Archive for November, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पेट्रोलियम पदार्थ र डिजेलको अभावमा सुदूरपश्चिमाञ्चल क्षेत्रमा बिहीबारदेखि भाडामा चल्ने सबै सवारीसाधन र मालवाहक साधन ठप्प भएका छन्।
यातायात क्षेत्रसँग सम्वद्ध छ वटा संस्थाले लामो समयदेखि तेलको आपूर्ति हुननसक्दा बसहरु बाटोमा अलपत्र पर्न थालेका, यात्रुहरुबाट हप्कीदप्की खानु परेको र तेलकै अभावमा सयौँ बस चल्न नसकेपछि बाध्य भई यातायात ठप्प पार्नु परेको एक संयुक्त विज्ञप्तिमार्फत् जनाएका छन्।
सुदूरपश्चिमाञ्चल बस तथा मिनीबस व्यवसायी समिति, सुदूरपश्चिमाञ्चल ट्रक तथा ट्याक्टर व्यवसायी समिति, सेती र्सार्वजनिक यातायात व्यवसायी समिति, टेम्पो तथा ट्याक्सी व्यवसायी समिति, सुदूरपश्चिमाञ्चल यातायात भलाइ मजदुर कोष र नेपाल मजदुर सङ्घद्वारा संयुक्तरुपमा प्रकाशित सो विज्ञप्तिमा पेट्रोलियम पदार्थको पूर्ण आपूर्ति नभएसम्म यातायात ठप्प पारिने जनाइएको छ।
यातायात ठप्प भएपछि गन्तव्यतर्फजाने र्सवसाधारणले ठूलो कठिनाइ झेल्नु परेको छ। लामो समयदेखि डिजेल अभावका कारण सुदूरपश्चिमाञ्चलको कृषि क्षेत्रमा पनि प्रतिकूल असर परेको छ।
Popularity: 16%
November 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चीनको विदेश विभागसम्बन्धी मन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय पोलिटब्युरो सदस्य वाङ जियार्रुइको नेतृत्वमा सात सदस्यीय उच्चस्तरीय चिनियाँ प्रमण्डल आज नेपाल आउँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार यही मङ्सिर १८ गतेसम्म नेपालमा रहने उक्त प्रमण्डलले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नेछ।
प्रतिनिधिमण्डलले प्रधानमन्त्री, शान्ति तथा पुनर्निर्माण तथा परराष्ट्रमन्त्रीसँग पनि द्विपक्षीय हित र चासोका विषयमा छलफल गर्नेछ।
Popularity: 16%
November 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चाबहिलनिवासी जनकराज वाग्लेले एचआइभी एड्स रोगको औषधि पत्ता लगाएको दावी गरेका छन्।
नेपाली जटिबुटीबाट आफूले विगत पाँच वर्षदेखि बनाएको औषधिको प्रयोगबाट केही बिरामीमा प्रगति देखिएको वाग्लेले जनाएका छन्।
वाग्लेले आफ्नो औषधिको प्रयोगबाट केही बिरामीको तौल महिनामा १२ किलोग्रामसम्म बढेको तथा रोगी स्वस्थ व्यक्तिसरह सम्पूर्ण क्रियाकलाप गर्न सक्षम भएको बताएका छन्। भारत बम्बैको ‘थाइरोकेयर बम्बै इन्डिया’मा जाँच गर्दा एड्सबाट एचआईभी चरणमा झरेको उदाहरण पनि वाग्लेले पेस गरेका छन्।
वाग्लेले एचआइभी एड्सको नाम ‘दुर्नाम’ र आफ्नो औषधिको नाम ‘भीषक’ राखेका छन्।
रोगीलाई निःशुल्करुपमा औषधि वितरण गरिरहेका वाग्लेको औषधि बिहानबेलुकी एक-एक चम्चा सेवन गरे पुग्ने बताइएको छ।
मेरो औषधि कुनै सङ्गठित संस्था या सरकारी निकायले तीन महिना बन्द शिविर गरेर बीस-तीसजनामा परीक्षण गरोस्, सम्बन्धित निकायले अध्ययन-अनुसन्धान गरोस्, म बिनाशुल्क औषधि दिन्छु, - वाग्ले भन्छन्।
Popularity: 16%
November 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
परम्परागत नेपाली कला र संस्कृति अत्यधिक मन पराउने फ्रान्सका नागरिक अमर ओल्ड र रिमा ओल्डबीच भक्तपुरको कमलविनायकमा नेवारी परम्पराअनुसार विवाह भएको छ।
नेपाल घुम्नका लागि यही कात्तिक ३०गते काठमाडौँ आइपुगेका अमर र रिना आफूहरुलाई नेपाली कला, धर्म र संस्कृति मन परेकै कारण नेवारी परम्परामा विवाह गरेको बताउँछन्।
नेपालमा धर्म परिवर्तन गरी परधर्म अँगाल्ने क्रम बढिरहेको अवस्थामा त्यस्ता समूहलाई क्रिस्चियन धर्म मान्ने यी जोडीले हिन्दू धर्म परम्पराअनुरुप विवाह गरी उदाहरण प्रस्तुत गरेका छन्।
पेसाले होटल र पर्यटन व्यवस्थापन अधिकृत ४३ वर्षीय अमर र ४० वर्षीया जीवशास्त्री रिनाबीचको यो विवाह जीवनमै पहिलो भने होइन।
उनीहरुबीच सन् २००० मा पेरिसमा क्रिस्चियन परम्पराअनुसार विवाह भएको थियो भने बिहीबार नेवारी परम्पराअनुसार विकल श्रेष्ठको निवासमा श्यामसुन्दर श्रेष्ठ दम्पत्तिले रिमालाई कन्यादान गरी अमरलाई दिएको थियो।
Popularity: 16%
November 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मकवानपुर जिल्ला अदालतले स्थानीय मार्खु गाविस वडा नं. ७ निवासी ५२ वर्षीय रामबहादुर स्याङवो लामालाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
अदालतका न्यायाधीश उदयप्रकाश चापागाईंको इजलासले सो आदेश दिएको हो।
अभियुक्त स्याङबो लामाले गत कात्तिक २२ गते आफ्नै श्रीमती मदनकुमारीलाई घरायसी वादविवादमा आवेशमा आई आफ्नो घरको चोटाबाट खसालिदिंदा सोही दिन राति घरमा नै उनको मृत्यु भएको थियो।
आफ्नै श्रीमतीको हत्या गरी फरार भएका निज लामालाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो।
Popularity: 16%
November 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन) का प्रमुख इयान मार्टिनले शान्ति प्रक्रियाको सफलताका लागि सातदलबीचको गठबन्धन कायम हुनुपर्ने, शान्ति सम्झौता र कार्यान्वयनको पुनरावलोकन गर्नुपर्ने र शान्ति प्रक्रियामा व्यक्त गरिएका प्रतिबद्धता कार्यान्वयनमा देखिएका कमजोरी वार्ताको माध्यमबाट हल गरिनुपर्ने बताउनुभएको छ।
महिला मानवअधिकारकर्मीको राष्ट्रिय गठबन्धनद्वारा आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा अनमिन प्रमुख मार्टिनले सीमान्तकृत समूहलगायत नेपालका सबै समुदायका महिलाको गठबन्धन बनाएर महिलाविरुद्ध हुनेहिंसा विरुद्ध लाग्नुपर्नेमा जोड दिनुभयो।
जोखिममा रहेका समुदाय र हिंसापीडित व्यक्ति महिला हुन् या पुरुष तिनलाई संरक्षण गर्ने अभियानमा महिला मानवअधिकारकर्मीको भूमिका महत्वपर्ूण्ा रहेको विचार व्यक्त गर्दै मार्टिनले महिला नै नेपालले व्यक्त गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई स्थानीयस्तरमा पुर्याउने वाहक हुन् भन्नुभयो।
Popularity: 16%
November 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २९ -
हिजो सेना प्रमुखको पद छोड्नुभएका पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफले आज गैर सैनिक राष्ट्रपतिको रुपमा शपथ लिनु भएको छ।
राष्ट्रपति मुसर्रफलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश अब्दुल हमिद डोगरले पाँच वर्षको लागि शपथ ग्रहण गराउनुभएको हो। मुसर्रफले गएको ६ अक्टोबरमा राष्ट्रपतिको लागि भएको चुनावमा विजय हासिल गर्नुभएको भएपनि सर्वोच्च अदालतले चुनाव आयोगको नतिजा घोषणा गर्नका लागि रोक लगाएको थियो। तर राष्ट्रपति मुसर्रफले संकटकाल घोषणा गरेर सर्वोच्च अदालतलाई समेत चुनौती दिनुभएको थियो। उहाँले संकटकाल लगाएर नयाँ प्रमुख न्यायाधीश नियुक्त गरिएपछि उहाँको पक्षमा राष्ट्रपति बन्न पाउने फैसला भएको थियो।
Popularity: 16%
November 29th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २९ -
सात राजनीतिक दलका शीर्षस्थ नेताहरुको आज बसेको वैठक विना निश्कर्ष सकिएको छ।
प्रधानमन्त्री निवास वालुवाटारमा केही बेर मात्रै बसेर थप गृहकार्य गर्ने सहमतिमा बैठक सकिएको हो। विहान ९ बजे शुरु हुने कार्यक्रम तय भएको बैठक, निर्धारित समयभन्दा करिव दुइ घण्टा ढिलो शुरु भएको थियो। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहित सात दलका शीर्षस्थ नेताहरुसहित एकता केन्द्र मसालका महासचिव प्रकाशको पनि सहभागीता रहेको थियो।
बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदलाई जारी राख्दै सहमति खोज्ने प्रस्ताव गर्नुभएको बालुवाटार स्रोतले बताएको छ। प्रधानमन्त्रीको प्रस्तावलाई अरु दलका शीर्ष नेताहरुले पनि समर्थन जनाउनुभएको थियो। बैठकमा सहभागी वाममोर्चाका अध्यक्ष सीपी मैनालीले सहमतिका लागि प्रधानमन्त्री कोइरालाले केही दिनका लागि समय माग्नुभएको जानकारी दिनुभयो। दलहरुको औपचारिक वैठक केही बेर मात्रै बसेपनि शीर्षस्थ नेताहरु भने बिहानैदेखि अनौपचारिक छलफलमा व्यस्त थिए। आजको सात दलको बैठक भने कुनै विषयमा नै प्रवेश नगरी बिना छलफल सकिएको हो।
संसदको विशेष अधिवेशनबाट पारित प्रस्ताव कार्यान्वयनका विषयमा दलहरुबीच समझदारी हुन नसकेपछि मंसीर ३ गतेदेखि सुचारु हुने भनिएको संसदको नियमित अधिवेशन आजसम्मका लागि स्थगीत भएको थियो। दलहरु केही दिनयता सहमति खोज्न दुइपक्षीय र बहुपक्षिय छलफलमा व्यस्त रहेका थिए। संसदबाट वहुमतले पारित प्रस्ताव कार्यान्वयनको प्रकृयामा दलहरुबीच देखिएको मतभेदको अहिलेसम्म अन्त्य हुन सकेको छैन।
Popularity: 16%
November 29th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २९ -
दलबाट पारित प्रस्तावको कार्यान्वयन हुनुपर्ने, २०६४ सालभित्रै संविधानसभा निर्वाचनको अपरिवर्तनीय मिति घोषणा गर्नुपर्ने लगायतका ४ बुँदे मागसहित प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालले आज सभामुखसमक्ष ज्ञापन पत्र बुझाएको छ।
माइतिघर मण्डलाबाट र्यालीसहित प्ररायुसंघले सिंहदरबारमा पुगेर सभामुख सुवास नेम्वाङसमक्ष ज्ञापन पत्र बुझाएको हो। प्ररायुसंघका अध्यक्ष अजम्बर राई काङवाङको नेतृत्वमा गएको टोलीले आजबाट शुरु भएको संसदले जनआन्दोलनको म्याण्डेटलाई कार्यान्वयन गर्नका लागि दलहरुलाई सचेत गराउनुपर्ने भन्दै सभामुख समक्ष ज्ञापन पत्र बुझाएको हो। प्ररायुसंघले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई पनि प्रमुख सचेतकहरु मार्फत ज्ञापन पत्र बुझाउने जनाएको छ।
Popularity: 16%
November 29th, 2007
एचकेनेपाल डट कम, नोभेम्बर २९ -
रोधीं साँझ - चौंथोका लागि नेपालबाट कलाकारहरुको एक टोली आज बिहीबार बिहान हङकङ आई पुगेका छन्। (more…)
Popularity: 16%
November 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वैदेशिक रोजगार पीडित समूहले दक्षिण कोरिया पठाउने नाममा सोनाली र मुन्ड्रप्स ओभरसिज नामक दुइ संस्थाको मिलेमतोमा आफूहरू ठगिएको भनी न्यायका लागि याचना गरेका छन् ।
पीडितहरूले पत्रकार सम्मेलन गरी रोजगारीका लागि विदेश लैजाने भन्दै सोनाली आभरसिजका प्रबन्ध निर्देशक विकास गुरुङ र निर्देशक श्यामप्रसाद मैनाली तथा मुन्ड्रप्स ओभरसिजका कर्मचारी असिम शाह र प्रकाश शेवा एवम् निर्देशक प्रसिद्ध नरसिंह राणालगाएतका व्यक्तिहरूको मिलोमतोमा आफूहरू ठगिएकाले क्षतिपूर्तिसहित ठगी कार्यमा संलग्न सबैलाई कारबाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गरे।
पीडित ६५ जनाले न्यायका लागि दिएको उजुरी रकम रु. दुइ करोड २६ लाख २५ हजार १६० फिर्तासहित ठगी धन्दामा संलग्न सबैलाई हदैसम्मको कारबाही गरिपाऊँ भनी श्रम तथा यातायात व्यवस्था मन्त्रालय, गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, नौ राजनीतिक पार्टी लगायत विभिन्न सङ्घसंस्थालाई निवेदन दिएको आज १२ दिन बितिसक्दा पनि कुनै किसिमको कारबाही नभएको भनी दुःख व्यक्त गर्नु गरे। पीडित समूहका अध्यक्ष नोरसाङ शेर्पाले आफ्नै देशमा वैदेशिक रोजगारीका नाममा ठगिनुपरेको भनी आक्रोश व्यक्त गर्दै त्यस्ता ठगहरूलाई कानुनको दायरामा ल्याउन र आफूहरूलाई न्याय दिन सरकारसँग आग्रह गर्नुभयो।
अर्का पीडित हरिमाया नेपालले ठगी धन्दामा संलग्न वैदेशिक रोजगार कम्पनीलाई कारबाही नगरिए दवावस्वरूप विभिन्न चरणका शान्तिपूर्वक कार्यक्रम आयोजना गर्न आफूहरू बाध्य हुने बताउनुभयो ।
Popularity: 16%
November 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकारले मलेसियाका लागि राजदूत नियुक्त गरेको छ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा-१५० बमोजिम नेपाल सरकारले मलेसियाका लागि डा.ऋषिराज अधिकारीलाई नेपालको राजदूत पदमा नियुक्त गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ।
यसैगरी भारतका लागि राजदूतका रुपमा प्रस्ताव गरिएकी शैलजा आचार्यको पनि भारत सरकारले एग्रिमो पठाइसकेको छ। उनलाई पनि चाँडै नै भारतको राजदूत नियुक्त गरिँदैछ।
Popularity: 16%
November 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले आफूहरूसित भएको नौंबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै सप्तरीका ११४ वटै गाविसका सचिवहरूले सामूहिक राजिनामा दिने निर्णय गरेका छन् ।
गाविस सचिव हकहित संरक्षण केन्द्रको आहृवानमा बसेको गाविस सचिवहरूको बैठकले स्थानीय निकायको गठन, सुरक्षाको प्रत्याभूति, जीवन बिमाको व्यवस्थालगायतका विषयमा सहमति जनाएता पनि हालसम्म कार्यान्वयन नगरेको भन्दै राजीनामा दिने निर्णय गरेको हो ।
गाविस सचिवहरूले प्रशासनिक अनुदानबाहेक विकासकार्यको बजेट नलिने र गाविस अध्यक्षहरूले गर्दै आएका सबै काम गाविस सचिवले नगर्ने भन्दै राजिनामाका लागि हस्ताक्षर सङ्कलन भइरहेको गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष शिवदेव यादवले जानकारी दिनुभयो ।
सो केन्द्रका केन्द्रीय सदस्य रामकुमार यादवले गाउँमा विकासका काममा विभिन्न हतियारधारी समूहले चन्दा माग्ने र नदिए ज्यानै मार्ने धम्की दिने गरेको बताउनुभयो ।
जिल्ला विकास समिति, सप्तरीका नायबसुब्बा प्रभुनारायण यादवको गत कात्तिक १२ गते अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा आन्दोलनमा उत्रिएका निजामती कर्मचारीहरूसँगै जिल्लाका गाविस सचिवहरूले पनि राजीनामा दिएका थिए
Popularity: 16%
November 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उद्योगी, व्यापारी, कर्मचारी र र्सवसाधारणलाई फोनबाट धम्कीदिने र हतियारसमेत देखाई रकम माग्ने तराई जनतान्त्रिक मुक्तिमोर्चा (ज्वालासिँह) समूहका एक कमाण्डरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्याय, मोरङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीका अनुसार सो समूहका ‘राज’ भन्ने चन्दन मिश्रालाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार मिश्राले चन्दाआतङ्क मच्चाइरहेको विभिन्न स्रोत र सुराकी प्राप्त भएपछि व्यापक खोजतलासी गर्नेक्रममा गस्ती गर्दै जाँदा विराटनगर-१५ घर भई विराटनगर-१६ स्थित महेन्द्र मोरङ् क्याम्पसचोक नजिक डेरा अगाडिबाट उनलाई पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका २९ वर्षीय मिश्राको साथबाट एकथान नाइन एमएमको अमेरिकी पेस्तोल, सोको एकथान म्यागाजीन, १२ थान गोली र अन्य पेस्तोलमा लाग्ने १२ थानसहित २१ थान गोली तथा तत्सम्बन्धी विभिन्न दस्तावेज र एकथान मोबाइल, मेरो मोबाइल र नेपाल टेलिकमको प्रिपेडको सिमकार्ड दुइ थानसमेत बरामद गरिएको छ ।
Popularity: 16%
November 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जयकृष्ण गोइतले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताले आज सिरहाको विष्णुपुरअर्न्तर्गत ७० बिघा जग्गा कब्जा गरेका छन् ।
मोर्चाको सिरहा एरिया नम्बर ३ का इन्चार्ज देवा र लक्कीको नेतृत्वमा गएको मोर्चाका ३० जना कार्यकर्ताले विष्णुपुर गाविस घर भई काठमाडौँमा बस्दै आएका श्याम भण्डारी, नारायण भण्डारी, सकार भण्डारी तथा गौरी भण्डारीको विष्णुपुर प्रअ गाविसअर्न्तर्गत रहेको ७० विघा जग्गा कब्जामा लिएका हुन् ।
इन्चार्ज देवाले कब्जा गरिएको सो जग्गा कसैले बेचविखन र खरिद गरेमा भौतिक कारवाही गरिने चेतावनी दिएका छन्।
Popularity: 16%
November 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बैङ्क तथा वित्तीय संस्थाको सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउन र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी उपरीक्षकको संयोजकत्वमा बैङ्क तथा वित्तीय संस्थाका चारजना प्रतिनिधि रहेको बैङ्किङ सुरक्षा व्यवस्था सुधार तथा सिफारिस कार्यदल गठन गर्ने निर्णय भएको छ ।
बैङ्क तथा वित्तीय संस्थामा भइरहेको र भविष्यमा हुनसक्ने चोरी, लुटपाट, डकैतीजस्ता आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा अपनाउनुपर्ने सुरक्षाका उपायको बारेमा महानगरीय प्रहरी आयुक्त हेमबहादुर गुरुङ, गृह मन्त्रालयका सहसचिव मोदराज डोटेल, बैकर्स एसोसिएसन र विकास बैङ्क एसोसिएसनका पदाधिकारी, उपत्यकाका तीनै प्रहरी परिसरका प्रमुखसमेतको बैठकले सो निर्णय गरेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।
कार्यदलले आवश्यकताअनुसार सुरक्षा विशेषज्ञलाई बोलाई बैङ्क तथा वित्तीय संस्थाको आन्तरिक सुरक्षा व्यवस्थाको बारेमा विस्तृतरुपमा अध्ययन गरी उपयुक्त सुझाव दिने कार्य गर्ने निर्णय पनि भएको छ ।
Popularity: 16%
November 29th, 2007
दीपक अधिकारी, काठामाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
सरकारले सुरक्षा संवेदनशील मानिएका तराईका आठ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लामा विशेष सुरक्षा नीति लागु गर्ने भएको छ।
मन्त्रिपरिषदको आज बसेको बैठकले सुरक्षाका दृष्टिकोणले यी जिल्लाहरु संवेदनशील रहेकाले विशेष सुरक्षा नितीसहितको कार्ययोजना २४ घण्टाभित्र पेश गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छ।
मधेसमा जारी कर्मचारीहरुको आन्दोलनलाई सकारात्मक रुपमा लिँदै उनीहरुका लागि विशेष कार्यक्रम ल्याउने निर्णय भएको बैठकपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीराजमणी पोख्रेलले संचारकर्मीहरुलाई जानकारी दिनुभयो। बैठकमा निजामती सेवा नियमावलीका विषयमा छलफल भएको र लोकसेवा आयोगसँग थप छलफल गरी नियमावली ल्याउने सहमति भएको मन्त्री पोख्रेलले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय योजना आयोगले स्वीकृत गरेको तीन वर्षे अन्तरिम योजना अध्ययनको लागि मन्त्रिपरिषदको अर्थ समितिमा पठाउने निर्णय पनि गरेको छ। बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भोलि संसदको बैठक बस्नुअघि नै सात दलको बैठक बसेर समस्या समाधानको पहल गर्ने बताउनुभएको थियो।
Popularity: 16%
November 28th, 2007
दीपक अधिकारी, काठामाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले आफूलाई पाँच वर्ष प्रधानमन्त्री बनाइदिन अनुरोध गर्नुभएको छ।
उहाँले आफू प्रधानमन्त्री भए पाँच वर्षभित्र मुलुकको पुनसंरचना गरेर देखाइदिने दाबी गर्नुभयो। बिबिसी वल्ड ट्रष्टले बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रमका लागि आज काभ्रेमा गरेको अन्तर्क्रिया कार्यक्रममा महासचिव नेपालले पाँच वर्षमा मुलुकमा जनताले सोचेभन्दा बढी शान्ति कायम गरिदिने दाबी गर्नुभयो।
नेकपा एमालेले मात्रै मुलुकमा स्थायी शान्ति कायम गर्ने उहाँको भनाई थियो। नेपाली कांग्रेसले १५ वर्ष मुलुक हाँके पनि जनताले कुनै पनि दिन शान्तिको महसुस गर्न नसकेको उहाँको धारणा थियो। वर्तमान प्रधानमन्त्रीले कुनै पनि हालतमा मुलुकलाई निकास दिन नसक्ने उहाँले दाबी गर्नुभयो।
Popularity: 16%
November 28th, 2007
दीपक अधिकारी, काठामाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
व्यवस्थापिका संसदको कानुन न्याय तथा संसदीय समितिले अपहरण सम्बन्धि विधेयकलाई अन्तिम रुप दिएको छ।
समितिको आज बसेको बैठकले मुलुकी ऐन १२ औं संशोधन प्रस्ताव पारित गर्दै विधेयकलाई अन्तिम रुप दिएको हो।
विधेयकमा अपहरणकारीलाई ७ देखि १५ वर्षजेल तथा ५० हजारदेखि २ लाख रुपैयाँसम्मको सजाय हुने व्यवस्था गरिएको छ। अनुसन्धानका क्रममा अपहरणकारी धरौटीमा रिहा नहुने व्यवस्था समेत गरिएको छ।
Popularity: 16%
November 28th, 2007
दीपक अधिकारी, काठामाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
शान्ति सुरक्षाको प्रत्याभूतिको माग गर्दै नेपालकै सबै भन्दा धेरै गाविस रहेको सप्तरी जिल्लाका १ सय ७ गाविस सचिवहरुले आज सामूहिक राजीनामा दिएका छन्।
शान्ति सुरक्षाको माग गर्दै तराई निजामति कर्मचारीहरुले धमाधम राजीनामा दिइरहेका बेला सप्तरीका गाविस सचिवहरुले पनि सामूहिक राजीनामा दिएका छन्। जिल्लाका १ सय १४ गाविस सचिव मध्ये १ सय ७ जनाले स्थानीय विकास अधिकारी दिलीप चापागाईसमक्ष आज सामूहिक राजीनामा पत्र बुझाएका हुन्।
Popularity: 16%
November 28th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २८ -
नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले अन्तरिम संविधान र काँग्रेस महासमितिका निर्णय बिरुद्ध कुनै पनि सम्झौता नगर्न पार्टी नेतृत्वलाई दवाव दिएका छन्।
केही केन्द्रीय सदस्यहरुले भने संबिधानसभा चुनाव हुने ग्यारेण्टी भए संसदबाट पारित गणतन्त्रको प्रस्तावमा समर्थन जनाउन पछि हट्न नहुने सुझाव दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय समितिको अनौपचारिक बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले माओवादी संविधानसभा चुनावप्रति इमान्दार भएपछि मात्रै चुनावको अपरिवर्तनीय मिति घोषणा गर्नुपर्ने सुझाव समेत दिएका छन्।
Popularity: 16%
November 28th, 2007
एचकेनेपाल डट कम, नोभेम्बर २८ -
इण्डियन आइडल प्रशान्त तामाङ हङकङका आफ्ना क्रेजी फ्यानहरुका समक्ष वान चाईस्थि क्वीन इलेजावेथ स्टुडियममा उपस्थित भए र गाए - ‘जसो गर, जे भन.. यो मन त मेरो नेपाली हो।’ प्रशान्त तामाङ (Video Part 2 updated) (more…)
Popularity: 18%
November 28th, 2007
सम्वाददाता एचकेनेपाल डट कम, नोभेम्बर २८ -
दक्षिण कोरियाका सरकारले नियोजित ढंगले नेपालीलाई पक्राउ गरी दुःख दिएकोमा त्यहाँका नेपालीहरुले द. कोरिया सरकारको घोर निन्दा र भत्सर्ना गरेको छ।
प्राप्त जानकारी अनुसार प्रवासी नेपाली संघका सल्लाहकार समितिका सदस्य तथा एमटीयुका अध्यक्ष काजिमान खापुङ, उपाध्यक्ष राजु गुरुङ र सचिव मासुमलाई सोमबार एमटीयुको कार्यालय जाँदै गर्दा अध्यागमन विभागले सउल सिन्दाङबाट जवर्जस्ती सुनियोगित तरिकाले पक्राउ गरेको थियो।
प्रवासी नेपाली संघ दक्षिण कोरियाले सरकारको कदमको घोर निन्दा र भत्सर्ना गरेको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै प्रकाउ परेकाहरुलाई कोरिया सरकारसंग यथासिघ्र रिहाईको माग गरेको छ।
कोरियामा रहेका पाठकसंग यस सम्बन्धि थप जानकारीहरु प्राप्त भए तलको कमेन्ट बक्समा पोष्ट गर्नुहोला।
Popularity: 16%
November 28th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले नेपाल र कोरियाका श्रम विभागबीच भएको सम्झौता कार्यान्वयन गर्न स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस भइसकेको र मन्त्रिपरिषद्ले कार्यान्वयनको स्वीकृति दिनासाथ कोरियामा कामदार पठाउने प्रक्रिया सुरु गरिने जनाएको छ ।
श्रम तथा रोजगार प्रवर्द्धन विभागले ललितपुरको बालकुमारीमा कोरिया कामदार पठाउनेसम्बन्धमा विभिन्न कार्यसम्पादन गर्ने उद्देश्यले गत भदौ १३ गते सो शाखा कार्यालय स्थापना गरेको थियो।
कामदार कोरिया पठाउनेसम्बन्धमा कार्यक्रम सञ्चालन तयारी सुरु भइरहेको अवस्थामा कार्यक्रम सञ्चालनमा अपठ्यारो पर्ने खालका कुनैपनि दबाबमूलक कार्यक्रम सञ्चालन नगर्न शाखाले आग्रह गरेको छ । केही युवाहरुले कोरिया पठाउनका लागि जुलुस निकालेपछि यस्तो अनुरोध गरिएको हो। नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सन् २००७ जुलाई २३ का दिन रोजगार अनुमति प्रणाली (इपिएस)अर्न्तर्गत कोरियामा नेपाली कामदार पठाउन द्विपक्षीय सम्झौता भएको थियो। द्विपक्षीय सम्झौता कार्यान्वयन गराउन अन्य सम्झौता पनि गर्नुपर्ने भएकाले कामदार पठाउने प्रक्रिया सुरु गर्न ढिलाइ भएको सो शाखाका एक कर्मचारीले बताए ।
सो शाखामा दैनिक करिब २०० भन्दा बढी युवा कोरिया जाने प्रक्रियाबारे बुझ्न आउने गरेको बताइएको छ।
Popularity: 16%
November 28th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसमा आन्दोलित विभिन्न समूहले गत वर्षको माघ महिनापछि नौ जना निजामती कर्मचारीको हत्या गरेका छन् ।
आपराधिक समूहमा आबद्ध कोब्रा, गोइत, ज्वाला सिंह र अज्ञात समूहले गाविस सचिवहरू रामवृक्ष यादव, रामहरि पोखरेल, रामबाबु शर्मा न्यौपाने, शैक्षिक जनशक्ति विकास केन्द्रका प्रशिक्षक वासुदेव पौडेल, इन्जिनियर नवराज विष्ट, पूर्णसिंह प्रधान, कृषि प्राविधिक राजकुमार जोशी, फायरम्यान वरुणप्रसाद जैसवाल र नासु प्रभुनारायण यादवको विभिन्न मितिमा हत्या गरेका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा मधेसमा मानवअधिकारको अवस्था र सार्वजनिक सेवा प्रवाहमा यसको असर विषयक छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
मधेसी जिल्लाका सदरमुकाम बाहिर द्वन्द्वरत समूहको भय, आतङ्क, चन्दालगायत अपहरणका घटनाबाट कर्मचारीहरूलाई काम गर्नसक्ने वातवारण सृजना नभएकाले सेवा प्रवाहमा गतिरोध उत्पन्न भएको कार्यक्रममा वक्ताहरूले जानकारी दिए ।
Popularity: 16%
November 28th, 2007
Previous Posts