Archive for June 7th, 2007

प्रहरीहरु मिलेर एक बालिकाको बलात्कार

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
तीन प्रहरीसहित ४ जना मिलेर महेन्द्रनगर देखतभुली गाविसकी एक बालिकालाई सामुहिक बलात्कार गरेका छन्।

समाचार स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत आफ्ना काका भेट्न भनी गएकी १४ वर्षिया बालिकालाई काका भेटाइदिने बहानामा डेरामा लगी सामुहिक बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन्।

उनलाई महतराकी श्रीमती राधाले जिल्ला प्रहरी कार्यालय पुर्‍याएपछि दोषी प्रहरीहरुलाई कारवाही गरिने प्रहरी उपरीक्षक छविलाल बन्जाडेले बताएका छन्।

बलात्कारमा संलग्न प्रहरी जवानहरुमा महेन्द्रनगरस्थित अञ्चल प्रहरी कार्यालयका हरेन्द्र चन्द र जनक महतरा तथा सशस्त्र प्रहरी गुल्मका रेशम शाही र तीर्थ डाँगा रहेको बताईन्छ।

बलात्कारपछि उपचारार्थ अस्पताल पुर्‍याएकी बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ।

Popularity: 21%

12 comments June 7th, 2007

नागरिक धर्ना सम्पन्न

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभाको निर्वाचनको मिति तोक्नुपर्ने, राजतन्त्रको अन्त्य गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने लगायतका माग राखी लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनद्वारा माइतीघर मण्डलामा हिजो बिहानदेखि सुरु २४ घण्टे नागरिक धर्ना आज सम्पन्न भएको छ।

सो कार्यक्रममा नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे, डा. सुन्दरमणि दीक्षित, श्याम श्रेष्ठलगायतका प्रबुद्ध व्यक्ति सहभागी हुनुहुन्थ्यो ।

बढ्दो महङ्गी, अभाव, असुरक्षा र शैक्षिक क्षेत्रजस्ता महत्वपूर्ण विषयमा आएको अवरोधले लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी सबै जनताको भावनाको अनादर भएकोमा ध्यानाकर्षण गराउँदै उहाँहरूले जिम्मेवार राजनीतिक दलका नेताहरूबाट एकअर्काप्रति दोषारोपण गरिएकोमा चिन्ता प्रकट गर्नुभयो ।

Popularity: 20%

Add comment June 7th, 2007

लोग्नेले स्वास्नी मारे

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मध्यपुर थिमी नगरपालिका वडा नं. ३ बोडेस्थित तीर्थ ढकालको घरमा भाडामा बस्दै आएका गणेश राईले आफ्नै श्रीमती अञ्जना राईलाई हिजो राति खुकुरी प्रहार गरी हत्या गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी निरीक्षक विपिन कर्माचार्यका अनुसार खुकुरी प्रहारका कारण घाँटीमा गहिरो चोट लागेको र धेरै रगत बगेर श्रीमती राईको मुत्यु भएको हो ।

हत्यारा श्रीमान् राईको समेत दायाँ हातको नाडीमा गहिरो चोट लागी अचेत भएकाले उनलाई वीएण्डवी अस्पतालमा भर्ना गरी उपचार गरिरहेको बताइएको छ

राईको होस आएपछि कोठामा श्रीमान् श्रीमतीबीच आपसी झै-झगडा भएका कारण आवेशमा आएर आफूले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको स्वीकारी सकेको छ।

Popularity: 21%

1 comment June 7th, 2007

सगरमाथा शिखरमा नेपाली मह

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सगरमाथामा विभिन्न कुरामा रेकर्ड राख्ने होडमा नेपाली मह पुर्‍याएर पनि रेकर्ड राखिएको छ। आफ्नो छैठौं पटकको सगरमाथा आरोहणका अवसरमा विश्वको सर्वोच्च शिखरमा नेपाली मह पुर्याई देशकै कृषि क्षेत्रको गरिमालाई उच्च बनाएको भन्दै साहसिक युवा पत्रकार कामी शेर्पालाई हिजो यहाँ सम्मान गरियो ।

सागर मौरीघार उद्योग गैँडाकोट, नवलपरासीद्वारा उत्पादित सागर महसहित पर्वतारोही शेर्पाले यही जेठ २ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

सो अवसरमा कामी शेर्पाको पर्वतारोहण टोलीका अन्य सदस्यहरु सोनाम शेर्पा, लाक्पा ग्याल्जे शर्पा र दावा छेम्बा शेर्पालाई पनि अभिनन्दन गरियो ।

कृषि तथा सहकारीमन्त्री छबिलाल विश्वकर्माले आरोही शेर्पालाई सम्मान गर्दै स्वदेशी कृषि उपजलाई सर्वोच्च शिखरमा पुर्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महको बजारीकरण गरेवापत उहाँलाई सागर महको ‘ब्राण्ड एम्बेसदर’का रूपमा प्रचार गर्नुपर्ने बताउनुभयो ।

Popularity: 21%

1 comment June 7th, 2007

राजतन्त्रसँगै कोइरालाको पनि अवसान हुनेः प्रचण्ड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विदेशी हस्तक्षेपका कारण आठ दलबीचको एकता विग्रिन लागेको बताउनुभएको छ ।

प्रचण्डले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्षेपले आठ दलबीचको एकतामा फाटो पार्न लागेको बताउँदै दरवारिया प्रतिक्रियावादी पनि आठ दलको एकता विगार्न सक्रिए भएर लागेको आरोप लगाउनुभयो ।

अमेरिका १२ बुँदे सहमतिका विरोधमा थियो, माओवादीलाई शान्ति मार्गमा ल्याउन अमेरिका चाँहदैनथ्यो, त्यसै अनुरुप अहिले अमेरिकी इशारामा अन्य दल हिडेकाले एकताले मूर्त रुप लिन नसकेको भन्ने उहाँको भनाई रहेको थियो ।

भैरहवामा हिजो आयोजित राजनीतिक तथा वैचारिक पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो - ‘अहिले राष्ट्रिय तथा विश्वव्यापी रुपमा नै माओवादीलाई सखाप पार्ने खेल भैरहेको छ । माओवादीलाई सखाप पार्ने र जङ्गल फर्काउने षडयन्त्र स्वरुप अमेरिकी र दरवारियाको मतियारको रुपमा मधेसी जनअधिकार फोरमको जन्म भएको हो ।’

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अपराधीका नाइके सावित भइसकेको आरोप लगाउँदै उहाँले यदि वाइसिएलमाथिको अभिव्यक्ति फिर्ता नलिए राजतन्त्रसँगै कोइरालाको पनि अवसान हुन्छ भन्नुभयो ।

उहाँले वाइसिएलले जनविरोधी कार्य नगर्ने स्पष्ट पार्दै हत्यारा, तस्कर, प्रतिक्रियावादीको प्रतिकार भने जारी रहने बताउनुभयो ।

Popularity: 20%

3 comments June 7th, 2007

पूर्व प्रधानन्यायाधीशको जग्गा कब्जा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह समूह)का कार्यकर्ताले मङ्गलबार राति सिरहा नगरपालिका वडा नं.७ रहेको पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको दुइ विगाहा जग्गा कब्जा गरेको छ ।

मोर्चाका कार्यकर्ताहरु शैतानसिंह विद्रोही तथा शमशेर सिंहले नेतृत्व गरेको हतियारधारी समूहले सो जग्गामा झण्डा गाडेर कब्जा गरेको हो ।

Popularity: 20%

Add comment June 7th, 2007

अन्तरिम संविधान संशोधन प्रस्ताव दर्ता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्तरिम संविधान-२०६३ को दोस्रो संशोधन प्रस्ताव व्यवस्थापिका-संसदमा दर्ता गरिएको छ । लागू भएको तीन महिना पनि नबित्दै दोस्रो पटक संशोधन गर्न लागिएको हो।

कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री नरेन्द्रविक्रम नेम्वाङले दर्ता गराउनु भएको उक्त प्रस्तावमा १० वटा धारामा संशोधन रहेको संसद सचिवालयले जनाएको छ ।

दश संशोधन प्रस्तावमध्ये मुख्यरुपमा संविधानसभाको निर्वाचन जेठ महिनाभित्र गरिने भनिएकोमा उक्त निर्वाचन मङ्सिर महिनामा गर्ने सहितको संशोधन प्रस्ताव रहेको छ ।

यसैगरी रायमाझी आयोगले दोषी ठहर्याएका व्यक्तिलाई संविधानसभाको निर्वाचनमा भाग लिन नपाउने र राजाद्वारा संविधानसभाको निर्वाचनलाई बिथोल्न खोजेमा निजलाई अन्तरिम व्यवस्थापिका-संसदको दुइ तिहाइ मतद्वारा राजालाई हटाउन सकिने प्रावधान रहेको छ ।

संशोधन प्रस्तावमा उल्लेखित १० वटा धारामा ३३, ३८,४०,५१,५५,५७,६५,१५४,१५५र धारा १५९ रहेको छ ।

Popularity: 20%

Add comment June 7th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2007
M T W T F S S
« May   Jul »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....