Archive for November 1st, 2007

नेपाल ११४औँ स्थानमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विश्वका १३१ मुलुकका आर्थिक विवरणसम्बन्धी र्सर्वेक्षणका आधारमा यस वर्ष नेपालको स्थान ११४ रहेको छ।

गत वर्ष १२५ मुलुकमध्ये नेपालको स्थान ११० अ‍ौँ रहेको आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा)ले जनाएको छ।

पूर्वाधार, आर्थिक स्थायित्व, स्वास्थ्य, प्राथमिक शिक्षा, उच्च शिक्षा तथा तालिम, श्रम बजारको क्षमताजस्ता १२ वटा क्षेत्रको विकासलाई आधार बनाई ती मुलुकलाई प्रतिस्पर्धामा सामेल गराइएको सेडाका कार्यकारी निर्देशक डा.रमेशचन्द्र चित्रकारले उल्लेख गर्नुभयो।

विश्व आर्थिक मञ्चको विश्वव्यापी प्रतिस्पर्धात्मक कार्यक्रमसम्बन्धी सदस्यका रूपमा काम गर्दै आएको सेडाले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घद्वारा प्रकाशित प्रतिवेदनलाई समेत आधार मानेर मुलुकका १०० वटा उद्योगमा र्सर्वेक्षण गरेको थियो।

नेपालको विकासमा मुख्यतः सरकारी अस्थिरताका साथै असक्षम कर्मचारीतन्त्र, भ्रष्टाचार, अपर्याप्त आधारभूत सामग्रीको वितरण, राष्ट्रिय श्रमसम्बन्धी कमजोर नीति, अवैज्ञानिक शुल्क निर्धारण र शिक्षित कामदारको अभावले प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ।

सो प्रतिस्पर्धामा संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड, डेनमार्क, स्विडेन, जर्मनी, फिनल्यान्ड, सिङ्गापुर, जापान, संयुक्त अधिराज्य र निदरल्यान्डस्ले क्रमशः दसौं स्थान प्राप्त गरेका छन्।

Popularity: 9%

Add comment November 1st, 2007

निर्वाचनको टुंगो छैन, सामाग्रीको अ‍ोइरो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा सदस्य निर्वाचनका लागि मित्रराष्ट्र चीन सरकारबाट निर्वाचन आयोगलाई मतदान केन्द्रमा प्रयोग हुने २२ किसिमका १२० मेट्रिक टन निर्वाचन सामग्री हवाइमार्गमार्फत् प्राप्त हुने क्रम सुरु भएको छ।

यसैक्रममा ४० मेट्रिकटन सामान आइसकेको र अरु सामान पनि यसै हप्ताभित्र आउने भएको आयोगले जनाएको छ।

ती सामानको ढुवानीसहितको मूल्य करिब रू.आठ करोड ४२ लाख बराबर रहेको बताइएको छ।

Popularity: 9%

1 comment November 1st, 2007

नेपाल जिते पनि प्रतियोगिताबाट बाहिर

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
ए सि सी ट्वान्टी-२० क्रिकेट प्रतियोगिताअर्न्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा नेपालले ओमानलाई १ रनको रोमाञ्चक विजय हात पारे पनि प्रतियोगिताबाट भने बाहिर भएको छ।

कुबेतको मैदानमा भएको लिग चरणको खेलमा पहिले टस जितेर ओमानले नेपाललाई ब्याटिङ गर्न मैदानमा निम्त्याएको थियो। ब्याटिङ गर्न मैदानमा ओर्लिएको नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो।

नेपालको तर्फबाट मेहबुब आलमले र्सवाधिक ४१ रन बनाए भने परेश लोहनी, ज्ञानेन्द्र मल्ल र पारस खड्काले १६-१६ रनको योगदान दिए। यस्तै शक्ति गौचनले अविजित १७ रनको पारी खेल्दै नेपाललाई १ सय ४० को स्कोरसम्म पुर्याउन मद्दत गरे।

जवाफमा ब्याटिङ गर्न ओर्लिएको ओमानी क्रिकेट टोलीले २० ओभरको खेलमा आफ्ना सम्पूर्ण विकेट गुमाई १ सय ३९ रन मात्र बनायो। नेपालको लागि राहुल विक ले ३ विकेट र मेहबुब आलमले २ विकेट लिएका थिए।

खेलको अन्तिम ओभरमा नेपालका उपकप्तान पारस खड्काले ओमानको तीन विकेट लिएपछि नेपालले रोमाञ्चक जीत हासिल गरेको हो।

तर नेपालको कुल ४ खेलबाट ४ अङ्क रहेकोले सेमी फाइनलको यात्रा भने गर्न सकेन। नेपाल दुई खेलमा पराजित भएको थियो।

Popularity: 9%

Add comment November 1st, 2007

समानुपातिक निर्वाचन प्रणाली लागू गर्न जनजातिको माग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ केन्द्रीय समितिको चौथो बैठकले प्रतिगामी तत्वले पुनः शिर उठाउनसक्ने सम्भावनाप्रति चनाखो रहन र तत्काल सात दलबीच सहमति कायम गरी निर्वाचनको मिति तोक्न तथा निर्वाचन जातीय जनसङ्ख्याको आधारमा समानुपातिक निर्वाचन प्रणालीअनुसार गर्न सरकारसँग माग गरेको छ।

बैठकले राज्य पुनरसंरचनासम्बन्धी कार्यदल पुनःगठन गरी वरिष्ठ उपाध्यक्ष नागेन्द्र चौधरीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल निर्माण गरेको छ।

बैठकले आगामी मङ्सिर २२ र २३ गते सबै घटक सङ्गठनका केन्द्रीय पदाधिकारीसम्मिलित राष्ट्रिय भेला काठमाडौँमा आयोजना गर्ने निर्णय गर्नुका साथै मङ्सिर २५ गतेभित्र गठन हुन बाँकी याक्खा, धिमाल, राजवंशी, भुजेल, कुमाल, छन्त्याल र दनुवारका केन्द्रीय भेला आयोजना गरिसक्ने निर्णय गरेको छ।

महासङ्घमा वीरबबहादुर लामा मकवानपुर, दुर्गा लिङ्खा धनकुटा, पासाङ सेर्पा दोलखा, सानुराजा शाक्य काठमाडौँ र सर्वध्वज साँवा सुनसरीलाई केन्द्रीय सदस्यमा मनोनयन गरी बैठकले लामालाई तामाङ सङ्घ, लिङ्खालाई याक्खा सङ्घ, सेर्पालाई सेर्पा सङ्घ र ज्ञानबहादुर भुजेललाई भुजेल सङ्घका इन्चार्ज तोकेको छ।

बैठकले राज्य पुनःसंरचनासम्बन्धी उच्चस्तरीय आयोग तुरुन्त गठन गर्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य वीरेन्द्र साहलाई अविलम्ब मुक्त गर्न प्रस्ताव पारित गर्दै तराईलगायत नेपालका विभिन्न भागमा भइरहेको हत्या, हिंसाको भर्त्सनाका साथ तत्काल शान्तिसुरक्षा कायम गर्न सरकारसमक्ष माग गरेको छ।

बैठक महासङ्घका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको थियो।

Popularity: 9%

2 comments November 1st, 2007

माअ‍ोवादी पर्यटकसँग चन्दा उठाउँदै

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मुख्य पर्यटन सिजनको बेला विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकहरुसँग माओवादीले चन्दा उठाएका छन्। पर्यटकको मुख्य प्रवेश स्थल, वसोवास र बाटो क्षेत्रमा माओवादीले चन्दा उठाएका हुन्।

माओवादीले स्वेच्छिक भन्दै चन्दा उठाएका छन्। तर कतिपय पर्यटकले चन्दा दिन नमानेका र कतिपयले जवर्जस्तीका कारण दिएको गुनासो गरेका छन्।

चन्दाको मारमा केही गाइड र पोर्टर पनि परेका छन्। वीरेठाँटी नजिक माताठाँटी, स्याउली, घान्द्रुक, घोरेपानी, जोमसोम लगायतका मुख्य क्षेत्रमा डा. बावुराम भट्टर्राईको नामबाट जारी गरिएको भनिएको आव्हान पत्र पर्यटकलाई दिदै चन्दा लिइएको छ।

माअ‍ोवादी कार्यकर्ता उदघोषले राजनीतिक अविश्वास बढेर सडक संघर्ष गर्नुपर्ने देखिएको र त्यसको लागि पार्टीको निर्णयअनुसार खर्च जुटाउन स्वेच्छिक चन्दा संकलन गरिएको बताएका छन्। वीरेठाँटीमा तमुवान र घोरेपानीमा मगरात राज्य समितिको नाममा चन्दा लिइएको छ।

Popularity: 9%

Add comment November 1st, 2007

बोक्सीको आरोपमा कुटपिट

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
म्याग्दीको कुहूँ गाविसमा बोक्सीको आरोपमा एक व्यक्तिले ६५ वर्षीया एक दलित वृद्धालाई निर्घात् कुटपिट गरेका छन्।

कुहुँ-६ की रुपीसरा दर्जीलाई बावियाचौर-४ का २८ वर्षीय पटके दर्जीले आफ्नो नाबालक छोरीलाई बोक्सी लगाएको आरोपमा कुटपिट गरी घाइते तुल्याएका छन्।

बोक्सीको आरोपमा चिरुवा दाउराले हिर्काउँदा घाइते बनेकी रुपीसराको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको नर्सिङ प्रावि कुहूकाँ प्रधानाध्यापकबाट थाहा भएको छ।

Popularity: 9%

Add comment November 1st, 2007

भलिबलको स्कोर गन्ति विवादमा लाठी चार्ज

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भलिबल खेलिरहेका दुई टिमबीच स्कोर गन्तिमा विवादको विषयलाई लिएर भएको झडपमा प्रहरीले लाठी प्रहार गर्दा बझाङमा छ-सात जना खेलाडी र र्सवसाधारण घाइते भएका छन्।

सुर्मादेवी मेलाको चौथो दिनमा सुरु भएको अन्तिम खेल आयोजक टिम सुर्मादेवी क्लब र युथ सोसाइटी टिम झोताबीच भएको खेलमा उक्त विवाद भएको थियो।

उक्त लाठी चार्जमा घाइते हुनेहरुमा नरेस रोकाया, माझीगाउँ, प्रकाश खाति लुपाटा, उत्तम भण्डारीलगायतका छन्।

उक्त घटनाको विरोधमा जयपृथ्वी क्याम्पसका स्ववियु विद्यार्थी, मानवअधिकारवादी, नागरिक समाजलगायतका सङ्घसंस्थाहरुको संयुक्त जुलुसले जिल्ला प्रशासन कार्यालयको मुख्य गेटमा धर्ना समेत दिएका थिए।

Popularity: 9%

Add comment November 1st, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....