Archive for February 23rd, 2007

सहारा युकेको सपना चकनाचुर, झापा क्वार्टरफाइनलमा (+Photo)

धन बस्नेत एचकेनेपाल डट कम पोखरा, फेब्रुअरी २३ -
पोखरा ११ फागुन/गोल्डकप नै उचाल्ने सपना बोकेर पाँचौ आहा गोल्डकपमा आएको भ्रमणकारी टोली सहारा युके अधिकांश राष्ट्रिय लिग अनुभव संगालेका खेलाडीहरु सम्मिलित नाइट चेस झापासित टाईब्रेकरमा स्तब्ध भएको छ। टाइब्रेकरमा प्रहार गरिएको दुई पेनाल्टीलाई झापाका गोलकिपर दिलिप क्षेत्रीले पञ्च गरी फालिदिएपछि टाईब्रेकरको अनुभवहीन सहारा युके नाइटचेससँग ४-१ को अन्तरले पराजित हुदाँ क्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सकेनन्।

झण्डै १ सय २० मिनेटसम्म दुवै पक्षबाट बराबरी भएपछि रेफ्री लब खत्रीले निर्णयको लागि अघिल्लो दिनको झैं टाईब्रेकरको सहयोग लिनुपरेको थियो। चार बेलायती खेलाडी सहित पाँचौ आहा गोल्डकप खेल्न आएको युकेको तर्फबाट मिडफिल्ड जोन सिर्लेको प्रहार गोलकिपर दिलिप क्षेत्रीले उत्कृष्ठ ढंगले डाइभिङ पञ्च गरी फालिदिएपछि नाइट चेसको क्वार्टरफाइनल सहज बन्न पुगेको थियो।

एडिडास म्यान अफ दि म्याच दिलिप क्षेत्रीले जीवन राईको पेनाल्टी पनि पन्च गरी बचाउ गरेका थिए। पोखरेली खेलाडी दिपेश श्रेष्ठले गरेको एक मात्र गोल सहारा युकेको लागि सान्त्वना मिलेको थियो। नाइट चेस क्लब झापाका लागि अनुभवी खेलाडी सुवास राई, विनोद लामा, प्रदीप आचार्य र दिपक तामाङले सहजै गोलमा परिणत गरी क्वार्टरफाइनलको यात्रा पक्का बनाए।

दोस्रो हाफ सकिन केवल दुई मिनेट बाँकी छँदा पाएको पेनाल्टी खेर जादाँ खेल आधा घण्टा लम्बिएको थियो। नाइटचेसका सुवास राईले पहिलो प्रहर गोलमा भएपनि रेफ्री लब खत्रीले मान्यता दिएनन र दोस्रो पटक प्रहार गरेको पेनाल्टी सहारा युकेका स्थापन्न गोलकिपर दोर्जे ग्याल्साङले पन्च गरी बाहिर फालिदिएका थिए। सहारा युकेका कप्तान नवल गुरुङ डिबक्सभित्र हातमा लागेपछि नाइटचेसले उत्तरार्द्धको ४४ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो।

पेनाल्टी नै बचाउ भएपछि नाइट चेसको दुर्भाग्य निम्तिएपनि अन्त्यमा टाईब्रेकरमा अनुभवको पाठ सिकाउँदै क्वार्टर फाइनल प्रवेश गरेका हुन्। आयोजक सहारा क्लबले सहारा युकेको पक्षमा देखिएपनि झण्डै छ हजार दर्शक भने नाइट चेसको पक्षमा हुटिङ गरेका थिए । एनआरटीका १० जना, आरसिटीका ३, जावलाखेल युथका एक तथा व्वाइज युनियनका खेलाडीहरु नाइट चेसका तर्फबाट पोखरा रंगशालामा अन्तिम प्रिक्वार्टर फाइनलको लागि मैदानमा उत्रिएका थिए।

निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा नाइट चेसका गतिला र भरपर्दा स्ट्राकर ऋषि राईले सहारा युकेको गोलकिपर क्राइग बक अगाडि आएको मौका छोपी हल्का फ्लिक गर्दै खेलको ४५ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। झण्डै २५ यार्ड परबाट हिर्काएको हल्का सट गोलकिपर बकले उक्त गोल पेनाल्टी बक्सबाट जाली चुमेको जिल्ल परेर हेर्नु सिवाय अर्को बिकल्प थिएनन्।

पहिलो हाफको अन्तिम समयमा अग्रता लिएर टुंगिएको खेल दोस्रो हाफको ४ चौथो मिनेटमा आइपुग्दा बराबरी हुन पुगेको थियो। खेलको ४९ औं मिनेटमा प्रताप सैजुले बायाँ डिबक्स रेखा नजिकैबाट प्रहार गरेको बल झापाका गोलकिर क्षेत्रीले चालै नपाए दोस्रोबारमा ठोकिदैं पोष्ट भित्र छिरेको थियो। अधिकांश पोखरेली दर्शकको समर्थन पाएको झापाले शुक्रबारको खेलमा केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा धेकेलियो।

त्यसो त पहिलो हाफको तुलनामा दोस्रो हाफमा निकै शसक्त रुपमा प्रस्तुत भएको सहारा युकेको स्ट्राइकरको फिनिसिङ दक्षता नदेखिदाँ हारको संकट टार्न कसैले सकेनन्। खेलको ८४ औं मिनेटमा डिबक्स नजिकै पाएको फ्रीकिक नाइट चेस झापाका सुवास राईले युकेका गोलकिपर ग्याल्साङको हातमा हालिदिएका थिए। ‘फरवार्डमा दुवै पक्षको फिनिसिङमा प्रत्यक्ष कमजोरी देखियो।’ झापाका प्रशिक्षक कुमार बस्नेतले प्रतिक्रिया दिदैं भने-’दुवैले उत्कृष्ठ खेलेका हुन् दुर्भाग्य भएपनि अन्त्यमा भाग्यको साथ मिल्यो।’ उता सहारा युकेका प्रशिक्षक जेफ ग्लासगो र कप्तान नवल गुरुङले हारले विरक्तिदाँ कुनै प्रतिक्रिया दिन मानेनन्। शनिबारको पहिलो क्वार्टर फाइनल खेल पोखरा सहारा र फ्रेण्ड्स क्लबका बीच हुने छ।

पोखराबाट धन बस्नेत फागुन ११ गते
तस्वीरः सुदर्शन रञ्जित एचकेनेपाल डट कम पोखरा

Popularity: 12%

3 comments February 23rd, 2007

गणतन्त्र स्थापनाका लागि तयार रहन प्रचण्डको आग्रह

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले संविधानसभाको निर्वाचन हुन नदिन विभिन्न षड्यन्त्रहरू भइराखेकाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अन्तिम लडाइँ लड्न तयार रहन सबैलाई आग्रह गर्नुभएको छ।

अध्यक्ष प्रचण्डले वीरगञ्जको नारायणी रङ्गशालामा आयोजित आमसभालाई सम्बोधन गर्दै गणतन्त्रको घोषणा गर्न ढिलो भए मुलुकमा ००७ र ०४६ साल जस्तै पुनः अनिष्ट हुने बताउनुभयो।

माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईले विभिन्न वर्ग, जाति, क्षेत्र र लिङ्गको उत्पीडनविरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि सामन्तवाद र राजतन्त्र बाधक हो भन्दै लोकतन्त्रविरोधी राजालाई बहिष्कार गरी जनताको अदालतमा खडा गरिनुपर्नेमा जोड दिनुभयो।

Popularity: 12%

1 comment February 23rd, 2007

माअ‍ोवादीलाई शिविर फर्कन आग्रह

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेकपा (माओवादी)का लडाकुहरूले शिविर छाडेर कामको खोजीमा गाउँगाउँमा पसेको घटनाप्रति सरकार गम्भीर भएको बताउँदै माओवादी लडाकुहरूलाई अविलम्ब शिविरमा र्फकन आग्रह गर्नुभएको छ।

शिविर व्यवस्थापनको सर्न्दर्भलगायत शान्ति प्रक्रियाका विषयमा माओवादीका नेतासँगको छलफलपछि शान्ति सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले शिविर बन्दोबस्त भएन भनेर शिविरबाट निस्कनु दुःखपूर्ण घटना भएकाले यस्ता घटना हुन नदिनाका लागि माओवादी पक्षलाई आग्रह गर्नुभयो।

गृहमन्त्री सिटौलाले उच्च प्राथमिकताका साथ शिविर व्यवस्थापन कार्य गर्दागर्दै शिविरबाट निस्कने कार्यले शान्ति सम्झौताको गम्भीर रूपमा उल्लङ्घन भएको छ भन्दै यस्ता कार्यले विश्वसनीयतामा आँच आउनसक्ने बताउनुभयो।

उहाँले आगामी हप्ताभित्र शिविरको व्यवस्थापन कार्यलाई टुङ्ग्याउने तयारी भइरहेकाले शान्ति सम्झौतालाई प्रतिकूल असर गर्ने गरी माओवादी लडाकुहरूले शिविर छोड्न नहुनेमा जोड दिँदै छलफलपछि माओवादी पक्षले आफ्ना लडाकुले अबका दिनमा शिविर नछाड्ने विश्वास दिलाएको जानकारी दिनुभयो।

Popularity: 12%

Add comment February 23rd, 2007

भिनाजुसितको सम्बन्धले जेल पुर्‍यायो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जन्म दिएलगत्तै शिशुको हत्या गर्ने एक अविवाहित युवतीलाई जिल्ला अदालत मकवानपुरले हिजो जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश उदयप्रकाश चापागाईँको इजलासले नवजात शिशुको हत्या गर्ने बज्रवाराही गाविस-९ फुर्के बसन्तकी २२ वर्षीया शान्ता बिडारीलाई जन्मकैदको फैसला सुनाएको हो।

भिनाजुसँगको अवैध सम्बन्धबाट भएको गर्भबाट जन्मेलगत्तै उनले गत भदौ २ गते शिशुको हत्या गरेकी थिइन्।

Popularity: 12%

6 comments February 23rd, 2007

मधेशी र जनजातिलाई वार्ताको तिथिसहित निमन्त्रणा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कृषि तथा सहकारीमन्त्री महन्थ ठाकुरको संयोकजत्वमा गठित सरकारी वार्ता टोलीको बैठकले वार्ताका लागि उपयुक्त वातावरण तयार गर्ने सर्न्दर्भमा जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका जयकृष्ण गोइत समूह र ज्वाला सिंह समूहका नेता तथा कार्यकर्तामाथि कुनै किसिमको मुद्दा वा वारेन्ट भए सो फिर्ता लिन यथाशीघ्र आवश्यक कारबाही अगाडि बढाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

समितिले हाल मुलुकका विभिन्न भागमा देखिएका मधेसी, आदिवासी, जनजाति, दलित, महिला र अन्य उपेक्षित तथा उत्पीडित समुदायको समस्या तथा गुनासोलाई वार्ता तथा संवादद्वारा समाधान गरी राष्ट्रको मूलप्रवाहमा ल्याउन -मन्त्रिपरिषद्) द्वारा गठित सरकारी वार्ताटोलीले मधेसी जनअधिकार फोरमलाई गत माघ २३ मा र नेपाल आदिवासी जनजाति महासङ्घलाई माघ २६ मा पठाइएको आमन्त्रणपत्रमाथि ध्यानाकर्षा गराउँदै मधेसी तथा आदिवासी जनजाति जनताले उठाएका समस्याको उच्च मूल्याङ्कन गर्दै ती समस्याको उपयुक्त सम्बोधन गर्ने सम्बन्धमा छलफल तथा संवादका लागि उपयुक्त स्थानमा वार्तामा आमन्त्रण गर्ने निर्णय पनि गरेको छ।

सोअनुसार फोरमलाई यही फागुन १३ गते दिनको २ बजे र महासङ्घलाई फागुन १४ गते दिनको ३ बजेको मिति तोकिएको छ।

समितिले आदिवासी जनजाति, संयुक्त सङ्र्घर्ष समितिलाई पनि वार्ताका लागि आमन्त्रण गर्ने निर्णय गरेको समितिद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ।

Popularity: 12%

1 comment February 23rd, 2007

चिया पिउँदापिउँदै ८ जना ढले

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
काठमाडौँ महानगरपालिका बागबजारस्थित तारबार रेष्टुरेन्टका कर्मचारी २५ वर्षीया पुनम वज्राचार्यसहित आठ जना चिया पिउँदापिउँदै बेहोस भएका छन्।

फागुन ९ गते साँझ ८ बजे सोही रेष्टुरेन्टमा चिया पिइरहेको अवस्थामा अचानक बेहोस भएपछि उनीहरूलाई उपचारका लागि वीर अस्पतालमा लगिएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Popularity: 12%

Add comment February 23rd, 2007

रक्सी बेच्न पाउनु पर्ने भन्दै गरिएको बन्द फिर्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नुवाकोट उद्योग वाणिज्य सङघले मदिराका विषयमा आयोजना गरेको अनिश्चितकालीन जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ।

जिल्ला प्रशासन कार्यालयले सङ्घलाई वार्तामा आउन आह्वान गरेपछि सो कार्यक्रम फिर्ता लिइएको हो।
यसअघि मदिरा बिक्री खुला गर्ने माग गरी अनिश्चितकालीन बन्दको आहृवानमा उत्रेका सङ्घका पदाधिकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएका सङ्घका अध्यक्ष शरण उत्सुक तथा सदस्य रमेश श्रेष्ठ र नवीन्द्रमान प्रधान छन्।

जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरेर कार्यालय घेराउ गरिरहेका व्यापारीहरूलाई हटाउन प्रहरीले बल प्रयोग गरेको थियो।

प्रहरीले गरेको लाठीचार्जबाट केही घाइतेसमेत भएका थिए।

Popularity: 11%

1 comment February 23rd, 2007

साहित्यकार मोहन कोइरालाको निधन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वरिष्ठ कवि मोहन कोइरालाको मुटुसम्बन्धी रोगबाट ८१ वर्षको उमेरमा हिजो निधन भयो। सहिद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार्रार्थ भर्ना हुनुभएका कोइरालाको अपराह्न ३.१० मा निधन भएको सो अस्पतालले जनाएको छ। उहाँ मुटु, मधुमेह र प्रोस्ट्रेट रोगबाट पीडित हुनुहुन्थ्यो।

उहाँ उपचारका लागि यही फागुन ४ गते अस्पताल भर्ना हुनुभएको थियो।

जटिल एवम् बौद्धिक परिपक्वताका प्रयोगवादी धाराका प्रयोक्ता कोइराला वि.सं. २००७ देखि लेखन क्षेत्रमा लाग्नु भएको थियो। उहाँ नेपाल प्रज्ञा-प्रतिष्ठानको उपकुलपति तथा आजीवन सदस्य रहनुभएको थियो।

वि.सं. २०३८ मा प्रकाशित काब्यसङ्ग्रह नदी किनारका माझीका लागि मदन पुरस्कार र वि.सं.२०४० मा ऋतुनिमन्त्रण र गरलपान काव्यकृतिका लागि साझा पुरस्कार प्राप्त गर्नुभएका कोइरालाका लेक, मोहन कोइरालाका कविता, सारङ्गी बोकेको समुद्र, हिमचुली रक्तिम छ, नीलो मह, र्सूयदान, पलङ नं. एक्काइस, मौन शिखरहरू, आज कसैलाई बिदा गर्नु छजस्ता कवितासङ्ग्रह प्रकाशित छन्।

Popularity: 11%

Add comment February 23rd, 2007

राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय खिन्न

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले सरकार र नेकपा (माओवादी)लाई मानवअधिकारको संरक्षणलाई मजबुत बनाउन गरिएका सिफारिस कार्यान्वयन गराउन उनीहरूको विफलताबाट उच्चायुक्तको कार्यालय खिन्न भएको बताएको छ।

उच्चायुक्तको कार्यालयद्वारा ‘मानवअधिकारको स्थिति र नेपालस्थित कार्यालयका गतिविधिसम्बन्धी प्रतिवेदन मानवअधिकार परिषद्मा प्रस्तुत’ गरिएको प्रतिवेदन सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।

उच्चायुक्तको नेपालस्थित कार्यालयका प्रतिनिधि लैना सुन्धले माओवादी नेतृत्वले मात्र दण्डहीनता अन्त्य गर्न कारबाही गर्ने होइन भन्दै राज्यले छानबिन गर्न तथा आवश्यक परे नेकपा -माओवादी) एवं सुरक्षाफौजद्वारा भएका मानवअधिकार उल्लङ्घनका घटनाको अभियोजन गर्न अति आवश्यक भएको बताउनुभयो।

उहाँले नेपालका विभिन्न क्षेत्रमा आफूले गरेको भ्रमणका क्रममा औंल्याएझैँ राज्यको कानुन कार्यान्वयन प्रणाली तथा न्याय सम्पादनको मजबुती राज्य अधिकारीहरू निर्वाचन नजिकिँदै जाँदा कानुनी व्यवस्था कायम राख्न तथा न्याय दिन सक्षम छन् भन्नेबारे स्थानीय समुदायलाई आश्वस्त पार्नु अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

Popularity: 11%

Add comment February 23rd, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....