Archive for May, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
केराको बोटको जरामा समेत फल लाग्यो भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ, तर मोरङको सिजुवा गाविस वडा नं.७ का कृषक गजेन्द्रबहादुर बस्नेतले रोपेको केराको बोटको जरामा समेत फल लागेको छ।
जिल्ला कृषि विकास कार्यालय, मोरङले उपलब्ध गराएको मालबो जातको उक्त केराको बोटको जरामा फल लागेको हो।
उक्त बोटको जरा तथा गुम्भो दुवै ठाउँमा फल लागेको छ। उक्त बोटको जरामा दुइ काँइयो तथा गुम्भोमा पाँच काँइयो फल लागेको छ।
अचेल उक्त केराको बोट हेर्न मानिसको घुँइचो लाग्ने गरेको बताइएको छ।
Popularity: 21%
May 31st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बिना जानकारी नेपाली भूमिमा प्रवेश गरी हातहतियारसहित एक नेपाली नागरिकलाई पक्राउ गरेर भारततर्फ लग्न लागेका पाँचजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक विमल बस्नेतको नेतृत्वमा आएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो।
ती भारतीय प्रहरीका साथबाट-९ एम एम को एक थान पिस्तोल र त्यसमा लाग्ने दश थान गोलीसमेत बरामद गरिएको छ।
Popularity: 20%
May 31st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पन्ध्र दिन भित्र भारत सरकारले भुटानी शरणार्थीको समस्या समाधान गर्ने सहमति जनाएपछि स्वदेश फिर्ती अभियानमा लागेका शरणाथीैले आफ्नो कार्यक्रम स्थगन गरेका छन्।
काँकडभिट्टा नजिक भारतको पश्चिमबङ्गालको पानीट्याङ्कीमा त्रिपक्षीयरुपमा सम्पन्न बैठकले १५ दिनभित्र शरणार्थी समस्या निराकरण गर्ने, भुटानी शरणार्थीलाई छोड्नुपर्ने तथा भारतीय प्रहरीबाट मेची पुलमा भएको दमनको क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सहमति जनाएपछि उक्त अभियान स्थगन भएको भुटानी नेताहरूले जनाएका छन्।
बैठकमा दार्जलिङ जिल्लाका जिल्ला मजिष्ट्रेट राजेश पाण्डेले भुटानी शरणार्थीको समस्या समाधान गर्न भारत सरकारलाई विशेष आग्रह गर्ने जनाएका थिए।
त्रिपक्षीयरुपमा भएको बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जयमुकुन्द खनालले नेतृत्व गर्नुभएको थियो। बैठकमा राष्ट्रिय अनुसन्धान विभागका झापा प्रमुख मीनबहादुर केसी, स्थानीय राजनीतिक दलबाट नेपाली काङ्ग्रेसका सुधीरकुमार शिवाकोटी, नेकपा (एमाले) का मनकुमार गौतम, नेपाली काङ्ग्रेस -प्रजातान्त्रिक) का गोपालकुमार बस्नेत र केशवकुमार बुढाथोकी, नेपाल सद्भावना पार्टी सञ्जनकुमार वंशलको सहभागिता थियो।
भुटानी नेताहरू बलराम पौडेल, डिबी काफ्ले र भारतका तर्फबाट मजिष्ट्रेट पाण्डे, सुरक्षाकर्मी, भारतीय नेता र सञ्चारकर्मीको सहभागिता थियो।
बैठकपश्चात् धर्नामा बसेका शरणार्थीलाई धर्ना फिर्ता लिन प्रमुख जिल्ला अधिकारी खनालले आग्रह गर्नुभयो।
Popularity: 20%
May 31st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
धूमपानमुक्त वातावरणको कामना गर्दै आज विश्वभर विश्व धूमपान रहित दिवस मनाइँदैछ।
विश्व स्वास्थ्य सङ्गठनको आहृवानमा मनाउन लागिएको धूमपानरहित दिवसको यस वर्षो नारा ‘म र मेरो संसारःपूर्ण रुपमा धूमपानमुक्त वातावरणको सिर्जना गरौँ र आनन्दित बनौँ ” रहेको छ।
एक तथ्याङ्कअनुसार विश्वमा धूमपान गर्ने व्यक्तिमध्ये १० जनामा एकको मृत्यु धूमपानको कारणबाट हुन्छ।
नेपालमा विगत ३० वर्षको दाँजोमा हाल धूमपान गर्नेको सङ्ख्या निकै घटेको भए पनि वर्षमा करिब १४ हजार व्यक्तिको मृत्यु धूमपानको कारणबाट हुने गर्छ।
Popularity: 20%
May 31st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभाको निर्वाचनमा एक करोड ७६ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन्।
निर्वाचन आयोगले संविधानसभा निर्वाचनको तयारीका लागि गरिरहेको प्रगतिका बारेमा राजनीतिक दलका प्रतिनिधिहरूलाई जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो।
संविधानसभा निर्वाचनको प्रयोजनका लागि गत माघ ९ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य प्रारम्भ भए पनि मधेस आन्दोलन, नागरिकता वितरणपछि नामावली सङ्कलन गर्नुपर्नेलगायतका कारणले सङ्कलनमा केही ढिलाइ भएको थियो।
सङ्कलित नामावलीमध्ये 2 लाख ५० हजार अस्थायी मतदाता छन्। रौतहटबाहेक अन्य जिल्लामा मतदान केन्द्र कायम गर्न तथ्याङ्क लिने काम पूरा भएका छन्।
प्रारम्भिक तथ्याङ्कअनुसार मुलुकभर नौ हजार सात सय ठाउँमा मतदान केन्द्र रहने छ। त्यसैगरी एक हजार मतदाता बराबर एउटा मतपेटिका कायम गरिनेछ।
सो निर्वाचनमा भाग लिनका लागि ६२ वटा राजनीतिक दलले निवेदन दिएका छन्।
निवेदन दिनेमध्ये ४७ वटा दलले अन्तरिम संविधानमा व्यवस्था भएबमोजिम १० हजार मतदाताको हस्ताक्षरसहितको नामावली दल दर्ताको लागि बुझाएका छन्। सो नामावलीको रुजु गर्ने काम भइरहेको आयोगले जनाएको छ।
Popularity: 20%
May 31st, 2007
राजेश राई एचकेनेपाल डट कम धनकुटा/जेष्ठ १६ -
मेलम्ची राष्ट्रले गुमायो भने राष्ट्रको लागी ठूलो दुर्भाग्य हुने हुंदा यसलाई वचाउनु पर्ने र यसको लागि सरकार प्रयाशरत रहेको अर्थमन्त्री डा. रामशरण महतले वताउनु भएको छ।

धनकुटामा बुधबार आयोजित नेपाली कांग्रेस कार्यकर्ता भेलामा वोल्नुहुँदै मन्त्री डा. महतले राष्ट्रले यसअघि पनि केही राजनैतिक दलको स्वार्थले गर्दा अरुण तेस्रो गुमाउन परेकाले मेलम्चीलाई कुनै पनि हालतमा वचाउन लागि सरकारले पहल गरिहेको वताउनु भयो।
एक अर्को प्रसंगमा मन्त्री डा. महतले सरकारमा रहेको दलको भातृ संगठनको गतिविधीले शन्ति सुरक्षामा असर पारि हिंसात्मक गतिविधीले पश्रय पाइरहेको वताउदै यसले गर्दा आर्थिक विकासलाई सवल वनाउन यस्ता गतिविधी रोकिनु पर्ने उहाँको कथन थियो।
मन्त्री डा. महतले पाँचथरको च्याथापुदेखि वैतडीसम्मको पहाडी राजमार्ग बनाउन सरकार लागि परेको जानकारी दिदै चुरे तथा तर्राईमा पनि सडक विस्तार गरिने वताउंनु भयो। उहाँले नेपालमा चौरासी हजार मेगावट विद्युत उत्पादन क्षमता भए पनि ६ मेगावट मात्र विद्युत उत्पादन हुन सकेको भन्दै आगामी १० वर्षमा ५हजार मेगावट विद्युत उत्पादन गरिने उहाँले वताउनु भयो।
अरुण तेस्रोको लागि फेरी पनि विदेशका ठूला कम्पनीबाट प्रस्ताव आइरहेकोले सरकार अरुण तेस्रोलाई अगाडी वढाउन लागिरहेको छ तर राजनैतिक स्वार्थको विवाद गरिए राष्ट्र र जनताको लागि दुर्भाग्य हुने मन्त्री महतले वताउंनु भयो।
धनकुटाको भेडेटारदेखि इलामको रवि राकेंसम्म जोड्ने सडक निरीक्षण गर्न धनकुटा आउनुभएका मन्त्री महत धनकुटाको छ नं. बुधवारेसम्म जाने कार्यक्रम रहेको छ।
धनकुटाबाट राजेश राई एचकेनेपाल डट कम।
Popularity: 20%
May 31st, 2007
एसबी पाण्डे / भूपेन्द्र आचार्य एचकेनेपाल डट कम द. कोरिया-
ईन्छन मेट्रोपोलियन काउन्सिलका अध्यक्ष पार्क छ्याग क्योको निमन्त्रणामा द. कोरिया आइपुगेका नेपाली खेल पदाधिकारीहरू द. कोरियाको एक साता भ्रमणपछि स्वदेश फर्केका छन्।

भ्रमण टोलीमा नेपाल ओलम्पिक कमिटीका सचिव तथा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरूङ तथा श्रीमति गुरूङ र संघका कोषाध्यक्ष रबिराज सिंह तथा श्रीमती सिंह हुनुहुन्थ्यो। उहाँहरूले मे २३ देखि २९ सम्म द. कोरिया विभिन्न शहरमा अवस्थित खेल प्रतिष्ठानहरूको अवलोकन गर्नुका साथै द्विपक्षीय खेलकुद विकासका लागि छलफलमा सरीक हुनुभएको थियो।

थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
स्मरणीय छ, ईन्छन शहरले सन् २०१४ मा १७ औं एशियाली खेलको आयोजना गर्ने अवसर पाएको छ र उक्त खेल आयोजना गर्ने क्रममा ईन्छन शहरले भिजन २०१४ प्रोजेक्टको अबधारणा अघि सारेको छ। सोही अनुसार बिभिन्न एसियाली मुलुकहरुलाई खेलकुद बिकासका लागि आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने भएको छ।
हाल सोही भिजन २०१४ अन्तर्गत नेपालको राष्ट्रिय तेक्वान्दो टोली १७ महिने बिशेष प्रशिक्षणकालागि कोरियामा रहेका छन्।
यसै बिच गत सोमबार भ्रमण टोलीको सम्मानमा आयोजक ईन्छनको तर्फबाट रात्रीभोजको आयोजना समेत गरिएको थियो। उक्त अबसरमा बिभिन्न महानुभाबहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो भने नेपाली खेल टोलीका तर्फबाट नेपाली जन संपर्क समिती, प्रजातान्त्रिकका सभापति साम्राज्यबिक्रम पांडेले धन्यवाद ज्ञापन गर्नु भएको थियो।
द. कोरियाबाट एसबी पाण्डे / भूपेन्द्र आचार्य एचकेनेपाल डट कम।
Popularity: 20%
May 31st, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
ने.क.पा.(माओवादी) को बुद्धनगरस्थित मुख्य कार्यालयमा केही दिनयता बम आतंक मच्चिएको छ। माओवादी कार्यालयमा तीन दिनअघि बेवारिसे सकेटबम फेला परेको थियो भने गए राति करिव ११ बजे अज्ञात समूहले २ वटा बम प्रहार गरेका थिए।
बम प्रहारपछि वाइसिएल र डा. बाबुराम भट्टराईको कार्यकक्ष क्षति ग्रस्त भएको छ। विस्फोटनले झ्यालका सीसा र बरण्डामा क्षति पुगेको छ। पडि्न बाँकी रहेको बमलाई प्रहरीले रातको करिव १ बजे निश्क्रिय पारेको थियो।
घटनापछि नेपालमा राजतन्त्र जोगाउन र नेपाललाई हिन्दु राज्य घोषणा गर्नु पर्ने माग राख्दै आएको नेपाल डिफेन्स आर्मीले उक्त घटनाको जिम्मेवारी लिएको छ।
गणतन्त्रबाट माओवादीलाई विचलित पार्न दरवारले चालेको यस कुटिल चाललाई सफल हुन नदिने माओवादीले जनाएको छ।
Popularity: 20%
May 30th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
डोल्पाको टालटुंगे लेकमा भीषण हिमपहिरोको कारण यार्सागुम्बा टिप्न गएकामध्ये दर्जनौंको मृत्युभएको समाचार स्रोतले जनाएको छ।
डोल्पाको सर्पी गाविसका मात्रै १६ जनाको मृत्यु भएको छ। यौनबर्धक टनिकका रुपमा प्रचलित यार्सागुम्बा टिप्न यतिबेला मान्छेको भीड जुट्ने गर्छ।
घटनाबारे जानकारी पाउनसाथ उद्धारका लागि दुई हेलिकप्टर त्यसतर्फ पठाइएको छ। प्रतिकूल मौसमका कारण हेलिकप्टर टाल टुंगे पुग्न नसकी काईलेकमा अवतरण भएको बताइएको छ। त्यहाँबाट पैदलद्वारा घटनास्थल पुग्न कम्तीमा दुई दिन लाग्न सक्ने बताइएको छ।
घटनामा दर्जनौंको मृत्यु भएको र केही वेपत्ता भएको प्रारम्भिक समाचारमा जनाइएको छ।
Popularity: 20%
May 30th, 2007
धन बस्नेत एचकेनेपाल डट कम पोखरा, मे ३० -
शिक्षा तथा खेलकुद मन्त्री प्रदीप नेपालले मुलुकको खेलकुद विकासको लागि शिक्षा र खेलकुद मन्त्रालयलाई अलग अलग रुपमा राखिनुपर्ने बताउनुभएको छ । ‘शिक्षा र खेलकुदलाई एकै ठाँउमा राखे दुवैको विकास हुन सक्दैन् ।’उहाँले भन्नुभयो-’विकासको लागि यी दुई भिन्न रुपमा राखिनुपर्छ ।’

सहारा एकेडमी पोखराका बाल खेलाडीसंग कुराकानी गर्नु हुंदै शिक्षा तथा खेलकुद मन्त्री प्रदीप नेपाल। तस्विरः सुदर्शन रञ्जित एचकेनेपाल डट कम पोखरा।
मन्त्रालयनै छुट्टै बनाउन आवश्यक पहल समेत भइरहेको उहाँले जानकारी दिनुभयो । ‘केही महिनाभित्र मन्त्रालय अलग हुन सक्छ ।’ उहाँले भन्नुभयो । खेलकुदको ढाँचा र शिक्षाको ढाँचा बेग्लाबेग्लै हुनेभएकोले पनि विकासमा समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।
क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समितिद्वारा बुधबार पोखरा रंगशाला स्वागत कार्यक्रममा उहाँले भन्नुभयो-’खेलकुद विकासको लागि ७५ जिल्लामा कर्भड हल बनाउने निर्णय गरिएको छ।’
प्रत्येक जिल्लामा कर्भड हल बनाउनको लागि केहीदिन अघिमात्रै राष्ट्रिय खेलकुद परिषदको बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । ‘राखेपको बैठकबाट जिल्लामा कभर्ड हल बनाउने निर्णय गरिएको छ ।’ उहाँले भन्नुभयो-’त्यसको लागि आवश्यक बजेट माग समेत अर्थमन्त्रालयसित गरेका छौं।’

खेलुकद विकासको लागि आर्थिक वर्ष०६४/०६५ को लागि झण्डै ६४ करोड रुपियाँ बजेट माग गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मोहन रेग्मीले खेलुकद केन्द्रीकृत भएको आरोप लगाउनुभयो।
ग्रामीण तहसम्म खेलकुद पुर्याउन विकेन्द्रीकरणको खाँचो भएको उल्लेख गर्दै उहाँले राखेपले खेलकुद विकास गर्न जिल्ला र क्षेत्रलाई अधिकार दिनुपर्नेमा आवश्यकता औल्याउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर गुरुङले खेलकुद विकासको लागि न्यूनतम बजेट विनियोजन गरिनुपर्ने बताउनुभयो ।

शिक्षा तथा खेलकुद मन्त्री प्रदीप नेपाललाई क्लवबारे जानकारी गराउंनु हुंदै अध्यक्ष विक्रम थकाली (तस्विरमा वायाँ)।
उहाँले वाषिर्क खेल गतिविधि सञ्चालन गर्न न्युनतम झण्डै ३० लाख आवश्यक पर्ने भन्दै तर राखेपले अति थोरै बजेट मात्रै पारित गर्ने भएकोले खेलकुद गतिविधि शुन्य हुदै गएको जानकारी दिनुभयो
पोखराबाट
समाचारः धन बस्नेत
तस्विरः सुदर्शन रञ्जित एचकेनेपाल डट कम पोखरा।
Popularity: 20%
May 30th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
नेपालको पर्वतीय पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत स्वर्गीय डा. हर्क गुरुङलाई सरकारले ‘सगरमाथा राष्ट्रिय पुरस्कार’ द्वारा सम्मान गरेको छ।
नागरिक उड्डयनमन्त्री पृथ्वीसुब्बा गुरुङले स्व. गुरुङकी पत्नी सरोजलाई १ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्नु भएको हो।
सोही अवसरमा देशमा बढी पर्यटन भित्र्याउंने उत्कृष्ट तीन ट्राभल एजेन्सी बिष्ट टुर एन्ड ट्राभल, काठमाडौं ट्राभल र मर्कोपोलो ट्राभललाई पुरस्कृत गरेको छ।
डा. गुरुङको गत वर्ष २३ सेप्टेम्बर ताप्लेजुङको धुन्सामा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको थियो। प्रसिद्ध भूगोलविद स्व. डा. गुरुङले मुलुकलाई पुर्याएको योगदानको कदर गर्दै सरकारले ७ हजार ८ सय ७१ मिटर अग्लो ‘पिक-२९’ (हिम शिखर)लाई डा. हर्क गुरुङ नामाकरणसमेत गरिसकेको छ।
Popularity: 20%
May 30th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
स्वैच्छिक फिर्ती अभियान अन्तर्त भुटान जान लागेका भुटानी शरणार्थीमाथि भारतीय सीमा बल सुरक्षा बल (एसएसबी)ले मंगलबार अन्धाधुन्ध गोली चलाउंदा एक जनाको मृुत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।
गोली लागी मृत्यु हुनेमा १८ वर्षीय सहबहादुर देवान छन्।
झापा र मोरङका भुटानी शरणार्थी सोमबार लङ मार्च गर्दै मेची पुल पार गरेका थिए। उनीहरुलाई एसएसबीले रोके पछि भुटान फिर्ती माग राख्दै मोहन तामाङ र राजमान गुरुङ धर्ना बसेका थिए। धर्ना बसेका दुबैलाई बोलाई कार्यक्रम स्थगित गर्न धम्की दिएपछि शरणार्थीहरु आक्रोशित बनेका थिए।
आक्रोशित भीड सुरक्षा घेरा तोडेर अगाडि बढ्न थालेपछि भारतीय प्रशासनले दिउंसो ३ बजे कर्फ्यू जारी गरेका थियो। कर्फ्यूको उलङ्गन गर्दै शरणार्थी अगाडि बढ्न थालेपछि भारतीय सीमा बल सुरक्षा बल -(एसएसबी)ले अन्धाधुन्ध गोली चलाएका थिए।
Popularity: 20%
May 30th, 2007
एचकेनेपाल डट कम, मे ३० -
हङकङमा हुने भनिएको गैर आवासीय नेपाली संघ (एनआरएन) को एसिया प्यासिफिक भेला अन्ततः सिंगापुर सर्ने भएको छ। एनआरएनले पहिले गत मे ६ र ७ तारिख हङकङमा सो भेलाको आयोजना गर्ने योजना बनाए पनि प्राविधिक कारणले स्थगित भएको थियो। एनआरएन प्यासिफिक भेला स्थगित भएको जानकारीसंगै नयाँ मिति तोकेर हङकङमै सो भेलाको आयोजना गरिने बताइएको थियो। (more…)
Popularity: 20%
May 30th, 2007
राजबहादुर गुरुङ एचकेनेपाल डट कम, पोखरा -
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा क्षेत्रको विकासकोलागि सबैभन्दा बढी लगानी गर्नेमा पोखरा नेपालकै पहिलो उद्योग बाणिज्य संघ भएको दावी गर्नुभएको छ।
सुदूर पश्चिमाञ्चलको डडेल्धुरा उद्योग बाणिज्यसंघबाट पोखरा उद्योग बाणिज्य संघको भ्रमणमा आएको प्रतिनिधीमण्डलको स्वागत, सम्मान र छलफल कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले भन्नुभयो-’शिक्षामा निस्वार्थ भावले गरेको लगानी संभवत संसारमै समेत उत्कृष्ट हो।’ २०११ सालमा स्थापना भएको पोखरा उद्योग बाणिज्य संघले शैक्षिक संस्था स्थापना र त्यसको संचालनमा दिएको योगदानको फेहरिस्त प्रस्तुत गर्दै उहाँले शिक्षाको विकासको लागि अझै योगदान गर्ने बताउनुभयो।
नमूना च्याम्बर गाउँ अर्मलाको विकासको लागि संघले थालेको अभियानले समग्र आर्थिक विकासका साथै शिक्षाको समेत विकास गर्ने धारणा उहाँको थियो । भ्रमण टोलीलाई उहाँले पोखरा उद्योग बाणिज्य संघका अन्य गतिबिधी र आउँदो मंसिरको ७ गतेदेखि शुरु हुने औद्योगिक ब्यापार मेला-२०६४ बारे जानकारी समेत गराउनुभएको थियो।
भ्रमण टोलीकोतर्फबाट डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्टले डडेल्धुरामा तरकारी, भट्टमास, फलफूल तथा जडिबुटी खेतिको प्रवल संभावना रहेको बताउँदै सुगन्धित तेल र अत्तर बनाउन प्रयोग हुने झ्याउ जस्ता निर्यातजन्य बस्तुहरुको बजारीकरणमा भने समस्या भएको बताउनुभयो। उहाँले यही चालु वर्ष २०६४ मा नै आयोजना गर्न लागिएको प्रथम डडेल्धुरा महोत्सव त्यस क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुने बताउनुभयो।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका द्धितीय उपाध्यक्ष माइकल कर्माचार्यले धन्यवाद र महासचिव कृष्णमोहन श्रेष्ठले संचालन गर्नुभएको थियो। छलफलमा सहभागि दुबै उद्योग बाणिज्य संघका प्रतिनिधीहरुले द्धिपक्षिय ब्यापार बिस्तार, सहकार्यको संभावना र बजारीकरण तथा व्यवसायीक कठिनाईबारे आ-आफ्ना धारणा राख्नुभएको थियो।
पोखराबाट राजबहादुर गुरुङ
Popularity: 20%
May 30th, 2007
एचकेनेपाल डट कम सम्वाददाता -
पाल्पाको कोठारी गाविसमा आज बिहान बम बिस्फोटन हुंदा कम्ती ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मा एकै परिवारका ५ सदस्य छन्।
समाचार स्रोतका अनुसार कोठारीका ताराबहादुर मगरको घरमा बिहान ८:३० बजे बम विस्फोटन भएको थियो। गृह मन्त्रालयका अनुसार त्यस घरभित्र अझै बम हुन सक्ने आशंकामा बम निश्क्रिय टोली त्यहाँ पठाइएको छ।
पाल्पाका पुलिस सुपरीटेण्डेन्ट झिनप्रसाद ढकालले घरभित्र अन्य बिस्फोट पदार्थ लुकाएर राखिएको हुन सक्ने बताएका छन्।
माओवादी जनयुद्धको बेला त्यस घरभित्र माओवादीले बम तथा अन्य विस्फोटक पदार्थ लुकाएर राखिएको अनुमान गरिएको छ। बम विस्फोटनपछि प्रहरी र सञ्चारकर्मीहरु घटनास्थल तर्फ लागेका छन्।
Popularity: 20%
May 29th, 2007
एचकेनेपाल डट कम-
२० वर्षीया मिस जापान रियो मोरी मिस युनिभर्स २००७ घोषित भएकी छिन्। आज बिहान मेक्सिकोको राजधानी मेक्सिको सिटीमा भएको मिस युनिभर्स प्रतियोगिता जित्ने उनी सन् १९५९ पछिका पहिली जापानी सुन्दरी हुन्।

मिस जापान पेशाले नर्तकी हुन्।
नृत्य प्रशिक्षककी छोरी मोरीलाई मिस जापान बन्ने चाहना सानैदेखि थियो।

७७ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस जापानले यो उपाधि हात पारेकी हुन्।
दोस्रो भइन् भेनेजुएलाकी सुन्दरी लि जोनाइटिस र तेस्रो भइन् कोरियाकी हनी ली।
प्रतियोगिता हुनुअघि मेक्सिकोमा विरोध प्रदर्शन पनि भएको थियो।

Popularity: 20%
May 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आठ राजनीतिक दलका शीर्ष नेताहरूको बैठक आज अपराह्न २ बजे बस्दैछ। प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बसेको बैठक निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा पुनरावलोकन गर्ने, नगर्ने विवादका कारण बिना निस्कर्ष टुङ्गियो।
नेकपा एमालेव्दारा उक्त प्रतिवेदनमा आफ्नो असहमति जाहेर गरेपछि बैठकको कारबाही अगाडि बढ्न सकेन।
तर बैठकमा संविधानसभा निर्वाचनको तिथि आगामी मङ्सिर महिनामा गर्ने विषयमा भने मोटामोटीरुपमा सहमति भइसकेको र सोसम्बन्धमा मस्यौदासमेत तयार भइसकेकोमा नेकपा एमालेबाट आयोगको प्रतिवेदनमा पुनरवलोकन गर्न असहमति जनाइएका कारण उक्त मस्यौदामा हस्ताक्षर हुन बाँकी रहेको संयुक्त वाममोर्चाका अध्यक्ष सिपी मैनालीले पत्रकारहरूलाई जानकारी दिनुभयो।
Popularity: 20%
May 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्वेच्छाले स्वदेश फिर्तीका लाग हिँडेका भुटानी शरणार्थीमाथि भारतीय सीमा सुरक्षा बलले हिजो साँझ मेची पुलमा लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेका छन्।
अहिले त्यहाँ स्थिति तनावग्रस्त छ।
भारतीय सुरक्षाकर्मीले मेची नदीको पुलमा तेसार्एको फलामे तीन बारलाई मोरङको पत्थरीबाट हिँडेर आएका भुटानी शरणार्थीले हटाएर अघि बढ्न थालेपछि भारतीय सुरक्षा बलले लाठीचार्ज गर्दा भुटानी शरणार्थी नेतासहित करिब १२ जना गम्भीर घाइते तथा अङ्गभङ्ग भएको बताइएको छ।
भारतीय प्रहरी बलको कुटाइबाट भुटानी नेता बलराम पौडेल, डिबी काफ्ले र डिबी राना सामताङलगायत गम्भीर घाइते र ६० भन्दा बढी सामान्य घाइते भएका हुन्।
उनीहरुमध्ये अधिकांशको टाउको फुटेको र केहीको हात भाँच्चिएको छ।
शरणार्थीलाई नेपालतर्फलखेट्ने क्रममा भारतीय सुरक्षाकर्मीले नेपाली भूमिसम्म आएर ३०/४० राउण्ड गोली (अश्रुग्याँस) प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
घाइते भुटानी शरणार्थी नेता तथा शरणार्थीको बिर्तामोड, धुलावारी र भद्रपुरको अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
काँकडभिट्टा र पानीटङ्कीको बाटो बन्द हुनुका साथै त्यहाँको अवस्था तनावपूण छ।
Popularity: 20%
May 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादी का वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले यदि गणतन्त्र घोषणा नगरी संविधानसभाको चुनाव गर्नतिर लागियो भने राजतन्त्रको अन्त्यका लागि पुनः अर्को जनआन्दोलन गर्नुपर्ने बताउनुभएको छ।
संयुक्त जिल्ला जनपरिषद् गोरखाद्वारा आयोजित आमसभामा जनपरिषद्का केन्द्रीय संयोजक डा. भट्टर्राईले आठ पार्टीले एकतालाई बलियो बनाउन र राजतन्त्रको अन्त्यका लागि सबै पार्टी मिलेर गणतन्त्र घोषणा गर्नुपर्नेतर्फजोड दिँदै गणतन्त्र घोषणा गर्न काङ्ग्रेस र एमालेले खुट्टा कमाएको आरोप लगाउनुभयो।
Popularity: 20%
May 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
यार्सागुम्बा टिप्न जानेहरुबीच झगडा हुँदा मनाङ जिल्ला नार गाविस बस्ने पेम्बा साङ्गेको मृत्यु भएको छ।
सो गाविस-८ स्थित नाम्केखर्क समितिका वासिन्दा र यार्सागुम्बा टिप्न जानेहरुबीच वादविवाद भई शनिबार साँझ झगडा हुँदा निज पेम्बा गम्भीर घाइते भएपछि उपचारका लागि अस्पतालतर्फलैजाने क्रममा उनको मृत्यु भएको थियो।
यससम्बन्धमा प्रहरीद्वारा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
Popularity: 20%
May 29th, 2007
नेपाली आदिबासी जनजाति संघ जापानको तेस्रो नियमित बैठक मे २७ तारिखका दिन संघका अध्यक्ष गजेन्द्र छन्त्यालको अध्यक्षतामा बिभिन्न महत्वपूर्ण प्रस्तावहरुको निर्णयसहित सम्पन्न भएको छ।
आईचि केन टोयोटास्थित श्योउखा खाङ् हलमा सम्पन्न सो बैठकले नेपालबाट हालै मात्र रोजगारीको सिलसिलामा जापान आउनु भएको सोलुखुम्बु जिल्ला, सल्लेरी ५ बस्ने छेवाङ दोर्जी शेर्पाको मुटु सम्बन्धि रोगबाट ग्रस्त हुनु भै टोयोटा स्थित मेमोरियल अस्पतालमा मुटुको सल्याक्रिय गराई रहनु भएको मुटु रोगीको उपचारार्थ खर्च स्वरुप लाग्ने ५०० मान् जापानि येन (लगभग ने. रु. चालिस लाख) आर्थिक संकलन बिस्व आदिबासी दिवस २००७ भित्र तदरुक्तको साथमा संकलन गर्ने, अगस्त ९ को बिश्व आदिबासी दिवस अगस्त १२ तारिकको दिन भब्यताको साथ मनाउने तथा २५५१ औ बुद्ध जयन्ती समारोहको समिक्षासहित अत्यन्त सौहर्द्रतापूर्ण वातवरणमा सम्पन्न भएको छ।
Popularity: 20%
May 29th, 2007
स्वर्गिय भीमसेन थापाको नाबालक छोराको पठन-पाठनको सहयोगका लागि नेपाली परिबार, बेल्जियमको नेतृत्वमा बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुको सहयोगमा आर्थिक सहयोग उठाउने कार्य भएको जानकारी बेल्जियमबासी सबै नेपालीहरुमा अबगत नै छ।
उक्त अभियानमा सहयोग पुर्याउने सबै संघ संस्था र ब्यक्तिहरु लगायत सम्पूर्ण दाताहरुलाई नेपाली परिबार, बेल्जियम हार्दिक धन्यबाद ज्ञापन गर्दै यही आगामि जून २ तारिक शनिबारका दिन दिउंसो २ बजे एण्टवेर्पेनको नेपाल-बेल्जियम सांसकृतिक समाज (NBCS) को क्याफेमा मृतकको आफन्तका उपस्थितिमा उठेको रकमको जानकारी तथा हस्तान्तरण गर्ने कार्यक्रम भएको हुंदा उक्त दिन, समय र स्थानमा उपस्थित भै दिनहुन यस अभियानमा सरिक सबै संघ, संस्था, ब्यक्ति तथा दाताहरुलाई हार्दिक अनुरोध गर्दछौं।
बिस्तृत जानकारीका लागि सम्पर्कः
श्री सुरेश ज्ञवाली (मृतककाआफन्त), 0497 30 59 49
श्री रुद्र लम्साल 0485 39 13 55
श्री श्रीप्रसाद गुरुङ्ग 0485 60 576
श्री युवराज गुरुङ्ग 0496 956708
श्री दीप पुन 0484 812 490
श्री राम गुरुङ्ग 0484 627 473
श्रीमति दुर्गा गुरुङ्ग 0498 800 916
श्री चीत्र सुबेदी 0484 781 882
श्री राजकुमार पुडासैनी 0484 653 230
श्री योगेन्द्र बि०क० 0485 074 732
श्री केशब चापागांइ 0486 993 845
श्री सि०पी० भट्ट 0484 181 452
श्री सुदर्शन सिम्खडा 0484 792 801
श्री दिनानाथ शर्मा 0485 687 623
श्री रामचन्द्र सुबेदी 0487 163 880
श्री अमृत प्रधान 0485 630 979
श्री तुमलाल सिम्खडा 0498 727 444
श्री बालेन्द्र गुरुङ्ग
संयोजक
नेपाली परिवार, बेल्जियम
फोनः 0486 739 614
मिति २८ मई, २००७
Popularity: 20%
May 29th, 2007
एचकेनेपाल डट कम बोष्टन, अमेरिका मे २८-
अमेरिकास्थित कनेटिकट राज्यमा बसोबास गरेका विभिन्न नेपलीहरुले मातृभूमि नेपालका लागि सानै भएता पनि उदार सहयोग गरेर उदाहरणीय कार्य गरेका छन्।
कुनै संघसस्था मार्फत नभएर ब्यक्तिगत रुपमा रुपन्देहीका अनन्त अधिकारीले एकसय पचास, गोरखाका अर्जुन देवकोटा, विक्रम गुरुङ, गोपाल पोख्रेलले एक एकसय, गोरखाकै हेमराज गुरुङ र रुद्रराज गुरुङले पचास पचास गरि कूल पाँचसय पचास अमेरिकी डलर रुपन्देहीस्थित शान्ति नमूना माध्यमिक विद्यालयलाई प्रदान गरेका छन्।
उक्त रकम सो विद्यालयका दृष्टिविहिन छात्रछात्राको शैक्षिक सहयोगका लागि प्रदान गरिएको कुरा अर्जुन देवकोटाले बताउनु भएको छ।
Popularity: 20%
May 29th, 2007
एचकेनेपाल डट कम सम्वादाता-
युरोप महादेशका बिभिन्न मुलुकमा बसोबास गर्ने नेपाली काँग्रेसप्रति प्रतिबद्द नेपालीहरुको युरोपस्तरीय भेला यहि मे महिना को २६ तारीखका दिन जर्मनिको बर्लिन शहरमा भब्यतापूर्वक सम्पन्न भयो।
बर्लिनस्थित बुद्द हाउसमा आयोजित सो भेलाको प्रमुख अतिथि नेपाली काँग्रेस विदेश बिभाग प्रमुख सुजाता कोइराला हुनुहुन्थ्यो भने सदस्य रमेश धमला पनि उपस्थित हुनुहुन्थ्यो।
भेलामा नेपाली जनसम्पर्क समिति बेल्जियम, पोर्चुगल, स्पेन, जर्मनि र बेलायतको सँस्थागत सहभागिता रह्यो भने फ्रान्सबाट हरिहर अर्याल र किरणचन्द्र सिँह प्रधान सहभागि हुनुभयो। भेलाले जनसम्पर्क समिति जर्मनिका अध्यक्ष दिल गुरुङको सँयोजकत्वमा”नेपाली काँग्रेस E U जनसम्पर्क समन्वय समिति” गठन गर्यो।
१५ सदस्यीय उक्त समितिको सचिवमा गँगाधर गौतम हुनुहुन्छ भने समितिमा जनसम्पर्क समिति गठन भैइ सकेका देशका अध्यक्षहरु पदेन सदस्य रहने ब्यवस्था गरिएको छ। जस अनुसार बेल्जियमबाट ईन्द्र क्षत्री, बेलायतबाट बिनोद राज मोक्तान, पोर्चुगलबाट पुर्ण हमाल, स्पेनबाट चिन्तामणि सापकोटा र डेनमार्कबाट नबिन पौडेललाई समितिमा सामेल गरिएको छ। त्यसै गरि ६ महिना भित्रमा नेदरल्याण्ड, फ्रान्स,ईटली, अष्ट्रीया लक्जमर्ग, स्विटजरल्याण्ड लगायत स्वेडेन,नर्वे र फिनल्याण्डमा नेपाली जनसम्पर्क समितिहरु गठन गरिसक्नु पर्ने निर्णय पनि सो भेलाले गरेको छ।
समितिका अन्य सदस्यहरुमा बेल्जियमबाट ध्रुबराज पौडेल, जानकी गरुङ, र सिता सापकोटा, जर्मनीबाट बिक्रम पन्त र हरेन्द्र बन, पोर्चुगलबाट प्रमिला खनाल ,स्पेनबाट पुष्प भण्डारी, र फ्रान्सबाट हरिहर अर्याल र किरणचन्द्र सिँह प्रधान रहनु भएको छ। समितिको बेल्जियममा बस्ने आगामी बैठकले बर्लिन घोषणा पत्र जारी गर्नुका साथै समितिको बिस्तार बारे निर्णय गर्ने छ।
नेपाली काँग्रेसका महामन्त्री रामचन्द्र पौडेलको शुभकामना पढेर प्रारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेस केन्द्रीय समिति सदस्य एवम् साँसद सुजाता कोइरालाले प्रवाशमा नेपाली काँग्रेसका यस्ता कार्यक्रमहरुले काँग्रेस मात्र होइन समग्र मुलुक, शान्ति प्रक्रीया र लोकतान्त्रीक आन्दोलनलाई सबल बनाउँछ भन्नु भयो। अहिले आपसी मतभेदबाट माथी उठेर राष्ट्रिय सवालहरुमा सबै एक हुनु पर्नेमा उहाँले जोड दिनु भयो। सस्ता नारा र तत्कालीन लाभको राजनीतिमा काँग्रेसको विश्वास नरहेको कुरामा प्रकाश पार्दै विदेशमा रहेर जनसम्पर्क समितिहरुले नयाँ नेपाल निर्माणमा दिन सक्ने योगदानका बारेमा उहाँले चर्चा गर्नु भयो। जन-आन्दोलनका बेला जनसम्पर्क समितिहरुले पुर्याएको योगदानको उहाँले मुक्त कण्ठले प्रशँसा गर्नु भयो।
कार्यक्रममा बोल्दै अर्का वक्ता रमेश धमलाले नेपाली काँग्रेसले प्रजातन्त्र, शान्ति स्थापना र मुलुकको अग्रमनका लागि स्थापनाकालदेखि आज पर्यन्त खेलेको जिम्मेवार भूमिकाको बारेमा विस्तृत चर्चा गर्नु भयो। अन्य बक्ताहरुमा बिनोद मोक्तान, गोपाल सापकोटा, गँगाधर गौतम, जानकी गुरुङ, ध्रुबराज पौडेल, पुर्ण हमाल, हरिहर अर्याल हुनुहुन्थ्यो।
जर्मन अध्यक्ष दिल गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन बिक्रम पन्तले गर्नु भएको थियो।
Popularity: 20%
May 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आठ राजनीतिक दलका शीर्ष नेताहरूको आज अपराह्न बस्ने बैठक निर्वाचनक्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा पुनरावलोकन गर्ने विषयमा केन्द्रित हुने भएको छ।
आठ राजनीतिक दलको शनिवार बसेको शीर्ष बैठकमा उक्त प्रतिवेदन पुनरवलोकन गर्ने सम्बन्धमा नेकपा एमाले बाहेक अन्य सम्पूर्ण राजनीतिक दलले सहमति जनाएका थिए।
नेकपा एमालेका नेताहरूले सो सम्बन्धमा आफ्नो असहमति जाहेर गर्दै सो विषयमा आफ्नो विमति लेख्ने कुरा राखेपछि बैठक पुनः सोमबार बस्ने गरी टुङ्गिएको थियो।
उक्त प्रतिवेदनमा रहेको त्रुटि सच्याउनुपर्ने मागसहितका विषयलाई लिएर मधेसी सांसदहरूले व्यवस्थापिका-संसदको बैठक हुन दिएका छैनन्। आज बस्ने बैठकमा उक्त प्रतिवेदन पुनरालोकन गर्ने सहमति भएको खण्डमा संसदको कार्यवाही सुचारुरूपले चल्ने छ।
Popularity: 21%
May 28th, 2007
Previous Posts