थियो ।

प्रतिवेदनले द्वन्द्वका क्रममा बालबालिकाको हत्या, अपहरण, चोटपटक, गैरकानुनी थुना र शिक्षाबाट वञ्चित हुनुका साथै सैनिक प्रयोजनमा बालबालिकाको निर्वाध प्रयोग गरिएको औँल्याएको छ ।

उक्त प्रतिवेदन र्सार्वजनिक गर्दै सभामुख सुवासचन्द्र नेम्बाङले व्यवस्थापिका-संसदले समेत प्रतिवेदन कार्यान्वयनमा सरकारलाई आवश्यक निर्देशन दिने बताउनुभयो ।

नेपालस्थित राष्ट्रसङ्घीय आवासीय संयोजक म्याथ्यु कहानेले सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको पूण पालना गर्दै बालबालिकाका पक्षमा गरिएका सबै किसिमका प्रतिबद्धतालाई इमान्दारीपूवक कार्यान्वयनमा लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

Popularity: 11%

Add comment February 22nd, 2007

अब सीधै गणतन्त्र घोषणा गरौँ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राजधानीमा आयोजित एउटा साक्षात्कार कार्यक्रममा जनआन्दोलनको भावना संविधानसभामार्फ गणतन्त्रको स्थापना गर्नुपर्ने भएकाले त्यसतर्फप्रतिबद्ध भएर लाग्न जिम्मेवार नेताहरूलाई आग्रह गर्दै समय बदलिएकाले सिधै गणतन्त्रको घोषणा गरी राजतन्त्रको अन्त्य गरिनुपर्ने धारणा व्यक्त भयो ।

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य शङ्कर पोखरेलले राजनीतिक दलहरूका बीचमा राजसंस्थाका बारेमा स्पष्ट दृष्टिकोण हुनु आवश्यक छ भन्दै राजतन्त्रका बारेमा नेपाली काङ्ग्रेस र प्रधानमन्त्रीको स्पष्ट दृष्टिकोण नआउँदा राजाले चलखेल गर्न सुरु गरेको बताउनुभयो ।

नेकपा (माओवादी)का केन्द्रीय सदस्य हितमान शाक्यले राजाले जनताका अधिकार खोस्ने नियोजित षडयन्त्र बढाउँदै लगेकाले त्यसको अन्त्यका लागि आठ दलबीच सहमति कायम गरी गणतन्त्र घोषणा गर्न संविधानसभाको निर्वाचनसम्म पर्खन नहुने धारणा व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेसका युवानेता चन्द्र भण्डारीले राजतन्त्रको अन्त्य वैधानिक प्रक्रियाबाट गरिनुपर्ने र संविधानसभाको निर्वाचनपश्चात् गणतन्त्र घोषणा गरिनुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका अर्का युवानेता गगन थापाले गणतन्त्रप्राप्तिका लागि राजनीतिक पार्टीबीच एकता र विश्वास हुनुपर्नेमा जोड दिनुभयो ।

Popularity: 11%

3 comments February 22nd, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....