Archive for March 17th, 2007
कुमार कार्की, एचकेनेपाल डट कम, कतार
नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत राजेन्द्र पाण्डेलाई कार्यावधि सकिनु भन्दा ३ महिना अघि नै नेपाल सरकारले फिर्ता वोलाएपछि उहाँ स्वदेश फर्कनु हुने भएको छ । नेपाल कतार पत्रकार संघ दोहाले गत विहिवार साँझ नेपाली राजदूतावासको सभाकक्षमा आयोजित एक कार्यक्रमका विच पाण्डेको विदाई तथा द्धितीय सचिव खड्काको स्वागत गरेको छ ।
नेपाल कतार पत्रकार संघका अध्यक्ष रवि भट्टको सभापतित्व तथा नेपाली राजदूतावासमा कार्यभार सम्हाल्न आउनुभएका द्धितीय सचिव रामकाजी पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको आयोजना नेपाल कतार पत्रकार संघ कतारले गरेको थियो ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि मध्यपूर्वका उपाध्यक्ष सागर नेपाल, गैर आवासिय नेपाली संघ दोहा च्याप्टर का अध्यक्ष कमलमणि गुरागाँइ, च्याप्टरका सल्लाहकार तथा उद्योगी वद्रिप्रसाद पाण्डे, मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहाका सदस्य टि. वि. कार्की, लिम्वु एकता समाज शाखा कतारका दिलकिरण खजुम, जनजाति महासंघ शाखा कतारका अमृत गुरुङ्ग, म्यानपावर व्यवसायी डि. वि. कार्की, आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै नेपाल कतार पत्रकार संघका महासचिव ऐतराज तुम्रोकले छोटो समयममा नै सफल कर्मचारीको रुपमा उभिन सफल भएर स्वदेश र्फकन लाग्नु भएका पाण्डे ज्यादै मृदुभाषि हुनु हुन्थ्यो भन्ने तर्क राख्दै अव उहाको कार्यभार सम्हाल्न आउनु भएका रामकाजी खड्काले पनि नेपाली समाजलाई त्यस्तै गुण लगाउनु पर्ने तर्क सार्नु भएको थियो ।
कार्यक्रममा नवआगन्तुक द्धितीय सचिव रामकाजी खड्कालाई नेपाल कतार पत्रकार संघका सभापति रवि भट्टले फूलको गुच्छाले स्वागत गर्नु भएको थियो । कार्यक्रममा वोल्दै वैदेशिक रोगगार व्यवसायी डि. वि कार्कीले अस्वस्थ प्रतिस्पर्धालाई रोक्नु पर्ने तर्क राख्नु भएको थियो । नेपाली राजदुतावास यस्ता कामका लागि पहल गर्न सके नेपाली कामदारहरुले दुख नपाउने तर्क राख्नु भएको थियो भने आफ्नो म्यानपावरबाट आउने कसैलाई पनि सुकुम्वासी बन्न नदिने प्रतिवद्धता गर्नु भएको थियो ।
कार्यक्रममा दिलकिरण खजुमले नेपाली राजदूतावासले नेपाली समुदायका लागि काम गर्नु पर्ने तर्क राख्दै राजेन्द्र पाण्डेका पालामा भएको सुधारलाई द्धितीय सचिव खड्काले निरन्तरता दिनुपर्ने धारणा राखेको थिए । मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजका सदस्य टि वि कार्कीले नेपाली राजदूतावास सदैव सेवाग्राहीहरुका लागि सकारात्मक भएर अघि जानु पर्ने तर्क राख्नु भएको थियो ।
गैर आवासिय नेपाली संघ दोहाका अध्यक्ष कमलमणि गुरागाईले नेपाली राजदूतावासलाई समाजबाट गर्नु पर्ने जुन सुकै सहयोग गर्न कुनै कसर बाँकी नराख्ने धारणा राख्नु भएको थियो । जनजाति महासंघ शाखा कतारका अध्यक्ष अमृत गुरुङ्गले कार्यक्रममा वोल्दै जनजातिहरुले नेपाली राजदूतावासलाई गर्नु पर्ने काम का लागि सदैव तत्पर रहेको धारणा राख्नु भएको थियो । गैर आवासिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद दोहाका सल्लाहकार वद्रिप्रसाद पाण्डेले सरकारी प्रकृयालाई सवैले स्वीकार्नु पर्ने धारणा राख्दै राम्रो काम गर्ने जो कोहिले पनि उपयुक्त ठाँउमा अवसर पाउने धारणा राख्नु भएको थियो । आई. सि. सि. का मध्यपूर्व उपाध्यक्ष सागर नेपालले राम्रो काम गर्दा नै नेपाल सरकारले राजेन्द्र पाण्डेलाई वोलाएको हो भने त्यसला स्वागत गर्नु पर्ने धारणा राखेका थिए । कार्यवाहक राजदुत पाण्डेको पालामा राजदूतावास र समाजको दूरी अत्यन्त नजिक भएको कुरा व्यक्त गर्दै अन्य देशका दूतावासहरुको तुलनामा कतारमा रहेको नेपाली दूतावासले सकारात्मक कार्य गरेको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रथम सचिव तथा कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले आफ्नो पालामा धेरै राम्रा र उपलव्धिमूलक कामहरु गर्न नसके पनि समाज र सरकारी कार्यालयबीचको दूरीलाई कम गराउन सफल भएको धारणा राख्दै आगामी दिनमा पनि यसको निरन्तरता आफ्ना सहकर्मीहरुले दिने आशा व्यक्त गर्नु भएको थियो । नेपालीका समस्याहरु समाजबाट नै उत्पन्न हुने भएकाले गर्दा समाजलाई नै वाठो वनाउन सके समस्याहरु समाजबाट नै सुल्झिने हुनाले समाजसँग सहकार्य गरेको धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा वोल्दै नवआगन्तुक द्धितीय सचिव रामकाजी खड्काले कतारको नेपाली समाज देखेर आफू आफ्नै परिवारभित्र रहेको महशुस गरेको धारणा राख्नु भएको थियो । साथै कतारमा रहेका नेपालीहरुका समस्याहरुलाई साधन र स्रोतले भ्याए सम्म समाधान गर्दै जाने धारणा राख्नु भएको थियो ।
Popularity: 21%
March 17th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले लोकतान्त्रिक गणतन्त्र स्थापनाका विरुद्ध षड्यन्त्र गरिरहेको सामन्ती तत्व र विदेशी चलखेललाई परास्त गर्न नेपाली जनताको एकता आवश्यक रहेको बताउनुभएको छ ।
नेवा राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै उहाँले सामन्तवादीहरू करोडौँ रूपैयाँ खर्च गरेर साम्प्रदायिक दङ्गा भड्काउने र देश टुक्रयाउने खेलमा लागेकाले उनीहरूविरुद्ध उत्रन आहृवान गर्नुभयो ।
सो पार्टी नेता डा.बाबुराम भट्टर्राईले प्रधानमन्त्रीले राजसंस्था जोगाइराख्न षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।
मधेसी मुक्ति मोर्चाका अध्यक्ष मातृका यादवले सयौँ माओवादी कार्यकर्तालाई सरकारले अहिलेसम्म बन्दी बनाइराख्नु तर सामन्तीहरूको केही जमिन कब्जा गरी जनतालाई बाँड्ने माओवादीको व्यवहार सच्चिनुपर्छ भन्नु विरोधाभास हो भन्नुभयो ।
Popularity: 22%
March 17th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आफ्नी झड्केलो छोरीलाई वलात्कार गर्ने मोरङ, लेटाङ गाविस वडा नं. ७ का वीरबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
विश्वकर्माकी श्रीमतीले आफ्नी ११ वर्षीया छोरीलाई पतिले वलात्कार गरेको उजुरी दिएकी थिइन्। त्यसैको आधारमा अभियुक्त विश्वकर्मालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बेलवारीले जनाएको छ ।
Popularity: 22%
March 17th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हृदयेश त्रिपाठीले धेरै अघि आफ्नो पदबाट दिनुभएको राजीनामा बल्ल स्वीकृत भएको छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त राजीनामा हिजो स्वीकृत गर्नुभएको हो। नयाँ मन्त्रिमण्डल बन्ने तयारी हुँदै गर्दा यो राजीनामा स्वीकृत गरिएको हो।
प्रधानमन्त्रीले उहाँको राजीनामाबाट रिक्त हुन आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्म अर्थमन्त्री डा.रामशरण महतले सम्हाल्ने गरी तोक्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
Popularity: 21%
March 17th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माओवादीको आरोपमा वि.सं. २०६१ जेठ ११ गते गजुरी गाविस-२ गोल्मारानीढाणमा सेनाद्वारा हत्या गरिएको भनिएका किरण कार्कीको कङ्कालको उत्खनन् गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीले १३ दिनदेखि प्रहरी र स्थानीय वासिन्दाद्वारा सुरक्षा गरिराखिएको सो कङ्कालको डा.हरिहर वस्ती र डा.प्रमोदकुमार श्रेष्ठको सहयोगमा उत्खनन् गरेको हो।
कालो टिर्सट र खैरो पाइन्टको कपडा तथा चप्पलसहितको कङ्काल परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाजगञ्ज पठाइएको सो टोलीले जनाएको छ ।
मकवानपुर जिल्ला आग्रा गाविस-२ का कार्कीलाई बजारतर्फजाँदै गर्दा सोही गाविस-३ आग्रा खोलाको छेउबाट वि.सं.२०६० चैत ६ गते सेनाले पक्राउ गरेर गोल्मारानीढाणमा लगी गोली हानी हत्या गरेको बताइएको छ ।
पीडिक सेनालाई कारबाही गर्न मागदाबी गर्दै इन्सेकका प्रतिनिधिले गत फागुन २२ गते जिल्ला प्रहरी कार्यालय, धादिङमा जाहेरी दरखास्त गरेका थिए ।
Popularity: 21%
March 17th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
इटहरीकी एक मुस्लिम महिलाले पहिलोपल्ट बुर्का उघारेर आफ्नै श्रीमानविरुद्ध प्रहरीमा कारबाहीको माग गर्दै उजुरी दिएकी छिन् ।
खनार-५ निवासी १८ वर्षीया जुमा खातुनले श्रीमान् जवुल र परिवारका अन्य सदस्यसमेतले शारीरिक र मानसिक यातना एवं पीडा दिएको विरुद्धमा इलाका प्रहरी कार्यालय, इटहरीमा उजुरी दिएकी हुन् ।
मुस्लिम समुदायमा पुरुषविरुद्ध कुनै विरोध वा प्रतिवाद गर्न नपाइने जातीय संस्कारको पर्खाल तोड्दै जुमाले आफूमाथिको ज्यादतीबाट मुक्ति पाउन उजुरी गरेकी हुन् ।
पीडित जुमाले बिहान-बेलुकी आफूमाथि कुटपिट हुँदै आएको र खान पनि नदिने गरेको तथा दुइ वर्षदेखिको एकोहोरो यातना नरोकिएकाले बाध्य भएर प्रहरीकहाँ आउनुपरेको बताइन् ।
Popularity: 21%
March 17th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधान सभाको निर्वाचन बिथोल्न देशका विभिन्न ठाउँमा भेला गर्दै हिँडेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष पद्मसुन्दर लावतीलाई हिजो पाँचथरको फिदिममा आठ विद्यार्थी सङ्गठनका विद्यार्थीहरूले कुटपिट गरेका छन् ।
त्यहाँ भइरहेको आमसभालाई सम्बोधन गर्नेक्रममा उत्तेजित विद्यार्थीहरूको भिडले प्रहरीको घेरा तोडी कार्यक्रमस्थल जिल्ला विकास समितिको खुल्लामञ्च पुगी लावतीलाई कुटपिट गरेको हो । उनीहरूले कार्यक्रममा प्रयोग गरिएका माइक सेट, सोफासेट, दुइ दर्जनभन्दा बढी कुर्सी झण्डा, व्यानरलगायत सम्पूर्ण सामग्री तोडफोड गरी आगो लगाइदिएका थिए ।
आठ विद्यार्थी सङ्गठनले बिहानै सो पार्टीको कार्यक्रम हुने थाहा पाएपछि राजतन्त्रविरुद्ध चर्को नाराबाजी गर्दै टाँगिएका व्यानर र स्वागतद्वार भत्काई कार्यक्रम नगर्न चेतावनी दिएका थिए ।
विद्यार्थीहरूले लिम्बुवान राज्य परिषद्का केन्द्रीय सदस्य मचिन्द्र वेदा, राप्रपा नेपालका जिल्ला सदस्य कृष्णराज योङ्यासमेतलाई कुटपिट गरी घाइते बनाएका छन् ।
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आठ विद्यार्थी संगठन र नेकपा माओवादीको योङ कम्युनिस्ट लीगका कार्यकर्ताहरुले झापामा शाही शासनकालका पूर्वमन्त्रीसहित सातजना पदाधिकारीलाई कुटपिट गरी कालोमोसो र जुत्ता माला लगाएर घुमाएका छन् ।
बिर्तामोडको हेभेन होटलबाट पूर्वसहायकमन्त्री टेकनारायण राजवंशी, जिविसको पूर्वसभापति राजेन्द्र लिङ्देव, उपभापति रोहित राजवंशी, मेची नगरपालिकाका पूर्वप्रमुख कल्याण खड्का तथा राप्रपा नेपालका कार्यकर्ता भूपेन्द्र लिङ्देन, सगुन लावती र राजेश घिमिरेलाई कारबाही गरिएको हो ।
माओवादीको कुटाइबाट राजेन्द्र र सगुनको टाउको फुटेको छ । उनीहरुको अवस्था गम्भीर छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष रवीन्द्रनाथ शर्मा, उनकी श्रीमती र पूर्वमन्त्री कमल थापासमेतको बैठकमा सहभागिता थियो । शर्माकी श्रीमती माओवादी नियन्त्रणमा छिन् भने कमल थापालाई होटेलमा लुकाइएको छ ।
घटना इलाका प्रहरी कार्यालय बिर्तामोड नजिक भएको हो । राप्रपाद्वारा झापा जिल्लामा कार्यक्रम गर्न सो बैठक बसेको बताइएको छ ।
Popularity: 22%
March 17th, 2007