Archive for April 23rd, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
सरकारले तीन दिन सार्वजनिक विदा दिएर भव्यरुपले लोकतन्त्र दिवस मनाउने कार्यक्रमहरु आयोजना गरिने भनिए पनि नेकपा माओवादीले लोकतन्त्र दिवस नमान्ने भएका छन्।
सरकारमा सहभागी माओवादी दलले नेपालमा पूर्णलोकतन्त्र नआई सकेकाले लोकतन्त्र दिवस नमनाउंने जनाएको छ। माओवादीका एक नेताले आफ्नो दलको लक्ष्य पूर्णलोकतन्त्र रहेकोले लोकतन्त्र दिवस नमाउंने बताएका छन्।
संसदवादी नेताहरुले राजालाई राख्ने सम्झौता गरेको दिनलाई आफ्नो दलले लोकतन्त्र दिवसको रुपमा नमान्ने माओवादीले बताएको छ। राजा राख्ने वा नराख्ने भन्ने सम्झौताको पुष्टि १ वर्षको क्रियाकलपाबाट भएको बताएका छन्।
माओवादीले मुलुकमा पूर्णलोकतन्त्रको स्थापना भएपछि मात्र लोकतन्त्र दिवस भव्य रुपले मनाउने माओवादी नेताले बताएका छन्।
Popularity: 21%
April 23rd, 2007
भूपेन्द्र आचार्य एचकेनेपाल डट कम दक्षिण कोरिया -
दक्षिण कोरियाको राजधानी सिउल स्थित इवा महिला बिश्वबिधालयमा गैरआवासीय नेपाली संघ (एनआरएन) कोरिया र एनआरएन जापान बिच एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएन कोरियाका अध्यक्ष कृष्णप्रसाद सिटौला लगायतका अन्य पदाधिकारीको उपस्थिति रहेको उक्त कार्यक्रममा एनआरएन कोरियाका तर्फबाट संघका उपाध्यक्ष डा. देबीबहादुर बस्नेत तथा राष्ट्रिय संयोजक तेन्जी शेर्पा र एनआरएन जापानको तर्फबाट राष्ट्रिय संयोजक डा. हेमराज शर्माले सम्बन्धित देशमा भएका एनआरएनका गतिबिधि र भावी कार्यक्रम बारे प्रकास पार्नु भएको थियो ।
एनआरएनको संगठानात्मक सुदृढिकरण, नेपालको आर्थिक तथा सामाजिक बिकासमा संभाबित लगानी तथा गैरआवासीय नेपालीहरु सम्बन्धित बिबिध बिषयहरुमा छलफल भएको उक्त कार्यक्रममा दुबै पक्ष बिभिन्न समान कार्यक्रमहरुमा साझा सहमतिकासाथ बढने सहमत भएका छन।
एनआरएनको संस्थागत बिकास र नेपालमा लगानीका बिषयमा एनआरएन कोरिया र एनआरएन जापान बिच आपसी समन्वय गरी अगाडि बढ्ने सहमती कायम भएको हो। नेपालको आर्थिक बिकासका लागि संभाबित रहेको जलश्रोतको क्षेत्रमा कोरिया र जापानको संयुक्त लगानीका लागि हाल भइरहेको गृहकार्यलाई एक ठोस निष्कर्षमा पुरयाउन दुबै पक्षले पहल गर्ने निर्णय भयो।
एनआरएनलाई सम्पूर्ण प्रवासी नेपालीको साझा र एक अन्तरराष्ट्रिय संस्थाको रुपमा थप बिकाश गर्न हाल बिध्यमान संगठनात्मक संरचना र कार्यबिधिहरुमा परिबर्तन गरिनु पर्ने र यसका लागि आगामी अक्टोवरमा नेपालमा हुन लागेको तेश्रो बिश्ब सम्मेलनले एक स्पष्ट खाका तयार गर्नुपर्ने कुरामा दुबै पक्ष सहमत भएका छन । यसका लागि आबश्यक सुझाब आ-आफ्नो तर्फबाट यहि मे ६ तारिखमा हङकङमा हुनगइरहेको एनआरएन एशिया प्यासेफिक भेला मार्फत बिभिन्न मागहरु र सुझावहरु केन्द्रमा पठाउन पहल गर्ने सहमती भएको छ ।
Popularity: 21%
April 23rd, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालमा दिगो शान्ति, सबै किसिमका सशस्त्र द्वन्दको शान्तिपूर्ण निकास, अग्रगमन तथा निरङ्कुशतन्त्रको अन्तका लागि जनताले गत वर्ष देखाएको अभूतपूर्व साहसिक कार्यको स्मरण आजदेखि देशभर विविध कार्यक्रमसहित गरिंदैछ ।
सरकारीस्तरमा र नागरिक समाजका तर्फबाट भोलिदेखि तीन दिनसम्म गत वर्षको आन्दोलन र त्यसले मुलुकमा ल्याएको परिवर्तनका विषयमा चर्चा परिचर्चा गर्नुकासाथै सो आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिद, तिनका परिवार तथा घाइतेको स्मरण गरिंदैछ ।
गतवर्षआठ राजनीतिक दलको अगुवाइमा चलेको १९ दिनको शान्तिपूर्ण जनआन्दोलनका कारण मुलुकले नयाँ गति लिन सम्भव भएको थियो । लोकतान्त्रिक समावेशी राज्य प्रणालीलाई आत्मसात् गर्दै मुलुकको समग्र विकासमा योगदान पुर्याउनेतर्फ त्यस आन्दोलनले दिशानिर्देश गरेको थियो ।
Popularity: 21%
April 23rd, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
म्याग्दी कारागारमा रहेका २६ जना पुरुष तथा चार महिला कैदीले आज साँझदेखि आममाफीको माग गर्दै आन्दोलन गरेका छन् ।
सो क्रममा महिला बन्दीहरू कारागारको ढोका फोरेर बाहिर निस्केका छन् । कारागारभित्र टायर बालेर आगलागी पनि भएका थिए।
कैदीहरूले आममाफीको माग गर्दै नारा जुलुस पनि गरिरहेको थाहा भएको छ ।
हाल जिल्ला कारागारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिइरहेका छन् ।
Popularity: 21%
April 23rd, 2007