Archive for February 24th, 2007

प्रचण्डको बाटो रोकेपछि चितवनमा झडप

बुटवलमा हुने आमसभामा भाग लिन जाँदै गरेका माअ‍ोवादी अध्यक्ष प्रचण्डको गाडी बन्द आह्वानकर्ताहरुले रोकेपछि चितवनमा झडप भएको छ। झडपका कारण त्यहाँको स्थिति तनावग्रस्त छ।

बन्दको आह्वान गरिरहेका आदिवासी तथा जनजाति महासंघका कार्यकर्ता र माओवादीबीच आज विहान भएको झडपका क्रममा महासंघका जिल्ला अध्यक्ष पदम गुरुङ सहित ५ जना गिरफ्तार भएका छन भने दशजना घाइते भएका छन् ।

आदिवासी जनजातिहरुले आज तीन जिल्ला बन्द गराएका छन्।

Popularity: 12%

8 comments February 24th, 2007

बन्दका कारण जनजीवन प्रभावित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
समानुपातिका निर्वाचन प्रणाली र जातिका आधारमा संघीय राज्यको माग गर्दै आदिवासी तथा जनजातिले आज तीन अञ्चल बन्द गराएका छन् । नारायणी, जनकपुर र सगरमाथामा बन्दका कारण त्यसक्षेत्रको जनजीवन प्रभावित भएको छ।

बन्दका कारण यातायात, कलकारखाना र बजार प्रभावित भएको छ।

आफ्ना माग पूरा गराउन महासंघले विभिन्न जिल्लामा चरणवध्द बन्द गर्दै १६ गते नेपाल बन्द गर्ने भएका छन्।

Popularity: 12%

1 comment February 24th, 2007

माअ‍ोवादीसित ३० हजार सैनिक

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माओवादी सेनाको सङ्ख्या तीस हजारभन्दा बढी रहेको तथ्य सार्वजनिक भएको छ । नेपालको शान्तिप्रक्रियामा सहायता गर्ने उद्देश्यले यहाँ स्थापना गरिएको राष्ट्र सङ्घीय कार्यालयले सात प्रमुख अस्थायी शिविरहरूमा दर्ता भएका माओवादी सैन्य लडाकुको कुल सङ्ख्या ३० हजार ८५२ रहेको जनाएको छ ।

युनाइटेड नेसन्स मिसन इन नेपाल (अनमिन)का प्रमुख इयान मार्टिनले पत्रकार सम्मेलनमा माओवादीका नेताको सुरक्षामा संलग्न तथा अस्थायी शिविरबाहिर उपचार गराइरहेका माओवादी सेनाका सदस्यहरूको दर्ता गर्ने प्रक्रियामा राष्ट्रसङ्घीय टोली लागेको जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणअन्तर्गत हतियार, लडाकू र उनीहरूबारेमा संक्षिप्त विवरण अभिलेख गरिएको भए पनि तिनको प्रमाणीकरणको कार्य बाँकी रहेको तथा हरेक लडाकुको तस्बिर लिई तिनलाई राष्ट्रसङ्घीय ‘बारकोड’ सहितको परिचयपत्र प्रदान गरिएको बताउनुभयो ।

दर्ता प्रक्रियाको दोस्रो चरणमा व्यक्तिगत अन्तर्वार्तामार्फत तिनको विस्तृत विवरण सङ्कलन गरिने जानकारी दिँदै प्रमुख मार्टिनले दोस्रो चरणको प्रक्रियासम्बन्धी पूर्ण कार्यप्रणालीबारे आगामी चैत महिनाको प्रारम्भमा संयुक्त अनुगमन समन्वय समितिसँग छलफल गरी निष्कर्षमा पुगिनेछ भन्नुभयो ।

“अन्मिनले हालसम्म नेकपा (माओवादी) द्वारा नेताहरूको व्यक्तिगत सुरक्षाका लागि अस्थायी शिविरहरूबाहिर राखिएका केही हतियार मात्र दर्ता गरेको छ । बाँकी हतियारको दर्ता गर्ने काम भोलि जारी राख्ने व्यवस्था मिलाइएको छ”- प्रमुख मार्टिनले भन्नुभयो ।

माओवादी सेनासँग सम्बन्धित युद्धविराम आचारसंहिताअनुसार कम उमेरका तथा अन्य व्यक्तिहरूको समेत दर्ता भएको सम्बन्धमा हतियार तथा सेनाहरूको व्यवस्थापनसम्बन्धी अनुगमन गर्ने सहमतिले निर्देश गरेका विषयको पूर्ण पालना सुनिश्चित गर्ने विशेष प्रयासमा अन्मिन लाग्ने उहाँले जानकारी दिनुभयो ।

“विसं २०४५ जेठ १२ पछि जन्मेका तथा ११ जेठ २०६३ पछि माओवादी सेनामा भर्ती भएका कुनै पनि लडाकुलाई अस्थायी शिविरमा राखिने छैन”- अन्मिन प्रमुखले भन्नुभयो ।

हालसम्म दर्ता भएको हतियारको सङ्ख्या तीन हजार ४२८ रहेकामा तीमध्ये ९१ वटा क्षेप्यास्त्र ६१ वटा मेसिनगन; दुई हजार ४०३ राइफल; ६१ स्वचालित हतियार, ११४ बोक्ने हतियार; २१२ सटगन; २५३ अन्य खाले हतियार; तथा २३३ घरेलु हतियार रहेको जानकारी प्रमुख मार्टिनले दिनुभयो ।

अन्मिनले दर्ता गरेका हतियारको सङ्ख्या माओवादी सेनाले राखेका कुल हतियार सङ्ख्या बराबर छ कि छैन भन्ने स्थिति हाल नरहेको र पछि पनि नरहने बताउँदै उहाँले नेपाली सेनाले तीन हजार ४३० हतियारको वर्गीकरण गरी अन्मिनलाई जानकारी गराएको उल्लेख गर्नुभयो ।

“नेपाली सेनाका अनुसार ती हतियार नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट लिइएका हुन् । नेपाली सेनाबाट सूचीबद्ध गरिएका हतियारका किसिम तथा दर्ता भएका हतियारमा धेरै समानता रहेको छ”- प्रमुख मार्टिनले भन्नुभयो ।

अन्मिन नेकपा (माओवादी)का तर्फबाट खरिद भएका हतियारका सम्बन्धमा सार्वजनिक भएका समाचारहरूको पुष्टि अथवा खण्डन गर्ने पक्षमा नरहेको तर दर्ता भएका हतियारहरूमा एके-४७ लगायत राज्यका सुरक्षाबलसँग भएका भन्दा फरक हतियार पनि रहेको जानकारी उहाँले दिनुभयो ।

नेकपा (माओवादी)द्वारा हतियार तथा सेनाको व्यवस्थापनसम्बन्धी अनुगमन गर्ने सहमतिको उल्लङ्घन गरी हतियार राख्ने काम जारी रहेको सम्बन्धमा राष्ट्रसङ्घीय हतियार अनुगमनकर्ताहरूबाट छानबिन गरिनेछ भन्दै प्रमुख मार्टिनले संयुक्त अनुगमन टोलीले पनि छानबिन गर्ने बताउनुभयो ।

Popularity: 12%

Add comment February 24th, 2007

संसदबाट गणतन्त्र घोषणा गर्ने तयारी सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का मध्यपश्चिम कमान्ड इन्चार्ज दिवाकरले विधायिका-संसदबाट गणतन्त्रको घोषणा गर्ने प्रस्तावमाथि राजनीतिक दलसँग छलफल सुरु भएको बताउनुभएको छ ।

नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा इन्चार्ज दिवाकरले आफ्नो पार्टीले नेकपा (एमाले)सँग गणतन्त्रका सम्बन्धमा सहमति भए पनि त्यो स्पष्ट नरहेको बताउनुभयो ।

पत्रकार भेटघाटपछि नेकपा (माओवादी) भेरी-कर्णाली क्षेत्रीय ब्युरो सर्म्पर्क कार्यालयको उद्घाटन गरिएको थियो

कार्यक्रममा बाँकेस्थित विभिन्न राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायतका उपस्थिति रहेको थियो ।

Popularity: 12%

Add comment February 24th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....